Thori Express

Thori Express सत्य र निष्पक्षताको आधार
The ground for truth & unbiasedn

ठोरीमा विभिन्न मतदान केन्द्रमा ८८०८ मत खस्योफागुन २१, ठोरी / पर्साको ठोरी गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूमा उत्साह...
05/03/2026

ठोरीमा विभिन्न मतदान केन्द्रमा ८८०८ मत खस्यो

फागुन २१, ठोरी / पर्साको ठोरी गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरूमा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । प्राप्त विवरणअनुसार गाउँपालिकाभित्रका केन्द्रहरूमा जम्मा ८८०८ मत खसेको छ ।

विभिन्न मतदान केन्द्रमा खसेको मत संख्या यस प्रकार छः
विजयबस्तीमा १०१०, घ्याङडाँडामा १६६८, ओडारमा १८६४, दीपकनगरमा ११४६, सरस्वती माविमा १५३४, सुवर्णपुर ज्ञान बाटिका माविमा ६८५ तथा क्षेत्री लाइन बालज्योतिमा ८५७ मत खसेको जनाइएको छ।

समग्रमा ठोरी गाउँपालिकामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीय स्रोतले जनाएको छ ।

धनुषा–१ : रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजफागुन १९, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कि...
03/03/2026

धनुषा–१ : रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उजुरीमा साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको उल्लेख थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । त्यसपछि आयोगले सोही दिन उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको आयोगले जनाएको छ ।

आयोगले १८ फागुनमा उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णय पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको मुख्य निर्वाचन अधिकृत बरालले बताएका छन् ।

गौर घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक पक्राउफागुन ९, रौतहट । रौतहटको गौरमा दुई समुदायबीच भएको हिंसा...
21/02/2026

गौर घटनामा संलग्न रहेको आरोपमा जनमत पार्टीका जिल्ला संयोजक पक्राउ

फागुन ९, रौतहट । रौतहटको गौरमा दुई समुदायबीच भएको हिंसात्मक झडपमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ । उनी गौर नगरपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष पनि हुन् ।

प्रहरी स्रोतका अनुसार, घटनामा जमशेदको संलग्नता सम्बन्धी केही प्रमाण फेला परेपछि उनलाई घरबाटै नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको थप अनुसन्धान भैरहेको बताएको छ ।

घटनाको सुरुवात बिहीबार साँझ भएको थियो । मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि दुई समुदायबीच विवाद चर्किएको थियो । शुक्रबार दिनभर चलेको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो । तर, शनिबार बिहानबाटै सवगढामा फेरि झडप भएको छ । यसलाई नियन्त्रण गर्न प्रशासनले रौतहटका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, हालसम्म झडपमा १० जना सामान्य घाइते भएका छन् । २० जनालाई पक्राउ गरिएको छ भने आगजनीका कारण ७ वटा मोटरसाइकल र १ थान जीप नष्ट भएका छन् । प्रहरीले झडप नियन्त्रण गर्न ५० भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो भने दर्जनौं राउन्ड हवाई फायर गरेको थियो ।

ठोरीमा नवनिर्मित विश्वेश्वर महादेव मन्दिरको शिव र बुद्ध मुर्तिको प्राणप्रतिष्ठा हुनेमाघ २६, ठोरी / ठोरी गाउँपालिका वडा न...
10/02/2026

ठोरीमा नवनिर्मित विश्वेश्वर महादेव मन्दिरको शिव र बुद्ध मुर्तिको प्राणप्रतिष्ठा हुने

माघ २६, ठोरी / ठोरी गाउँपालिका वडा नं. ४ विजयवस्तीमा रहेको नवनिर्मित श्री विश्वेश्वर महादेव मन्दिरको प्राणप्रतिष्ठा तथा महाशिवरात्रिका अवसरमा भव्य कार्यक्रम आयोजना गरिने भएको छ । मन्दिर व्यवस्थापन समितिको बैठकले सर्वसम्मत रूपमा विभिन्न निर्णय गर्दै कार्यक्रमको तयारी गरेको हो ।

