Bimal Rosyara

  • Home
  • Bimal Rosyara

Bimal Rosyara सबैलाई मेरो नमस्कार छ।मेरो profile भ्रमण गर्नुको साथ साथै flow र like पनि गरिदिनु होला।।��

20/04/2026

केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका केरै केरा ले हानाहान गरीराछन ! 😂

17/04/2026

चिट लैजाने र चोर्ने तरिका : 😂😂😂+2 exam student को लागि

१. चिट सके सम्म सानो पाना मा लेख्ने
२. चिट लैजादा pocket मा नहाल्ने , यदि हाल्नु परेमा डल्लो पारेर नहाल्ने ,
३. चित लैजादा मोजा मा कि टाई मा लैजाने, मोजामा राखेको चिट निकाल्न परेमा खुट्टा पाखुरामा राख्ने अनि निकाल्ने ,
४. चिट सार्दा guard संग आखा नजुदाउने , र नआत्तिने ,
५. यदि चिट परेन भने भुइमा अल्ली आगाडी फाल्दिहाल्ने ,
६. यदि चिट सार्दा सार्दै guard ले देखेमा panic नहुने . चुप्प लाएर चिट दिने र अब देखि गर्दिन माफ गर्दिनुस भन्ने , guard संग new नखोज्ने ,
७. १ घण्टा अगावै चिट ननिकाल्ने
८. पहिला जानेको जानेको गर्ने, अब त यति गरसि पास हुन्छु भन्ने भएपछी मात्र चिट निकाल्ने ,
९.. साथि लाइ चिट पास नगर्ने , उले जे सुकै गर्छ
१०. यदि पहिलो, दोस्रो, र तेस्रो बेन्च मा पर्नु भएको छ भने , अलि बढी सावधानी अपनआउनु होला ,
११. मानौ बाहिर बाट एकदमै tight निरीक्षक आए भने आफ्नो चिट लाइ बेन्च मुनि अड्काउने , र साथ मा chegum पनि चपाउने , बेन्च मुनि अड्काउन नमिले chegum टासेर भएनी अड्काउने । me

13/04/2026

म Rbr Rosyara (Bimal) -म बिमल रोस्याराको सम्पत्ति बिबरण सर्बजनिक गरेको छु।।

फेस्बुक पेज मा 7.2 हजार फलोर्स
सुन : हाल सम्म किन्न नसकेको
चाँदी : हाल सम्म किन्न नसकेको
हिरा/मोती : हालसम्म नदेखेको 🤨
घर : गाउँमा (गाउँ गएका बेला बुवाआमाले बस्न दिने,
जग्गा : हालसम्म किन्न नसकेको 🤨
गाडी : हालसम्म किन्न नसकेको
बैंक ब्यालेन्स : 8 वटा बैंकमा खाता रहेपनि हालसम्म पैसा जम्मा गर्न नसकेको
जुत्ता- २ जोर (बुढि औलो देखिने)
शेयर- पैसा नभएकोले गर्न नसकेको
गल्फेरेन्ड - श्रोत खुलाउन बाकि
तनाब- १००० थान भन्दा बढि

10/04/2026

बिश्वास पनि कसको गर्नु र खै रोजगार मन्त्री नै नेपाल मा बेरोजगार भएपछी 🤔😢

हाम्रो पात्रले दिएको flash news 🤔   Hamro Patro   Highlights
09/04/2026

हाम्रो पात्रले दिएको flash news 🤔 Hamro Patro Highlights

09/04/2026

२०८२ (९ अप्रिल २०२६) का प्रमुख ताजा समाचारहरू यस प्रकार छन्:

​🇳🇵 नेपालका मुख्य समाचार

​🏛️ राजनीति र कूटनीति

​कूटनीतिक 'रिसेट': प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सिंहदरबारमा काठमाडौंस्थित १७ देशका राजदूतहरूसँग सामूहिक भेटघाट गरी नेपालको नयाँ कूटनीतिक अडान स्पष्ट पार्नुभएको छ। व्यक्तिगत भेटघाटको पुरानो परम्परा तोड्दै उहाँले सरकारको प्राथमिकता र कूटनीतिक आचारसंहिताबारे ब्रिफिङ गर्नुभयो।

