न्युज २४ फटाफट

न्युज २४ फटाफट welcome all of your at my page..... 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

29/05/2025

Hello

सहि  हो कि कसो....!!!
18/04/2023

सहि हो कि कसो....!!!

बधाई छ नेपाली महिला फूटबल टीमलाई !👏👏सेमिफ़ाइनलमा भारतमाथी १-० ले बिजय प्राप्त गरेकोमा !!फ़ाइनलको लागि विशेष शुभकामना 👍👍🇳...
16/09/2022

बधाई छ नेपाली महिला फूटबल टीमलाई !👏👏
सेमिफ़ाइनलमा भारतमाथी १-० ले बिजय प्राप्त गरेकोमा !!
फ़ाइनलको लागि विशेष शुभकामना 👍👍
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

26/08/2022

बालेन ले नक्सा पास नगरेको र पार्किङ्ग एरिया मा पसल र सटर खोलेर पसल राखेको लाई धमाधम भत्काउदै छन् के यो सहि कि गलत गरे तपाइको विचार... मा के लाग्छ?

11/07/2022
04/07/2022

सडक र फुटपाथ मकै ,तरकारी अनि फलफुल बेच्न हैन भनेर पसिना बगाउनेहरुलाई अपमान गर्नेहरुले यो भिडियो हेर्न आवश्यक छ कि ललितपुर महानगरपालिका र त्याँहाको नगर प्रहरिले महानगरलाई कसरी ब्यबस्थापन गरिरहेका छन। ललितपुर महानगरपालिकामा सडकमा बसेर ब्यबसाय गर्नेलाई कसरी सम्मान सहित ब्यबस्थापन गरिरहेका छन भन्ने कुरा महानगरपालिका मेयर चिरिबाबु महर्जन र Sitaram Hachhethu का काम कारबाही हेरौँ।
राम्रो कुरा सबैले सिक्दा राम्रो,,,,

03/07/2022

काठमाडौंमा नगरप्रहरीहरुले / नगर प्रमूख ले बारम्बार जानकारी गराए पश्चात् कि दोकान को अगाडि कुनै पनि सामान न राख्ने । अनि किन राख्ने त ? बाटो ब्लक हुदैन र ? अनि भन्ने प्रहरीले आतंक गरेको हो र ? के को आतंक नि ? सहि गरेको हो । दोकानको अगाडि सामान राख्न पाईन्छ र ? No allow । जय हो बालेन शाह ज्यु । बाटो मा कोई पनि सामान राख्न पाईदैन जति मा भाडा छ त्यती मा राख्नु पर्छ बाहिर झुन्डियाएर होइन न त तल राख्ने हो । दोकान्दार हरुलाई पनि बुझ्नु पर्छ ।

काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!! #उनिहरु...
02/07/2022

काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!
#उनिहरुको_आफ्नै_कथा_उनिहरुकै_आवाजमा
अरू दिनजस्तै शुक्रबार बिहान पनि प्रधानमन्त्री निवास नजिकै पवित्र वर्कशप चोकमा ४ सय घोगा मकै झारें । बिहानभर काँचै बेचें । सानो घोगालाई ८ वटाको एक सय र ठूलोको २० रुपैयाँमा बेचें । १२ बजेसम्म १ हजार ७ सय रुपैयाँको बेचिसकेको थिएँ । दुई छोरालाई खाना खुवाएर नजिकैको सामुदायिक विद्यालय शिवपुरी मावि पठाएपछि श्रीमती सीता पनि आइन् । बिहानभरि काँचै मकै बेचे पनि दिउँसो १२ बजेपछि पोलेर बेच्छौं । यहाँ सबै बिक्री नहुने भएकाले पोलेर बेच्न टिचिङ र कान्ति अस्पताल वरिपरि जान्छौं । आजचाहिँ श्रीमती आगो बाल्दै थिइन्, आगो राम्ररी सल्किएको थिएन । त्यही बेला नगर पुलिस भित्री बाटोबाट लुकेर आए । पुलिस देखेपछि हस्याङफस्याङ गर्दै गाडा दौडायौं । उनीहरूले लखेटिरहे । हामी बूढाबूढी मात्रै थियौं । गाडा तानातान भयो । हाम्रो केहीसीप लागेन । १२ हजार रुपैयाँमा किनेको गाडा र सबै मकै लिएर गए । परसम्म दौडिँदै गयौं तर पार लागेन ।
लछारपछार गर्दा कति मकै सडकमा छरियो । बूढीलाई पनि चोट लाग्यो । गरिखाने गाडी र मकै नै लगेपछि अब के गरिखाने सोच्नै सकेका छैनौं । दिनभरि रोयौं । सरकारले गरिबलाई गरिखान पनि नदिने भयो । सडकछेउमा मकै पोलेर बेच्न पनि नपाउने भएपछि अब के चोर्न जानु ? गरिखान पनि नदिने भएपछि अर्को उपाय त हामीसँग छैन । दिनभर मकै बेचेर दुई छोरालाई काठमाडौंमा पढाइरहेका छौं । एउटा कक्षा नौ र अर्को कक्षा ८ मा पढ्दै छन् । बोर्डिङ पढाउन नसकेर सरकारीमा भर्ना गरेको छु । बोर्डिङमा पढाएको फिस तिर्नै बाँकी छ ।

