Tikapur Galary

Tikapur Galary Election Campaigner

स्थानीय कला, साहित्य, संस्कृति, राजनैतिक, शैक्षिक, खेलकुद, सामाजिक, आर्थिक, पर्यटन एवं स्वास्थ्यका क्षेत्रमा चेतना र विकासका लागि सशक्त ढङ्गले ¬अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो ।

मैले अस्ति एक जना मन मिल्ने साथीलाई भनें-"अब 'गु' खान मात्र बाँकी छ ।"ती साथीले पुन: प्रश्न गरे- "कसले ?"मैले फेरि भनें-...
24/03/2026

मैले अस्ति एक जना मन मिल्ने साथीलाई भनें-
"अब 'गु' खान मात्र बाँकी छ ।"
ती साथीले पुन: प्रश्न गरे- "कसले ?"
मैले फेरि भनें- "गगनले बिगार्याे भन्नेले ।"

यदि याे स्थिती गगनकै कारण भएकाे हाे भने-

अस्ति गगनले झैं,
पार्टी म हाक्छु ।
वा, फलानाे दाई हाक्छ ।
वा, भाउजु हाक्नु हुन्छ ।
भन्ने आँट राख ।
वा, राख्न लगाउ ।

अहिलेसम्म पार्टी नेतृत्व सम्हाल्छु भन्ने एक जना पनि देखिएकाे छैन । अरूकाे रिस गरेर केही हुँदैन । गगन जस्तै अर्काे नेतृत्व तयार गर, त्यस्ताे काेही देखाउँ । हामी त्यसैलाई मानाैंला । तर खाली तर्कलाई वितर्क बनाउनुकाे कुनै अर्थ छैन ।

मैले यसाे भनी रहँदा-
गगन भगवान हाे ? हाेईन ।
गगनले गल्ती नै गर्दैन ? गर्छ ।
गगनकाे गल्ती नै छैन ? छ ।
याे परिस्थितीकाे जिम्मेवारी गगनले लिनु पर्दैन ? पर्छ ।

तर,
गगनले गल्ती स्विकार गर्छ ।
आफु सुध्रनु छ भन्ने हिम्मत गर्छ ।
अरूकाे विराेध गरेर बस्दैन ।
आफू बदलिन्छु भन्छ ।
पार्टी बदल्नु छ भन्छ ।
नेतृत्व गर्ने आँट देखाउछ ।
नेतृत्व क्षमता प्रष्ट्याउन सक्छ ।
गल्तीलाई गल्ती भन्छ ।

त्यसैले म #गगन मान्छु ।
गगन टिम हाेईन ।
तमाम युवाकाे-
आसा हाे ।
भराेसा हाे ।
ढुक्ढुकी हाे ।

याे भन्दा अघि- 'गर्नु पर्ने भन्दा बढी, नगर्नु पर्ने काम गरेर' भुस हुन लागेकाे काँग्रेसलाई गगनले पुनर्जिवित गरि दिन्थे कि भन्ने एउटा सानाे आसा साँचेका हाैं ।

विशेष महाधिवेशन गरेर पार्टीकाे याे अवस्था भयाे नभनाैं । हामीले अहिले पनि जित्नेसँग जितेकै छाैं । एमाले, नेकपा, रापप्रा लगायतका दल भन्दा पार्टी पछाडी परेकाे थियाे भने पार्टीलाई गगनले नै हराएकाे भन्दा हुन्छ । एमालेसँग पहिले पनि अगाडि थियाे, अहिले पनि दाेब्बरले अगाडि नै छ । अरू सबै पार्टीले जितेर काँग्रेसले मात्र हारेकाे भए यसकाे जम्मै दाेष गगनले लिनु पर्थ्याे । तर त्यस्ताे हाेईन । अहिले काँग्रेसले मात्र हारेन- पुराना सबै पार्टीले हारे । राम्राले पनि हारे । युवाले पनि हारे । केपी ओली जस्ताले त हारे, अरूकाे के कुरा । समयले सबैलाई हराएकाे हाे ।

