मध्यपुर थिमि या कला संस्कृती ।।

  • Home
  • Nepal
  • Thimi
  • मध्यपुर थिमि या कला संस्कृती ।।

मध्यपुर थिमि या कला संस्कृती ।। Exploring cultural treasures of Madhyapur Thimi, while keeping you updated on events beyond.

08/08/2025

आज अखले (बिना मुकुट ) नचाउने पहिलो दिन...🙏❣️
सबैलाई हेर्न आउनु हुन हार्दिक निमन्त्रणा 🙏🙏
समय: बेलुका ८:०० बजेस्थान: मध्यपुर थिमि ४ लायकु ...
मध्यपुर थिमि या कला संस्कृती ।।

आज अखले (बिना मुकुट ) नचाउने पहिलो दिन...🙏❣️सबैलाई हेर्न आउनु हुन हार्दिक निमन्त्रणा 🙏🙏समय: बेलुका ८:०० बजेस्थान: मध्यपु...
08/08/2025

आज अखले (बिना मुकुट ) नचाउने पहिलो दिन...🙏❣️
सबैलाई हेर्न आउनु हुन हार्दिक निमन्त्रणा 🙏🙏
समय: बेलुका ८:०० बजे
स्थान: मध्यपुर थिमि ४ लायकु

#मध्यपुर_थिमि_या_कला_संस्कृती

लायकु भैल:मुकुत बिनाको कलाकार २०७९Photo:- Sachin Bajracharya
08/08/2025

लायकु भैल:
मुकुत बिनाको कलाकार २०७९
Photo:- Sachin Bajracharya

08/08/2025

Ghanta Ghigi.....
At Bhaktapur
मध्यपुर थिमि या कला संस्कृती ।।

08/08/2025
भिं सुथ🙏                                                                                                🙏🌹जय श्री सरस्वत...
08/08/2025

भिं सुथ🙏 🙏🌹जय श्री सरस्वती माँ🌹🙏 Good morning & beautiful statue of Goddess Saraswati at Paknajo Siddhi Ganesh temple, Sorakhutte.
📸: Subhash Man Sangat
#मध्यपुर_थिमि_या_कला_संस्कृती

श्री माता महालक्ष्मी प्रभु महाभैरवको दिव्य दर्शन गर्नुहोस् 🙏🤗😊❣️जय माता महालक्ष्मी महाभैरव🙏🤗😊❣️Image : झीगु नेवा तजिलजी ...
08/08/2025

श्री माता महालक्ष्मी प्रभु महाभैरवको दिव्य दर्शन गर्नुहोस् 🙏🤗😊❣️
जय माता महालक्ष्मी महाभैरव🙏🤗😊❣️

Image : झीगु नेवा तजिलजी

#मध्यपुर_थिमि_या_कला_संस्कृती

थिमिको चोडेमा अवस्थित महालक्ष्मी पिथ,अष्टमातृका को देवी पात्र(दायाँ बाट गणेश, कौमारी, बीचमा महालक्ष्मी, चामुण्डा अनि अन्...
07/08/2025

थिमिको चोडेमा अवस्थित महालक्ष्मी पिथ,
अष्टमातृका को देवी पात्र
(दायाँ बाट गणेश, कौमारी, बीचमा महालक्ष्मी, चामुण्डा अनि अन्तिममा भैरव)
जय श्री महालक्ष्मी माता
सबैको रक्षा गरोस्
💐💐💐🙏🙏
#मध्यपुर_थिमि_या_कला_संस्कृति

07/08/2025

"हाम्रो कला हाम्रो संस्कृति,मध्यपुर थिमि हाम्रो सम्पत्ती"
१२ बर्ष पछि मध्यपुर थिमि नगदेश वडा नं. ७ मा तान्त्रिक भैलः प्याख
Video : Surendra Shrestha

 #दागींके तँपाईलाई थाहा छ ? मध्यपुर थिमिमा हुने भैलः प्याँखमा दुईजना दागीं हुन्छ। न्हाप दागीं लाइ  #बालकुमारीको प्रतिरूप...
07/08/2025

