Neelo Pati

Neelo Pati नेपाली समाजको अनलाईन खबर www.neelopati.com

18/07/2025

करेन्ट लागेर अर्जुनधाराका एक व्यक्तिको मृत्यु💔

) पूर्ण पाठ कमेन्टमा (

बाह्रदशी दुर्घटनाका सबै चारजनाको मृत्यु, घाइते राजवंशी पनि रहिनन्झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपा...
18/07/2025

बाह्रदशी दुर्घटनाका सबै चारजनाको मृत्यु, घाइते राजवंशी पनि रहिनन्
झापाको बाह्रदशीमा भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ ।
स्कुटरमा रहेकी कचनकवल-३ की उर्मिला राजवंशीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि असार २६ गते उनको छोरा ७ वर्षीय आयुषको उपचारको क्रममा मृत्यु थियो ।

Neelo Pati

प्रश्न अझै उस्तै छ — के पुग्ला त बर्मे मोटरबाटो?Neelo Pati
18/07/2025

प्रश्न अझै उस्तै छ — के पुग्ला त बर्मे मोटरबाटो?
Neelo Pati

सुरेन्द्र खरेल, पाँचथर — “अब त हाम्रो गाउँमा गाडी आउँछ कि आउँदैन?” याङ्वरक गाउँपालिका–२ बर्मेका स्थानीयहरूबीच अह...

दमक र इटहरी रेल विभाग कार्यालय बन्द : सरकारले रेलमार्ग योजना स्थगित गरेसँगै दमक र इटहरीका कार्यालय बन्द गर्ने तयारी गरिए...
18/07/2025

दमक र इटहरी रेल विभाग कार्यालय बन्द : सरकारले रेलमार्ग योजना स्थगित गरेसँगै दमक र इटहरीका कार्यालय बन्द गर्ने तयारी गरिएको छ।

रेल ल्याउने बहानामा अरबौँ स्वाह भएको छ।

18/07/2025

दुर्घटना : तरहरा-धरान सडक खण्डमा आज एक दुर्घटना भएको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, दुर्घटनामा परेका व्यक्तिको पहिचान खुल्न बाँकी छ ।

मानिस पहिचानको लागि सेयर गरौं
Itahari News

18/07/2025

बिर्तामोडमा औषधिको गोदाममा छापा मार्दा : ठूलो मात्रामा औषधीजन्य लागूऔषध बरामद

स्थानियको सुचनाका आधारमा भानुभक्त खरेलले संचालन गर्दै आएको औषधिको गोदाममा छापा मार्दा ठूलो मात्रामा लागुऔषधजन्य प्रतिबन्धित औषधि फेला परेको हो।

बिर्तामोड–५ मा मनकुमार सङ्रौलाको घरमा सञ्चालित गोदाममा छापा मार्दा हजारौँ ट्रामाडोल, एम्पुल लगायतका लागुऔषधजन्य औषधि बरामद गरिएको छ। प्रहरीले एक कामदारलाई पक्राउ गरेको छ भने औषधि व्यवसायी खरेल फरार छन्। खरेलले धर्मकाटा रोडमा ‘सनलाईट फर्मा’ नामक थोक औषधि पसलमार्फत वर्षौंदेखि लागुऔषध कारोबार गर्दै आएको खुलेको छ।
Video - इजलास ©️

झापाको बुद्धशान्ति गाउँपालिका–४, अमरबस्तीका ३१ वर्षीय निर्मल लिम्बू फेला परेका छन् । हिजो बिहान 'काममा जान्छु' भन्दै घरब...
18/07/2025

झापाको बुद्धशान्ति गाउँपालिका–४, अमरबस्तीका ३१ वर्षीय निर्मल लिम्बू फेला परेका छन् । हिजो बिहान 'काममा जान्छु' भन्दै घरबाट निस्किएका लिम्बू सम्पर्कविहीन भएपछि परिवारले चिन्ता व्यक्त गर्दै खोजी थालेका थिए ।

