Keshav Gurung

Keshav Gurung जीवनमा प्रयास सधै गर, लक्ष्य मिलोस या अनुभब दुबै अमुल्य छ |🎯

नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू:अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/...
31/05/2026

नेपालको बजेट २०८३/८४ : मुख्य विशेषता, प्रभाव, प्राथमिकता र चुनौतीहरू:

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि रु. २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट प्रस्तुत गर्नुभएको छ।

खर्च शीर्षक:
* चालु खर्च: रु. १२ खर्ब ७० अर्ब (५९.८%)
* पुँजीगत खर्च: रु. ४ खर्ब ३१ अर्ब (२०.३%)
* वित्तीय व्यवस्था: रु. ४ खर्ब २२ अर्ब (१९.९%)
बजेटका स्रोत:
* आन्तरिक राजस्व: रु. १४ खर्ब ५ अर्ब
* वैदेशिक अनुदान: रु. ६१ अर्ब
* वैदेशिक ऋण: रु. २ खर्ब ४७ अर्ब
* आन्तरिक ऋण: रु. ४ खर्ब १९ अर्ब

मुख्य विशेषता र सम्भावित प्रभाव:

१. व्यक्तिगत आयकरमा ठूलो राहत
* वार्षिक रु. १० लाखसम्म आम्दानी हुनेलाई न्यून कर दायरामा ल्याइयो।
* अधिकतम आयकर दर ३९% बाट घटाएर २९% कायम।
* मध्यम वर्गलाई संगै रोजगारी आय हुनेलाई राहत दिने स्पष्ट नीति।
प्रभाव:
* कर्मचारी तथा मध्यम वर्गको Disposable Income बढ्ने।
* बजारमा उपभोग र माग बढ्ने सम्भावना।
* बैंकिङ, अटोमोबाइल, रियल स्टेट तथा रिटेल क्षेत्र लाभान्वित हुन सक्ने।

२. अन्तःशुल्क (Excise Duty) हटाइयो वा घटाइयो
* ३६० प्रकारका वस्तुमा अन्तःशुल्क हटाइयो।
* उद्योगका लागि कर प्रणाली सरल बनाउने प्रयास।
प्रभाव:
* उत्पादन लागत घट्ने।
* केही वस्तु सस्ता हुन सक्ने।
* घरेलु उद्योग प्रतिस्पर्धी बन्ने।

३. २७३ औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो
* कच्चा पदार्थमा कम भन्सार।
* तयार वस्तुभन्दा कच्चा पदार्थ सस्तो हुने नीति।
प्रभाव:
* उद्योग सञ्चालन लागत घट्ने।
* उत्पादन तथा निर्यात बढ्न सक्ने।
* Import Substitution मा सहयोग पुग्ने।

४. पूँजी बजार (Share Market) सुधार
* NRN लाई दोस्रो बजारमा लगानी खुला।
* Intra-day Trading तथा Short Selling सुरु गरिने।
* Hedge Fund अवधारणा ल्याइयो।
* Capital Gain लाई Final Tax को रूपमा स्पष्टता संगै दरमा ५०% ले बृद्दि।
प्रभाव:
* बजारमा Liquidity बढ्ने।
* विदेशी तथा NRN पूँजी भित्रिन सक्ने।
* पूँजी बजार थप व्यावसायिक बन्ने।
* Capital gain Tax दरमा ५०% ले बृद्दि को केही नकारात्मक असर।

५. सूचना प्रविधि (IT) क्षेत्रलाई रणनीतिक उद्योग घोषणा
* IT Export मा कर छुट।
* AI, Cyber Security, Data Center तथा Digital Infrastructure मा प्राथमिकता।
प्रभाव:
* IT Export वृद्धि।
* युवाका लागि रोजगारी सिर्जना।
* Dollar Income तथा Remote Work बढ्ने सम्भावना।

६. “सिक्दै कमाउँदै” (Learn While You Earn) कार्यक्रम
* विद्यार्थीलाई पढ्दै काम गर्ने अवसर।
* Apprenticeship Model कार्यान्वयन।
प्रभाव:
* Youth Employment बढ्ने।
* व्यवहारिक सीप विकास हुने।
* वैदेशिक पलायन केही घट्न सक्ने।

७. सरकारी कर्मचारीको तलब वृद्धि:
* सरकारी कर्मचारीको तलब २१% सम्म वृद्धि।
* १०% आधारभूत वृद्धि तथा बाँकी Performance Incentive।
प्रभाव:
* बजारमा क्रयशक्ति बढ्ने।
* उपभोग आधारित अर्थतन्त्र चलायमान हुने।
* मुद्रास्फीति तथा सरकारी खर्चमा दबाब बढ्न सक्ने।

