Thori Nepal ठोरी नेपाल

Thori Nepal ठोरी नेपाल ठोरी भित्रका सत्य तथ्य निश्पक्ष समाचार सम्प्रेषण गर्ने ठोरी गापको लोकप्रिय अनलाइन - ठोरी नेपाल
(1)

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली काङ्ग्रेस बाट निर्वाचित प्रदेश सदस्य  शंकर चौधरी बन तथा बाताबरण मन्त्रालय ...
31/12/2025

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट नेपाली काङ्ग्रेस बाट निर्वाचित प्रदेश सदस्य शंकर चौधरी बन तथा बाताबरण मन्त्रालय मा मन्त्रीमा नियुक्त भएका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बाट जालिम मियां,बिरेन्द्र यादव र गोकुली रेग...
31/12/2025

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बाट जालिम मियां,बिरेन्द्र यादव र गोकुली रेग्मीको नाम सिफारिस ।

लिचीबारी भ्रष्टाचार प्रकरणमा पर्सा क्षेत्र नम्बर ३ का एमाले नेता तथा  पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश ।
31/12/2025

लिचीबारी भ्रष्टाचार प्रकरणमा पर्सा क्षेत्र नम्बर ३ का एमाले नेता तथा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश ।

30/12/2025

ठोरीमा पछिल्लो एक हप्तादेखि लगातार चिसो बढ्दै गएको छ। आज झनै चिसो हावा र सितलहर चलेपछि बालबालिकाको स्वास्थ्यमा जोखिम बढेको छ। विद्यालयहरू खुले पनि भोलिदेखि यस्तै मौसम कायम रहे अभिभावकहरू थप चिन्तित बनेका छन्।

30/12/2025

रवि बालेन र कुलमानको एकता प्रति एमाले अध्यक्ष केपी ओलीको ब्यङ्ग्य ।

video स्रोत - हिमालय टिभी

रबि बालेन र कुलमान बिचको ७ बुदे सहमति पत्र
29/12/2025

रबि बालेन र कुलमान बिचको ७ बुदे सहमति पत्र

बालेन रास्वपामा समाहित । आगामी संसदीयदलको नेता बनाउने र संसदमा प्रमको उमेदवार बनाउने रविको लिखित प्रतिवद्दता ।
28/12/2025

बालेन रास्वपामा समाहित । आगामी संसदीयदलको नेता बनाउने र संसदमा प्रमको उमेदवार बनाउने रविको लिखित प्रतिवद्दता ।

एमाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्व अध्यक्ष जयप्रकाश थारु नेकपा प्रवेश पुस ११/संविधानसभा का सदस्य जय...
26/12/2025

एमाले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्व अध्यक्ष जयप्रकाश थारु नेकपा प्रवेश

पुस ११/संविधानसभा का सदस्य जयप्रकाश थारु नेकपा (एमाले) परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

एमाले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले छोडेका थारुले जानकारी दिए । थारुसहित पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का सयौँ नेता तथा कार्यकर्ता पनि एमाले त्यागेर नेकपामा सामेल भएका छन् । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित विशेष समारोहमा उनीहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन।

नेकपा (एमाले) पर्साका पूर्व अध्यक्ष र प्रदेश सचिवालय सदस्य समेत रहेका थारु निकट स्रोतका अनुसार, आगामी निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य ‌‌को चुनाव लडने भएका छन।

जयप्रकाश थारु दोस्रो संविधानसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका रमेश रिजाललाई पराजित गर्दै विजयी भएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पटक–पटक समस्या बन्दै आएको सडक सुधारका लागि ठोस काम अघि बढेको छ। माडी नगरपालिकाले निकुञ्जभित...
24/12/2025

चितवन राष्ट्रिय निकुञ्जभित्र पटक–पटक समस्या बन्दै आएको सडक सुधारका लागि ठोस काम अघि बढेको छ। माडी नगरपालिकाले निकुञ्जभित्र पर्ने बनकट्टा चेकपोस्टदेखि देउरालीसम्मको सडक खण्डमा इन्टरलक ब्लक बिछ्याउने (पाइलट प्रोजेक्ट) योजना सार्वजनिक गरेको छ।

माडी नगरपालिका–१ मा सञ्चालन हुने उक्त योजनाको कुल लागत अनुमान ११ लाख २४ हजार ५५७ रुपैयाँ ८२ पैसा रहेको छ। जसमध्ये कार्यालयले ९ लाख ७० हजार रुपैयाँ (करकट्टीसहित १० लाख) व्यहोर्नेछ भने १ लाख ५४ हजार ५५७रुपैयाँ ८२ पैसा जनश्रमदानबाट जुटाइनेछ। योजनाबाट करिब ३४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

उपभोक्ता समितिमार्फत सञ्चालन हुने यो योजनाको सम्झौता मिति २०८२/०८/१५ गते भएको छ भने २०८२/१०/२९ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसअघि निकुञ्जभित्रको सडक धुलो, हिलो र जर्जर अवस्थाका कारण माडीबासीले सास्ती भोग्दै आएका थिए। जेनजी युवाहरूको आन्दोलन, स्थानीय दबाब र नगरपालिकाको पहलपछि वैकल्पिक भूमिगत विद्युत् केबल, सडक स्तरोन्नति र ईआईए प्रक्रिया अघि बढेसँगै अब सडक सुधारले पनि गति लिएको छ।

