Shishwa update.

  • Home
  • Shishwa update.

Shishwa update. पेजमा स्वागत छ।यो पेज बनाउनुको मुख्य उद्देश्य हाम्रो गाउँको बारेमा समाचार र अपडेटहरू प्रदान गर्नु हो.

01/07/2025

दुखद खबर🥲
अतिनै दुखका साथ जानकारी गराइन्छ कि हाम्रो इस्लामी पब्लिक स्कूल शिशुवा का पुर्व प्र.अ तथा शिक्षक श्री शमिम अख्तर फलाही ज्यू को श्रीमतीको निधन भएको जानकारी दिँदै अत्यन्तै दुःखी छौं। अल्लाहले मृतकका गल्तीहरूलाई क्षमा गरून् परिवार तथा अन्य आफन्तहरूलाई धैर्य प्रदान गरून्। आमीन।
अन्त्येष्टिको प्रार्थना आज साँझ ६:०० बजे पढिनेछ, इन्शाअल्लाह।

Eid Ul Adha 2025 Mubarak
06/06/2025

Eid Ul Adha 2025 Mubarak

🖤 एक क्षणको लापरवाहीले सम्पूर्ण जीवन बदलिन सक्छ 🖤हिजो दुई जना युवाले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए। युवा उमेर, सपना ब...
27/05/2025

🖤 एक क्षणको लापरवाहीले सम्पूर्ण जीवन बदलिन सक्छ 🖤

हिजो दुई जना युवाले मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए। युवा उमेर, सपना बोकेको जीवन, परिवारको आशा सबै एक क्षणमा समाप्त भयो।
अब पनि हामी सचेत हुने समय आइसकेन त?

🚨 सवारी चलाउँदा यी कुरामा ध्यान दिन जरुरी छ:

✅ गति नियन्त्रणमा राखौं – तीव्र गतिमा नचलाऔं
✅ हेल्मेट अनिवार्य रूपमा लगाऔं – छोटो दूरीको लागि पनि
✅ ट्राफिक नियमको पूर्ण पालना गरौं
✅ नशामा सवारी नचलाऔं
✅ मोबाइल चलाउँदै सवारी नगरौं

🎗 सजग बनौं, अरूलाई पनि सचेत गराऔं
सडक हाम्रो सबैको हो, तर जिम्मेवारी पनि हाम्रो नै हो। हामीले नियम पालना गरेर मात्र यो दु:खद घटनालाई रोक्न सक्छौं।

👉 आज तपाईं ढिलो भए पनि घर पुग्नु हुन्छ, तर सुरक्षित पुग्न नै महत्वपूर्ण हो।
👉 तपाईंको जीवन तपाईंको मात्र होइन – परिवार, साथीभाइ र समाजको पनि हो।
🚦 बिस्तारै चलाऔँ – सुरक्षित रहौँ।
जीवन जिउनुहोस्, देखाउनु होइन। 🙏

🙏 ज्यान अनमोल छ – सुरक्षित यात्रा गरौं 🙏

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ हाम्रो इस्लामी पब्लिक स्कूल प्रथम हुन सफल भएकोमा हार्दिक बधाई टक्र्याउँदछौँ।
21/05/2025

अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता २०८२ हाम्रो इस्लामी पब्लिक स्कूल प्रथम हुन सफल भएकोमा हार्दिक बधाई टक्र्याउँदछौँ।

शिशुवा हरिनगर–०५ (साविक वडा नं. ०७) मा आगलागी — गाउँलेको तत्परताले ठूलो दुर्घटना हुनबाट जोगियोआज शिशुवा हरिनगर–०५ (साविक...
16/04/2025

शिशुवा हरिनगर–०५ (साविक वडा नं. ०७) मा आगलागी — गाउँलेको तत्परताले ठूलो दुर्घटना हुनबाट जोगियो

आज शिशुवा हरिनगर–०५ (साविक वडा नं. ०७) मा अपराह्नतिर एक्कासि आगलागीको घटना घट्यो। आगोले केहीबेर गाउँमा त्रासको वातावरण सिर्जना गरे पनि गाउँलेहरूको सक्रियता, एकता र तिव्र प्रतिक्रियाका कारण आगो तत्काल नियन्त्रणमा ल्याउन सकियो।

स्थानीय स्रोतहरूका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन, तर समयमै नियन्त्रणमा लिइएकाले कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति नभएको पुष्टि गरिएको छ।

🌙✨ Eid guzri zaroor hai… lekin uski mithaas, yaadein aur masti abhi bhi taza hai!Is vlog mein maine wohi pal capture kiy...
15/04/2025

🌙✨ Eid guzri zaroor hai… lekin uski mithaas, yaadein aur masti abhi bhi taza hai!
Is vlog mein maine wohi pal capture kiye hain 💛

🕰️ Thoda late sahi, lekin dil se banaya gaya hai…
Bas ek baar dekhna, shayad aapko bhi apni Eid yaad aa jaaye 💫

📽️ Vlog upload ho chuka hai – zaroor dekhein!
Agar pasand aaye toh like, comment aur share karna na bhoolen...
Aur haan, Subscribe karke apni Eidi mujhe bhi de dein! 😊

➡️ Watch now:

Doston aur ghar walon ke saath Eid ka jashn – khana, gupshup aur maza hi maza. Dekho bhai, video pasand aaye toh like karo, dil se aaye toh subscribe bhi kar...

