Lal bahadur bc pege

Lal bahadur bc pege नमस्ते म गायक लाल बहादुर बि सि मेरो यो पेज लाईक अनि फलो गरि दिनु होला धन्यवाद

16/10/2024

सम्झी दिए पुग्छ

क कस्ले सम्झनु हुन्छ आज पनि यहाँहरु लाई
16/10/2024

क कस्ले सम्झनु हुन्छ आज पनि यहाँहरु लाई

30/11/2023

तिम्रो अति मिल्ने साथिले भनेको आज भोलि त मेरो स्टाटस हेरेर पनि रुन्छेउरे………?

29/11/2023

जब म तिमी बाट टाढा हुन खोज्छु नि धड्की रहेको मुटुले तिमी तिरै आकर्सित गरि दिन्छ ।

24/11/2023

निःशुल्क रुपमा उपलब्ध हुने भीपीएन (Free VPN )को प्रयोग गर्दा इन्टरनेट प्रयोगकर्ताको डाटा चोरी हुनसक्ने, गोपनियता भंग हुनसक्ने, अकाउन्ट ह्याक हुनसक्ने लगायतका विभिन्न सुरक्षा जोखिमहरु बढ्ने भएकोले यस्ता भीपीएन प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।

आज बाट दसैं पनि सकियो
28/10/2023

आज बाट दसैं पनि सकियो

09/10/2023

विराटनगर : नजिकिँदो चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका कोसी प्रदेशका विभिन्न स्थानमा सुरक्षा सक्रियता बढाइएको छ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङ, सुनसरी, झापालगायतका विभिन्न स्थानमा सुरक्षा तैनाथी बढाइएको हो। सीमा क्षेत्रलाई लक्षित गरेर अहिले नेपाल र सशस्त्र प्रहरीले संयुक्त रूपमा कारबाही सुरु गरेका छन्। दुवै निकायले संयुक्त गस्तीसमेत गरिरहेका छन्। दुई देशीय सिमानामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। सबै ठाउँमा निगरानी बढाइएको छ।

दसैं, तिहार, छठलगायतका चाडपर्वमा हुनसक्ने चोरी निकासी र आपराधिक घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय भइरहेको सुरक्षा स्रोतले बतायो। कोसी प्रदेशका नेपाल प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल लगायतका सुरक्षा अधिकारीले सीमा क्षेत्रमै पुगेर त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई चोरी निकासी एवं सीमा अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न संयुक्त निर्देशन दिन थालेका छन्।

उनीहरूले सीमावर्ती युनिटका सुरक्षा अधिकारीसँग वर्तमान सुरक्षा अवस्थाका बारेमा छलफल गर्दै अवैध भन्सार चोरी निकासी र अपराध नियन्त्रणमा आपसी समन्वय एवं सहकार्य गर्न निर्देशन दिने गरेका हुन्। चाडपर्वका बेला सीमा क्षेत्रबाट अवैध चोरी तस्करी बढ्ने गरेको छ। त्यसलाई रोक्न नेपाल र सशस्त्रका सुरक्षा अधिकारी बीचमा आवश्यक अन्तरक्रिया एवं छलफलसमेत थालिएको छ।

अन्तरक्रियामा सुरक्षा अधिकारीहरूले जिल्लागत वस्तुस्थितिका बारेमा डीआईजीद्वयलाई जानकारी गराउने गरेका छन्। डीआईजीद्वय बास्तोला र पोखरेलले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजवुत बनाउन पनि निर्देशन दिइरहेका छन्। ‘सुरक्षित र मर्यादित हिसाबले नेपालीहरूको महान पर्वलाई मनाउने वातावरण तयार पार्नुपर्छ। सीमा क्षेत्रबाट हुने अवैध धन्दा रोक्नुपर्छ,’ निर्देशन दिँदै उनीहरूले भनेका छन्, ‘सुरक्षामा कुनै कमजोरी आउन दिन हुँदैन। गलत कामलाई प्रशय दिनु सुरक्षा निकायको मर्यादाविपरीत हो।’

चाडपर्वका नाममा हुने अवैध धन्दालाई प्रशय दिने सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत उनीहरूले दिएका छन्। अग्रिम सूचना संकलन गरेर सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध रोक्न सुरक्षा निकाय सक्रिय हुनुपर्नेमा उनीहरूको जोड छ। चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न नदिन सुरक्षाकर्मी चनाखो हुनपर्ने उनीहरू बताउँछन्।

डीआईजी पोखरेलले सीमा क्षेत्रमा सशस्त्रको सक्रियता बढाएर सुरक्षा अवस्था मजवुत बनाइएको बताए। सीमामा कडा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको उनको भनाइ छ। पोखरेलका अनुसार चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने अवैध आयात एवं निर्यात रोक्न विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै कडाइ गर्ने काम भइरहेको छ।

डीआईजी बास्तोला सीमा क्षेत्रबाट हुनसक्ने लागूऔषध, हतियार, मदिरालगायतको अवैध धन्दा तथा विभिन्न आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरीसँग समन्वय भइरहेको बताउँछन्। लत्ताकपडा, दैनिक उपभोग्यवस्तुलगायतको तस्करी रोक्न सुरक्षाकर्मीले हरदम प्रयास गरिरहेको उनको भनाइ छ। चाडपर्वका समयमा हुनसक्ने लुटपाट, चोरीलगायतका घटना रोक्न तथा त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरी चनाखो भएर लागेको बास्तोला बताउँछन्।

भारतसँगको खुला सीमाका कारण चोरी तस्करी एवं दुई नम्बरी धन्दा नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सुरक्षा विश्लेषण छ। भारतबाट नेपाल र नेपालबाट भारततिर भइरहेका तस्करी नियन्त्रणलाई शून्यमा झार्न मिहिनेत गरिरहेको दाबी सुरक्षाकर्मीको छ। ‘चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन सबै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर निगरानी बढाइएको छ,’ बास्तोला भन्छन्, ‘कुनै कमजोरी हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ।’

सुरक्षा निकायहरूबीचको समन्वयमा सीमा क्षेत्रलाई विशेष निगरानीमा राख्दा सीमा अपराध हुन नपाउने उनको बुझाइ छ। उनका अनुसार अवैध धन्दा र आपराधिक घटना नियन्त्रणमा लिन सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

09/10/2023

काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेको छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा शान्तिवादीहरुले राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरित माफी मिनाहाको घोषणा किन ?, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामन्डन गर्न पाइदैँन, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

सो क्रममा प्रहरीले सहभागीहरुमध्येबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगञ्जमामा राखेको छ ।

नमस्ते सम्पुर्ण साथीहरूलाई मेरो youtebe चेनलमा गयर subscribe गरि दिनु होला
13/09/2023

नमस्ते सम्पुर्ण साथीहरूलाई मेरो youtebe चेनलमा गयर subscribe गरि दिनु होला

20/05/2023

नमस्ते सम्पुर्ण साथीहरू लाई मेरो पेजमा स्वागत छ

Address

Tulsipur
TULSIPUR

Website

Alerts

Be the first to know and let us send you an email when Lal bahadur bc pege posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category