Eastra News

Eastra News डिजिटल युगको नयाँ आवाज

Welcome 🙏 We are an officially registered news media under the name Eastra Online Media Pvt. Ltd. Department Of Information Reg.

No 3558-2079/080
www.eastranews.com
(eAstra News) देश तथा बिदेशमा घटेका घटना अथवा हाम्रो आसपासका सामाजिक परिस्थितिको ताजा र साचो समाचार छिटो पाउनका लागी हाम्रो पेज संग जोडिनुहोस् र तपाईहरुको वरिपरिका घटना लाई जनता सामु देखाउन हामीलाई सम्पर्क राख्नुहोस ।

Eastra Online Media Pvt. Ltd.
सुचना बिभाग दर्ता नं.: ३५५८-२०७९/८०

सम्पर्क: 9856003757
इमेल : [email protected]

youtube: https://www.youtube.

com/c/EastraNewsTV

twitter: https://twitter.com/eastranews?t=8uUJIF2X_Z8pybZtZQXqug&s=09

Instagram: https://www.instagram.com/invites/contact/?i=czgjdoafu8t3&utm_content=mb06cgp

Web: www.eastranews.com

Bad News:- रुसमा ४९ जना सवार विमान दु'र्घटनाग्र'स्त भएको छ ।उक्त विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सिमाना जोडिएको अमुर क...
24/07/2025

Bad News:- रुसमा ४९ जना सवार विमान दु'र्घटनाग्र'स्त भएको छ ।उक्त विमान ब्लागोभेस्चेन्स्कबाट चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिण्डा शहरतर्फ जाँदै गर्दा रडारबाट ह'राएको थियो जुन दु'र्घटना भई ज'लिरहेको अवस्थामा भेटिएको छ । विमानमा सवार कोही पनि जीवित नभएको अनुमान गरिएको छ ।

ज्ञानेन्द्र शाहीको चेतावनी : मापदण्डविपरीत सडकमा बिल पास नगर्नु -राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लामा कालोपत्रे सडक...
24/07/2025

ज्ञानेन्द्र शाहीको चेतावनी : मापदण्डविपरीत सडकमा बिल पास नगर्नु -

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले जुम्लामा कालोपत्रे सडकहरूको गुणस्तर नजाँचिकन बिल भुक्तानी नगर्न सम्बन्धित कार्यालय प्रमुखलाई आग्रह गरेका छन्। उनले ठेक्का मापदण्डअनुसार सडक पिच भएको नपाइएमा ठेकेदार, बिल पास गर्ने अधिकारी र संलग्न सबैमाथि कानुनी कारबाहीको चेतावनी दिएका छन्। साथै, उनले स्थानीय नागरिकलाई सडक निर्माणमा निगरानी गर्न अपिल गरेका छन्।

चितवनमा नि'ष्कासित कार्यकर्ताले दले विप्लव नेकपाका जिल्ला सदस्यलाई कालोमोसो चितवनको राप्ती नगरपालिका परिसरमा विप्लव नेतृ...
23/07/2025

चितवनमा नि'ष्कासित कार्यकर्ताले दले विप्लव नेकपाका जिल्ला सदस्यलाई कालोमोसो

चितवनको राप्ती नगरपालिका परिसरमा विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य रमेश लामिछानेलाई आज पार्टीले दुई महिना अघि नि'ष्कासन गरेका मिनराज घलानको नेतृत्वका युवाहरुले कालोमोसो द'ल्नुका साथै जुत्ताको माला लगाइदिएका छन ।पार्टीका जिल्ला सेक्रेटरी रुद्र भट्टराइका अनुसार पार्टीले नि'ष्कासित गरेका समुहले व्यक्तिगत लेनदेनको विषयलाई पार्टीसंग जोड्दै जिल्ला सदस्यलाई दु'र्ब्यबहार गरेका हुन्।

पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै लेख...
23/07/2025

पत्रमै "कुलङ्घार" शब्द प्रयोग गरेर ध्यानाकर्षण

धरानका मेयर हर्क साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्रमै लेखे, "छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलङ्घारले दलालीमा भूलेर बिपी अस्पताललाई दिइपठाएछ फिर्ता गरिदिनु ।