हामीले याे चुनाव परिणाम आउने बित्तिकै भदाै २३ र २४ गतेकाे त्याे दिन छटक्कै बिर्सियाैं । नेपालकाे ईतिहासमा कैयन आन्दाेलन भए, कैयन भाैतिक संरचना लडे । सशस्त्र युद्ध हुँदा पनि सिंहदरवार, संसद भवन र सर्वाेच्च जलेकाे थिएन । देशकाे प्रधानमन्त्रीले आफ्नाे ज्यान बचाउन हेलिकप्टर प्रयाेग गरेर भाग्नु पर्याे । देशकाे पाँच पटक प्रधानमन्त्री भएका नेता घर भित्रै घरपरिवारका अगाडि कुटिए । याे भन्दा बेईज्जती दुनियामा के हाेला ? तैपनि हामीले गल्ती गरेकाे महसुस नै गरेनाैं, अझै गरेका छैनाैं । अनि के पार्टी बनाउँला, के देश चलाउँला ? भदाै २३ र २४ गते घटेकाे घटनाकाे सानाे झल्काे हुँदै गरेकाे चुनाव हाे भन्ने सम्म पनि हामीले बुझेनाैं । थुक्क जीन्दगी !

मात्र-
आफ्नाे गल्ती लुकाउन अरूलाई गलत साबित गरेर केही हुदैन । हामीले अझै आफ्नाे गल्ती नस्विकारी अरूलाई नै गलत देखि रह्याैं भने गाउँबाट काँग्रेस हराउने निश्चित छ ।

फेरि भन्छु-
अब "गु" खान मात्र बाँकी छ ।
कसले चाहिँ नभन्नु हाेला 🙏
Copy: harka kathayat.

किनकि उनी गगन थापा हुन्। उनलाई नैतिकताको कशीमा कमजोर हुने छुट छैन। जय नेपाल
19/03/2026

किनकि उनी गगन थापा हुन्। उनलाई नैतिकताको कशीमा कमजोर हुने छुट छैन। जय नेपाल

बजारमा सधैँ ६ थरी मान्छेहरू थिए र छन्, जो गगनको नाम लिएको, गगन अलि बढी लायक छन् भनेको सुन्न वा पढ्न फिटिक्कै रुचाउँदैनन्...
18/03/2026

बजारमा सधैँ ६ थरी मान्छेहरू थिए र छन्, जो गगनको नाम लिएको, गगन अलि बढी लायक छन् भनेको सुन्न वा पढ्न फिटिक्कै रुचाउँदैनन्।
एक– जो कांग्रेसै हुन् तर तिनीहरूलाई समग्र कांग्रेसको भन्दा पनि आफ्ना स्वार्थ जोडिएको खास गुट वा नेताको माया बढी लाग्छ।
दुई– ती जो वामपन्थीहरू, जो गगनको उदयमा आफ्नो अस्तको बढी डर देख्छन्।
तीन– ती जो राजावादीहरू, जसलाई गगनले अरुभन्दा पहिले गणतन्त्रको नारा उचालेकोमा उहिल्यैदेखिको चर्को रिस छ।
चार– ती जो आफ्नो चेतलाई अलि बेग्लै वा धुन्धान ठान्छन्। र, आफ्ना चेत अलि माथि छ भन्ने देखाउन गगनजस्ता मान्छेसँग यसै निहुँ खोज्न मन पराउँछन्– ‘एटेन्सन सिकर’हरू।
पाँच– ती जो आफ्ना प्रिय रवि लामिछानेलाई फसाउने गगन नै हुन् भन्ने ठान्छन्।
छ– ती सामान्यजन, जो एक, दुई, तीन, चार र पाँचथरीका मान्छेले फिँजाउने हल्ला पत्याउँछन्।

फेरि म गगन थापामाथि लेख्दैछु, जो हारेका छन्।अक्सर इतिहास जित्नेहरूको लेखिन्छ। म भने आज जित्नेको होइन, हार्नेको इ.....

