Satabdi News

Satabdi News आवाज बिहिनहरुको लागि बुलन्द आवाज र निस्पक्ष समचारका लागि, शताब्दी न्युज

देश भरी क़ा भाटभटेनी सुपरमार्केटले प्रति वर्ष नेरु. ३५ अर्ब, प्रति दिन रु. ९.५ करोड, प्रति घण्टा रु. ४० लाख र प्रति मिने...
24/07/2025

देश भरी क़ा भाटभटेनी सुपरमार्केटले प्रति वर्ष नेरु. ३५ अर्ब, प्रति दिन रु. ९.५ करोड, प्रति घण्टा रु. ४० लाख र प्रति मिनेट रु. ६६,५०० को बिक्री हुने रेकर्ड ख़ुलन आएको छ।

रबी लामिछने को पक्ष मा साड़े सत्ताईस लाख हस्ताक्षर र पचपन्न लाख भंदा बड़ी नगद संकलन भएको छ।हस्ताक्षर अभियान अन्तर्गत हाल...
24/07/2025

रबी लामिछने को पक्ष मा साड़े सत्ताईस लाख हस्ताक्षर र पचपन्न लाख भंदा बड़ी नगद संकलन भएको छ।

हस्ताक्षर अभियान अन्तर्गत हालसम्म संकलित हस्ताक्षरकाे विवरण:

१. काेशी प्रदेश: २,१३,१०६
२. मधेस प्रदेश: १,०४,३६०
३. वागमती प्रदेश: ७,१३,३३१
४. गण्डकी प्रदेश: ५,१२,९१४
५. लुम्बिनी प्रदेश: २,५२,४३१
६. कर्णाली प्रदेस: ७२,१४२
७. सुदूरपश्चिम प्रदेश:१,१०,५१२

८. केन्द्रीय कार्यालय: ३६,५१०
९. काठमाडौंमा र्‍याटकाे व्यवस्थापका बुथ: ७४,११३
१०. ह्वास्टएप मार्फत: ७,००,५५२
११. इमेल मार्फत: ८३,५६६

जम्मा - २७,५०,६७७

संसदभवनको बैठकमा देखीऐको दृष्य :
24/07/2025

संसदभवनको बैठकमा देखीऐको दृष्य :

 # थाईल्यान्ड र कम्बोडियाबीच युद्द शुरू। यूरोप, थाईल्यान्ड र कम्बोडियाबीच युद्द सुरू भएको छ, थाई लडाकु विमानले कम्बोडिया...
24/07/2025

# थाईल्यान्ड र कम्बोडियाबीच युद्द शुरू।

यूरोप, थाईल्यान्ड र कम्बोडियाबीच युद्द सुरू भएको छ, थाई लडाकु विमानले कम्बोडियाको सीमावर्ती सैन्य पोस्टमा बम खसाल्दा ६ जनाको ज्यान गएको र दर्जनौं घाइते भएको पुष्टि भएको छ। कम्बोडियाले पनि जवाफी कारबाहीको चेतावनी दिएको छ। विवादको मुख्य कारण दुई देशबीचको ऐतिहासिक सीमांकन हो, जुन दशकौं अघिको फ्रेन्च उपनिवेश कालदेखि विवादास्पद रहँदै आएको हो।

अहिले थाई सरकारले सबै सीमाहरू बन्द गरिसकेको छ र आन्तरिक रूपमा पनि राजनीतिक अस्थिरता बढिरहेको छ। विश्लेषकहरूका अनुसार यदि स्थिति तत्काल नियन्त्रणमा नल्याइए आगामी दिनमा यो झडप ठूलो युद्धमा बदलिन सक्ने खतरा देखिएको छ।