(OFFICERS CLUB BPKIHS DHARAN)  द्वारा आगलागी प्रभावित परिवारलाई राहत वितरण :आज, बि पी कोइराला स्वास्थ्य विज्ञान परतिष्ठा...
07/04/2025

(OFFICERS CLUB BPKIHS DHARAN) द्वारा आगलागी प्रभावित परिवारलाई राहत वितरण :

आज, बि पी कोइराला स्वास्थ्य विज्ञान परतिष्ठान धरानको अफिसर्स क्लबको एक टोली हरिनगर गाउँपालिका-५, सुनसरी जिल्लामा पुग्यो, जहाँ ३१ मार्च सोमबार, ईदको दिन आगलागी भएको थियो। टोलीले आगलागीबाट प्रभावित १२ परिवारलाई प्रत्येकलाई ५००० रुपियाँ नगद राहत प्रदान गर्यो।

हरीनगर -५ निवासी मो•सईदुर्रहमान, जो बिपीकेआईएचएस अफिसर्स क्लबका सदस्य हुनुहुन्छ, उहाँले आगलागी प्रभावित परिवारहरूको राहत र पुनर्निर्माणका लागि अफिसर्स क्लबमा सहयोगको अपिल गर्नुभएको थियो। यस अपिलको प्रतिक्रियामा क्लबका सबै सदस्यहरूले मनोभावले सहयोग गरे र राहत कोषमा रकम दान गर्नुभयो।

अफिसर्स क्लबको टोलीले प्रभावित परिवारहरूलाई नगद राहत उपलब्ध गराउँदै, उनीहरूको पुनर्निर्माणमा मद्दत पुर्याउने प्रयास गर्नु भएको मा सबै दाता र सहयोग गर्ने हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तपाईंहरूको योगदान र सहकार्यले यो महान कार्यलाई सफल बनाउन मद्दत पुर्याएको छ।

01/04/2025

आज बिहान ९ बजे हरिनगर गाउँपालिका का प्रमुख श्री हाजि गफार अंसारी ज्यू स्वयम् आएर राहत वितरण गर्नु भयो र साथै आर्थिक मदत उपलब्ध गर्ने आस्वासन समेत दिनु भएको छ । #धन्यवाद #मेयर #ज्यू

हरिनगर-५ मा आगलागी, सीडीओको टोलीद्वारा राहत वितरण हरिनगर गाउँपालिका-५ मा सोमबार भएको आगलागीका कारण धेरै परिवार प्रभावित ...
01/04/2025

हरिनगर-५ मा आगलागी, सीडीओको टोलीद्वारा राहत वितरण

हरिनगर गाउँपालिका-५ मा सोमबार भएको आगलागीका कारण धेरै परिवार प्रभावित भएका छन्। घटनास्थलको निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) आफ्नै टोलीसहित पुगेका थिए।

सीडीओ टोलीले पीडित परिवारलाई राहतस्वरूप प्रति व्यक्ति रु १०,००० नगद, चामल, आलु, गद्दा र ब्ल्याङ्केट वितरण गरेको छ। साथै, उनले पीडितहरूलाई थप राहत तथा पुनर्निर्माण कार्य निरन्तर जारी रहने आश्वासन दिएका छन्।

01/04/2025

हिजो करिब २:३० बजे तिर हरिनगर गाउँपालिका वडा नं ५ साबिक को '८' मा यसरी आगो लागेको थियो भने ५ ओटा दमकल आएर आगो लाई नियन्त्रण मा लिएको थियो।

30/03/2025

ईद मुबारक! ✨

यस ईदले तपाईंको जीवनमा खुशीयाली, समृद्धि, र उत्तम स्वास्थ्य ल्याओस्। तपाईंको सबै दु:खद प्रार्थनाहरू पूरा होऊन् र मन शान्ति तथा कृतज्ञताले भरियोस्। प्रेम र सद्भावका साथ यो पवित्र चाड मनाऔं!

तपाईं र तपाईंको परिवारलाई ईद उल-फित्रको धेरै धेरै शुभकामना!

#ईदमुबारक

watch out my new video Guys😍👇👇
09/03/2025

watch out my new video Guys😍
👇👇

Assalamu Alaikum Dosto. Mera ye Naat kaisa laga zaroor bataiyega.Aur mere channel ko subscribe vi karlijye ga. Shukriyah

Address


Alerts

Be the first to know and let us send you an email when Shishwa update. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share