८. कृषि क्षेत्रमा ठूलो प्रोत्साहन:
* २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान।
* Support Price Policy तथा Digital Payment प्रवर्द्धन।
प्रभाव:
* कृषि व्यवसायीकरण बढ्ने।
* खाद्य सुरक्षा सुधार हुने।
* ग्रामीण अर्थतन्त्र सक्रिय बन्ने।

९. पूर्वाधार तथा ऊर्जा प्राथमिकतामा:
* बुढीगण्डकी (१२०० MW) कम्पनी मोडलमा निर्माण।
* Fast Track, Highway, Railway तथा Digital Infrastructure प्राथमिकतामा।
* पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्नति।
प्रभाव:
* निर्माण क्षेत्र सक्रिय हुने।
* रोजगारी वृद्धि।
* Cement, Steel तथा Banking Sector लाभान्वित हुने।

१०. विदेशी लगानी तथा कानुनी सुधार:
* Foreign Investment Approval सहज।
* Profit Repatriation प्रक्रिया सरल।
* Commercial Tribunal स्थापना।
* Tax Dispute Settlement Scheme ल्याइयो।
प्रभाव:
* Ease of Doing Business सुधार।
* लगानीकर्ताको विश्वास बढ्ने।
* कर विवाद समाधान सहज हुने।

११. Startup प्रवर्द्धन:
* रु. १० करोडसम्म कारोबार भएका Startup लाई पहिलो ५ वर्ष आयकर छुट।
* IT Export कम्पनीलाई ७५% कर छुट।
* Freelancer तथा Remote Worker लाई ५% Final Tax।
* Venture Capital, Hedge Fund तथा NRN Investment मार्फत Financing विस्तार।
प्रभाव:
* Startup Ecosystem विस्तार।
* युवा उद्यमशीलता वृद्धि।
* Dollar Income र रोजगारी बढ्ने।

१२. कर विवाद समाधान योजना:
* पुराना कर विवाद समाधान गर्न Settlement Scheme।
* विवादित करमा थप १% तिरेर मुद्दा फिर्ता लिन सकिने।
* ब्याज तथा जरिवानामा छुट।
प्रभाव:
* निजी क्षेत्रको Cash Flow सुधार।
* व्यवसायिक अनिश्चितता घट्ने।
* सरकारलाई रोकिएको राजस्व प्राप्त हुने।

१३. शिक्षा तथा स्वास्थ्य

शिक्षा:
* रु. २ खर्ब १८ अर्ब बजेट।
* Digital Education तथा Skill-based Learning मा जोड।
स्वास्थ्य:
* रु. १ खर्ब २ अर्ब बजेट।
* Telemedicine, मातृ तथा शिशु स्वास्थ्यमा प्राथमिकता।
* निजि क्षेत्रको स्वास्थ्य र शिक्षामा कर थप।
प्रभाव:
* मानव पूँजी विकास।
* ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार।
* Youth Skill Development मा सहयोग।
*स्वास्थ्य र शिक्षामा थपिएको करलाई नागरिकले असहज मानेको स्थिति।

१४.अन्य बैकिङ र कर्जा सम्बन्धि घोषणाहरू
* महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा।
* व्यवसायिक पुनरुत्थान कर्जा।
* व्यक्तिगत Credit Scoring र P2P Lending सुरु।
* Asset Management Company स्थापना।
* Remittance Promotion का लागि Lottery Scheme।
* Gen-Z आन्दोलनका घाइते तथा शहीद परिवारलाई सहुलियतपूर्ण कर्जा।@
प्रभाव:
कर्जा प्रवाहमा वृद्दी र खराब कर्जा ब्यबस्थापनमा सहयोग हुने।

१५ प्रशासनिक सुधार (Administrative Reforms)
* मन्त्रालय संख्या: २२ → १८
* ३१ सरकारी निकाय खारेज
* प्रशासनिक खर्च ~ रु २० अर्ब बचत लक्ष्य
प्रभाव:
* सरकारी संरचना lean बन्ने
* खर्च दक्षता सुधार
* तर पुनर्संरचना कार्यान्वयन चुनौती

१६ . वातावरण तथा हरित अर्थतन्त्र
* रु १२ अर्ब भन्दा बढि विनियोजन।
* हरित औद्योगिक नीति (Green Industrial Policy) लागू गरिने।
* कार्बन र वन अर्थतन्त्र (Carbon & Forest Economy) प्रवर्द्धन गरिने।
प्रभाव:
* जलवायु परिवर्तनको असर (Climate Resilience) सामना गर्न क्षमता वृद्धि हुने
* हरित ऊर्जा तथा वातावरणमैत्री लगानी (Green Investment) आकर्षण बढ्ने
* वन, कार्बन क्रेडिट तथा जैविक स्रोतबाट नयाँ आम्दानीका अवसर सिर्जना हुने
* दिगो विकास (Sustainable Development) लाई बल पुग्ने....................