तस्वीर समाजिक संजाल बाट

 # वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा८ साउन, काठमाडौं । वार्षिक १ सय कामदार वि...
24/07/2025

# वार्षिक १ सय कामदार विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा

८ साउन, काठमाडौं । वार्षिक १ सय कामदार विदेश नपठाउने ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ सय कामदार पनि पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा परेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार दुई वर्षसम्म लगातार वार्षिक १ सय कामदार पठाउन नसक्ने म्यानपावर व्यवसायीको इजाजतपत्र रद्द गरिने छ ।

१९ चैत २०७५ मा वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक १ सय पनि श्रमिक पठाउन नसक्नेको इजाजतपत्र रद्द गर्ने व्यवस्था गरिएको थियो । त्यसविरुद्ध म्यानपावर व्यवसायीले आन्दोलन गर्नुका साथै हटाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।

ऐन अनुसार नै ३ सय २६ म्यानपावर कम्पनीको इजाजतपत्र रद्दको अवस्थामा पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए । ती संस्थाको इजाजतपत्र नवीकरणका लागि बाधा अड्काउ फुकाउ मार्फत निर्णय गर्नुपर्ने भट्टराईले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गरेर उक्त प्रावधान हटाएको छ । १६ वैशाख २०८२ म ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ बाट उक्त प्रावधान संशोधन गरिएको थियो । तर, राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि राजपत्रमा प्रकाशित हुने र त्यसपछि मात्रै उक्त प्रावधान हुट्ने छ । कानुन अनुसार म्यानपावर कम्पनीको इजाजत हरेक आर्थिक वर्ष असार मसान्तसम्म हुन्छ । साउनबाट नवीकरण नगरे इजाजतपत्र रद्द हुन्छ ।

कानुन अनुसार नै ती संस्थाको इजाजतपत्र अहिले निलम्बनको अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । श्रम मन्त्रालयले उक्त प्रावधान राखेयता लगातार ‘बाधा अड्काउ फुकाउ’ मार्फत १ सय श्रमिक पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्दै आएको थियो ।

गत आव पनि श्रम मन्त्रालयले बाधा अड्काउ फुकाउ अधिकार प्रयोग गर्दै अन्तिम पटकका लागि भन्दै २ सय ५८ म्यानपावरको इजाजत नवीकरण गरिदिएको थियो ।

‘ऐन आइसकेपछि पोहोर सालको जस्तै बीचमा ग्याप हुन्छ । असार मसान्तदेखि लिएर कुन मितिमा त्यो प्रमाणीकरण हुन्छ, त्यो मितिको अब ग्यापको विषयमा बाधा अड्काउ फुकाउने विधितिरै जान्छ होला,’ महानिर्देशक भट्टराईले भने ।

ऐनसँगै वैदेशिक रोजगार नियमावली समेत संशोधन गर्नुपर्ने हुन्छ । ऐन प्रमाणीकरण भएपछि मन्त्रालयले नियमावली संशोधन गर्ने छ । त्यसपछि मात्रै ती संस्थाको इजाजतपत्र नवीकरण हुनेछ ।

 # धरानका मेयर हर्क साम्पाङले पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण गरेपछी विवाद।  धरानका मेयर हर्क साम्पाङले स...
24/07/2025

# धरानका मेयर हर्क साम्पाङले पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण गरेपछी विवाद।

धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै लेखे - "छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भूलेर बिपी अस्पताललाई दिइपठाएछ फिर्ता गरिदिनु ।” भनी लेखे पछी चौतरफ़ी विवाद मा तानिएका छन।

 # रास्वपाले आजदेखि उम्मेदवार हुन इच्छुकको निवेदन लिने७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्दे...
23/07/2025

# रास्वपाले आजदेखि उम्मेदवार हुन इच्छुकको निवेदन लिने

७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ ।

आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन्

निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

उम्मेदवारी उपर दाबी विरोधका लागि दुई दिन (साउन २३ र २४) का लागि छुट्याइएको छ । २५ साउनमा उम्मेदवारका लागि निवेदन दिनेहरुसँग छलफल राखिएको छ ।