16/03/2026

कांग्रेसका ओरिजिनल क्रियाशील सदस्यको मनमा अहिले यही चलिरहेको छ।

14/03/2026

गगन थापा देशको लागि आवश्यक नेता हुन् ।

12/03/2026

कैलाली क्षेत्र नम्बर १ का एक काग्रेस नेताले अर्को पार्टीको उम्मेदवारसँग ७ लाख बुझेको रे, ती उम्मेदवार हारेपछि हिजो चार लाख फिर्ता ल्याए भन्दै छन् त कसो हो जवानौ ?

11/03/2026

वरिष्ठ पत्रकार विजयकुमारले के भने ?

09/03/2026

आन्दोलनकी अभियन्ता जेन्जी फ्रन्टकी संयोजक रक्षा बम लेख्छिन्, ।
आदरणीय नेपाली कांग्रेसका सभापति गगन थापा ज्यू,

हामीले बारम्बार भनेका थियौँ अब दलहरू सुध्रिनुपर्छ, यो बाहेक अर्को विकल्प छैन। जेनजी आन्दोलनको एउटा महत्त्वपूर्ण माग भनेकै दलहरू भित्रको Reformation थियो। त्यो आवाजलाई तपाईंले सुन्नुभयो, स्वीकार गर्नुभयो र आफैँ आबद्ध दलभित्रै विद्रोह गर्नुभयो, तर यसपटक धेरै ढिलो भइसकेको थियो।आज जसले जे भने पनि, तपाईंले देखाएको त्यो साहसलाई मान्नैपर्छ।

आदरणीय कांग्रेसीजनहरू, आज कांग्रेस यस्तो अवस्थामा खुम्चिनुको कारण गगनले गरेको विद्रोह होइन। यसको कारण त तपाईंहरूको दलभित्र वर्षौँदेखि बढ्दै आएको दलतन्त्र, गलत निर्णयहरू र नेतृत्वले गरेका कमजोरीहरू हुन्। यदि सत्यसँग आँखा जुधाउने नै हो भने, तपाईंहरूले स्वीकार गर्नैपर्छ तपाईहरूको दलभित्रको “दाइवाद र भाउजुवादले” पार्टीलाई कमजोर बनाएकै हो।

सभापति ज्यू, चुनाव हो हार र जित स्वाभाविक कुरा हो। तर लोकतन्त्रको सुन्दरता नै यही हो कि जनताको जनमतलाई सम्मान गर्न सकियोस्। हामी आशा गर्छौँ, तपाईंले जनताको निर्णयलाई सम्मान गर्नुहुनेछ, नयाँ आउनेहरूलाई ठूलो मन राखेर स्वागत गर्नुहुनेछ र आवश्यक परे सहयोग पनि गर्नुहुनेछ। लोकतन्त्रमा दलहरू भुमिका महत्वपुर्ण हुन्छ त्यसैले अबका वर्षहरूमा तपाईं फेरि जनतामाझ फर्कनुहोस्। भुइँका कुरा सुन्नुहोस् र नेपाली कांग्रेसलाई फेरि मलजल गरेर, सफा गरेर, जनताको विश्वास जित्ने बी.पी र प्रदीप गिरीहरूको कांग्रेस बनाउनुहोस्। तपाईंले विशेष महाधिवेशनमा भन्नुभएको थियो कि “कांग्रेस लास र दासहरूको पार्टी होइन।” हामी पनि यही अपेक्षा गर्छौँ तपाईंका कामहरूले त्यस वाक्यलाई साँचो अर्थमा सार्थक बनाउनेछन्।

तपाईं सांसदभन्दा पहिले एउटा आन्दोलनकारी हुनुहुन्थ्यो।त्यसैले, एउटा आन्दोलनकारीको तर्फबाट अर्को आन्दोलनकारीलाई यति मात्र भन्न चाहन्छु कि जीवनका हरेक आन्दोलनहरू महत्त्वपूर्ण हुन्छन्। तपाईंको यो आत्मसंघर्ष, तपाईंले आफै भित्र र आफ्नै दलभित्र सुरु गरेको आन्दोलनले सार्थकता पाओस्।

शुभकामना।

09/03/2026

जय नेपाल!