​संविधान संशोधन कार्यदल: संविधान संशोधनका लागि गठित कार्यदलको पहिलो बैठक हिजो सम्पन्न भएको छ। कार्यदलले अबको केही दिनमा संशोधनका बुँदाहरूमा सहमतिको मस्यौदा तयार पार्ने लक्ष्य राखेको छ।

​डिजिटल रूपान्तरण: सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. बिक्रम तिमिल्सिना र विश्व बैंकका निर्देशकबीच भेटवार्ता भएको छ। 'नेपाल डिजिटल रूपान्तरण आयोजना'लाई तीव्रता दिने सहमति भएको छ।

​🚔 सुरक्षा र न्याय

​डिजिटल हिंसामा चिन्ता: नेपालमा बढ्दो 'डिजिटल लिन्चिङ' र सामाजिक सञ्जालमा हुने गालीगलौजप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर अनलाइनमा हुने हिंसा बढेको समाचारहरू सार्वजनिक भएका छन्।

​🏔️ पर्यटन र अर्थतन्त्र

​जापानमा नेपालको प्रवर्द्धन: जापानको टोकियो र ओसाकामा 'नेपाल पर्यटन प्रवर्द्धन २०२६' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यसले जापानी पर्यटकहरूको नेपाल आगमन बढाउने अपेक्षा गरिएको छ।

​अर्थतन्त्रमा चुनौती: विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३% मा सीमित हुन सक्ने प्रक्षेपण गरेको छ।

​🌎 अन्तर्राष्ट्रिय समाचार

​कोरियाली रोबोटिक्स: दक्षिण कोरियाका रोबोटिक्स कम्पनीहरूले विश्वव्यापी विस्तारका लागि ठूलो लगानी जुटाउँदै छन्। हुन्डाई मोटर ग्रुपले रोबोटिक्स हब बनाउन ८७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।

​अन्तरिक्ष र कला: जर्मन कलाकार माइकल नाज्जार सन् २०२७ मा अन्तरिक्ष यात्रा गर्ने पहिलो समकालीन कलाकार बन्ने भएका छन्। उनले हाल जिरो-ग्र्याभिटी तालिम लिइरहेका छन्।

​इजरायल-लेबनान तनाव: इरानसँग युद्धविरामको चर्चा भए पनि लेबनानमा इजरायली आक्रमण जारी छ, जसमा पछिल्लो २४ घण्टामा दर्जनौँको मृत्यु भएको छ।