बजेटका प्रमुख प्राथमिकताहरू:
* सुशासन र सरकारी संयन्त्रको खर्चमा मितव्ययीता।
* आर्थिक गतिविधि तथा बजार माग वृद्धि ।
* निजी क्षेत्रमैत्री वातावरण ।
* उद्योग तथा उत्पादन वृद्धि।
* IT र Digital Economy विकास।
* Startup बाताबरण विस्तार।
* कृषिमा व्यवसायीकरण।
* Youth Employment तथा Skill Development मा जोड।
* शिक्षा, स्वास्थ्य र Human Capital Development मा जोड।
* NRN तथा Foreign Investment आकर्षण थप।
* Export Promotion तथा Import Substitution मा जोड।
* पूर्वाधार तथा ऊर्जा विकास मा जोड।

बजेटका मुख्य चुनौतीहरू:
* पुँजीगत खर्च प्रभाव कार्यान्वयन कमजोर हुने पुरानो समस्या।
* उच्च चालु खर्चमा थप बृद्दि।
* राजस्व लक्ष्य हासिल गर्न कठिनाइ। यो आर्थिक बर्षको हालसम्म रु ९.३ खर्ब राजस्व संकलन भएको छ।
* सार्वजनिक ऋणको बढ्दो दबाब।
* भ्रष्टाचार तथा कमजोर सुशासन मा एकै पटक परिवर्तन।
* बैंकिङ क्षेत्रमा कमजोर कर्जा माग।
* Skilled Human Resource पलायन मा रोक।
* परियोजना ढिलाइ तथा ठेक्का व्यवस्थापन समस्या।
* मुद्रास्फीति बढ्ने सम्भावना।
* संघ, प्रदेश र स्थानीय तहबीच समन्वय चुनौती।
* निजी क्षेत्रको खस्कि रहेको मनोबल लाई उच्च राख्न पर्ने।
* घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन।

यो बजेटले कर राहत, निजी क्षेत्र प्रोत्साहन, IT तथा Startup Economy, पूँजी बजार सुधार , कर सम्बन्धि dispute समाधान र पूर्वाधार विकासलाई प्राथमिकता दिएको देखिन्छ। यदि प्रभावकारी कार्यान्वयन हुन सकेमा आर्थिक गतिविधि बढाउने, लगानी आकर्षित गर्ने तथा युवालाई अवसर सिर्जना गर्ने सम्भावना बलियो देखिन्छ। स्वास्थ्य र शिक्षामा थपिएको करलाई नागरिकले असहज मानेको स्थिति छ तर निजी र अली महंगो स्वास्थ्य र शिक्षा लिनेले थप तिर्न सक्छन भन्ने अवधारणा देखिन्छ। तर कार्यान्वयन क्षमता, सुशासन, निजी क्षेत्रको मनोबल, राजस्व संकलन र ऋण व्यवस्थापन नै यसको सफलताको मुख्य आधार हुनेछन्। समग्रमा बजेटले जनअपेक्षा पुरा गर्ने कोशीस गरेको छ।

-मनोज ज्ञवाली

31/05/2026

3️⃣1️⃣3️⃣ on the board

31/05/2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पर्यटन विधेयकसम्बन्धी बोलेको सबै भन्दा राम्रो कुरा सुन्नुहोस्।

29/05/2026

बजेट भाषणमा प्रयोग हुने शब्द र त्यसको अर्थ (५० शब्दहरू)

बजेट भाषण सुन्दा र पढ्दा धेरै प्राविधिक आर्थिक शब्दहरू प्रयोग हुने गर्छन्। ती शब्दहरूलाई सजिलोसँग बुझ्नका लागि ५० वटा मुख्य शब्द र तिनको सरल अर्थ यहाँ प्रस्तुत गरिएको छ:

१. बजेटको आकार र स्रोतसँग सम्बन्धित शब्दहरू

१. बजेट (Budget): सरकारको आगामी एक वर्षको आम्दानी र खर्चको वार्षिक अनुमानित विवरण।

२. राजस्व (Revenue): कर, शुल्क वा अन्य माध्यमबाट सरकारले सङ्कलन गर्ने कुल आम्दानी।

३. चालु खर्च (Recurrent Expenditure): सरकार सञ्चालन गर्न लाग्ने प्रशासनिक खर्च (जस्तै: तलब, भत्ता, पेन्सन, कार्यालय सञ्चालन)।

४. पुँजीगत खर्च (Capital Expenditure): विकास निर्माण, पूर्वाधार र स्थायी सम्पत्ति सिर्जनामा हुने खर्च (विकास खर्च)।

५. वित्तीय व्यवस्था (Financial Management): ऋणको सावाँ-ब्याज भुक्तानी गर्न वा सरकारी संस्थानहरूमा सेयर/लगानी गर्न छुट्याइएको रकम।

६. वैदेशिक अनुदान (Foreign Grant): दातृ निकाय वा विदेशी सरकारबाट फिर्ता गर्नु नपर्ने गरी प्राप्त हुने आर्थिक सहयोग।

७. वैदेशिक ऋण (Foreign Loan): निश्चित ब्याजदरमा पछि फिर्ता गर्ने सर्तमा विदेशी संस्था वा देशबाट लिइने ऋण।

८. आन्तरिक ऋण (Internal Loan): सरकारले देशभित्रकै बैंक, वित्तीय संस्था वा नागरिकबाट ट्रेजरी बिल वा ऋणपत्रमार्फत उठाउने ऋण।

९. बजेट घाटा (Fiscal Deficit): सरकारको आम्दानी (राजस्व) भन्दा खर्चको अनुमान बढी हुनु।

१०. पूरक बजेट (Supplementary Budget): मुख्य बजेटको रकम अपुग भएमा वा आकस्मिक खर्च आएमा संसद्‌मा पेश गरिने थप बजेट।

२. कर र आर्थिक नीतिका शब्दहरू

११. प्रत्यक्ष कर (Direct Tax): व्यक्ति वा संस्थाको आम्दानी वा नाफामा सिधै लाग्ने कर (जस्तै: आयकर, सम्पत्ति कर)।

१२. अप्रत्यक्ष कर (Indirect Tax): वस्तु वा सेवाको उपभोगमा लाग्ने कर, जसको भार उपभोक्तामा पर्छ (जस्तै: भ्याट, भन्सार)।

१३. मूल्य अभिवृद्धि कर - भ्याट (VAT): वस्तु वा सेवाको प्रत्येक उत्पादन र वितरणको तहमा थपिने मूल्यमा लाग्ने कर (हाल नेपालमा १३%)।

१४. अन्तःशुल्क (Excise Duty): देश भित्र उत्पादन हुने वा आयात हुने विलासिता, स्वास्थ्यलाई हानिकारक वा विशेष वस्तुमा लाग्ने कर (जस्तै: मदिरा, सुर्ती)।

१५. भन्सार महसुल (Customs Duty): विदेशबाट सामान आयात गर्दा वा निर्यात गर्दा सीमा नाकामा लाग्ने कर।

१६. करको दायरा (Tax Base): कर प्रणालीभित्र समेटिएका कुल करदाता, व्यवसाय वा आर्थिक गतिविधिहरू।

१७. वित्तीय नीति (Fiscal Policy): देशको आर्थिक स्थायित्व र वृद्धिका लागि सरकारले बजेटमार्फत लिने कर र खर्च सम्बन्धी नीति।

१८. मौद्रिक नीति (Monetary Policy): बजारमा पैसाको आपूर्ति र ब्याजदर नियन्त्रण गर्न केन्द्रीय बैंक (राष्ट्र बैंक) ले जारी गर्ने नीति।

१९. कर छुट (Tax Rebate/Exemption): निश्चित क्षेत्र वा उद्योगलाई प्रोत्साहन गर्न कर तिर्नु नपर्ने वा कम तिरे हुने गरी दिइएको सुविधा।

२०. राजस्व चुहावट (Revenue Leakage): गैरकानुनी रूपमा कर वा भन्सार छलेर राज्यको आम्दानी गुम्नु।

३. समष्टिगत अर्थतन्त्र (Macroeconomics) का शब्दहरू

२१. कुल गार्हस्थ्य उत्पादन - जीडीपी (GDP): एक वर्षभित्र देशको भौगोलिक सीमाभित्र उत्पादन भएका कुल वस्तु र सेवाको अन्तिम बजार मूल्य।