महाशिवरात्रि पर्वको अवसर पारेर फागुन २ गते भगवान शिवको मुर्ति प्राणप्रतिष्ठा गरिने । फागुन ३ गते (शिवरात्रिका दिन) मन्दिर परिसरमा सामुहिक बेलविवाह (ईही) र व्रतबन्ध कार्यक्रम आयोजना गरिनेछ । इच्छुक अभिभावकले आफ्ना बालिकाको नाम दर्ता गर्न सक्नेछन् । यसका लागि प्रति बालिका रु. ३,५०० (तीन हजार पाँच सय) शुल्क निर्धारण गरिएको छ ।

त्यस्तै मन्दिर परिसरभित्र नै नवनिर्मित बौद्ध धर्मावलम्बीहरूको आस्थालाई प्रतिनिधित्व गर्ने बुद्ध प्रतिमाको समेत प्राणप्रतिष्ठा गरिनेछ । फागुन ६ गतेका दिन लामा गुरुद्वारा विशेष पूजापाठ सहित प्राणप्रतिष्ठा गरिने भएको छ ।

नोट: बेलविवाह र व्रतबन्धमा सहभागी हुन चाहने अभिभावकले छिटो नाम दर्ता गर्न समितिसँग सम्पर्क गर्नुहोस् ।

"वीरगञ्ज आइडल" को ठोरी अडिसन माघ २९ गते हुनेमाघ २५, पर्सा / नेक्स्ट जेनेरेसन इभेन्ट प्रालिको आयोजनामा वीरगञ्जमा हुन लागे...
08/02/2026

"वीरगञ्ज आइडल" को ठोरी अडिसन माघ २९ गते हुने

माघ २५, पर्सा / नेक्स्ट जेनेरेसन इभेन्ट प्रालिको आयोजनामा वीरगञ्जमा हुन लागेको गायन रियालिटी शो ‘वीरगञ्ज आइडल’को ठोरी अडिसन माघ २९ गते हुने भएको छ । ठोरी गाउँपालिका वडा नम्बर २, टाउनमा रहेको फुड शेक रेस्टुरेन्टमा यो अडिसन अपराह्न १२:०० बजेदेखि सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा ठोरी गाउँपालिका लगायत आसपासका क्षेत्रका १५ वर्षभन्दा माथिका सबै उमेर समूहका प्रतिभाहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता अडिसन, राउन्ड र फाइनल गरी तीन चरणमा सञ्चालन हुनेछ । अडिसनदेखि फाइनलसम्मका सबै कार्यक्रम वीरगञ्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजना गरिनेछ । कार्यक्रमको निर्णायक मण्डलमा हरिरत्न तुलाधर, अशोक प्रधान, सद्दाम हुसेन र प्रभात यादव रहनेछन् ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ घाइतेमाघ २२, बैतडी / बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–७ स्थित बडू...
05/02/2026

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ घाइते

माघ २२, बैतडी / बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटनामा परेर कम्तीमा ८ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन् । बिहीबार बेलुका भएको यो दुर्घटनामा बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भौनीमा बेहुली लिएर फर्किने क्रममा दुर्घटनामा परेको हो । बसमा २७ पुरुष र १८ महिला गरी कुल ४५ यात्रु सवार थिए । उकालो सडकमा अत्यधिक भारका कारण बस अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनास्थलमा ४ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप ४ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । मृतकहरूमा बझाङको केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थी रहेका छन् । अन्य मृतकहरूको पूर्ण सनाखत भइसकेको छैन ।

घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ । स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालहरूमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाको टोलीले उद्धार कार्य गरेको थियो ।

04/02/2026

बुद्ध शान्ति एकेडेमीमा "Sports Carnival-2082"

26/01/2026

Address

Ghyangdada-4, Parsa
Thori
44300

Alerts

Be the first to know and let us send you an email when Thori Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thori Express:

Shortcuts

Share