गोरखा जेसिजले ४४ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायोस्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६, पाटेचौरस्थित श्री शक्...
23/07/2025

गोरखा जेसिजले ४४ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनायो

स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६, पाटेचौरस्थित श्री शक्ति माध्यमिक विद्यालयलाई आवश्यकता अनुसार घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको थियो। साथै, केक काट्दै शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

बिस्तृत समाचार:
https://www.eastranews.com/?p=4265

अख्तियार द'ुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको बयान लिएको छ । ...
23/07/2025

अख्तियार द'ुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको बयान लिएको छ । कास्की मालपोत कार्यालय प्रमुख सरुवा तथा जग्गा प्रकरण घु'स का'ण्डको अडियो सार्वजनिक हुदा त्यसमा उनको पनि नाम जोडिएपछि अख्तियारले बयान लिएको हो।

Be careful:- दोलखाबाट ल्याएर कालीमाटी तरकारी बजारमा बेच्न राखिएको रायोको सागको परीक्षण गर्दा खानै नमिल्ने गरि अ'त्यधिक व...
23/07/2025

Be careful:- दोलखाबाट ल्याएर कालीमाटी तरकारी बजारमा बेच्न राखिएको रायोको सागको परीक्षण गर्दा खानै नमिल्ने गरि अ'त्यधिक वि'षादी भेटिएको छ ।

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेक...
23/07/2025

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।

पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो । यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकाल्दै, पूर्वराष्ट्रपतिको हकमा जनताले उठाउन सक्ने प्रश्न, प्रणाली माथि उठ्न सक्ने प्रश्नलाई रोक्न पार्टीको सक्रिय राजनीतिमा आउन हुँदैन भन्ने निष्कर्षमा पुगेको स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुथ सोसलमा एक काल्पनिक एआई भिडियो पोस्ट गर्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना ...
23/07/2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुथ सोसलमा एक काल्पनिक एआई भिडियो पोस्ट गर्दै पूर्वराष्ट्रपति बाराक ओबामालाई निशाना बनाएका छन्। भिडियोमा ओबामालाई एफबीआईले हतकडी लगाएर जेल लगिएको देखिन्छ, ट्रम्प भने नजिकै बसेर हाँसिरहेका छन्। ट्रम्पले भिडियोमा “कोही पनि कानुनभन्दा माथि छैन” क्याप्सन लेखेका छन्, तर यो काल्पनिक भिडियोबारे कुनै अस्वीकरण भने दिएका छैनन्। यसले उनीमाथि कडा आलोचना चर्किएको छ। यो घटना २०१६ को चुनावमा ओबामा प्रशासनमाथि ट्रम्प पक्षबाट लगाइएको धाँधलीको आरोप पुनः उचालिँदै गएको सन्दर्भमा आएको हो।

ठमेलबाट दुई चिनियाँ नागरिक सुन र नगदसहित पक्राउठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्...
22/07/2025

ठमेलबाट दुई चिनियाँ नागरिक सुन र नगदसहित पक्राउ

ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन निवासी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि आफ्नै पुस्तक बेचेर १६ करोड ३५ ल...
22/07/2025

राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि आफ्नै पुस्तक बेचेर १६ करोड ३५ लाख रकम जुटाएका छन् ।

६ वर्षको उमेरमा काभ्रेको धुलिखेलमा फेला परेकी स्वस्तिका करिब १४ वर्षपछि आमासँग पुनर्मिलन भएकी छन्। यो मिलन सम्भव गराइदिन...
22/07/2025

६ वर्षको उमेरमा काभ्रेको धुलिखेलमा फेला परेकी स्वस्तिका करिब १४ वर्षपछि आमासँग पुनर्मिलन भएकी छन्। यो मिलन सम्भव गराइदिने समाजसेवी अर्जुन भुसाललाई विशेष धन्यवाद। आमा–छोरी दुवैलाई धेरै धेरै बधाई! 🙏👏

Address


Alerts

Be the first to know and let us send you an email when Eastra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eastra News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share