उम्मेदवार चयन १५ भदौमा गर्ने रास्वपाले जनाएको छ । उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइलबाट निवेदन दिन सक्नेछन् ।

निर्वाचन आयोगले रुपन्देही-३ मा कात्तिक १७ का लागि उपनिर्वाचनको समय तोकेको छ ।

राप्रपाका सांसद दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ॥

“ मेरो मूर्ति(शालिक) लाई गाड़ीदिनु’’ सुदन किराँती ।            ७ श्रावण । पूर्वमन्त्री सुदन किराँतीले धरानमा बनाइएको आफ्...
23/07/2025

“ मेरो मूर्ति(शालिक) लाई गाड़ीदिनु’’ सुदन किराँती ।
७ श्रावण । पूर्वमन्त्री सुदन किराँतीले धरानमा बनाइएको आफ्नो शालिकप्रति आभार व्यक्त गर्दै आफूलाई शालिक बनाउने चाहना कहिल्यै नभएको स्पष्ट पारेका छन्। उनले मान्छेको शालिक बनाउने र पूजाको संस्कृतिको आफू विरोधी भएको जनाउँदै उक्त शालिकलाई कसैले नदेख्ने ठाउँमा लगेर गाडिदिन धरानको स्थानिय सरकारलाई आग्रह गरेका छन्। साथै, सामाजिक सञ्जालमा सभ्य र स्तरीय टिप्पणी गर्न आग्रह गर्दै किराँतीले शब्दहरूको प्रयोगमा विवेक अपनाउन सुझाव दिएका छन्।
सुदन किराँतीज्यूको धरान ४ मा ढुङे कला पार्कमा मुर्ती राखिएको छ।

 # गोल्डेन बुट विजेता पूर्णिमा ७ श्रावण, काठमाडौं ।नेपाली राष्ट्रिय महिला टोली साफ यू–२० च्याम्पियनसिपमा तेस्रोपटक उपविज...
23/07/2025

# गोल्डेन बुट विजेता पूर्णिमा

७ श्रावण, काठमाडौं ।नेपाली राष्ट्रिय महिला टोली साफ यू–२० च्याम्पियनसिपमा तेस्रोपटक उपविजेता हुँदै मंगलबार स्वदेश फर्किएको छ ।प्रतियोगितामा सर्वाधिक गोलकर्ताको रूपमा गोल्डेन बुट जितेकी नेपाली स्ट्राइकर पूर्णिमा राईले बंगलादेशसँगको तुलना गर्न नमिल्ने बताएकी छिन् । बंगलादेशको फुटबलमा लगानी तथा लामो समयको प्रशिक्षणका कारण नै साफ यू–२० च्याम्पियनसिपमा उनीहरू पाँचौँपटक विजेता बनेको पूर्णिमाको बुझाइ छ । ‘बंगलादेश हामीभन्दा बलियो छ । उनीहरूका खेलाडीले नियमित प्रशिक्षण र क्याम्प पाउँदै आइरहेका छन्,’ त्रिभुवन विमानस्थलमा दु:खेसो पोख्दै उनले भनिन्, ‘हामीकहाँ खेल हुन्छ भनेपछि मात्र त्यसको एक महिना वा १५ दिनअघि मात्रै क्याम्पका लागि खेलाडी बोलाइन्छ ।’
साफ यू–२० च्याम्पियनसिपमा पूर्णिमाले सर्वाधिक १० गोल गरेकी थिइन् । उनले प्रतियोगितामा दुई ह्याट्रिक लगाएकी थिइन् । पूर्णिमाले उचित क्याम्प र प्रशिक्षण नहुँदा बंगलादेशसँग दुवै खेलमा पराजित भएको बताइन् । ‘हामीलाई प्रशिक्षण र क्याम्पको समय नै पुग्दैन,’ समीक्षा गर्दै पूर्णिमाले भनिन्, ‘उनीहरूको जस्तो क्याम्प राखिराख्यो भने हामी पनि त्योभन्दा राम्रो गर्न सक्छौँ ।’

