Thori Express

Thori Express सत्य र निष्पक्षताको आधार
The ground for truth & unbiasedn

14/09/2025

पत्रकार सम्मेलनमा भाँडभैलो : सुदन गुरुङ र पत्रकारहरूबीच धकेलाधकेल

भदौ २९, काठमाडौ / ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा आफूलाई जेनजी समूहको अगुवा बताउने सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ । आइतबार रिपोर्टर्स क्लबमा आयोजित उक्त पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सुनाउने क्रममा विवाद उत्पन्न भएको हो ।

गुरुङले वार्ताको वृत्तान्त सुनाउँदै आफ्ना मागहरू पूरा नभए यो सरकारलाई पनि ढाल्ने चेतावनी दिएका थिए । पत्रकारहरूले उनलाई यसै सङ्ग सम्बन्धित जिज्ञासा राख्दा गुरुङ उत्तेजित भई पत्रकारहरूलाई पनि धम्कीपूर्ण भाषा प्रयोग गर्न थाले । उनको यो व्यवहारले पत्रकारहरू आक्रोशित भए, र सम्मेलनमा तनाव सिर्जना भएको थियो ।

पत्रकारहरूले गुरुङको धम्कीपूर्ण भाषाको विरोध गरेपछि दुवै पक्षबीच तर्कवितर्क र धकेलाधकेलको स्थिति उत्पन्न भएको थियो । यसले पत्रकार सम्मेलन कक्ष तनावग्रस्त भएपछि स्थिति नियन्त्रणमा ल्याउन आयोजक र सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको थियो ।

सुशीला कार्की नेपाल कै प्रथम महिला प्रधानमन्त्री बनेभदौ २७, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश...
12/09/2025

सुशीला कार्की नेपाल कै प्रथम महिला प्रधानमन्त्री बने

भदौ २७, काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी नेपालको प्रथम महिला प्रधानमन्त्री बनेकी छन् । जेन–जी आन्दोलनको मागअनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको रूपमा नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा ३ र ४ लाई आधार बनाएर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उक्त धाराहरूमा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालना तथा संरक्षण गर्ने प्रमुख कर्तव्य निर्वाह गर्नुपर्ने उल्लेख छ ।

यसअघि नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा ६१ अनुसार नियुक्तिपत्र प्राप्त गरेकी छन् ।

यो नियुक्तिलाई ऐतिहासिक कदमको रूपमा हेरिएको छ । कार्कीको नेतृत्वमा गठन हुने अन्तरिम मन्त्रिपरिषद्ले मुलुकमा राष्ट्रिय एकता र संवैधानिक स्थिरता कायम गर्ने विश्वास गरिएको छ ।

अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्नेभदौ २७, काठमाडौ / अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री स...
12/09/2025

अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गर्ने

भदौ २७, काठमाडौ / अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आज राति ८:४५ बजे राष्ट्रपति भवन, शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीलाई नियुक्त गरेसँगै उनले मन्त्रिपरिषद्को गठन र कार्य अगाडि बढाउने छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्नेभदौ २४, काठमाडौँ / नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्...
09/09/2025

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने

भदौ २४, काठमाडौँ / नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछिको पछिल्लो परिस्थितिबारे जानकारी दिन उनी केहीबेरमा सम्बोधन गर्न लागेका हुन् ।

नेपाली सेना स्रोतका अनुसार, प्रधानसेनापति सिग्देलले हालको परिस्थिति र त्यससँग सम्बन्धित विषयमा स्पष्ट जानकारी दिनेछन् ।

09/09/2025

जेन्जी आन्दोलनको समर्थनमा ठोरी-५, सुवर्णपुरमा

09/09/2025

जेन्जी आन्दोलनको समर्थनमा ठोरी-४, बिजयबस्तीमा

09/09/2025
09/09/2025

जेन्जी आन्दोलनको समर्थनमा ठोरी-१, चौतारामा

09/09/2025

जेन्जी आन्दोलनको समर्थनमा ठोरी-२, चोकबजारमा

जेन-जी प्रदर्शनमा हिंसा: १८ जनाको मृत्यु, २५६ जना घाइतेभदौ २३, काठमाडौ / सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय व्यवस्थ...
08/09/2025

जेन-जी प्रदर्शनमा हिंसा: १८ जनाको मृत्यु, २५६ जना घाइते

भदौ २३, काठमाडौ / सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन-जी युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको छ भने उपत्यका बाहिरका प्रदर्शनमा थप २ जनाको ज्यान गएको छ । बानेश्वर क्षेत्रमा संघीय संसद भवन प्रवेश गर्न खोज्ने प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या बढेको हो । पोखरा, झापा र मोरङलगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र शासकीय व्यवस्थाको विरोधमा जेन-जी युवाहरू सडकमा उत्रिएका हुन् । काठमाडौंमा कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले सडक छाडेका छैनन् । बानेश्वर, त्रिपुरेश्वर र अन्य प्रमुख क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव कायम छ ।