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥प्रिय गगन,आज शब्दहरू तिम्रो मेहेनतको अग...
08/03/2026

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
प्रिय गगन,
आज शब्दहरू तिम्रो मेहेनतको अगाडि निकै साना महसुस भइरहेका छन्। तिम्रो त्यो अथक परिश्रम, जनताको घरदैलोमा पुग्दाको तिम्रो त्यो ऊर्जा, र परिवर्तनका लागि तिमीभित्र बलेको त्यो आगो, यी सबै कुराको साक्षी म छु।
तिमीले आफ्नो तर्फबाट कुनै कसर बाँकी राखेका थिएनौ। तिम्रो प्रयासमा कुनै खोट थिएन, मात्र समय र परिस्थितिले आज अर्कै बाटो रोज्यो।
हार र जित त सिक्काका दुई पाटा हुन् गगन, तर 'निष्ठा' सबैको भागमा हुँदैन। आजको यो चुनावी परिणामले तिम्रो कदलाई घटाउन सक्दैन। कतिपय मानिसहरू पदका लागि राजनीति गर्छन्, तर तिमीले त राजनीतिका लागि आफ्नो जीवन नै समर्पित गर्यौ।
यो एउटा निर्वाचनको हार मात्र हो, तिम्रो विचार र तिम्रो भिजनको हार होइन।
निर्वाचनको एउटा अंकगणितले तिम्रो उचाई नाप्न सक्दैन गगन। तिमी एउटा नाम मात्र होइनौ, तिमी त यो देशका हजारौँ युवाहरूको धड्कन हौ, एउटा भरोसा हौ।
एउटा युद्ध हार्दैमा योद्धा सकिँदैन, बरु ऊ अझ परिपक्व र बलियो भएर उभिन्छ। आज तिम्रो अनुहारमा देखिएको त्यो थकाइ हारको संकेत होइन, यो त एउटा लामो र महान यात्राको विश्राम मात्र हो।
गगन, तिमी जस्तो मान्छे ओइलाउनु हुँदैन।
तिमी नथाक, किनकि तिमी थाक्यौ भने यो देशको एउटा ठूलो सपना थाक्नेछ। तिम्रो आवाजले सदनमा मात्र होइन, अब हरेक नेपालीको मन-मनमा न्याय र परिवर्तनको झिल्को बाल्नुपर्छ।
हिजो तिमी एक्लै थियौ होला, आज तिमीसँग तिम्रो विचार र भिजनले बाँधिएका लाखौँ मनहरू छन्।
विश्राम लेऊ, आफैलाई फेरि बटुल, तर याद राख, यो देशलाई तिम्रो खाँचो सकिएको छैन, बरु अझ बढेको छ।
तिम्रो निष्ठा र तिम्रो अजेय यात्रामा मलाई सधैँ गर्व थियो, छ र सधैँ रहनेछ।
तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले छेक्न सक्दैन।
साभार : Anjana KC Thapa Tikaram Yatri

08/03/2026

चुनावमा “कांग्रेस जिताउँ” भनेर मुखसम्म नखोल्ने देउवा गिरोहलाई यतिखेर नैतिकताका आधारमा गगन थापाका राजिनामा चाहिएको छ Thapa

Address

Tikapur
977

Telephone

+9779848422219

Website

Alerts

Be the first to know and let us send you an email when Tikapur Galary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tikapur Galary:

Share