Focus Chitwan

Focus Chitwan News ,Events and Entertainment

चितवन क्षेत्र नं.- १ को राप्ती ८ देखि १३ सम्मको समानुपातिक मतको परिणाम ।
08/03/2026

चितवन क्षेत्र नं.- १ को राप्ती ८ देखि १३ सम्मको समानुपातिक मतको परिणाम ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नेपाली काँग्रेस  (निर्वाचित)
07/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
नेपाली काँग्रेस (निर्वाचित)

चितवन क्षेत्र नं १
06/03/2026

चितवन क्षेत्र नं १

उज्यालो नेपाल पार्टी अध्यक्ष चितवन आउदै । मिति: २०८२/११/०५ मंगलबार स्थान: भरतपुर चौबिसकोठि समय: ११:०० बजे बिहान  ゚      ...
17/02/2026

उज्यालो नेपाल पार्टी अध्यक्ष चितवन आउदै ।
मिति: २०८२/११/०५ मंगलबार
स्थान: भरतपुर चौबिसकोठि
समय: ११:०० बजे बिहान




  तनहुँवासीलाई प्रतिनिधि सभा उम्मेदव।र, तनहुँ क्षेत्र नं.–१ का नेपाली कांग्रेस नेता गोबिन्द भट्टराईको अनुरोध,प्रिय तनहुँ...
01/02/2026


तनहुँवासीलाई प्रतिनिधि सभा उम्मेदव।र, तनहुँ क्षेत्र नं.–१ का नेपाली कांग्रेस नेता गोबिन्द भट्टराईको अनुरोध,

प्रिय तनहुँवासी,

तपाईंहरुलाई पक्कै थाहा छ, तनहुँ र तनहुँबाहेक मैले आजसम्म अरु केही सोचेको छैन । मेरो मनमस्तिष्कमा केही छ भने तनहुँ छ ।

यसपटक प्रतिनिधिसभा निर्वाचनमा म होमिएको पनि तपाईंहरुलाई थाहा नै छ । तर, यो मेरो एक्लो विषय होइन, म त संसदमा देशका नीतिमा तपाईंको आवाज सँगै लैजान चाहन्छु ।

तपाईं देश बनाउने अभियानमा तपाईंको कुन कुरा समावेश होस् भन्ने चाहनुहुन्छ ?

कृपया तलको लिंकमा वा तलको फोटोमा भएको क्यूआरबाट तपाईंका सल्लाह र सुझाव दिनुहोला ।



https://forms.gle/pt5DHihz6LNjuAr49

कैलालीमा बालेनको डमि प्रयोग गरेको चर्चाका बीच गोपाल कोइराला भन्छन:-"टीकापुरबाट लम्की आएको थिए ,बालेनको पछाडि पछाडि समर्थ...
30/01/2026

कैलालीमा बालेनको डमि प्रयोग गरेको चर्चाका बीच गोपाल कोइराला भन्छन:-"टीकापुरबाट लम्की आएको थिए ,बालेनको पछाडि पछाडि समर्थक बनेर बालेनलाई उर्जा दिम भनेर आएको हो। खासगरि बालेन सरलाई सरोकार पनि छैन यो बिषयमा। उहाँले मलाई चिन्नु पनि हुन्न, देख्नु पनि भएको छैन। र्यालीमा डमी प्रयोग भएको भन्ने फेक समाचारमा बिश्वास नगर्नुहोला किनभने नराम्रो छबि हुन्छ। म एउटा समर्थकको हिसाबले गएको हो पार्टीले डमी बनायो भन्ने कुरा गलत छ बालेन सर अगाडी हुनुहुन्थ्यो म पछाडि थिए । समर्थन गर्न समूह बनाएर गएको थिए। नमस्कार गर्दा मैले हात हल्लाईदिएको हो।म बालेनको समर्थक हुँ , फ्यान हुँ फेस पनि मिल्नी भएर सबै जना झुक्किनु भएको होला।"

