
04/07/2023
धेरैले मुन्दुम ट्रेललाई आफूले भ्रमण गर्न गन्तव्यको सूचन राखेका छन् त्यहीको प्राकृतिक सौन्दर्य, पर्यावरणीय विविधता, सांस्कृतिक तथा धार्मिक सम्पदा लगायतका अनेकन कुराले उनीहरूलाई आकर्षण गरेको हुनसक्छ यो पदमार्गमा यात्रा गर्नेले होमस्टेसँगै गोठस्टेको अनुभूति सँगाल्ने मौका पाउँछन् । कतिको लागि गोठस्टे विल्कुल नयाँ र रोमाञ्चक अनुभव हुनसक्छ । आदिम कालदेखि वर्तमानसम्मको इतिहास, हरेक डाँडाहरूको फरक किस्सा, किंवदन्ती र मिथकहरू भन्ने मुन्दुम त यस ट्रेलको विशेषता नै हो । यहाँ रिसिया, हाक्पारे र गोठाले भाका सुन्न र गाउनलाई कुनै मेला पर्खनु पर्दैन । ठाउँ अनुसार त्यहाँको स्थानीय खानपिनको अनुभव अनि चराचुरूङ्गीहरूको आवाजले यात्रालाई अझ यादगार बनाउँछ ।
यतिको सम्भावना बोकेको मुन्दुम ट्रेल यतिका वर्षसम्म कहाँ लुकेको थियो ? किन अब मात्र पर्यटक वा नयाँ ठाउँ घुम्न चाहनेहरूले थाहा पाउँदैछन् ? यस्तो प्रश्न वा जिज्ञासा कैयौंको मनमा उठ्न सक्छ । यही प्रश्न र जिज्ञासाकै सेरोफेरोमा ट्रेलको अवधारणा लुकेको छ मुन्दुम ट्रेल सुरूवात गर्दाको कथा मुन्दुम ट्रेलजस्तै लामो अनि उत्तिकै रोमाञ्चक पनि छ ।
------------
मूल्य : 525/-
अर्डर गर्न सम्पर्क : 9851177441