धेरै खोजतलासपछि आज बिहानमात्रै उनी फिक्कल अस्पतालमा उपचाररत अवस्थामा भेटिएको परिवारले जनाएको छ । टाउकामा गम्भीर चोट लागेर धेरै रगत बगेको अवस्थामा फेला परेका लिम्बूको शारीरिक र मानसिक अवस्था सामान्य रहेको बुझिएको छ ।

उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
सम्पर्क र सहयोग गर्ने सम्पूर्णमा परिवार तथा सम्वद्ध पक्षको तर्फबाट हार्दिक धन्यवाद ।

आफूले गर्दै नगरेको कसुरमा इलामको सन्दकपुरका ७६ वर्षे तिलबहादुर गुरुङ २० दिन इलाम कारागारमाइलामका ७६ वर्षीय तिलबहादुर गुर...
18/07/2025

आफूले गर्दै नगरेको कसुरमा इलामको सन्दकपुरका ७६ वर्षे तिलबहादुर गुरुङ २० दिन इलाम कारागारमा

इलामका ७६ वर्षीय तिलबहादुर गुरुङ नाम मिल्दा ४५ वर्षअघिको कर्तव्य ज्यान मुद्दामा पक्राउ परे। असार १७ गते घरबाट पक्राउ परेका उनलाई इलाम प्रहरीले फरार दोषी भन्दै जेल पठाएको थियो। तर परिवारले उच्च अदालतमा रिट दायर गरेपछि अदालतले उनी दोषी नभएको ठहर गर्दै साउन १ गते थुनामुक्त गर्‍यो। अदालतले पक्राउ परेका गुरुङ र पुरानो मुद्दाका अभियुक्त फरक व्यक्ति भएको स्पष्ट पारेको हो।

🙏 शुभ बिहानी 🙏❤️ तपाईँको दिन शुभ बितोस ❤️
18/07/2025

🙏 शुभ बिहानी 🙏
❤️ तपाईँको दिन शुभ बितोस ❤️

Help post : मेची राजमार्गको भालुझोडामा एक अपरिचित व्यक्ति बेहोस अवस्थामा फेलाइलामको भालुझोडा नजिक एक अपरिचित व्यक्ति आज ...
17/07/2025

Help post : मेची राजमार्गको भालुझोडामा एक अपरिचित व्यक्ति बेहोस अवस्थामा फेला

इलामको भालुझोडा नजिक एक अपरिचित व्यक्ति आज दिउँसो बेहोस अवस्थामा फेला परेका छन्। करिब ६ घण्टा होस नफर्केपछि स्थानीयले उनलाई फिक्कल अस्पताल पुर्‍याएका हुन्।

उनको परिचय खुलेको छैन। प्रहरीले चिनेका वा जानकारी हुनेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। सम्भावित आफन्तसम्म सूचना पुगोस् भनी यो समाचार सेयर गर्न सबैमा अनुरोध गरिएको छ।


Neelo Pati
𝑭𝒐𝒍𝒍𝒐𝒘𝒆𝒓𝒔.TopFans

17/07/2025

परम्परा: साउने संक्रान्ति ❤️

हिमाली जिल्ला डोल्पा जुफालको साउने संक्रान्ती मा राँको बाल्ने परम्परा।

17/07/2025

इटहरीमा बाख्रा फिर्ता माग्दा धनीमाथि नगर प्रहरीको धक्का-मुक्की

इटहरीको भित्री गाउँमा चराउँदै गरिएको बाख्रा नगर प्रहरीले उठाएपछि फिर्ता माग्न गएका बाख्राका धनीमाथि धक्का-मुक्की भएको छ। बाख्रा सडकमा छाडिएको भन्दै नियन्त्रणमा लिएको प्रहरीले धनीसँग दुर्व्यवहार गरेको स्थानीयले बताएका छन्।

Address


Alerts

Be the first to know and let us send you an email when Neelo Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neelo Pati:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share