रत्ननगर–१५ मा राप्रपाको कार्यालय स्थापना : ‘राष्ट्रिय सम्पदामाथिको आक्रमण क्षम्य छैन’रत्ननगर । आसन्न प्रतिनिधिसभा सदस्यक...
30/01/2026

रत्ननगर–१५ मा राप्रपाको कार्यालय स्थापना : ‘राष्ट्रिय सम्पदामाथिको आक्रमण क्षम्य छैन’

रत्ननगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्पर्क कार्यालय स्थापना गर्दै घरदैलो अभियान सुरू गरेको छ ।

सो अवसरमा प्रमुखअतिथि राप्रपा जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले राष्ट्रिय सम्पदा र अखण्डतामाथि बढ्दो आक्रमणप्रति राप्रपाको ध्यानाकर्षण भएको बताउँदै राष्ट्रिय जनावर गाईको दर्शन मात्र गर्दा पनि पुण्य प्राप्त हुने देशमा समाजलाई भड्काउने अभिव्यक्ति दिने उमेदवारविरुद्ध निर्वाचन अयोगले कारबाही गर्नुपर्ने बताए ।

आफ्नो पार्टीले हिन्दुराष्ट्र कायम हुनुपर्ने पक्षमा वकालत गर्दै आएको परिप्रेक्ष्यमा पश्चिमा संस्कृतिको प्रभाव र दबाबमा हिन्दु सनातन धर्ममाथि भएको प्रहार क्षम्य नहुने बताए । आफ्नो पार्टीले ‘अपराधको राजनीति र राजनीतिमा अपराधिकरण’ गर्न नहुनेतर्फ सचेत रहेको भन्दै निर्वाचनमा यस्ता विकृत मानसिकता बोकेका व्यक्तिहरुलाई मतदाताले चिन्न सक्नुपर्ने बताए ।

राप्रपाका क्षेत्र नं १ का उमेदवार बलराम खनालले संसद् भवनमा आफ्नो गाउँको समस्या राख्दा कार्यान्वयन नहुनुको कारण बुझेर समस्या समाधानका लागि आफूले उमेदवारी दिएको बताउँदै संवैधानिक हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापनाका लागि राप्रपाका उमेदवारहरुलाई जिताउनुपर्ने बताए ।

उनले घरदैलो अभियानका क्रममा आफूलाई क्षेत्र नं १ का जनताले सद्भावपूर्वक मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै यसपटक राष्ट्रवादी शक्तिलाई जनताले जिताउने जिकिर गरे ।

राप्रपा रत्ननगर–१५ का अध्यक्ष प्रितम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपा नगरअध्यक्ष सन्तोष लामाले भने, ‘म लामाको छोरा भएर पनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका छु, राष्ट्र बचाउन अब हिन्दु अधिराज्यसहितको राजसंस्था स्थापनाको विकल्प छैन, यो कुरा देशलाई माया गर्ने स्वाभिमानी नेपालीहरुले मनन गर्नुपर्छ ।’

उनले थपे, ‘तीन दशक बढी समय समाजसेवामा समर्पित भई स्वच्छ छवि बोकेर हिँड्नुभएका हाम्रा उमेदवार बलराम खनाल चुनाव जितेर कतै भाग्नुहुन्न । जनताका समस्या नजिकबाट बुझेर काम गर्ने हुटहुटीमा हुनुहुन्छ । उहाँलाई यसपटक क्षेत्र नं १ का जनताले पक्कै न्याय गर्ने आशा लिएको छु ।’





https://www.facebook.com/Balramkhanlrastranirmankolagi

सुकमाया देवी तामाङको हत्यामा संलग्न पाँच जना पक्राउ चितवन, माघ, १५ ।पुवी चितवनकी सुकमाया देवी तामाङको हत्या प्रकरणमा संल...
29/01/2026

