Voice Of Pokhara-VOP

  • Home
  • Voice Of Pokhara-VOP

Voice Of Pokhara-VOP We Are The Voice Of Voiceless. We Are The Voice Of Pokhara.

पोखरा महानगरपालिकाको सहयोग तथा युवा पत्रकार सञ्जाल गण्डकीद्वारा आयोजित ‘सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा, स्रोत र बौद...
28/06/2025

पोखरा महानगरपालिकाको सहयोग तथा युवा पत्रकार सञ्जाल गण्डकीद्वारा आयोजित ‘सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा, स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ‘साइबर अपराध र मिडिया: चुनौती, प्रवृत्ति र असल अभ्यास’ शीर्षकमा प्रदेश प्रहरी कार्यालय पोखराका साइवर सेलका प्रहरी नायव निरीक्षक विवश लामिछाने प्रशिक्षण दिए । यस्तै ‘सञ्चारकर्मीहरूका स्रोत र बौद्धिक सम्पत्तिको संरक्षण’ विषयमा अधिवक्ता हिमलाल पराजुलीले प्रशिक्षण प्रदान गरे ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले मानिसहरूमा फैलिएको नैराश्यता र सामाजिक वितृष्णा प्रतिकुल परिस्थितिमा विद्युतीय अपराधको एक श्रृखला बन्न पुग्ने गरेको उल्लेख गरे। जान वा अन्जानमा मानिसहरूबाट विभिन्न गल्तीहरू हुने गरेको तर, त्यो अपराधको हदसम्म पुग्ने कुराको हेक्का राख्ने नगरिएको प्रति उनले सचेत गराए ।

नगर प्रमुख धनराज आचार्यका सचिवालय प्रमुख पूर्ण लामाले सञ्चार क्षेत्रले आफ्नो पेसागत मर्यादाको सीमा भित्र रहेर जनमानसमा नयाँ आशाको सञ्चार गर्नुपर्नेमा जोड दिए । सामाजिक रूपमा समुन्नत र सुसंस्कृत समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अतुलनीय रहने उनले उल्लेख गरे ।

विभिन्न समयमा सञ्चारकर्मीहरू समेत साइवर अपराधका नाममा धरपकडमा पर्ने क्रम बढेपछि साइबर अपराध सम्बन्धी डिजिटल साक्षरता अभिवृद्धि गर्न यस प्रकार कार्यक्रमको आयोजना गरिएको सञ्जालका अध्यक्ष भीम थापाले बताए ।

२५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन सञ्जालका महासचिव सुरेशराज अधिकारीले गरेका थिए ।

पोखरामा ४० वर्षमुनिका ६ जना युवालाई पुरस्कृत गरिएको छ । पोखरा महानगरपालिका नगर युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा न...
28/06/2025

पोखरामा ४० वर्षमुनिका ६ जना युवालाई पुरस्कृत गरिएको छ । पोखरा महानगरपालिका नगर युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा नगरप्रमुख धनराज आचार्यले उनीहरूलाई पोखरा उत्कृष्ट युवा अवार्ड प्रदान गर्नुभएको हो ।

सामाजिक तथा सरसफाइ क्षेत्रका क्रियाशील सन्तोष पौडेल, विज्ञान तथा प्रविधि तर्फ ब्ल्याक टेक प्रा.लिका प्रमुख कार्यकारी निर्देशक स्वदेश नेपाली, कला, साहित्य तथा नाट्य क्षेत्रमा पोखरा थिएटरका संस्थापक मोतीबहादुर कार्की (परिवर्तन), कृषि तथा उद्यमी तर्फ हरिलो ब्रान्डका उत्पादक रोशनी आचार्य, खेलकुद क्षेत्र तर्फ लन टेनिस खेलाडी प्रदीप खड्का र पत्रकारिता तर्फ पत्रकार अमृत सुवेदी नगद सहित पुरस्कृत भएका छन् । उनीहरूलाई नगर प्रमुख आचार्यले जनही नगद ३० हजार, दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभयो ।

सामाजिक रूपमा थप जिम्मेवार र आफ्नो क्षेत्रमा अझ बढी योगदानको भोक जगाउन यो सम्मानले उत्साह प्रदान गर्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखरामा रहेर निरन्तर आफ्नो कर्म मार्फत सकारात्मक र अनुकरणीय योगदान गर्ने जो कोहीको उचित मूल्याङ्कन हुने र यसको सामाजिक परीक्षण भइरहने उहाँले उल्लेख गर्नुभयो । पोखरा महानगरपालिका युवा उद्यमशीलताको प्रवर्द्धन, नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक रूपमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने कार्यमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

गण्डकी विश्वविद्यालयका डिन डा.कपिल अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिस अनुसार छनौट भएका उनीहरूलाई सम्मान सहित पुरस्कृत गरिएको नगर युवा परिषद्का अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । यस प्रकारको सम्मानले उनीहरूलाई निरन्तर क्रियाशीलतामा प्रोत्साहन मिल्ने न्यौपाने विश्वास छ ।