​🌦️ मौसम अपडेट

​आज पनि नेपालका पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

07/04/2026

सरकारी स्कुलमा पढेकोलाई मात्रै थाहा हुन्छ 😛
(ति रमाइला दिनहरु)
१. “May I come in, sir?” 🤭
२. OPT Math लिएको स्टुडेन्ट देख्दा—ओहो कस्तो जान्ने होला!
३. साध्य, उत्तोलक, अम्ल र छार 🤯
४. “नयाँ चप्पल साटम्न दे यार…” 😆
५. Boarding बाट आएको नयाँ केटा—even fail भए पनि English मा कुरा गर्न खोज्ने 😂
६. हाफ छुट्टीको खाजा—अमिलो (भब्बे), अम्बा, बयर 🍋
७. हातमै २ वटा rough कापी—झोला किन चाहियो? 😄
८. भलिबल = राष्ट्रिय खेल 🏐
९. Rainy day—“आज सर त आउनुहुन्न होला!” 🌧️
१०. आकाशे रङको सर्ट, निलो पेन्ट—काम गर्दा पनि त्यही 😅
११. मनपर्ने मान्छेका लागि छुट्टै कलम ❤️
१२. चुन्नी, लबर स्टाप, कबड्डी, छुर, चारी—favorite games 🤾
१३. “सर, आज नपढी कथा भनौं न!” 😁
१४. हाफ टाइममा खोला नुहाउन जाँदा ढिला फर्केर रामधुलाई खाएको 😭
१५. पानी परेको दिन बर्साती ओढेर स्कुल गएको 🌂
१६. कापीको पछाडि सायरी लेख्ने ✍️
१७. कापी-किताब बीचमा रोटी राखेर लैजाने 🍞
१८. स्कुल ड्रेसमै दसैं, तीज, जन्तीमा जाने 😆
१९. राष्ट्रिय गान भन्नुपर्छ भनेर लाइनमा ढिला पुग्ने 😜
२०. सधैं दोस्रो बेन्चमा बसेर हल्ला गर्ने अनि आफूलाई डन ठान्ने 😎
२१. “Present sir!” भन्न ढिला भए रोल नम्बर skip हुने 😅
२२. Homework नगरेको दिन—“कापी घरमै छुट्यो सर…” 🤥
२३. एकजनाले गल्ती गर्दा पुरै क्लास उभ्याउने 😭
२४. छुट्टी बेलामा धुलो उडाउँदै घरतिर दौडिने 🏃‍♂️
२५. Annual function को दिन मात्रै full attendance 😄
२६. शिक्षकको नक्कल गरेर साथीहरू हाँसाउने 😂
२७. Crush देख्दा अचानक serious student बन्ने 😎❤️
२८. Exam सकिएपछि किताब बेच्ने/साट्ने 📚
२९. टिफिन share नगर्ने सँग झगडा 😆
३०. “Bell बज्यो कि?” भनेर सधैं झ्यालतिर हेर्ने ⏰
३१. सरले पढाउँदा झ्याउ लाग्यो भने यो क्लास सकिन कति मिनेट छ भन्दै घडी हेर्ने । 🕛
Anyone from government school ?? 😄✊ Highlights ゚viralシalシ

गृहमन्त्री सुदन गुरुङको फेसबुक स्टाटस  7/7 अर्थ के होला ?🤔  ゚viralシalシ
03/04/2026

गृहमन्त्री सुदन गुरुङको फेसबुक स्टाटस 7/7 अर्थ के होला ?🤔 ゚viralシalシ

03/04/2026

७०.०९ औषत आयु रहेको नेपालमा सरकारले बृद्ध भत्ता ७५ वर्षमा दिने सिफारिस गरेको निर्णय कार्यानबयन भयमा देशकै सबैभन्दा ३४.१६ % गरिबी रहेको सुदुरपश्चिम प्रदेश प्रभाबित हुने छ । किनभने बृद्ध आमाबुबालाई घरमा छोडेर यस प्रदेशका कम्तिमा ६०% पुरुषहरु भारतमा निम्न ज्याला दरमा रोजगारी गर्न बाध्य छन जुन क्रम अझै बड्दो छ र गाउ घरमा बुडा बुडीको नुन तेल देखि औषधी उपचारको एक मात्र माध्यम ( सहारा) भनेको बृद्ध भत्ता हो। त्यसैले राज्यले हचुवाको भरमा यस्तो निर्णय गर्नु न्याय संगत हुदैन र सो सम्वन्धमा यस प्रदेशका सम्पुर्ण प्रतिनीधी सभा सदस्यहरुले कडा पुर्बक आवाज उठाउनु पर्छ।🙏🏼 ゚viralシalシ #सुदुरपश्चिम

Happy birthday hark ji 💗💗    ゚viralシalシ
01/04/2026

Happy birthday hark ji 💗💗 ゚viralシalシ

Creative awareness 👏: QR Code स्क्यान गर्नु अघि सधैं स्रोत सुनिश्चित गर्नुहोस्।Nepal Police को आजको सन्देश - अनलाइन स्क्...
01/04/2026

Creative awareness 👏
: QR Code स्क्यान गर्नु अघि सधैं स्रोत सुनिश्चित गर्नुहोस्।
Nepal Police को आजको सन्देश - अनलाइन स्क्यामबाट बचौं।

Address


10800

Alerts

Be the first to know and let us send you an email when Bimal Rosyara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share