Katari News Tv

Katari News Tv This official page of www.katarinews.com .katari ,3 , Udayapur ,Con.9862859823 katari .Udayapur

27/09/2025

कटारी /कटारी ५ भोर्लेमा स्वर्गिय विष्णु कुमारी खत्रीको सम्झनामा २९ भदौ देखि जारी तेस्रो सलेश कप खुल्ला नकाउट फुट.....

कटारी ५ भोर्लेमा जारी तेस्रो शलेस कप फुटबलमा आजको खेलको म्यान अफ द म्याच वागमती प्रदेश प्रहरी तालिम केन्द्रका जर्सी नम्ब...
27/09/2025

कटारी ५ भोर्लेमा जारी तेस्रो शलेस कप फुटबलमा आजको खेलको म्यान अफ द म्याच वागमती प्रदेश प्रहरी तालिम केन्द्रका जर्सी नम्बर ५ का विवश देवकोटालाई पुरस्कार प्रदान गर्नुहुँदै वडाध्यक्ष मोहन तामाङ्ग

27/09/2025

कटारी ५ भोर्लेमा जारी तेस्रो शलेस कप फुटबलमा जुनेली फुटबल क्लव पत्रिंगा दुधौलीलाई ० का विरुद्ध ३ गोल गर्दै वागमती प्रदेश प्रहरी तालिम केन्द्र कोकटी दुधौली फाईनलमा प्रवेश गरेको छ । कोकटीले पहिलो हाफमा गरेको पहिलो गोल यस्तो थियो ।

27/09/2025

प्रतिबन्धित लागू औषध गाँजा सहित २ जना पक्राउ

आज बिहानअस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका–७ कमानस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध गाँजा ११.८५२ के.जि. सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका–१७ निवासी वर्ष ४५ की लिला देवी राम र सोही स्थानकी ऐ.८ बस्ने वर्ष ४० की अस्मिता राम रहेको प्रहरीले जनाएको छ। उनीहरूले बोकेको झोलामा लुकाइ ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा फेला परेको हो।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कटारी–५ बरमझिया जाने बाटो दुई वर्षदेखि अलपत्रकटारी नगरपालिका–५ बरमझिया जाने करिब ७०० मिटर सडक खण्ड दुई वर्ष बितिसक्दा पन...
27/09/2025

कटारी–५ बरमझिया जाने बाटो दुई वर्षदेखि अलपत्र

कटारी नगरपालिका–५ बरमझिया जाने करिब ७०० मिटर सडक खण्ड दुई वर्ष बितिसक्दा पनि ग्राभेलमै अलपत्र परेको छ। स्थानीयवासीहरूका अनुसार साप्ताहिक रूपमा चिप्लो ढुंगा र गेगरको कारण दुई–तीन वटा दुईपांग्रे सवारी दुर्घटना भइरहेकाले दैनिक आवतजावत गर्नेहरू जोखिममा पर्न बाध्य छन्।

धुलो, ढुङ्गा उछिटिने त्रास त झन् सामान्य भएको बताउँदै स्थानीयले कार्य सम्पन्न गर्न नसक्ने स्थानीय सरकार र जनप्रतिनिधिप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरूको भनाइ छ, “७०० मिटर सडक दुई वर्षमै सम्पन्न गर्न नसक्ने सरकारले हामी जनताबाट थप के आशा गर्ने?”

सडक अपूरा रहँदा बरमझिया र सिसाघारीवासी मात्र होइन, सिमसारजस्ता पर्यटकीय स्थल जान चाहने आगन्तुकहरू समेत प्रभावित भएका छन्। स्थानीयवासीहरू प्रश्न गर्छन् —

“यो बाटो अब कहिले पिच हुन्छ?”

“यदि पिच गर्ने योजना नै छैन भने किन जनतालाई धोका दिइयो?”

“जनप्रतिनिधि सेवा दिने बेला बेपत्ता किन हुन्छन्?”

बरमझिया र आसपासका बासिन्दाले तत्काल उत्तरदायी निकायबाट जवाफ र छिटो समाधानको माग गरेका छन्।

26/09/2025

कटारी /आज विश्व मुटु दिवस २०८२ (सेप्टेम्बर २९) कटारीमा पनि मनाईएको छ । दिवशको अवसरमा कटारी अस्पतालमा “शारीरिक मास .....

जिल्ला प्रशासन कार्यालय उदयपुर काे अनुराेध ।
26/09/2025

जिल्ला प्रशासन कार्यालय उदयपुर काे अनुराेध ।

शुभकामना ।
26/09/2025

शुभकामना ।

त्रिवेणी स्पाेर्टस क्लव खाेक्साका जर्सी नम्बर १६ का खेलाडी डिकेश लामालाई म्यान अफ द म्याचकाे पुरस्कार प्रदान गर्नुहुँदै ...
26/09/2025

त्रिवेणी स्पाेर्टस क्लव खाेक्साका जर्सी नम्बर १६ का खेलाडी डिकेश लामालाई म्यान अफ द म्याचकाे पुरस्कार प्रदान गर्नुहुँदै कटारीका मेयर राजेशचन्द्र श्रेष्ठ । खाेक्साले आज कटारीलाई पराजित गर्दै जारी शलेस कप फुटबलमा फाईनलकाे यात्रा तय गरेकाे हाे ।

26/09/2025

तेस्राे शलेस कप फुटबल , कटारी फुटबल क्वललाई पराजित गर्दै त्रिवेणी स्पाेर्टस क्लब खाेक्सा फाईनल प्रवेश ।

26/09/2025

शलेस कप फुटबल : पहिलाे सेमीफाईनलमा कटारी फुटबल क्लव vs त्रिवेणी स्पाेर्ट क्लब खाेक्सावीच पहिलाे हाफ जारी ।

26/09/2025

वडादसैं २०८२ : यूवाहरूले यसरी बनाउँदैछन चिटिक्क भाईरल राेड । यूट्युवमा https://youtu.be/7FOht4qzS2c?si=FMb1tr9b8Cjv2wFa

Address

Udayapur Garhi

Alerts

Be the first to know and let us send you an email when Katari News Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Katari News Tv:

Share