सुकमाया देवी तामाङको हत्यामा संलग्न पाँच जना पक्राउ

चितवन, माघ, १५ ।
पुवी चितवनकी सुकमाया देवी तामाङको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका–४ मा बस्दै आएकी ६३ वर्षीया तामाङको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बाराजितपुर सिमरा उप–महानगरपालिका–२२ का ४६ वर्षीय ‘मोटे’ भन्ने शुक्रबहादुर भोलन र सोही स्थानका ४२ वर्षीय सूर्यमान वाइवा रहेका छन्। त्यस्तै, धादिङको थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ का स्थायी बासिन्दा भई हाल रत्ननगर–४ सिनेमारोडमा बस्दै आएका ३१ वर्षीय ‘मिलन’ भन्ने कौ बहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ का ४७ वर्षीय हिरा बहादुर स्याङ्तान पनि पक्राउ परेका छन्।
पक्राउ परेका अभियुक्तहरूलाई आज जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। गत पुस २६ गते सुकमाया देवी तामाङ आफ्नै घरभित्र हातखुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले व्यापक अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

#

दार्चुला जाने क्रममा बालेन शाह Crossfire bikes मा ।
28/01/2026

दार्चुला जाने क्रममा बालेन शाह Crossfire bikes मा ।

सिमलतालमा भेटएकाे गणपति डिलक्सबाट फेला परेको संकास्पद वस्तुलाई कालो प्लास्टिकमा र्‍याप गरेर अनुसन्धानकाे लागि भरतपुर तर्...
26/01/2026

सिमलतालमा भेटएकाे गणपति डिलक्सबाट फेला परेको संकास्पद वस्तुलाई कालो प्लास्टिकमा र्‍याप गरेर अनुसन्धानकाे लागि भरतपुर तर्फ लैजादै, नेपा प्रहरी ।

बागमती प्रदेशबाट कांग्रेसकी गिता देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित :  राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेश महिला ...
25/01/2026

बागमती प्रदेशबाट कांग्रेसकी गिता देवकोटा राष्ट्रियसभा सदस्य निर्वाचित : राष्ट्रिय सभाको निर्वाचनमा बागमती प्रदेश महिला तर्फ कांग्रेसकी उम्मेदवार गिता देवकोटा विजयी भएकी छन् । उनले ‌६ हजार २ सय ३९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार सरोज कुमारी झा ले २ हजार ५ सय २२ मत पाइन् ।


 ेगा_एक्सचेञ्ज_मेला_कात्तिक_२५_देखि #मौका_छ_दुवै_हातमा_यामाहा_छ_अब_तपाईको_साथमा➡️ स्थान : टाँडी शोरुम -०३,आफ्नै भवन स्थि...
13/11/2025

ेगा_एक्सचेञ्ज_मेला_कात्तिक_२५_देखि
#मौका_छ_दुवै_हातमा_यामाहा_छ_अब_तपाईको_साथमा
➡️ स्थान : टाँडी शोरुम -०३,आफ्नै भवन स्थित ०८२ कात्तिक २५, देखि मंसिर १, गते सोमबार सम्म।
➡️ रु.२५,०००/- Minimum Value Addition ।
➡️ रु.१०,०००/- थप Value Addition ।
➡️ रु.६,०००/- नगद छुट ।
➡️ फ्री हेल्मेट ।
➡️ त्रैमासिक किस्ताबन्दीको सुविधा।
➡️ १००% फाइनान्सको सुविधा।
➡️ ३६५ दिन नै सेल्स,एक्सचेन्ज,स्पोट फाईनान्सको सुबिधा ।
➡️ कुनैपनी ब्रान्डका पुराना मोटरसाइकल, स्कुटर दिई बाँकि सम्पुर्ण रकम फाईनान्सको व्यवस्था।
सम्पर्क नं:-
पर्सा - ☎️056-582861📱9855066661
टाँडी - ☎️056-562761📱9855062761

#कालिका_मोटरसाइकल_पार्टस_परिवार
#कालिका_यामाहा_कोष_परिवार

Address

Ratnanagar/16
Tandi
44204

Alerts

Be the first to know and let us send you an email when Focus Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Focus Chitwan:

Share