BIKAS RAYA

BIKAS RAYA जो सङ्घर्ष गर्दछ, एकदिन ऊ अवस्य शिखरमा पुग्दछ

02/01/2025

निकै दु:खद खबर 😭
बालकलाकार सचिन परियारको दुखद निधन !
सचिन बाबु तिम्रो स्वर्गमा बास होस हार्दिक श्रध्दाञ्जलि💐

सिंहदरबारमा अहिले बसिरहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिनिधिसभा सदस्य गगन थापाले भने : ‘एकजना पूर्वप्रध...
02/01/2025

सिंहदरबारमा अहिले बसिरहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिनिधिसभा सदस्य गगन थापाले भने : ‘एकजना पूर्वप्रधानमन्त्री (प्रचण्ड) आजको बैठकमा आउनुभएको छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एकजनालाई पनि बोलाएर यसै समितिमा छलफल गरौं । भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो टुंगो लगाउँ । ’उनले थप्दै भने, ‘यदि बनाउने नै हो भने शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनौं ।’ सरकारमा रहँदा मौन बस्ने र सरकारबाट बाहिरिएपछि भ्रष्टाचारको फाइल खोल्ने तयारी भएको धम्की शीर्ष नेताले दिने गरेको भन्दै उनले भनेका छन।

दुखद खबर: सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन । सचिन बाबुको स्वर्ग...
02/01/2025

दुखद खबर:

सचिन परियारको आज बिहान १० बजेनै मृत्यु भएको उनकै बाबा तेजेन्द्र परियारले जानकारी दिएका छन ।
सचिन बाबुको स्वर्गमा बास होस भावपूर्ण श्रध्दाञ्जलि ।

सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प...
02/01/2025

सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर रबि लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ ।

Source: Nayapatrika

🇰🇷कोरियाको राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी ❗️दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्...
31/12/2024

🇰🇷कोरियाको राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी ❗️

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो ।🇰🇷

🇰🇷कोरिया🇰🇷 जेजु एयरका सीईओ र कर्मचारीले आइतबार दक्षिण कोरियाको एयरपोर्टमा आफ्नो एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भै...
31/12/2024

🇰🇷कोरिया🇰🇷

जेजु एयरका सीईओ र कर्मचारीले आइतबार दक्षिण कोरियाको एयरपोर्टमा आफ्नो एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भै १७९ जनाको मृ'त्यु भएपछि माफी शिर झुकाएर मृतकका आफन्तसँग माफि मागेका छन्।

दक्षिण कोरिया विमान दुर्घटना : यात्रुहरुको पूरा विवरण ✈️😭😭
29/12/2024

दक्षिण कोरिया विमान दुर्घटना : यात्रुहरुको पूरा विवरण ✈️😭😭

26/12/2024

:गुल्मी मजुवाबाट शान्तिपुर जादै गरेको स्कुटर चन्द्रकोट ७ चिउरेनी भिरमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।😭😭

  . रवि लामिछाने विरुद्ध ३  वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता : जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्...
22/12/2024

.

रवि लामिछाने विरुद्ध ३ वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता : जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा ३ करोड ७५ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

सहकारीको रकम गोर्खा मिडियामा आउनुमा सङ्गठित रुपमा जिबी राईसँग मिलेर काम गरेको भन्दै रविसहितका प्रतिवादी विरुद्ध सङ्गठित अपराध गरेको आरोप लगाइएको छ । सङ्गठित अपराध गरेर सम्पत्ति शुद्धिकरण गरिएको भन्दै लामिछानेको हकमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ नै बिगो कायम गरिएको छ ।

रवि लामिछाने र उनको श्रीमती निकिता पौडेलको खातामा जम्मा भएको र निकालिएको हालसम्मको कुल रकमको श्रोत नभेटिएको आरोप पत्रमा उल्लेख छ ।

आरोप पत्रमा लामिछानेको काभ्रेमा रहेको २०५३ सालमा अश‌ँबन्डा भएको सम्पत्ति र निकिता पौडेलको बुढानिलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न मागदाबी गरिएको छ ।

सम्पत्ति जफत प्रयोजनका लागि निकिता पौडेललाई पनि मुद्दामा देवानी प्रतिवादी बनाइएको छ। रवि लामिछानेलाई सहकारी ऐन २०७४ का दफा १२२ को (छ) (ढ), (त) र दफा १२४ (३) विपरीतको कसुर गरेको दाबी गरिएको छ । सहकारी ठगको कसुरमा रविमाथि ऐनको दफा १२४ को उपदफा १ को खण्ड (घ) (४) र (ङ) बमोजिमको सजाय माग दावी गरिएको छ ।

यस्तै, सङ्गठित अपराध कसुरतर्फ लामिछानेमाथि सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ (१) (२) (३ क) र (५) आर्कषित हुने दाबी लिइएको छ । यो आरोपतर्फ लामिछानेलाई दफा ९ (क) र (ग) बमोजिमको सजाय माग दाबी गरिएको छ ।

यस्तै, सम्पत्ति शुद्धिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरीङ निवारण) ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क) (ख) र (ग) को कसुर गरिएको भनिएको आरोप पत्रमा उल्लेख छ ।

19/12/2024

दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ !
न भिजन छ, न योजना छन् । दिनको अर्बौ रकम हुंडी मार्फत बिदेश गएको छ । दिनमा हजारौ युवा पलायन भएका छन ।सहकारी जस्तै कुन दिन बैंक टाट पल्टिने हुन् थाहा छैन । देशभित्र रोजगारी छैन । सानादेखि ठुला पसले सटर विक्रमा राखेर बसेका छन् । देशका प्रधानमन्त्री अरुलाई सराप्दै बसेका छन् !

18/12/2024

रबि लामिछाने

18/12/2024

हाम्रो समाज कता जादै छ ?

🥷दाङमा समान्य विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपमहानगरपालिका -२ भम्के निबासी अन्दाजी २९ वर्षिया चित्र बहादुर बुढाथोकिले अन्दाजी ३२ बर्षीया हस्ति कुमारी बुढाथोकीको हत्या गरेका हुन्।

समान्य विवादमा बुधबार बिहान १० बजेतिर चित्र बहादुरले श्रीमतीलाई दाउले टाउकोमा हिर्काउदा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रबक्ता प्रकाश थापाले जानकारी दिएका छ्न।

श्रीमतीको मृत्यु भएपछि फरार रहेका चित्र बहादुरलाई तुलसीपुर उपमहानगरपालिका - ७ स्थित कारागार नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Address

Udayapur Garhi

Telephone

+9779842985031

Website

Alerts

Be the first to know and let us send you an email when BIKAS RAYA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BIKAS RAYA:

Share

Category