
11/11/2024
पत्रुखाना निषेध गराैँ : नगरप्रमुख खड्का
तुलसिपुर कार्तिक २६
तुलसिपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खडकाले पत्रुखाना( जङ्कफूड) निषेध गर्नुपर्ने बताउनुभएकाे छ । उहाँले पछिल्लाे समयमा बालबालिकाहरुमा खाना नपाएरभन्दा खाना खान नजानेर कुपाेषण बढेकाे भन्दै पत्रुखानाका कारण बालबालिकाहरुकाे स्वास्थ्यमा समस्या सिर्जना भएकाे बताउनुभयाे ।
तुलसिपुर उपमहानगरपालिका स्वास्थ्य जनप्रवर्धन शाखाले आयाेजना गरेकाे पालिकास्तरीय पाेषण कार्यक्रम समीक्षा याेजना तर्जुमा गाेष्ठीकाे उदघाटन गर्दै नगरप्रमुख खड्काले पालिकाले केही विद्यालयले विद्यालयमै विद्यालय खाजा कार्यक्रममा पाेषणयुक्त खानेकुरा व्यवस्थापन गरिएकाे बताउनुभयाे ।
सामाजिक विकास समिति संयाेजक मानबहादुर रावतकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख
अाेमप्रसाद न्याैपानेले घरदैलाेमा पुगेर दुई वर्षमुनिका बालबालिकाहरुकाे २४ पटक ताैल लिने
गर्भवति महिलालाइ आइरन चक्की, बालभिटा वितरण गरिएकाे बताउनुभयाे । उहाँले पाेषण कार्यक्रम पालिकाभित्र वडा न १३ मा स्तनपान कक्ष र वडा नम्बर ११ मा सुत्केरीलाई भाले उपहार नमुनायुक्त कार्यक्रम भएकाे बताउनुभयाे । कार्यक्रमका विषयमा पाेषण कार्यक्रम फाेकलपर्सन विष्णु गिरीले जानकारी गराउनुभएकाे थियाे भने सञ्चालन विमल केसीले गर्नुभएकाे थियाे ।