सिन्धुपाल्चोकको मेलम्ची आचार्य टोलबाट १७ वर्षअघि काठमाडौं आएँ । गाउँमा बनाएको घर दुई पटक भत्किएपछि ऋण तिर्न सहर छिरेको हुँ । भूकम्पले गाउँको घर भत्किएपछि बनाउँदा ४० लाख ऋण छ । ऋण तिर्ने र छोराछोरी पढाउने आधार नै यही मकै बेचेर कमाउने थियो । त्यो पनि नगर पुलिसले खोसिदियो । आज मात्रै गाडा, मकै, ओदान, दाउरा गरी ३० हजारको सामान गुम्यो । नगर प्रहरीले यसरी गाडी लगेको पाँचौं पटक हो । महानगरले अहिलेसम्म मेरो गाडा र सामान गरी २ लाखको लगिसक्यो ।
सुरुमा गाउँबाट आएर जोरपाटीमा किराना पसल चलाएँ । पसलमा पनि घाटा लागेपछि फुटपाथको व्यापार राजें । ०६५ असोजदेखि यही ठाउँमा बसेर मकै बेचिरहेका छौं । दुई वर्ष त मासिक २० हजार भाडा तिरेर फलफूल पनि बेचें । घर नै बेचेपछि पसल सार्नुपर्ने भयो । अन्त कतै सटर नपाएपछि सबै सामान कोठामा थन्क्याएँ । त्यसपछि सडकमा मकै बेच्न सुरु भयो । मकै बेचेरै थलीमा जग्गा किन्न १० लाख रुपैयाँ बैना गरें । त्यो पैसा पनि फस्यो ।
घर बनाउँदा, छोराछोरी पढाउँदा, आमाबुबा पाल्दा लागेको ऋण मकै पोलेको पैसाले तिरिरहेको छु । एउटा फाइनान्सबाट डेढ लाख र अर्कोबाट २ लाख ऋण लिएको थिएँ । फाइनान्सको त्यो कागज पनि गाडासँगै लग्यो ।
गाडामा सय डेढ सय जम्मा गर्ने फाइनान्सको कागज पनि लग्यो । फलफूलको सिजनमा फलफूल पनि लग्ने गर्थे । यसपालि त नगर पुलिसले मागेको घूस नदिएरै मेरो गाडामा आँखा लगायो । नगरपालिकाको सइसाप हुनुहुन्छ । उहाँले ५ हजार माग्नुभएको थियो । हामीले दिएनौं । उहाँलाई दिने पैसाले त हाम्रो छोराछोरीलाई खुवाउन हुन्छ भन्ने ठान्यौं । हामीले पैसा नदिएपछि दुःख दिन थाल्यो । पैसा नदिएपछि उहाँले नै प्रहरी बोलाएको पो हो कि ! नगरपालिकाले लास्टै पेलिरहेको छ । मकै पोलेर बूढाबूढीले दैनिक २ हजार ५ सय कमाउँथ्यौं । मैले १५ सय र बूढीले १ हजार । मकैको सिजन नहुँदा साग बेच्थ्यौं ।
पहिला अलिअलि पैसा माग्थ्यो । दिन्थें । गाडा र सामान लाँदैनथ्यो । सडकमा व्यापार गर्नेलाई ५ सय लिँदो रहेछ । मलाई पनि ५ हजार मागेको थियो । ‘तिमीहरू दिनमा २/३ हजार कमाउँछौं मलाई दिन सक्दैनौं’ भन्थ्यो । पैसा नदिएपछि जहिले दुःख दिन थाल्यो । दुःख दिएपछि दुई दिनअघि त बूढीले नगर पुलिसलाई अगुल्टोले नै झोसिदिएछ । त्यो रिस पनि हुन सक्छ, हामीलाई देखिसहँदैन । कान्ति अस्पतालको गल्लीमा बस्दा लखेटेर सामाखुसी जाने ओरालोमा पुर्‍याउँथ्यो । कहिले महाराजगन्ज चोकमा पुर्‍याउँथ्यो । पैसा दिनेहरूलाई बस्न दिन्थ्यो । आमाको उपचार गर्न ल्याएको अस्पतालको ट्वाइलेटबाट लडेर बित्नुभयो । बुबा १४ वर्षदेखि हराउनुभएको अझै केही पत्तो छैन । गाउँमा घर बनाएको थिएँ, छाना छाएको भोलिपल्टै लड्यो । गाउँ फापेन भनेर काठमाडौं आएको हुँ ।
बालेन्द्र शाहले जित्दा अब काम गर्न पाउने भएँ भनेर आस लागेको थियो । जाम हुने ठाउँमा पसल गरेको हो भने चित्त बुझ्थ्यो । भित्री रोडमा पनि काम गर्न नपाउने ? कुनामा बसेर त मकै पोल्न दिनुपर्‍यो नि । हामीसँग पैसा भएको भए रोडमा आउने नै थिएनौं । मकै पोल्न पनि नदिएपछि छोराछोरीलाई कसरी पढाउनु ? जागिर खाऔं, दुवै जनाले पढेको छैन । १० हजारको जागिरले पुग्दैन । बालेन्द्र सरले जित्दा अब त गाडामा मकै बेच्न पाइएला भन्ने आशा पनि आजदेखि मर्‍यो ।
भोलि शनिबार त पुलिस आउँदैन भनेर साँझ मकै झारेको छु । पुलिसबाट जोगाएको एउटा गाडामा बेच्ने सोचेको छु । पर्सिदेखि के गर्ने थाहा छैन!!😭😭😭😭

Address

Tehrathum
Terhathum
57108

Alerts

Be the first to know and let us send you an email when न्युज २४ फटाफट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share