27/02/2024
सबैको भान्सामा सजिलै पाइने तेजपत्ता लाभदायक औषधि हो । यो एक मसला हो । जुन स्वाद र सुगन्ध बढाउन प्रयोग गरिन्छ। यी पातहरू केही हदसम्म नीलगिरीका पातहरू जस्तै देखिन्छन्। यसको प्रयोगले धेरै शारीरिक रोगहरूबाट बच्न सकिन्छ।
आयुर्वेदमा यो औषधीय पातको प्रयोगका धेरै फाइदाहरू वर्णन गरिएको छ। पाचन सुधार गर्नुका साथै जोर्नी दुख्ने, माइग्रेन, ग्यास्ट्रिक र निमोनिया जस्ता धेरै रोगहरूको उपचारमा पनि यो उपयोगी छ।
तेजपत्ता तनाव हटाउनका लागि प्रयोग गरिन्छ, यसको धूवाँबाट तनाव भगाउन सकिन्छ । राती सुत्नुअघि कोठामा तेजपत्ताको धूवाँ फैलाइयो भने तनाव हट्नुका साथै सास तथा छालासम्बन्धी समस्या पनि समाधान हुन्छन् । यसबाट अरू पनि थुप्रै फाइदा मिल्छन् तर धूवाँ कसरी फैलाउने भन्ने कुराको जानकारी भने हुनु आवश्यक छ अन्यथा बढी धूवाँका कारण नकारात्मक असर पनि पर्नसक्छ ।
तेजपत्ताको धूवाँले अरोमाको काम गर्छ । यसका थुप्रै फाइदा छन् । यसको विषयमा रुसका एक वैज्ञानिकले अध्ययन गरेका थिए र नतिजास्वरूप के पाए भने यसले मानिसको तनाव कम गर्नसक्छ । त्यति बेलादेखि तेजपत्तालाई अरोमा थेरापीका लागि प्रयोग गर्न थालियो । यसका साथै यो छाला तथा श्वासप्रश्वाससम्बन्धी समस्यालाई ठीक पार्न पनि सहयोगी सिद्ध हुने गर्छ ।
कसरी प्रयोग गर्ने तेजपत्ता ?
एउटा ताजा तर सुकेको तेजपत्ता लिने । यसलाई कचौरा वा कुनै एक ठिकको भाँडोमा राखेर घरबाहिर लगी बाल्ने । त्यसलाई घरभित्र ल्याई १५ मिनेट कोठामा राख्ने । तेजपातको सुगन्ध कोठाभरि फैलन्छ । यसबाट आनन्दित तथा तरोताजा महसुस हुन्छ । तेजपातलाई प्राचीन समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गरिँदै आइएको छ ।
घरलाई सुगन्धित बनाउन रुम फ्रेसनर तथा महँगा अत्तरको सट्टा तेजपत्ताको प्रयोग गर्नु राम्रो हुन्छ । तेजपत्ताले रुम फ्रेसनरको काम गर्नुका साथै वातावरणमा रहेका ब्याक्टेरियालाई समेत मार्छ ।
थकाइ हटाउन मद्दत गर्छ
तेजपत्ताको धूवाँले थकाइ हटाउन मद्दत गर्छ । यसको धूवाँ तथा गन्धले मस्तिष्क शान्त राख्छ, मस्तिष्कको नसामा आराम पुग्छ तथा साससँगै भित्र पस्ने यसको धूवाँले मानिसको प्रतिरक्षा प्रणाली अर्थात् इम्युन सिस्टम बलियो पार्छ ।
छारेरोगमा उपयोगी
तेजपत्ता एन्टीइन्फ्रेलेमेटरी हुन्छ । छारे रोग भएका व्यक्ति यसको