२२. आर्थिक वृद्धिदर (Economic Growth Rate): गत वर्षको तुलनामा यस वर्ष जीडीपी (कुल उत्पादन) मा भएको प्रतिशत वृद्धि।

२३. मुद्रास्फीति (Inflation): बजारमा वस्तु र सेवाको मूल्य लगातार बढ्नु र पैसाको क्रयशक्ति घट्नु (महँगी)।

२४. प्रतिव्यक्ति आय (Per Capita Income): देशको कुल आम्दानीलाई कुल जनसङ्ख्याले भाग गर्दा आउने औषत वार्षिक आय।

२५. अनौपचारिक अर्थतन्त्र (Informal Economy): सरकारको कर र नियमन प्रणालीमा दर्ता नभएका आर्थिक गतिविधिहरू (कालोबजार वा लुकेको अर्थतन्त्र)।

२६. भुक्तानी सन्तुलन (Balance of Payments): एक वर्षमा देश भित्र भित्रिएको र देशबाट बाहिरिएको कुल विदेशी मुद्राको हिसाब-किताब।

२७. व्यापार घाटा (Trade Deficit): देशले गर्ने निर्यातको तुलनामा आयात (सामान भित्रिने क्रम) धेरै हुनु।

२८. विप्रेषण (Remittance): वैदेशिक रोजगारीमा गएका नागरिकले बैंकिङ माध्यमबाट स्वदेश पठाएको पैसा (रेमिट्यान्स)।

२९. विदेशी मुद्रा सञ्चिति (Foreign Exchange Reserves): अन्तर्राष्ट्रिय व्यापारका लागि केन्द्रीय बैंकसँग सुरक्षित राखिएको विदेशी मुद्रा (डलर आदि) को भण्डार।

३०. तरलता (Liquidity): बैंक तथा वित्तीय संस्थाहरूसँग लगानी गर्न वा माग गर्दा तुरुन्तै दिन सक्ने नगद रकमको उपलब्धता।

४. योजना, विनियोजन र अनुदान सम्बन्धी शब्दहरू

३१. बजेट सिलिङ (Budget Ceiling): मन्त्रालय वा निकायहरूलाई बजेट बनाउनका लागि तोकिने खर्चको अधिकतम सीमा।

३२. राष्ट्रिय गौरवका आयोजना (National Pride Projects): देशको रूपान्तरणका लागि सरकारले उच्च प्राथमिकतामा राखेका ठूला पूर्वाधार (जस्तै: फास्ट ट्र्याक, ठूला जलविद्युत)।

३३. वित्तीय समानीकरण अनुदान (Fiscal Equalization Grant): स्थानीय र प्रदेश सरकारको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा केन्द्रले दिने सर्तविहीन अनुदान।

३४. ससर्त अनुदान (Conditional Grant): केन्द्र सरकारले निश्चित योजना वा आयोजना तोकेर सोही काममा मात्र खर्च गर्ने गरी तल्लो सरकारलाई दिने अनुदान।

३५. समपूरक अनुदान (Complementary Grant): स्थानीय वा प्रदेशले सञ्चालन गर्ने योजनामा केन्द्रले साझेदारी स्वरूप बेहोर्ने बराबर वा निश्चित प्रतिशत रकम।

३६. विशेष अनुदान (Special Grant): विशिष्ट प्रकृतिको अवस्था, विपद् वा कुनै विशेष क्षेत्रको विकासका लागि केन्द्रले दिने निश्चित अनुदान।

३७. पुँजी निर्माण (Capital Formation): भविष्यमा थप उत्पादन गर्न मद्दत पुग्ने गरी मेसिन, सडक, कारखाना जस्ता भौतिक पूर्वाधारमा गरिने लगानी।

३८. विनियोजन विधेयक (Appropriation Bill): बजेटमा प्रस्तावित खर्च गर्नका लागि संसद्‌बाट कानुनी स्वीकृति लिन पेश गरिने विधेयक।

३९. आर्थिक विधेयक (Finance Bill): बजेटमार्फत करका दरहरू लगाउन, उठाउन वा परिवर्तन गर्न संसद्‌मा पेश गरिने कानुनी विधेयक।

४०. रकमान्तर (Virement/Transfer of Fund): बजेटमा एउटा शीर्षकमा छुट्याइएको रकम खर्च नभएर अर्को शीर्षकमा सार्ने प्रक्रिया।

