ParsaOnline

ParsaOnline सत्य, तथ्य तथा निश्पक्ष समाचारका लागी पर्सा अनलाइन

17/04/2025

शिक्षक तथा प्राध्यापकलाइ पार्टीको सदस्यता नदिन नेपाली काँग्रेसलाइ सर्वोच्च अदालतको अन्तरिम आदेश जारी !

आज देखी वीरगञ्जका विभिन्न क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ।
17/04/2025

आज देखी वीरगञ्जका विभिन्न क्षेत्रमा जारी निषेधाज्ञा हटाइएको छ।

पर्सामा खानेतेलको ग्यालेनमा २४ किलो चरेस बरामदपर्साअनलाइन — सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँ...
17/04/2025

पर्सामा खानेतेलको ग्यालेनमा २४ किलो चरेस बरामद
पर्साअनलाइन — सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसको झ्याङमा लुकाइएको २४ किलो ५०० ग्राम चरेस बरामद गरेको छ। खानेतेलको ग्यालेनमा प्याकेट बनाएर राखिएको चरेस विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी टोलीले फेला पारेको हो। बरामद चरेस इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ र थप अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार उनले चार हजारभन्दा बढी व्यक्तिको ई–सेवामा रहेको एक करोड दुई लाख रुपैयाँ चोरी गरेको खुलेको छ ।
17/04/2025

प्रहरीका अनुसार उनले चार हजारभन्दा बढी व्यक्तिको ई–सेवामा रहेको एक करोड दुई लाख रुपैयाँ चोरी गरेको खुलेको छ ।

 प्रहरीले ई–सेवाको रकम चोरी गर्ने एकजना पक्राउ गरेको छ । फिसिङ लिंक पठाई ई–सेवाको रकम चोरी गर्ने कञ्चनपुर कृष्णप....

जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उदघाटन गर्दै उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घी...
17/04/2025

जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उदघाटन गर्दै उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् ....

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
17/04/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि ला....

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
17/04/2025

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बागमती- पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुब....

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण देशभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ शैक्षिक सत्रका...
17/04/2025

शिक्षकहरूको निरन्तरको आन्दोलनका कारण देशभरको शैक्षिक गतिविधि प्रभावित भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियानमा प्रत्यक्ष असर परेको छ ।

काठमाण्डौ – सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्ष....

मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल ...
17/04/2025

मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।
17/04/2025

पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

पर्साका राजनीतिक दलहरुबीचको सर्वदलीय बैठकले सामाजिक सद्भावलाई खलल पुर्‍याउने कुनै पनि गतिविधि नगर्न आग्रह गरे....

जिल्ला प्रशासन कार्यालय बाराले पछिल्लो केहि समयदेखि मधेश प्रदेशमा बढ्दै गईरहेको धार्मिक तथा सम्प्रदायिक द्वन्द्वलाई मध्य...
16/04/2025

जिल्ला प्रशासन कार्यालय बाराले पछिल्लो केहि समयदेखि मधेश प्रदेशमा बढ्दै गईरहेको धार्मिक तथा सम्प्रदायिक द्वन्द्वलाई मध्यनजर गर्दै जिल्लाको सभाहलमा मुस्लिम अगुवा र बारा जिल्ला शान्ती सुरक्षा समिती बिच शान्ती सुरक्षा तथा धार्मिक सहिष्णुता कायम गर्न लागायत बिषयमा छलफल गरेको छ।

वीरगंजमा धार्मिक झडपपछि मन्त्री राजकुमार गुप्ताको गम्भीर चासो , सामाजिक सद्भाव कायम राख्न आग्रहपर्सा । गएको शनिवार हनुमा...
16/04/2025

वीरगंजमा धार्मिक झडपपछि मन्त्री राजकुमार गुप्ताको गम्भीर चासो , सामाजिक सद्भाव कायम राख्न आग्रह

पर्सा । गएको शनिवार हनुमान जयन्तीको अवसरमा वीरगंजमा आयोजना गरिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसपछि उत्पन्न तनावप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गहिरो चासो व्यक्त गरेका छन्।

धार्मिक तथा सांस्कृतिक विविधताको दृष्टिले अति महत्वपूर्ण मानिने वीरगंजमा यस्तो घटना हुनु अत्यन्तै दुःखद रहेको उल्लेख गर्दै मन्त्री गुप्ताले सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि कार्यलाई क्षम्य नठहरिने स्पष्ट पारेका छन्। तनावपछिको अवस्था नियन्त्रणमा ल्याउन तथा जनजीवनलाई सहज तुल्याउन मन्त्री गुप्ताले सबै पक्षसँग संयमता अपनाउन अपिलसमेत गरेका छन्।

स्थानीय प्रशासन तथा प्रहरी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहँदै मन्त्री गुप्ताले दोषीको पहिचान गरी आवश्यक अनुसन्धान तथा कारवाही गर्न कडा निर्देशन दिएका छन्। साम्प्रदायिक विद्रोह फैलाउने जो कोहीलाई कानुनी दायरामा ल्याइने उहाँले प्रष्ट पारे।

मन्त्री गुप्ताले आपसी सद्भावलाई समाज र राष्ट्रको शक्ति भन्दै कुनै पनि वहानामा यसलाई विघटन गर्न खोज्ने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै, सबै वीरगंजवासीलाई एकअर्काको धार्मिक आस्था र विश्वासप्रति सम्मान जनाउँदै सामाजिक शान्ति कायम राख्न आग्रह गरेका छन्।

झडपपछिको दिन दुवै समुदायका प्रतिनिधिहरूबीच अलग-अलग र सर्वदलीय बैठक बसि घटनाको समिक्षा गरिएको थियो। त्यसको आधारमा पाँचबुँदे सहमति हुँदै दोषी पहिचान, अनुसन्धान र कारवाहीका लागि पहल गर्न आग्रह गरिएको छ।

Address


Telephone

+9779814297160

Website

http://www.youtube.com/@parsaonlinetv

Alerts

Be the first to know and let us send you an email when ParsaOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ParsaOnline:

  • Want your business to be the top-listed Media Company?

Share