Daily News Rapti

Daily News Rapti सहिद महान स्मृति संचार गृह प्रा.ली.द्वारा संचालित www.dailynewsrapti.com

तीन युवा मिलेर खोले ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यकाठमाडौं । तीन युवा मिलेर ‘गन्तव्य कुरिएर सर्भिस प्...
18/08/2026

तीन युवा मिलेर खोले ‘गन्तव्य कुरिएर’, घरदैलोमै सेवा पुर्‍याउने लक्ष्य
काठमाडौं । तीन युवा मिलेर ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि.’ सञ्चालनमा ल्याएका छन्। काठमाडौंको सामाखुसी–टाउनप्लानिङमा कार्यालय स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा दिने उद्देश्यसहित कम्पनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गरिरहेका गोपाल चन्द, लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत तिलक केसी र स्नातकोत्तर तहमा अध्ययनरत रामकुमार डंगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन्।

कम्पनीको उद्घाटन समाजसेवी तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले रिबन काटेर गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष डिलाराम वलीले पछिल्लो समय कुरिएर तथा कार्गो सेवाको आवश्यकता बढ्दै गएको बताए। उनले कुरिएर सेवा सामान ओसारपसार मात्र नभई समय, सुरक्षा र विश्वाससँग जोडिएको व्यवसाय भएकाले सेवाग्राहीको विश्वास जित्न कम्पनी सफल हुनुपर्ने बताए।

“सेवाग्राहीले आफ्नो महत्वपूर्ण सामान वा कागजात जिम्मा दिँदा सुरक्षित रूपमा सही गन्तव्यमा पुग्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ,” वलीले भने। उनले गन्तव्य कुरिएरलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरे।

लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहेका कम्पनीका अध्यक्ष गोपाल चन्दले नेपालमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको बताए। “हामी तीन जना युवाले विदेश जानेभन्दा आफ्नै देशमा सम्भावना खोजेर केही गर्नुपर्छ भन्ने सोचका साथ गन्तव्य कुरिएर सुरु गरेका हौं,” उनले भने, “सुरुवात सानो भए पनि हाम्रो लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय कुरिएर कम्पनी बनाउने हो।” उनले कम्पनीको उदेश्य पैसा कमाउने मात्र नभई सानो संख्यामा भए पनि रोजगारी दिने योजना बनाएको बताए । चन्दले पत्रकारिता सगसगै मास्टर इन मिडिया टेक्नोलोजीबाट मास्टर डिग्री गरेका छन ।

सूचना प्रविधिको अनुभव बोकेका कम्पनीका संचालक समिती सदस्य तिलक केसीले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहज र भरपर्दो सेवा दिने बताए। “आजको डिजिटल युगमा कुरिएर सेवा अत्यावश्यक बन्दै गएको छ। ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा पनि घरदैलोमै पुगेर सेवा दिने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।

त्यस्तै, स्नातकोत्तर अध्ययनरत संचालक समितिका सदस्य रामकुमार डंगीले युवाहरूले रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा पनि अघि बढ्नुपर्ने बताए। “हामीले एउटा व्यवसाय मात्र सुरु गरेका होइनौं, नेपालमै बसेर युवाले केही गर्न सक्छन् भन्ने उदाहरण पनि बन्न चाहन्छौं,” उनले भने।

गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानमा कागजात, पार्सल तथा व्यावसायिक सामग्री पुर्‍याउनुका साथै अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सञ्चालन गर्ने जनाएको छ। आगामी दिनमा देशका विभिन्न स्थानमा सेवा सञ्जाल विस्तार गर्दै रोजगारीका अवसरसमेत सिर्जना गर्ने कम्पनीको योजना छ।

‘तपाईंको सामान, हाम्रो जिम्मेवारी—सुरक्षित गन्तव्यसम्म’ भन्ने भावनासहित सुरु भएको गन्तव्य कुरिएरले सेवाग्राहीको विश्वासलाई आफ्नो मुख्य आधार बनाएको जनाएको छ।

राप्ती बबई क्याम्पसको विवाद के हो ? यस्तो छ वास्तविकता (समाचार कमेन्टमा)...
17/08/2026

राप्ती बबई क्याम्पसको विवाद के हो ? यस्तो छ वास्तविकता (समाचार कमेन्टमा)...

17/08/2026

हेमन्तप्रकाश वली । तुलसीपुर । राप्ती बबई क्याम्पस तुलसीपुर, दाङले सहप्राध्यापक युवराज रावतलाई क्याम्पसको आचारस...

15/08/2026

तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दाङको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट तुलसीपुरका युवा व्यवसा.....

11/08/2026

शान्तिनगर गाउँपालिका-३ भलानेटी स्थित माओवादी नेता मनोज सीले आफ्नो दिवंगत बुवा जीत बहादुर परियारको स्मृतिमा गरे सरकारी बिधालयमा बिद्यार्थीलाई कापी ,कलम वितरण....

11/08/2026

माओवादी नेता मनोज सीका बुवा जीत बहादुर परियारको श्रद्धाञ्जली कार्यक्रम...

11/08/2026

क्रान्तिपछि नेपाली समाज कस्तो बनाउन चाहान्थे विप्लव? यस्तो घतलाग्दो कुरा गरे.....

जीतबहादुर परियारको स्मृतिमा श्रद्धाञ्जलीसँगै विद्यार्थीलाई शैक्षिक सामग्रीदाङ । नेकपा (माओवादी) का केन्द्रीय प्रतिनिधि स...
11/08/2026

जीतबहादुर परियारको स्मृतिमा श्रद्धाञ्जलीसँगै विद्यार्थीलाई शैक्षिक सामग्री
दाङ । नेकपा (माओवादी) का केन्द्रीय प्रतिनिधि सदस्य तथा शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीका बुवा दिवंगत जीतबहादुर परियारको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
शान्तिनगरमा सोमबार आयोजित कार्यक्रममा नेकपा (माओवादी) का पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेकपा बहुमतका नेता अमर खड्का, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ राधिका परियार, नेकपा (माओवादी) का केन्द्रीय सदस्य सविन सी लगायतले दिवंगत परियारप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र व्यक्तित्वको स्मरण गरेका थिए।

दिवंगत जीतबहादुर परियारको साउन १९ गते ६३ वर्षको उमेरमा दुःखद निधन भएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा माओवादी नेताहरू प्रदीप सी, तिलक सी, रुद्र सी, प्रतिरोध सी, विजय सी, जीवनी सी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा शान्तिनगर गाउँकमिटीका इन्चार्ज निर्मल सीले गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रमको अवसरमा दिवंगत जीतबहादुर परियारको स्मृतिमा जनता आधारभूत विद्यालय, शान्तिनगर–३, भलानेटीका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।
विद्यार्थीहरूलाई कापी, कलमलगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। सहयोगप्रति विद्यालयका प्रधानाध्यापक ठगप्रसाद पुनले धन्यवाद व्यक्त गरेका थिए।
दिवंगत परियारको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरिएको माओवादीले जनाएको छ ।

11/08/2026

दाङ । नेकपा (माओवादी) का केन्द्रीय प्रतिनिधि सदस्य तथा शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीका बुवा दिवंगत जीत...

सरकारले भदौभित्रै ८ जिल्लाका करिब पाँच सय भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ...
06/08/2026

सरकारले भदौभित्रै ८ जिल्लाका करिब पाँच सय भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ।

Address

Tulsipur-5, Dang
Tulsipur
22412

Alerts

Be the first to know and let us send you an email when Daily News Rapti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share