24/07/2024
सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा गरिएको उद्धार सम्बन्धी
मिति:२०८१।०४।०९ गते
• ११:१५ बजे- सौर्य एयरको बिमान पोखराको लागि उडान गर्ने क्रममा बुद्ध एयरको ह्याङ्गर पछाडी खाली ठाउँमा खस्नगई दुर्घटना भएको सूचना प्राप्त हुन आएको,
• अग्नि नियन्त्रण खोज तथा उद्धारको लागि दमकल, सुरक्षाकर्मीहरु, एम्बुलेन्स खटिएको,
• थप अपडेट बिमान दुर्घटना: ११:३४ बजे १ जना बर्ष ३७ को क्याप्टेन मनिष शाक्यलाई KMC अस्पतालमा लगिएको । अवस्था: बोल्न सक्ने, आँखामा चोट, थप बि.बि. आउन बाँकी ।
• ११:४०- आगो नियन्त्रणमा आएको,
• ११:५० बजे सो एयरमा चालकदलका २ सदस्य सहित १९ जना रहेकोमा सबै सौर्य एयरकै स्टाफ रहेको बुझिन आएको,
• सङ्कलित शवहरु त्रि.वि. शिक्षण टिचिङ अस्पताल लैजाँदै गरिएको ।