Palikapage

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८२ साउन ७ देखि ९ सम्म)स्रोतः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा
23/07/2025

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८२ साउन ७ देखि ९ सम्म)

स्रोतः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा

23/07/2025
इलाममा गठेमंगल गठेमङ्गल (नेवारी भाषामा गंथा मूगु) नेवार समुदायद्वारा मनाइने एक महत्वपूर्ण सांस्कृतिक पर्व हो ।गठेमङ्गल द...
23/07/2025

इलाममा गठेमंगल

गठेमङ्गल (नेवारी भाषामा गंथा मूगु) नेवार समुदायद्वारा मनाइने एक महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

गठेमङ्गल दुष्ट आत्मा, राक्षस, भूतप्रेत, महामारी, रोग, र अराजकताविरुद्धको विजयको प्रतीक हो। यो पर्व नकारात्मक शक्ति, भूतप्रेत तथा अनिष्ट शक्तिलाई भगाउने परम्परा मानिन्छ ।
काठको पुत्ला मानिसको आकृतिको झैं देखिने भूतको पुत्ला बनाइन्छ र यसलाई घरअगाडि वा चोकमा राखिन्छ ।
नेवार तान्त्रिक परम्पराअनुसार भूत भगाउने मन्त्र र विधिहरू गरिन्छ।

बेलुका उक्त पुत्लालाई टोलटोलमा डोर्र्याएर जलाइन्छ । यसरी जलाउँदा त्यो टोलबाट राक्षस, भूत, प्रेत हट्ने विश्वास छ । कथा अनुसार प्राचीन समयमा एक राक्षस गठेमङ्गल थियो, जो मानिसहरूलाई दुःख दिन्थ्यो। स्थानीयवासीहरूले उसलाई तान्त्रिक विधिबाट भगाएर उसको पुत्ला बनाएर जलाए । त्यसैको सम्झनामा यो पर्व मनाइन्छ ।

आज इलाम नगरपालिका वडा नं.-५ मा पनि नेवाः देय् दबू बरबोटेले सांस्कृतिक पर्व मनाउने सन्दर्भमा काठको पुत्ला बनाई बजार परिक्रमा गराई बिब्ल्याँटे चोक बजारमा ठड्याएको छ । आज साँझ दोबाटोमा उक्त पुत्ला दहन गरिनेछ ।

23/07/2025

पाॅचथर हेवाखोलाको बहाव कम भएपछि सडक डिभिजन इलामबाट परिचालित मेसिन प्रयोग गरी खोलाबाटै साना सवारी साधनबाहेक (टेम्पो, बाइक, स्कुटरलगायत) अन्य सवारी साधन वारपार गरिरहेको अवस्था छ। बहाव बढेको अवस्थामा आवागमन बन्द हुने भएकाले सम्पूर्ण सडक प्रयोगकर्तालाई पूर्वजानकारी लिएरमात्र यात्रा गर्नुहुन अनुरोध छ।

- सडक डिभिजन, इलाम

22/07/2025

साउन ६ गते, राति ८:१० बजे

पछिल्लो १ घण्टामा इलाम जिल्लाको कन्याम टी स्टेट वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ। थप वर्षा हुन सक्ने सम्भावना रहेकले सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा रहनुहनेहरुले सतर्कता अपनाऔँ।

-जल तथा मौसम विज्ञान विभाग

इलामको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जिल्लाबाहिर नलैजान अनुरोध....
22/07/2025

इलामको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जिल्लाबाहिर नलैजान अनुरोध....

इलामको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जिल्लाबाहिर नलैजान मन्त्रीलाई अनुरोध....
22/07/2025

इलामको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जिल्लाबाहिर नलैजान मन्त्रीलाई अनुरोध....

Address


Alerts

Be the first to know and let us send you an email when Palikapage posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share