ग्रिन सिटी, क्लिन सिटी परियोजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.८ मा विभिन्न प्रजातिका ५० बिरुवाहरू लगाईको छ । उक्त का...
28/06/2025

ग्रिन सिटी, क्लिन सिटी परियोजना अन्तरगत पोखरा महानगरपालिका वडा नं.८ मा विभिन्न प्रजातिका ५० बिरुवाहरू लगाईको छ । उक्त कार्यक्रमको नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको थियो महानगरले पछिल्लो पटक २ लाख २६ हजार बिरुवा लगाउने अभियान थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका ...
24/06/2025

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।

सरकार आफने स्वार्थपूर्ण राजनीतिक अभीष्ट पुरा गर्ने ध्याउन्नमा लागेको पाण्डेले बताए । नागरिकका समस्याहरू सम्बोधन गर्न सरकार पूर्ण रूपमा असफल भएको उनले बताए । पार्टीका अध्यक्ष माधव कुमार नेपाल माथि प्रतिशोध साँधिएको उनले बताएका छन् ।

मन्त्रीपरिषद्ले गरेको नीतिगत निर्णयमाथि हस्तक्षेप गर्दै अख्तियारले क्षेत्राधिकार मिच्नु, आफैले तामेलीमा राखेको विषयलाई गलत मनसायका साथ प्रतिशोधपूर्ण ढङ्गले प्रस्तुत गरिनु सरासर गलत भएको उनले बताएका छन् ।

14/06/2025

पोखरा १५ पट्नेरीमा खानेपानीको ट्याङ्की निर्माण भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

नीति निर्माणमा नागरिक सहभागिताको खोजी ! प्रसंशनीय कार्य !
06/06/2025

नीति निर्माणमा नागरिक सहभागिताको खोजी ! प्रसंशनीय कार्य !

पोखरा महानगरपालिका आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम तयारीको क्रममा रहेकाले 'समुन्नत पर्यटकीय पोखरा' निर्माणका लागि यहाँको तर्फबाट नीति कार्यक्रममा समावेश गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू नीतिगत सुझावको रूपमा पेस गर्न सक्नुहुनेछ ।

सुझावहरू २०८२ जेठ मसान्तसम्म अनलाइन मार्फत पेस गर्न सकिने व्यवस्था गरिएकाले यो https://bit.ly/sujhabharu लिङ्कमा क्लिक गरी उल्लेखित विषयवस्तुहरूको आधारमा आफ्ना सुझावहरू पेस गर्न सकिनेछ । साथै यहाँहरूले दिइएको क्युआर कोड (QR CODE) समेत स्क्यान गरी आफ्ना अमूल्य सुझावहरू पेस गर्न सक्नुहुनेछ ।
समृद्ध पोखरा निर्माणको साझा सङ्कल्प पुरा गर्ने ध्येयका साथ नीतिगत व्यवस्थापनको यस कार्यमा नगरवासीहरूको सुझाव र सहभागिता ग्रहणीय हुने अपेक्षा गरिएको छ ।

- पोखरा महानगरपालिका

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरप...
02/06/2025

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो ।

तालको ६.३४३ वर्ग किलोमिटर क्षेत्रफलको चार किल्लामा १०५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको छ।

पोखराको छवी, पर्यटन व्यवसाय र समग्र जनजीवनमा नकारात्मक प्रत्यक्ष असर परेकाले बन्द, हड्ताल र आन्दोलनको मार्ग छोडी व्यवसाय...
02/06/2025

पोखराको छवी, पर्यटन व्यवसाय र समग्र जनजीवनमा नकारात्मक प्रत्यक्ष असर परेकाले बन्द, हड्ताल र आन्दोलनको मार्ग छोडी व्यवसायिक वातावरणमा फर्किन म सम्पूर्ण यातायात व्यवसायीहरुलाई हार्दिक अपिल गर्दछु ।

धनराज आचार्य
नगर प्रमुख

'पोखरा "पर्यटनको राजधानी" हो । यहाँ आउने देश-विदेशका पर्यटकहरू हडताल, सवारी साधनका तानातान, र बेलाबखत देखिने अमर्यादित व...
02/06/2025

'पोखरा "पर्यटनको राजधानी" हो । यहाँ आउने देश-विदेशका पर्यटकहरू हडताल, सवारी साधनका तानातान, र बेलाबखत देखिने अमर्यादित व्यवहारबाट गम्भीर असरमा पर्नु दुःखद विषय हो ।'

धनराज आचार्य
नगर प्रमुख

01/06/2025

राजसंस्था तथा हिन्दूराज्य पुनस्र्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।

26/02/2024

Address


Alerts

Be the first to know and let us send you an email when Voice Of Pokhara-VOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Pokhara-VOP:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

“Voice Of Pokhara”

“Peace, Development, Prosperity & Transparency”