
19/09/2025
Aashika Tamang Writes:
"पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित विमानस्थल तथा भगवान श्री पशुपतिनाथ स्थलमा भ्रष्टाचारको समस्याबारे खबरदारी र माग:
मैले अलि पहिलादेखि विरोध गर्दै आएको विषय हो एयरपोर्टमा भएको बेथिति। अघिल्ला सरकारहरूले आफू अनुकूल कानुन बनाएर जनताको सम्पत्ति माथि अनियमितता गरिआएको प्रष्टै छ। अब यसलाई अन्त्य गर्ने बेला आएको छ। Gen-Z को रगत र बलिदानबाट सिर्जित यो Revolution को जगमा, अब भ्रष्टाचार मुक्त समाज मार्फत समुन्नत देश निर्माण गर्न ढिलाइ गर्नु हुँदैन।
१. एयरपोर्टमा छिर्ने बित्तिकै यो वा त्यो बहानामा पैसा लिने कार्य तुरुन्त बन्द गरिनुपरर्दछ।
२. पार्किङ शुल्क तुरुन्त घटाउनुपर्दछ, सबैलाई सुहाउँदो जनताले तिर्न सक्ने र पारदर्शी बनाउनुपर्दछ।
३. सिमित व्यक्ति तथा व्यवसायलाई अनियमित तबरले दिइएको पहुँच तथा अधिकारलाई तुरुन्त खारेज गरिनुपर्दछ र पारदर्शी ढंगले सञ्चालन गर्नुपर्दछ।
४. विदेश जाने सम्पूर्णको आफन्तलाई समान जोख्ने ( ब्यागेज वेट) गर्ने ठाउँसम्म जान दिने व्यवस्था मिलाउनुपर्दछ, ताकि सामान धेरै भए आफन्तले फिर्ता ल्याउन सकुन्।
५. विमानस्थलको अन्य भागपनि VIP कक्ष जस्तै सुन्दर र सफा होस्। व्यापक रूपमा Beautification गर्नुपर्दछ, यसको लागि तुरुन्त कार्य थालनी गर्नुपर्दछ।
अर्को विषय, भगवान श्री पशुपतिनाथ स्थल:
भगवानको स्थलमा समेत अरबौं भ्रष्टाचार हुने गरेको खबरहरू निरन्तर आउने गरेका छन्। देवांशमा समेत अनैतिक चलखेलले हामीमाझ नैतिकताको प्रष्ट खडेरी देखिएको छ।
१.विकास कोषको सदस्य सचिव नियुक्तिदेखि सदस्यसम्म पैसाको चलखेल हुने गरेको सर्वत्र चर्चा छ। यसलाई तुरुन्त रोक्नुपर्दछ।
२.ला"'स ज'"लाउने मेसिन खरिदमा समेत भ्रष्टाचार भएको छ भन्ने खबरहरूको तत्काल छानबिन गरेर उचित कारबाही गर्नुपर्दछ।
पशुपति विकास कोष तथा पशुपति व्यवस्थापनका लागि हुने गरेका कर्मचारी नियुक्तिमा समेत व्यापक भ्रष्टाचार भएको चर्चाहरू छन्, यसको तुरुन्त छानबिन गरेर सबैलाई बर्खास्त गरी कानुनी कारबाही गर्नुपर्दछ।
३. अर्बौंको बजेट आफ्ना कार्यकर्ताहरूलाई विभिन्न नाममा वितरण हुने गरेकामा, यसको तुरुन्त छानबिन गरि यथोचित कारबाही हुनैपर्दछ।
४. विश्वभरका अर्बौँ हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ परिसरलाई सुव्यवस्थित बनाउनुपर्दछ, दर्शनको यथोचित व्यवस्था गर्नुपर्दछ साथै पशुपतिनाथ परिसरको सौन्दर्यिकरणमा विशेष काम गर्नुपर्दछ।
अब यो सरकारले Gen-Z को भावना बुझेर यि लगायतका कामहरूलाई तुरुन्त थालनी गर्नुपर्दछ।
म जोडदार माग गर्दछु र निरन्तर खबरदारी गरिरहनेछु।
यि बाहेक पनि अन्य क्षेत्रमा भइआएका अनियमितता तथा भ्रष्टाचारको सन्दर्भमा समेत निरन्तर खबरदारी गरिरहनेछु।
हामी सबै मिलेर खबरदारी गर्नैपर्छ। आआफ्नो ठाउँबाट खबरदारी गरिरहौँ।
पशुपतिनाथले सबैलो भलो गरुन् 🙏"
Tamang