#दागीं

के तँपाईलाई थाहा छ ? मध्यपुर थिमिमा हुने भैलः प्याँखमा दुईजना दागीं हुन्छ। न्हाप दागीं लाइ #बालकुमारीको प्रतिरूप मानिन्छ भने लिपा दागीं #महालक्ष्मीको प्रतिरूप मानिन्छ ।
#मध्यपुर_थिमि_या_कला_संस्कृती
मध्यपुर_थिमि_या_कला_संस्कृति

धारा मुनि भगिरथको मूर्ति राख्नुको कारणहात धुने वा चोख्याउने धाराको मुनि भगिरथको मूर्ति राखिनुको धार्मिक र सांस्कृतिक महत...
07/08/2025

धारा मुनि भगिरथको मूर्ति राख्नुको कारण

हात धुने वा चोख्याउने धाराको मुनि भगिरथको मूर्ति राखिनुको धार्मिक र सांस्कृतिक महत्व छ।

भगिरथ हिन्दु धर्मका एक धर्मनिष्ठ र प्रसिद्ध राजा थिए, जसले स्वर्गमा बहिरहेकी गङ्गा नदीलाई पृथ्वीमा ल्याएका थिए। यो कार्य उनले आफ्ना पितामह राजा सगरका ६०,००० पुत्रहरूको मोक्षको लागि गरेका थिए।

राजा सगरले अश्वमेध यज्ञ गरेका थिए, तर यज्ञको घोडा हराएपछि उनका छोराहरूले पाताल लोकसम्म खोजी गर्दा महर्षि कपिलको ध्यान भंग भयो। रिसाएपछि कपिल मुनिले आफ्ना तेजले ती सबै राजकुमारहरूलाई भस्म पारे।

उनीहरूको उद्धारका लागि भगिरथले कठोर तपस्या गरी गङ्गालाई पृथ्वीमा ल्याउने वरदान पाए। गङ्गाको तीव्र वेगले पृथ्वीलाई क्षति पुर्याउन नदिन शिवले उनलाई आफ्ना जटामा सम्हाले र बिस्तारै पृथ्वीमा झारिदिए।

गङ्गा पाताल लोकसम्म बगिन् र भगिरथले सगर पुत्रहरूको अस्थिमा जल अर्पण गरे, जसबाट उनीहरूलाई मोक्ष प्राप्त भयो।

यसरी भगिरथको प्रयासले पवित्र गङ्गा पृथ्वीमा अवतरित भइ स्नान र शुद्धिको प्रतीक बनिन्, जसको सम्झनामा धारामुनि उनको मूर्ति स्थापना गरिन्छ।
Source:- #दुर्लभमन्त्रविज्ञान

नेपालमा ढाकाको इतिहास पाल्पामा नेवारको इतिहास र नेवारहरूले विभिन्न राज्यहरूमा गर्ने व्यापार सम्बन्धसँग जोडिएको पाइन्छ। इ...
07/08/2025

नेपालमा ढाकाको इतिहास पाल्पामा नेवारको इतिहास र नेवारहरूले विभिन्न राज्यहरूमा गर्ने व्यापार सम्बन्धसँग जोडिएको पाइन्छ। इतिहासमा नेपाल मण्डल राज्यका जनता नेवाः, नेवार अथवा नेपाःमिहरू व्यापार व्यवसायमा प्रतिभाशाली भएकाले नेवारहरू तिब्बत, कालिङपोङ, कश्मीर, बङ्गाल र विभिन्न राज्यहरूमा पुगेर व्यापार गरेको इतिहास साक्षी छ। यही व्यापार व्यवसायको क्रममा विभिन्न राज्यहरूका राजाहरूले नेवारहरूलाई बजार स्थापनका निम्ति आमन्त्रणा दिए। यसरी नै बजार स्थापना गर्ने क्रममा मगरात राज्यको पाल्पामा मगर राजाले नेवारहरूलाई आमन्त्रणा गरे। नेपाल मण्डलबाट गएका नेवारहरूले केन्द्रबिन्दु पत्ता लगाएर बस्न योग्य स्थान रोजेर पाल्पामा बजरा बनाए। त्यो स्थान तानसेन बजार रह्यो। मगरात राज्यमा रहेको हुनाले तान्सेन नामको इतिहास मगर भाषासँग सम्बन्ध राख्दछ।
१६/१७ शताब्दी तिर मगर राजाहरूको आमन्त्रणामा नेवारहरूले तान्सेनमा बजार स्थापना गरे। यसै क्रममा तान्सेन बजारको सुरुवात भयो। नेवारहरू जहाँ जहाँ गए, आफ्नो शीप कला र व्यापारको क्षमतालाई विकास गर्दै लगे। त्यो समयमा नेवारहरू तिब्बत, काश्मीर, भुटान, बङ्गाल, मिथिला लगायतका स्थानहरूमा पनि पुगिसकेका थिए। बङ्गाल भन्नले अहिले बाङ्लादेश र भारको पश्चिमी बङ्गालको बङ्गाली क्षेत्र पर्दछ।

