Katari News Tv

Katari News Tv This official page of www.katarinews.com .katari ,3 , Udayapur ,Con.9862859823 katari .Udayapur

13/09/2026

वेंसीखाने घर सरसफाई

कटारी - ४ , मा दनुवार समुदायकाे सामूहिक भवन वेंसी खानेघरकाे उनीहरूले सरसफाई गरेका छन् । समुदायकाे मृत्यु संस्कारपछि गरिने कार्य यस घरमा गरिने उनीहरू बताउँछन् ।




करेंट लागेर ६८ वर्षीय चौधरीको मृत्युउदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईका ६८ वर्षीय सुकदेव चौधरीको करेन्ट लागेर मृत्यु...
13/09/2026

करेंट लागेर ६८ वर्षीय चौधरीको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईका ६८ वर्षीय सुकदेव चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भदौ २८ गते बिहान करिब ६:३० बजे आफ्नै घरपछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर चौधरीको मृत्यु भएको हो।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुन्दरपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट SOCO सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बिहान १० बजे शवको प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टारको शवगृहमा राखेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (साँकेतिक फाेटाे - एआई )




टिम दर्ता गर्ने बारे चाैथाै शलेस कप फुटबल ।
13/09/2026

टिम दर्ता गर्ने बारे

चाैथाै शलेस कप फुटबल ।




चट्याङ लागेर कटारीमा ३५ वर्षीय पुरुषको मृत्युकटारी । कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।जिल्ला प्र...
12/09/2026

चट्याङ लागेर कटारीमा ३५ वर्षीय पुरुषको मृत्यु

कटारी । कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भदौ २७ गते दिउँसो करिब २:३० बजे कटारी नगरपालिका–८ बस्ने अन्दाजी ३५ वर्षीय रुद्रबहादुर तामाङलाई आफ्नै घरको झ्याल बन्द गर्ने क्रममा अविरल वर्षासँगै आएको चट्याङको झट्का लागेको थियो।
चट्याङ लागेर गम्भीर घाइते भएका तामाङलाई खबर प्राप्त हुनासाथ प्रहरी चौकी बेतिनीबाट खटिएको प्रहरी टोलीले उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याएको थियो।
उपचारका क्रममा अस्पतालका चिकित्सकले सोही साँझ ८:३५ बजे तामाङको मृत्यु भइसकेको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ( फाेटाे - एआई )




वर्षापछि गएको पहिरोले बेलका–८ मा एक घर बगायो, तीन घर जोखिममाबेलका नगरपालिका–८ आहालेमा लगातारको वर्षापछि गएको पहिरोले एक ...
12/09/2026

वर्षापछि गएको पहिरोले बेलका–८ मा एक घर बगायो, तीन घर जोखिममा

बेलका नगरपालिका–८ आहालेमा लगातारको वर्षापछि गएको पहिरोले एक घर बगाएको छ भने तीन घर उच्च जोखिममा परेका छन्। पहिरोले स्थानीय मेहरमान राईको घर पूर्णरूपमा क्षति भएको हो।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार गएराति करिब ९ बजे पहिरोले घरसँगै बगाएपछि मेहरमान राई बेपत्ता भएका थिए। पहिरोबाट जोगिन सफल उनी रातभर जंगलमा बसेर आज बिहान गाउँलेको सम्पर्कमा आएका थिए।
पहिरोका कारण स्थानीय अरुणकुमार राई, बमप्रसाद राई र बिरसिंह राईको घरसमेत जोखिममा परेका छन्। तीनवटै घरमा बस्न सक्ने अवस्था नरहेपछि ती घरका परिवार विस्थापित भएका छन्।
पहिरोका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ।




१७ दिनसम्म शव नभेटिएपछि कुशको प्रतीकात्मक शव बनाएर देवेन्द्रको अन्त्येष्टिरसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशका...
12/09/2026

१७ दिनसम्म शव नभेटिएपछि कुशको प्रतीकात्मक शव बनाएर देवेन्द्रको अन्त्येष्टि

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका त्रियुगा नगरपालिका–४ बगाहाका देवेन्द्र घिमिरेको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
त्रियुगा–४ स्थित अर्ना खोला र त्रियुगा नदीको दोभानमा कुशलाई मानिसको स्वरूपमा ढालेर तयार गरिएको प्रतीकात्मक शवलाई देवेन्द्रकै शरीर मानी हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो।
अन्त्येष्टिमा मृतकका छोरा उज्ज्वल घिमिरेले दागबत्ती दिएका थिए।




12/09/2026

मरुवा माविमा श्रमसंस्कृतिकाे सरसफाई

श्रम संस्कृति पार्टीले शनिवार गर्दै आएकाे नियमित श्रमदान अन्तरगत आज कटारी ,४ काे मरूवा माविमा सरसफाई गरेकाे छ , कार्यक्रमबारे जानकारी दिंदै वडा कमिटी प्रवक्ता हरिकृष्ण दनुवार ।




१०१ किलो ६४० ग्राम गाँजासहित ५ जना पक्राउत्रियुगा नगरपालिका–६ लालपत्ता चेकपोष्टबाट प्रहरीले १०१ किलो ६४० ग्राम प्रतिबन्ध...
11/09/2026

१०१ किलो ६४० ग्राम गाँजासहित ५ जना पक्राउ

त्रियुगा नगरपालिका–६ लालपत्ता चेकपोष्टबाट प्रहरीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ।
गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा विङगरबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लहानका ४ पुरुष र १ महिला रहेका छन्। घटनाबारे उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।( फाेटाे : एआई )




11/09/2026

मुसलधारे वर्षा

कटारी बजार आसपास ठुलाे वर्षा भईरहेकाे छ ।




दसैं, तिहार, छठ र तीजलाई लक्षित गर्दै कटारी बजार शनिबार पनि खुला रहनेकटारी । उदयपुर उद्योग वाणिज्य संघले तीज, दसैं, तिहा...
11/09/2026

दसैं, तिहार, छठ र तीजलाई लक्षित गर्दै कटारी बजार शनिबार पनि खुला रहने

कटारी । उदयपुर उद्योग वाणिज्य संघले तीज, दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कटारी बजार शनिबार पनि खुला रहने जनाएको छ।
संघका अनुसार यही २०८३ भदौ २७ गते शनिबारदेखि कटारी बजार शनिबारसमेत खुला रहनेछ। चाडपर्वको समयमा व्यापार–व्यवसायलाई सहज बनाउन बजार खुला राख्न लागिएको हो।
नियमित रूपमा शनिबार बन्द हुँदै आएको बजार २०८३ मंसिर ५ गते शनिबारदेखि पुनः प्रत्येक शनिबार बन्द हुने संघले जनाएको छ।




Address

Udayapur Garhi

Alerts

Be the first to know and let us send you an email when Katari News Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Katari News Tv:

Shortcuts

Share