५. आधुनिक आर्थिक अवधारणा र अन्य शब्दहरू

४१. नवप्रवर्तन (Innovation): नयाँ प्रविधि, सोच वा सिर्जनशीलताको प्रयोग गरी व्यवसाय वा उत्पादनमा गरिने सुधार।

४२. स्टार्टअप (Startup): नयाँ र नवीन सोच (Idea) मा आधारित भएर भर्खरै सुरु गरिएको र तीव्र विकासको सम्भावना बोकेको व्यवसाय।

४३. सार्वजनिक-निजी साझेदारी - पिपिपि (PPP): ठूला पूर्वाधार निर्माणमा सरकार र निजी क्षेत्रले लगानी र जोखिम बाँडेर सँगै काम गर्ने मोडेल।

४४. पुँजी बजार (Capital Market): सेयर, डिबेन्चर जस्ता दीर्घकालीन वित्तीय औजारहरूको खरिदबिक्री हुने बजार (जस्तै: नेप्से)।

४५. आर्थिक अनुशासन (Fiscal Discipline): बजेटको सीमाभित्र रहेर नियमसङ्गत खर्च गर्ने र फजुल खर्च नगर्ने सरकारी प्रतिबद्धता।

४६. सञ्चित कोष (Consolidated Fund): राज्यको सम्पूर्ण आम्दानी जम्मा हुने र कानुन बमोजिम मात्र खर्च गर्न पाइने सरकारी मूल ढुकुटी।

४७. दिगो विकास लक्ष्य - एसडीजी (SDG): संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्मका लागि तोकेका गरिबी निवारण, शिक्षा, वातावरण जस्ता १७ वटा विश्वव्यापी विकासका लक्ष्य।

४८. क्रयशक्ति (Purchasing Power): निश्चित रकमले बजारबाट कति वस्तु वा सेवा किन्न सकिन्छ भन्ने नागरिकको आर्थिक क्षमता।

४९. सहुलियतपूर्ण कर्जा (Subsidized Loan): सरकारले ब्याजको केही हिस्सा बेहोरिदिने गरी तोकिएका क्षेत्र (जस्तै: कृषि, युवा स्वरोजगार) लाई दिइने कम ब्याजको ऋण।

५०. फजुल खर्च (Wasteful Expenditure): उत्पादकत्व नबढ्ने र प्रतिफल नदिने प्रकृतिका अनावश्यक सरकारी प्रशासनिक वा विलासिताका खर्चहरू। बजेट भाषणमा प्रयोग हुने शब्द र त्यसको अर्थ (५० शब्दहरू)

५०. फजुल खर्च (Wasteful Expenditure): उत्पादकत्व नबढ्ने र प्रतिफल नदिने प्रकृतिका अनावश्यक सरकारी प्रशासनिक वा विलासिताका खर्चहरू।

19/05/2026

Don't pay for ChatGPT, use DeepSeek
Don't pay for Midjourney, use Nano Banana
Don't pay for Grammarly, use LanguageTool
Don't pay for ElevenLabs, use VoiceBox
Don't pay for Runway, use Kling Al
Don't pay for Grok Imagine, use Qwen
Don't pay for Suno, use Lyria 3
Don't pay for Rundown Al, use Perplexity AI
Don't pay for Canva, use Microsoft Designer
Don't pay for Descript, use CapCut
Don't pay for API, use OpenRouter
Don't pay for Notion Al, use NotebookLM
Don't pay for Lovable, use Google Al Studio

Save + Share🙂

🚨 WORLD RECORD: Fastest to 150 ODI wickets now belongs to Nepal’s own pride Sandeep Lamichhane 🇳🇵He reached this milesto...
18/05/2026

🚨 WORLD RECORD: Fastest to 150 ODI wickets now belongs to Nepal’s own pride Sandeep Lamichhane 🇳🇵

He reached this milestone in just 73 ODI matches.

His record list now stands like this:

Fastest to 100 ODI wickets
Fastest to 150 ODI wickets
2nd fastest to 100 T20I wickets

A record sheet that keeps getting rewritten by the same name.

भिड जता छ त्यतै नलाग 😊 जायज कुरामा रिसाउँदा पनि एक्लै हुँदा पनि सम्बोधन हुने रहेछ भन्ने एक पाठ हो यो 😊
14/05/2026

भिड जता छ त्यतै नलाग 😊

जायज कुरामा रिसाउँदा पनि एक्लै हुँदा पनि सम्बोधन हुने रहेछ भन्ने एक पाठ हो यो 😊

शिक्षक र विद्यार्थीका लागि जान्नै पर्ने १० AIउपकरणहरू! ​आजको प्रविधिको युगमा कक्षाकोठालाई केवल किताब र कालोपाटीमा मात्र ...
11/05/2026

शिक्षक र विद्यार्थीका लागि जान्नै पर्ने १० AIउपकरणहरू!

