समचार अनि त्यस भित्रका सबै कुरा,

  • Home
  • Nepal
  • Lumbini
  • समचार अनि त्यस भित्रका सबै कुरा,

समचार अनि त्यस भित्रका सबै  कुरा, kamal

सिनधुलीमा बस दुर्घटना ,६काे मृत्यु..सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर...
12/03/2023

सिनधुलीमा बस दुर्घटना ,६काे मृत्यु..
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं पठाउन लागिएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए । दुर्घटनाका घाइतेहरुलाई उद्धार गरी खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको छ । बसमा करिब ३४ जना यात्रु रहेको जनाइएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं डिएसपी चिरञ्जीवी दाहालका अनुसार सडकको भित्तामा ठोक्किएर बस दुर्घटना भएको प्रारम्भिक आकलन छ । दुर्घटना भएको बस भित्तामा चेपिएर रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । मेसिन लगाएर दुर्घटना भएको बसलाई उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।

ऐमालेले बाेलायाे सचिवालयकाे बैठक।।।नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित...
11/03/2023

ऐमालेले बाेलायाे सचिवालयकाे बैठक।।।

नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए ।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ ।
भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । २०८९/११/२६

बुटवल उपमहानगरपालिकाकाे ध्यान  कता छ?याे तस्बिर हाे ,बुटवल उपमहानगरपालिका ट्राफिक चाेककाे यस्तो समवेदनशील ठाउँ मा कुनै स...
10/03/2023

बुटवल उपमहानगरपालिकाकाे ध्यान कता छ?
याे तस्बिर हाे ,बुटवल उपमहानगरपालिका ट्राफिक चाेककाे यस्तो समवेदनशील ठाउँ मा कुनै सुरक्षा नअपनाई खुलेआम ट्रासफर्म राखिएको छ। यदि कुनै मानवीय घटना घटे काे जवाफ देहि हुने,

09/03/2023

यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :

१दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
२स्वस्तिक छाप नभएको मत बदर हुने
३सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
४संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र ५एक-एक जना गणना प्रतिनिधि रहने
६मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
७मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइतेराष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने ...
09/03/2023

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । एकीकृत समाजवादी पार्टीबाट सप्तरी-४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लडेका हुन् । सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उनी लडेको एकीकृत समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । सुरूमा उनलाई संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिए पनि अहिले उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ ।

`फायर वार्निङ´ देखिय पछि श्रीकाे जहाज काठमाडौ   पर्कियाे।७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एए...
09/03/2023

`फायर वार्निङ´ देखिय पछि श्रीकाे जहाज काठमाडौ
पर्कियाे।
७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत)देखिएपछि काठमाडौंमै फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए ।
एयरलायन्सका प्रवक्ता अनिल मानन्धरले उक्त विमानका यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइने बताए । जहाजलाई अहिले श्रीका प्राविधिकहरुले जाँच गरिरहेका छन् ।

Address

Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when समचार अनि त्यस भित्रका सबै कुरा, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share