आवाज मीडिया HD-Aawaj Media HD

आवाज मीडिया HD-Aawaj Media HD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आवाज मीडिया HD-Aawaj Media HD, Media/News Company, bagmati, Udayapur Garhi.

Information and Broadcasting Department Registration No. 4737
Press Council Nepal Registration No. 4734
Contact Number: 986-3486936 /9852844156
https://aawajmedia.com

Independent digital news!!

23/11/2025

यही मंसिर को ८ गते रामपुर मिनी महोत्सव २०८२ मा सबैलाई हँसाउन र कमेडियन गीत गाउँदै भरपूर मनोरञ्जन गराउन गायक श्री कृष्ण लुइँटेल आउँदै हुनुहुन्छ साथ मा बबिना किराती को पनि बेजोड प्रस्तुति रहने छ जाने होइन त नाच्न अनि झुम्न रामपुर मिनी महोत्सव मा

उदयपुर जिल्लाको, चौदण्डिगढी नगरपालिका वडा नं ४ मा श्रम संस्कृति पार्टी ले , गौतम राईको अध्यक्षता मा ३८ जनाको समिति गठन ग...
22/11/2025

उदयपुर जिल्लाको, चौदण्डिगढी नगरपालिका वडा नं ४ मा श्रम संस्कृति पार्टी ले , गौतम राईको अध्यक्षता मा ३८ जनाको समिति गठन गरिएको छ !

२०७९ को स्थानीय तह को निर्वाचन लाई फर्केर हेर्दा त्रियुगा नगरपालिका को हक मा निर्वाचन बखत जितेर नगर प्रमुख र उपप्रमुख को...
22/11/2025

२०७९ को स्थानीय तह को निर्वाचन लाई फर्केर हेर्दा त्रियुगा नगरपालिका को हक मा निर्वाचन बखत जितेर नगर प्रमुख र उपप्रमुख को तो कुर्सी मा पुगेका नेता ले घोषणा पत्र मा लेखिएका विकास का काम र जन्ता माझ गरिएका बाचा के पूरा भएका छन्

उदयपुर जिल्ला को चौदण्डीगढी नगरपालिका वडा –७ का जननिर्वाचित वडा अध्यक्ष केशव अधिकारीलाई नगरप्रमुखको हस्ताक्षर लिएर “काम–...
22/11/2025

उदयपुर जिल्ला को चौदण्डीगढी नगरपालिका वडा –७ का जननिर्वाचित वडा अध्यक्ष केशव अधिकारीलाई नगरप्रमुखको हस्ताक्षर लिएर “काम–काज नगर्न” भनिएको पत्र निकालिनु जनताको भरोसा, जनताको निर्णय र संविधानद्वारा संरक्षित स्थानीय स्वायत्ततामाथि गरिएको खतरनाक प्रहार हो। जनताले मत दिएर बनाएको प्रतिनिधिलाई पार्टीको आदेश र व्यक्तिगत मनोमानीले असक्षम ठहर्‌याउने अधिकार कसैलाई दिइएको छैन, र यो कदमले लोकतान्त्रिक प्रक्रियाको गरिमा नै च्यातिदिएको छ।

वडा अध्यक्ष हटाउन कानुनले तीन मात्र आधार दिएको छ—फौजदारी अपराध प्रमाणित हुनु, मानसिक असन्तुलन देखिनु वा स्वयं पदबाट राजीनामा दिनु। यीबाहेक कुनै ‘पत्रबाजी’, पार्टी झगडा, वा स्वार्थी राजनीति ,, जनप्रतिनिधि हटाउने वैधानिक आधार हुँदै होइन। यदि वास्तवमै निर्वाचन आयोग वा सम्बन्धित संवैधानिक निकायबाट पत्र आएको हो भने, त्यो जनताबाट किन लुकाइन्छ? किन मेयर ले आफूलाई कानूनभन्दा माथि राखेर जनमत बाँध्ने कोशिस गर्दैछन्?

जनताको म्यान्डेटलाई तोडेर पार्टीगत स्वार्थ थोपर्ने, जनप्रतिनिधिको काम रोक्ने, र अधिकार खोस्न खोज्ने यो व्यवहार सरासर अधिनायकवादी मानसिकता हो। यस्तो मनलाग्दी कदमले पार्टी होइन—जनताकै अपमान गर्छ। जनताले तपाईंलाई होइन, लोकतन्त्रलाई हेरेर मतदान गर्छन्; त्यसैले जनताबाट चुनेको पद खोस्ने दम्भ छाडेर, कानुनी आधार सार्वजनिक गर्दै जनतालाई स्पष्ट जवाफ दिनुस्—किनकि जनता मौन छैनन् हिम्मत भए , जनताले दिएको म्यान्डेट लत्याएर हैन, जनतालाई देखाएर शासन गरौं न !! ।

भर्खरै रातीको 11:20 बजे नडाहा चोक मा धरान बाट आउँदै गरेको एक बाइक दुर्घट्ना मा परेको थियो उक्त दुर्घटना भएको ठाउँ मा चेक...
21/11/2025