​आजको प्रविधिको युगमा कक्षाकोठालाई केवल किताब र कालोपाटीमा मात्र सिमित राख्नु हुँदैन। आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले शिक्षण विधिलाई मात्र सजिलो बनाएको छैन, यसले शिक्षकहरूको बहुमूल्य समय बचत गर्दै विद्यार्थीको सिकाइ क्षमता पनि बढाएको छ।
​तपाईँको शैक्षिक यात्रालाई सहज बनाउन यहाँ १० उत्कृष्ट एआई उपकरणहरूको विस्तृत जानकारी दिइएको छ:

​१. ChatGPT (व्याख्या र योजनाका लागि):
यसले शिक्षकहरूलाई पाठ योजना (Lesson Plan) बनाउन, जटिल विषयलाई बुझिने गरी व्याख्या गर्न र परीक्षाका लागि प्रश्नपत्रहरू तयार पार्न सेकेन्डभरमै मद्दत गर्छ।

​२. MagicSchool.ai (शिक्षकको डिजिटल सहायक):
यो विशेष गरी शिक्षकहरूकै लागि बनाइएको हो। यसले विद्यार्थीका लागि रुब्रिक्स (Rubrics) बनाउने, व्यक्तिगत शैक्षिक योजना (IEPs) लेख्ने र कक्षाकोठा व्यवस्थापनमा सघाउँछ।

​३. Diffit (स्तर अनुसारको सामग्री):
कुनै पनि गाह्रो लेख वा पाठलाई विद्यार्थीको बुझ्ने क्षमता (Grade Level) अनुसार सरल बनाउन यसको प्रयोग गरिन्छ। एउटै विषयलाई फरक-फरक स्तरका विद्यार्थीलाई बुझाउन यो उत्कृष्ट छ।

​४. Kahoot! (रमाइलो क्विज):
सिक्ने कुरालाई खेलको रूप दिन यसले मद्दत गर्छ। एआईको सहयोगमा छिटोछिटो क्विजहरू बनाएर विद्यार्थीलाई प्रतिस्पर्धात्मक र रमाइलो वातावरणमा सिकाउन सकिन्छ।
​५. Perplexity AI (अनुसन्धानको साथी):

यो गुगल भन्दा पनि प्रभावकारी छ किनभने यसले तपाईँले सोधेको प्रश्नको उत्तर दिँदा कुन वेबसाइट वा पुस्तकबाट जानकारी लिएको हो भन्ने 'Source' पनि देखाउँछ।

​६. Quizlet (स्मरण शक्तिका लागि):
यसको 'Q-Chat' एआई ट्युटरले विद्यार्थीलाई फ्ल्यासकार्ड र विभिन्न अभ्यासहरू मार्फत कठिन शब्द र तथ्यहरू सम्झन मद्दत गर्छ।

​७. Speechify (सुनेर सिक्न):
कुनै पनि लेखिएको टेक्स्टलाई यसले सफा र स्पष्ट आवाजमा पढिदिन्छ। पढ्नमा समस्या हुने (Dyslexia) वा सुनेर छिटो बुझ्ने विद्यार्थीका लागि यो बरदान सावित भएको छ।
​८. Gamma (छिटो प्रस्तुतिकरण):

घन्टौँ लगाएर स्लाइड बनाउने झन्झट अब सकियो! यसमा विषय मात्र लेखिदिए पुग्छ, एआईले आफैँ सुन्दर प्रेजेन्टेसन, डकुमेन्ट वा वेबपेज तयार पारिदिन्छ।
​९. Formative (तत्काल मूल्याङ्कन):

कक्षामा विद्यार्थीले कति बुझिरहेका छन् भनेर शिक्षकले 'रियल-टाइम' मा हेर्न र फिडब्याक दिन यसको प्रयोग गरिन्छ।

​१०. Slidesgo (डिजाइनको राजा):
यदि तपाईँलाई आकर्षक र रंगिन स्लाइडहरू चाहिन्छ भने यसले एआईको प्रयोग गरेर विषयवस्तु सुहाउँदो डिजाइनहरू स्वतः बनाइदिन्छ।

