Damak News

Damak News News and Videos about Damak, Jhapa.

डान्सर आश्मा बिश्वकर्माले भनिन्, ‘म रामचरणकी फ्यान हुँ। उनको गीतको भिडियो देखेर डान्स मन पर्‍यो। त्यसैले कार्टुन्ज क्र्य...
15/11/2025

डान्सर आश्मा बिश्वकर्माले भनिन्, ‘म रामचरणकी फ्यान हुँ। उनको गीतको भिडियो देखेर डान्स मन पर्‍यो। त्यसैले कार्टुन्ज क्र्युमा अभ्यास गरी सुरज अधिकारीसँग स्वीटजरल्याण्ड पार्कमा दुई घण्टा सुट गरेका थियौं। पहिलो दिन भिडियो त खिचियो तर बिंडीको धुँवाले भिडियो ‘ब्लर’ आएपछि भोलिपल्ट पुनः खिचियो। यो गीतमा नाच्दा बिँडी तानेर छाती पनि दुख्यो। भिडियो यति भाइरल होला भनी सोचेकी थिइनँ।’

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/२० गते ०६:४० बजे सम्म)
06/10/2025

मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०६/२० गते ०६:४० बजे सम्म)

05/10/2025
05/10/2025
असोज १९कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि; बागमती र कमलामा घट्दो।आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम,...
05/10/2025

असोज १९
कोशी, तमोर, अरुण र सुनकोशीमा बहाव खतरा तहभन्दा माथि; बागमती र कमलामा घट्दो।
आज इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषाका स–साना नदीहरूमा Flash Flood को उच्च सम्भावना।
डुवान भएका क्षेत्रहरूमा सतर्कता अपनाइराखौं।

बाढी र डुबानबाट जोगिन यसरी गरौ पूर्वतयारी...
04/10/2025

बाढी र डुबानबाट जोगिन यसरी गरौ पूर्वतयारी...

Important Phone Numbers for Damak : नेपाल प्रहरी : 100 / 9852670609 (इ.प्र कार्यलय दमक)एम्बुलेन्स : 102 / 9844603627 / 9...
04/10/2025

Important Phone Numbers for Damak :
नेपाल प्रहरी : 100 / 9852670609 (इ.प्र कार्यलय दमक)
एम्बुलेन्स : 102 / 9844603627 / 9863185318 / 9808883029
ट्राफिक प्रहरी : 103 / 9852691100
सशस्त्र प्रहरी : 1114
स्वास्थ्य सेवा : 1115 / 023-597009 (दमक अस्पताल)
विपद उद्धार : 1149
मौसम/बाढी जानकारी : 1155
दमक नगर प्रहरी : 9801908270

पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको...
04/10/2025

पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।

04/10/2025

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक:
थप कमेण्ट मा

असोज १८,आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धु...
04/10/2025

असोज १८,
आज सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुमा अति उच्च जोखिम को सम्भावना रहने पूर्वानुमान छ।
National Disaster Risk Reduction & Management Authority

 #अपडेट १ (२०८२-०६-१७, रातको ११:०० बजे)१) आज शूक्रवार रातीको ११ बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्द...
03/10/2025

#अपडेट १ (२०८२-०६-१७, रातको ११:०० बजे)
१) आज शूक्रवार रातीको ११ बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सतर्कता तह भन्दा तल रहेको।
२) पछिल्लो ६ घण्टामा कैलाली जिल्लाको गर्भा दरवार मौसम केन्द्रमा भारी ८०.४ मिमि वर्षा मापन भएको। अन्य धेरै जसो जिल्लाहरुमा हल्का देखि मध्यम वर्षा मापन भएको।
३) भोली शनिवार दिउँसो सम्म सवै प्रमुख नदीहरुमा अवस्था सतर्कता तह भन्दा तलै रहने।
४) भोली दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेश भइ बहने नदीहरुमा बहाब उल्लेख्य बढ्न शुरु हुने।
५) भोली (शनिवार) राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको।
६) पर्सि आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने
७) आइतबार राती देखि कोशी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने
८) बाढी र डुवान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता जरुरी
९) कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन आवश्यक।
१०) हाम्रो सामाजिक सञ्जाल "Nepal Flood Alert-नेपाल बाढी सूचना" फेसबुक र एक्स -ट्विटरमा हेर्दै गर्नुहोला।
धन्यबाद!!।

03/10/2025

#अपडेट (२०८२-०६-१७, दिनको ४ बजे)
१) आज शूक्रवार दिनको ४ बजे सम्म देशका सवै प्रमुख नदीहरुमा जलसतह सामान्य र स्थिर रहेको।

२) भोली शनिवार दिउँसो सम्म सवै प्रमुख नदीहरुमा अवस्था सामान्य नै रहने।

३) भोली दिउँसो देखि मधेस, बागमती, गण्डकी र लुम्विनी प्रदेशको क्षेत्रमा वर्षा शुरु भई नदीहरुमा बहाब बढ्न शुरु हुने।

४) भोली (शनिवार) राती नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुं, लम्जुङ्, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरु भइ बहने स-साना नदीनालाहरुमा आकस्मिक बाढीको जोखिम रहेको।

५) पर्सि आइतबार विहान देखि बेलुकी सम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र आसपासका नदीहरु तथा तिनका शाखा नदीहरुमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने

६) आइतबार राती देखि प्रणाली विस्तारै पूर्वतर्फ सर्दै जाने र कोसी, कन्काई लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने

७) उल्लेखित पूर्वानुमान अनुसार बाढी र डुवान हुन सक्ने, पहिरो जान सक्ने क्षेत्रहरुमा उच्च सतर्कता आवश्यक।

८) विभागले हरेक ६-६ घण्टामा #बाढी पूर्वानुमान र पूर्वसूचना संबन्धि जानकारी अपडेट गर्दै जानेछ। हाम्रो सामाजिक सञ्जाल "Nepal Flood Alert-नेपाल बाढी सूचना" फेसबुक र एक्स -ट्विटरमा हेर्दै गर्नुहोला।
धन्यबाद!!।
National Disaster Risk Reduction & Management Authority

Address


Website

Alerts

Be the first to know and let us send you an email when Damak News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share