भर्खरै रातीको 11:20 बजे नडाहा चोक मा धरान बाट आउँदै गरेको एक बाइक दुर्घट्ना मा परेको थियो उक्त दुर्घटना भएको ठाउँ मा चेक गर्न जाँदा दुई बोरा गाजा पाइएको छ र गाजा र बाइक जफ्त गरिएको छ भने बाइक मा दुई जना सवार भएको र एक जना लाई नडाहा प्रहरी चौकी ले पक्राउ गर्न सफल भएको छ भने एक जना फरार भएका छन्

21/11/2025

चौदण्डीगढी नगरपालिका वडा नं ६ सिरुवानि मा ४२५ घर धुरी ले खाने पानी बाट वञ्चित हुनु परेको छ खाने पानी को ट्याङ्की छ पानी छैन खाने पानी को लागि बजेट आउँछ तर बजेट फ्रिज भएर जान्छ गल्ती कसको हो खाने पानी को विषय मा केहि कुरा राख्दै वडा अध्यक्ष अम्बर बहादुर खड्का कुमार

21/11/2025

चौदण्डीगढी नगरपालिका वडा नं ६ सिरुवानि मा ४२५ घर धुरी ले खाने पानी बाट वञ्चित हुनु परेको छ खाने पानी को ट्याङ्की छ पानी छैन खाने पानी को लागि बजेट आउँछ तर बजेट फ्रिज भएर जान्छ गल्ती कसको हो खाने पानी को विषय मा केहि कुरा राख्दै वडा सदस्य कमल कार्की

२०७९ को चौदण्डीगढी नगरपालिका को प्रमुख तथा उप प्रमुख को निर्वाचन लाई फर्केर हेर्दा र स्थानिय तह को निर्वाचन हुँदा घोषणा ...
21/11/2025

२०७९ को चौदण्डीगढी नगरपालिका को प्रमुख तथा उप प्रमुख को निर्वाचन लाई फर्केर हेर्दा र स्थानिय तह को निर्वाचन हुँदा घोषणा पत्र मा लेखिएका ती बाचा के पूरा भएका छन् त

21/11/2025

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ६ सिरुवानी मा खानेपानी को अभाव भएको छ आएको बजेट फ्रिज हुन्छ स्थानिय जनता के भन्दैछन् त

•दुःखद् खवर !!!काठमाडौंबाट - संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान धनकुटामा दुर्घटना ह...
21/11/2025

•दुःखद् खवर !!!
काठमाडौंबाट - संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रीबास नगरपालिका–५ भैंसेमा बिहान ६ः१० बजेतिर बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस माइक्रो बस दुर्घटनामा परेको धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीले बताए । उनका अनुसार माइक्रो आफैं अनियन्त्रित भएरसडकबाट करिब ७० मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर माइक्रोमा सवार संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको मृत्यु भएको जानकारी एसपी थापाले बताए । गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेर संखुवासभाको सिलिचोङ गाउँपालिका–१ की ११ वर्षीया विनिता राई, ४९ वर्षीया वैकुण्ठी राई, सिलिचोङ–३ का ३९ वर्षीय नरेन्द्रकुमार राई, ३० वर्षीया संगीता राई, ४२ वर्षीया नरमाया राई, १४ वर्षीय जेसन राई, पाँचखपन नगरपालिका–९ की २४ वर्षीया ल्हामु शेर्पा, खाँदबारी नगरपालिका–७ का ५० वर्षीय रत्नबहादुर विक र खाँदबारी–८ की ३८ वर्षीया कल्पना विक घाइते भएका छन् ।
त्यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ४४ वर्षीय कैलाश गुप्ता, भोजपुरको षडानन्द नगरपालिका–११ का ३२ वर्षीय विकल कार्की, भोजपुरकै साल्पासिलिछो गाउँपालिका–५ का ३२ वर्षीय पासाङ शेर्पा, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ की ४४ वर्षीया निर्जला राई, सिन्धुली घर भएका १९ वर्षीय सन्तबहादुर तामाङ, धनकुटाको महालक्ष्मी नगरपालिका–३ की ३० वर्षीया सुजता गिरी र माइक्रो चालक ३५ वर्षीय चालक दीपेन्द्र बुढाथोकी घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
घाइतेमध्ये सुजता गिरी नेपाल प्रहरीको जवान हुन् । घाइतेहरुको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

21/11/2025

एमालेले आज पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि भन्दै "नेसनल भोलेन्टियर फोर्स" घोषणा गर्दै काठमाण्डौमा र्‍याली निकालेको छ

धुर्मुसको इमान्दारिता प्रष्टै देखियो : ५ वर्षमा ६ पटक छानबिन गर्दा उल्टै १०-१५ करोड बढीको काम गरेको पुष्टि भयो, तैपनि पु...
21/11/2025

धुर्मुसको इमान्दारिता प्रष्टै देखियो : ५ वर्षमा ६ पटक छानबिन गर्दा उल्टै १०-१५ करोड बढीको काम गरेको पुष्टि भयो, तैपनि पुर्पुरोमा हात राख्न बाध्य पारियो

Address

Bagmati
Udayapur Garhi
44600

Alerts

Be the first to know and let us send you an email when आवाज मीडिया HD-Aawaj Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to आवाज मीडिया HD-Aawaj Media HD:

Share