यहाँ नेवारहरूको आफ्नै प्रकारको तान विकसित भइसकेको थियो। त्यही तानमा हाकुपतासि, मिसालं, तानकापः बनाउने गरिन्थ्यो। बाक्लो कपडाहरू सँगै टकेर बनाउने टोपी ‘बःबः कापः तकेयाना दयेकेगु तपुलि’ भनेर ‘तकः तपुलि’को विकास भयो। तकः तपुलिलाई पछिल्लो समयमा भादगाउँले टोपी भनेर नामाङकन गरिएपनी, नेवार समुदायमा ‘तकः तपुलि’ भनेरै चिनिने गरिन्छ।

बङ्गालको राजधानी ढाकामा ‘जामदानी’ कपडा बुनिनेगर्थ्यो र अहिले पनि गरिन्छ। जामदानीलाई ढाका मुस्लीन पनि भन्ने गरिन्छ। यसलाई ढकै जामदानी पनि भनिने गरिन्छ।

जामदानी/ ढाका मुस्लीन कपाडाको बेचबिखनको ऐतिहासिक चित्रकला (तस्वीर: आरामवर्ड डट कम)
नेवारहरूले बङ्गलमा गर्ने व्यापारका क्रममा तान्सेन बजारका एक नेवारले ढकै जामदानीको तान बोकेर ल्याएका थिए। उनी महर्जन परिवारबाट थिए। नेपाल मण्डलमा महर्जन थर गरेका मानिसहरूले परम्परागत रूपमा खेती किसानी काम गरे तापनी त्यहाँबाट बाहिरा निस्केपछी फरक परिवेश र अवस्थामा व्यापार व्यवसाय नै गरेका थिए। यसरी सुरुवाती दिनमा ढाका कपडा बुन्ने तान्सेनका महर्जन परिवार थिए।

नेपालभाषामा काँचो धागोलाई ‘कचिका’ भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई ‘सचिका’ भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई ‘जजंका’ भनिन्छ । ‘का’ भन्नले धागो बुझिन्छ। त्यसरी ढाकाबाट ल्याएको ‘का’लाई नेपालभाषामा ‘धाकाका’ भन्ने प्रचलनमा आएको थियो भने छोट्याएर ‘धाका’ भन्ने गरिन्छ। त्यही धाकाको तानबाट बुन्ने मिसालं, पतासि र तपुलि हुने गर्थ्यो।

तान्सेनमा मात्र बुनिने यो कपडा त्यसपछी काठमाडौँमा पनि भित्रियो।
link : https://gonewaissues.wordpress.com/2019/01/01/%E0%A4%A2%E0%A4%BE%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%AA%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%87%E0%A4%A4%E0%A4%BF%E0%A4%B9%E0%A4%BE%E0%A4%B8-%E0%A4%A8%E0%A5%87%E0%A4%B5%E0%A4%BE/?fbclid=IwAR3435DClAPvAhy1Gt8N1vtCXjZDF_QLPrAJPSbrZyGYTdOFpAXoYIEs4zg

Address

Madhyapur Thimi
Thimi

Website

Alerts

Be the first to know and let us send you an email when मध्यपुर थिमि या कला संस्कृती ।। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मध्यपुर थिमि या कला संस्कृती ।।:

Share