​निष्कर्ष:
प्रविधिबाट भाग्ने होइन, यसलाई अंगालेर अघि बढ्ने समय आएको छ। यी उपकरणहरूको प्रयोगले तपाईँको शिक्षण शैलीलाई आधुनिक र स्मार्ट बनाउनेछ।
​तपाईँलाई यी मध्ये कुन चाहिँ सबैभन्दा उपयोगी लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला! 👇
​ #शिक्षणप्रविधि #डिजिटल_शिक्षा

शिक्षण सिकाइमा प्रयोग गर्न सकिने AI Toolsक. पाठ योजना र सामग्री निर्माण (Lesson Planning & Content Creation)शिक्षकहरूलाई...
11/05/2026

शिक्षण सिकाइमा प्रयोग गर्न सकिने AI Tools

क. पाठ योजना र सामग्री निर्माण (Lesson Planning & Content Creation)

शिक्षकहरूलाई पाठ योजना बनाउन, शैक्षिक सामग्री तयार पार्न र जटिल विषयहरूलाई सरल बनाउन मद्दत गर्ने उपकरणहरू:

ChatGPT: पाठ योजना, प्रश्न, उदाहरण र व्याख्याहरू बनाउन।

लिङ्क: https://chat.openai.com

Google Gemini (Bard): अनुसन्धान, विचार मन्थन र सामग्री सिर्जनाका लागि।

लिङ्क: https://gemini.google.com

MagicSchool.ai: शिक्षकहरूका लागि विशेष रूपमा डिजाइन गरिएको, पाठ योजना र रुब्रिक्स बनाउन।

लिङ्क: https://www.magicschool.ai

Diffit: कुनै पनि विषय वा लेखलाई विभिन्न पठन स्तरअनुसार परिमार्जन गर्न।

लिङ्क: https://diffit.me

Twee: युट्युब भिडियो वा लेखबाट स्वतः प्रश्न, शब्दभण्डार र अभ्यासहरू बनाउन।

लिङ्क: https://www.twee.com

Education Copilot: गृहकार्य, पाठ योजना र अन्य शैक्षिक सामग्रीहरू तुरुन्तै बनाउन।

लिङ्क: https://educationcopilot.com

Curipod: अन्तरक्रियात्मक पाठहरू बनाउन, जसमा विद्यार्थीले पोल, प्रश्नोत्तर र चित्र कोर्न सक्छन्।

लिङ्क: https://www.curipod.com

Slidesgo: दिएको विषयमा आकर्षक प्रस्तुति (Presentation) स्लाइडहरू स्वतः बनाउन।

लिङ्क: https://slidesgo.com/ai-presenter

Yippity: कुनै पनि लेख वा वेबसाइटको लिङ्कबाट तुरुन्तै क्विज बनाउन।

लिङ्क: https://yippity.io

ख. अन्तरक्रियात्मक प्रस्तुति र क्विज (Interactive Presentations & Quizzes)

सिकाइलाई रमाइलो र आकर्षक बनाउन खेलमा आधारित क्विज र अन्तरक्रियात्मक गतिविधिहरू सिर्जना गर्न:

Kahoot!: खेलमा आधारित क्विज प्लेटफर्म, जहाँ एआईले प्रश्न बनाउन सहयोग गर्छ।

लिङ्क: https://kahoot.com

Quizlet: फ्ल्यासकार्ड र अभ्यासका लागि, जहाँ Q-Chat एआई ट्युटरले सहयोग गर्छ।

लिङ्क: https://quizlet.com

Mentimeter: वास्तविक-समयमा अन्तरक्रियात्मक प्रस्तुति र पोलहरू सञ्चालन गर्न।

लिङ्क: https://www.mentimeter.com

Nearpod: विद्यार्थीको डिभाइसमा प्रत्यक्ष रूपमा अन्तरक्रियात्मक पाठ र गतिविधिहरू देखाउन।

लिङ्क: https://nearpod.com

Wooclap: वास्तविक-समयमा विद्यार्थीको बुझाइ जाँच्न र सहभागिता बढाउन।

लिङ्क: https://www.wooclap.com

Gamma: टेक्स्टबाट सुन्दर र अन्तरक्रियात्मक प्रस्तुति, डकुमेन्ट वा वेबपेज बनाउन।

住所

Niigata, Nishi Ward
Suginami-ku, Tokyo
〒950-2054

電話番号

+9779863178736

ウェブサイト

アラート

Keshav Gurungがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Keshav Gurungにメッセージを送信:

共有する