अस्पतालहरूमा बेड अभावका कारण घाइतेहरूको उपचारमा कठिनाइ भइरहेको छ । ट्रमा सेन्टर र सिभिल अस्पतालमा गम्भीर घाइतेहरूको उपचारका लागि विशेष व्यवस्था गरिएको छ । स्वास्थ्य मन्त्रालयले घाइतेहरूको यकिन विवरण संकलन गर्ने कार्य जारी राखेको छ ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि प्रदर्शनकारीको सहभागिता नघटेको देखिन्छ । सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास र गोलीको प्रयोग गरेको छ, जसले स्थिति थप जटिल बनेको छ ।

नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयभदौ १९, काठमाडौ / नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्ज...
04/09/2025

नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

भदौ १९, काठमाडौ / नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयसँगै नेपालमा अब कुन–कुन सामाजिक सञ्जाल सञ्चालन हुनेछन् भन्ने विषयमा सर्वसाधारणमा चासो बढेको छ ।

मन्त्रालयका अनुसार हालसम्म निम्नलिखित पाँचवटा सामाजिक सञ्जाल प्लेटफर्महरू सूचीकृत भइसकेका छन्, र यी प्लेटफर्महरू नेपालमा निर्वाध रूपमा सञ्चालन हुनेछन्: टिकटक, भाइबर, निम्बज, वीटक, ओपोलाइभ ।
यसबाहेक, टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले सूचीकृत नभएका सामाजिक सञ्जालहरू, जस्तै फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टर डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो बन्द गर्ने निर्णय गरेको छ ।

गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूलाई एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो । उक्त म्याद गएराति सकिएपछि, सूचीकृत नगरेका सञ्जालहरूलाई बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो सूचीमा राखेका र फेला पारेका सञ्जालहरूमाथि यो निर्णय लागू भएको मन्त्रालय स्रोतले जनाएको छ ।

ठोरीमा तीन महिने सम्भोटा लिपि प्रशिक्षणको उद्घाटन तथा छात्रवृत्ति वितरण सम्पन्नभदौ १७, ठोरी /  पर्साको ठोरी गाउँपालिका–४...
02/09/2025

ठोरीमा तीन महिने सम्भोटा लिपि प्रशिक्षणको उद्घाटन तथा छात्रवृत्ति वितरण सम्पन्न

भदौ १७, ठोरी / पर्साको ठोरी गाउँपालिका–४, घ्याङडाडामा अवस्थित श्री साङक रिन्छेन लिङ बौद्ध गुम्बामा तीन महिने सम्भोटा लिपि प्रशिक्षणको उद्घाटन तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । सम्पूर्ण प्राणीको कल्याण, विश्व शान्ति र बौद्ध धर्मको लिपि, भाषा, संरक्षण तथा सम्वर्धनको उद्देश्यले आयोजित यो कार्यक्रम गुम्बा अध्यक्ष बुद्ध लाल पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ठोरी–४ का वडा अध्यक्ष मान बहादुर थिङको प्रमुख आतिथ्य रहेको थियो । विशिष्ट अतिथिका रूपमा ठोरी–४ का पूर्व वडा अध्यक्ष बई बहादुर तामाङ र नेपाल तामाङ घेदुङ ठोरीका अध्यक्ष जीतु तामाङ उपस्थित थिए । साथै, मावि विजयवस्तीका प्रधानाध्यापक नारायण लामा, ज्ञान ज्योति माविका प्रधानाध्यापक सुन बहादुर लामा, बुद्ध शान्ति एकेडेमीका प्रधानाध्यापक सुरेन्द्र लामा, नेराआविका शिक्षक आशाकाजी गोलेलगायत समाजसेवी, बुद्धिजीवी, लामा गुरुजन, महिला, युवा र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा ठोरी–४ अन्तर्गत सञ्चालित तीन सामुदायिक विद्यालयका जेहेन्दार, अनुशासित र विपन्न वर्गका ४० जना विद्यार्थीलाई छात्रवृत्तिस्वरूप विद्यालय झोला, कापी, कलम र विद्यालय पोशाक वितरण गरिएको थियो । यो छात्रवृत्ति कार्यक्रम नेपाल तामाङ घेदुङको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमका लागि गोपीवस्ती घर भई हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा बस्नुहुने युवा समाजसेवी दाता धन तामाङ र सुब्बा दोङले आर्थिक सहयोग गर्नुभएको हो ।

इच्छुक बौद्धमार्गीहरूले सम्भोटा लिपि शिविरमा सहभागी हुन गुम्बा अध्यक्ष वा लामा शिविर व्यवस्थापन समितिका अध्यक्षलाई यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ । प्रशिक्षण कार्यक्रम आजदेखि दैनिक बेलुकी ७:०० बजेदेखि ९:०० सम्म रहने व्यवस्थापन समितिले जानकारी दिएको छ । आजको कार्यक्रममा स्वागत मन्तव्य नेपाल तामाङ घेदुङ जिल्ला सदस्य बुद्ध ललुङ्बाले राखेका थिए भने शिक्षक फुर्बा लामाले सहजीकरण गर्नुभएको थियो ।

Address

Ghyangdada-4, Parsa
Thori
44300

Alerts

Be the first to know and let us send you an email when Thori Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thori Express:

Share