23/09/2024
देशमा जतिपनि राजनीतिज्ञहरु छन् तिनीहरु कोहि पनि दुधले नुहाएका चोखा छैनन्।
चाहे त्यो नयाँ हुन या पुराना। यहाँ जो पनि राजनीतिमा हुमिएका छन् त पावर र पहुचमा पुगेर आफु बच्नको लागि मात्र हो।
निष्ट र देशप्रेम बोकेर यिनीहरुले राजनीति गर्थे त सायद आज देशको अवस्था अर्कै भै सक्थ्यो।
आम नेपाली युवाहरु आफु र आफ्नो परिवारको सुनिस्चित भबिस्यको खोजि गर्दै सस्तो मूल्यमा आफ्नो श्रम र पसिना अर्काको देशमा गएर बेच्न र बगाउन बाध्य हुदैनन् थिए।
यहाँ मुख्य समस्या पुराना दलहरुलाई रबि र रबिको पार्टी अनि सहकारीको पैसा अपचलन, दोहोरो नागरिकता र दोहोरो राहदानी भयो तर यहाँ यस्ता अनेकौ थुप्रै गिरिबन्धु,ओम्नी, भुटानी शरणार्थी आदि इत्यादी भ्रस्टाचार, अपराधिक घटना र घोटालाहरु छन् जुन् तपाई हामीलाई थाहा हुदा हुदै पनि थाहा न पाएको जस्तै गरेर अन्धभक्त भएर तिनीहरुको पछि लाग्दै आफुले आफुलाई पार्टीगत झोलेको त्याग लगाउन सक्षम छौ र तिनीहरुलाई नै देशको नेतृत्वमा वारम्वार हावी हुने अवसर प्रदान गरिरहेका छौ।
आशा छ अब आउने निर्बाचनले यस्तो पद्दति र प्रणालीको अन्त्य गर्दै देशलाई एउटा निकास तर्फ लैजान सक्ने नेतृत्वको चयन गर्ने छ।
र यो गर्न अत्यन्त जरुरि छ भन्ने कुरा आम नेपाली जनताहरुले मनन गर्नेछन।
अझै पनि यी भ्रष्ट र अपराधिक घटनामा मुछिएका पुराना बुढा नेताहरुको पछि लाग्ने हैन अब यसको बिकल्प खोज्ने बेला आइसक्यो।
बेलैमा सचेत रहौ र देशलाई सहि मार्गनिर्देशन तर्फ अघि बढाउँ।
धन्यवाद!