स्थानीयवासीहरूले यो योजना कार्यान्वयनसँगै निकुञ्जभित्रको आवतजावत सहज हुने, धुलोको समस्या घट्ने र दीर्घकालीन समाधानतर्फ माडी अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

सालीसँग विवाह नगरी दिए मर्छु भनी मोबाइल टावरमा चढेका युवकलाई  पुलिसले ३ घण्टा पछि तल झार्‍यो!भारतको उत्तर प्रदेशको औरैया...
24/12/2025

सालीसँग विवाह नगरी दिए मर्छु भनी मोबाइल टावरमा चढेका युवकलाई पुलिसले ३ घण्टा पछि तल झार्‍यो!
भारतको उत्तर प्रदेशको औरैया जिल्लामा एक विवाहित युवकले सालीसँग विवाहको जिद्दी गर्दै मोबाइल टावरमा चढे। पुलिस र स्थानीयहरूको प्रयासपछि तीन घण्टा लगाएर समझाएर उनलाई सुरक्षित तल झारे र समझाई बुझाई परिवार को जिम्मा लगाइदिएका छन् ।

नेपाली काङ्ग्रेस रमेश रिजालको दोहोरो चरित्र, चुनावको तयारीसँगै संसद् पुनर्स्थापना अभियानमा पनि सहभागीपुस ८ / भदौ २३–२४ क...
23/12/2025

नेपाली काङ्ग्रेस रमेश रिजालको दोहोरो चरित्र, चुनावको तयारीसँगै संसद् पुनर्स्थापना अभियानमा पनि सहभागी

पुस ८ / भदौ २३–२४ को जेन–जी आन्दोलनको उत्कर्षपछि विघटित प्रतिनिधिसभालाई पुनर्जीवित गराउने प्रयासमा प्रमुख दलहरूका पूर्व सांसदहरूले नयाँ जोस देखाएका छन् ।

नेपाली काँग्रेस र नेकपा (एमाले) का निवर्तमान सांसदहरूले बहुमत हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमा पूरक रिट दर्ता गर्ने रणनीति अख्तियार गरेका छन् । सांसदहरूको हस्ताक्षरले पुनर्स्थापना प्रक्रियालाई थप बलियो बनाउने उनीहरूको विश्वास छ ।

अभियानमा पर्सा जिल्लाका दुई चर्चित पूर्व मन्त्रीहरू पनि जोडिएका छन् । क्षेत्र नं. २ बाट निर्वाचित पूर्व सांसद तथा पूर्व कानुन मन्त्री अजयकुमार चौरसिया र क्षेत्र नं. ४ का पूर्व सांसद तथा पूर्व उद्योग मन्त्री रमेश रिजालले मङ्गलवार हस्ताक्षर गर्दै संसद् पुनर्स्थापनाको पक्षमा खुलेर उभिएका हुन् । यसअघि काँग्रेसतर्फका ८ पूर्व सांसदले मङ्सिर २३ मा रिट दर्ता गरेका थिए भने थप ५७ जनाको समर्थनसहित कुल ६५ हस्ताक्षर जुटाइएको छ ।

रमेश रिजालको राजनीतिक चरित्रमाथि पनि प्रश्न उठाएको छ । विशेषगरी रिजालले एकातर्फ काँग्रेसको क्षेत्रीय भेलाबाट चुनावी उम्मेदवारीका लागि नाम सिफारिस गराएर सक्रिय चुनावी तयारी गरिरहेका छन् भने अर्कोतर्फ संसद् पुनर्स्थापनाको रिटमा हस्ताक्षर गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ४ बाट रमेश रिजालको नाम सिफारिस भइसकेको अवस्थामा उनीहरूको दोहोरो भूमिकालाई राजनीतिक वृत्तमा ‘द्वैध चरित्र’ का रूपमा हेर्न थालिएको छ । विश्लेषकहरूका अनुसार, चुनावी मैदानमा उत्रने तयारी गर्दागर्दै संसद् ब्युँताउने अभियानमा सहभागी हुनुले उनीहरूको स्थिरताप्रतिको प्रतिबद्धतामाथि शङ्का जन्माएको छ ।

ठोरीमा अत्याधिक चिसो बढेपछि ठोरीका सामुदायिक विद्यालयमा बुधबार एक दिनका लागि जाडो बिदाठोरी, ८ पुस / पछिल्लो समय ठोरीमा ल...
23/12/2025

ठोरीमा अत्याधिक चिसो बढेपछि ठोरीका सामुदायिक विद्यालयमा बुधबार एक दिनका लागि जाडो बिदा

ठोरी, ८ पुस / पछिल्लो समय ठोरीमा लगातार कुइरो र चिसो बढ्दै गएपछि ठोरी गापले भोली बुधबार सामुदायिक विद्यालयहरूमा एकदिने जाडो बिदा दिएको छ।

ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार बुधबारका लागि जाडो बिदा दिइएको हो। बिहीबार क्रिसमस डे तथा शुक्रबार गाउँपालिकाको शैक्षिक क्यालेन्डरअनुसार वार्षिक बिदा रहेकाले विद्यालयहरू पुस १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुनेछन्।

Address

Thori

Website

Alerts

Be the first to know and let us send you an email when Thori Nepal ठोरी नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share