विद्यालाई एमालेमा ‘प्रतिबन्ध’७ श्रावण, काठमाडौं । आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिने योजनासहित सक्रिय राजनीतिको...
23/07/2025

विद्यालाई एमालेमा ‘प्रतिबन्ध’

७ श्रावण, काठमाडौं । आगामी महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिने योजनासहित सक्रिय राजनीतिको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले पार्टी राजनीतिमा ‘प्रतिबन्ध’ लगाएको छ । मंगलबार मध्यरातमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मानक र विगतका नजिरहरूका आधारमा भण्डारीको पुन: प्रवेशमा प्रतिबन्ध लगाएको हो । सो निर्णयसँगै उनको पार्टी सदस्यता स्वत: रद्द भएको छ ।
बैठकको समापन सत्रमा अध्यक्ष केपी ओलीले उक्त निर्णय सार्वजनिक गर्दै पूर्वराष्ट्रपतिले अब राजनीतिक भूमिकाबाट अलग रहनुपर्ने पार्टीको औपचारिक धारणा प्रस्तुत गरेका थिए । तर, यो निर्णयप्रति उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन् । साथै, उनीहरूले बैठकमै ‘नोट अफ डिसेन्ट’ लेख्ने घोषणा गरेका छन् । एमालेको पछिल्लो निर्णयले आन्तरिक बहस र शक्तिसंघर्ष थप चर्काउन सक्ने कतिपय नेताको बुझाइ छ ।

 # आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर ७ श्रावण, काठमाडौं प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे सं...
23/07/2025

# आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

७ श्रावण, काठमाडौं प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन् ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मोरङ बेलबारी वडा-४ निवासी गरिमा गुरुङ हाल काठमाडौँको मनमैजुमा बसोबास गरिरहेकी छिन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा सशक्त...
27/06/2025

मोरङ बेलबारी वडा-४ निवासी गरिमा गुरुङ हाल काठमाडौँको मनमैजुमा बसोबास गरिरहेकी छिन्। उनले मिस ग्राण्ड नेपाल २०२५ मा सशक्त दाबेदारी प्रस्तुत गर्दै आफूलाई प्रतिस्पर्धाको अग्रपङ्क्तिमा राख्न सफल भएकी छन्।
प्रतियोगिताको छनौट चरणको अडिसन देखिनै उनले आफ्नो बौद्धिक क्षमता र सौन्दर्यद्वारा निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी भइरहेकी छन्। गरिमाले पूर्वमा सुप्रिम मोडल स्कुलबाट अध्ययन गर्दा पहिलो वर्षमै ’स्टुडेन्ट अफ दि इयरझको उपाधि जित्दै आफ्नो नाम बनाएकी थिइन्। हाल कालंकीस्थित इडमार्क कलेजमा समाजशास्त्र विषयमा तेस्रो वर्षमा अध्ययनरत उनी सामान्य परिवारमा हुर्किएकी हुन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने लक्ष्य सहित मिस ग्राण्ड नेपालमा भिडेकी उनी अहिले ३५ दिने लामो प्रशिक्षणमा आफूलाई निखारिरहेकी छन्।
आत्मानिर्भर, मेहनती र लगनशील उनी खेलकुद, मनोरञ्जन, पढाइ समेत अब्बल सावित हुँदै आएकी छन्। उनी सौन्दर्य प्रतियोगितालाई प्रतियोगिता मात्र नभई जीवनलाई व्यवहारिक अर्थ दिने एउटा माध्यम पनि ठान्छिन्।
उनको भविष्यमा महिलाको सशक्तीकरणका लागि काम गरेर समाज सेवा गरेर समाज र राष्ट्र दुवैमा केही योगदान दिने उद्देश्य छ।
Vote For Garima Gurung

Address


Alerts

Be the first to know and let us send you an email when Satabdi News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Satabdi News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share