K Chha Nepal

K Chha Nepal We deliver authentic News, Informations, Essential updates, Entertaining posts, Photographs, etc.

Jiri, Dolakha. ❤️
14/03/2025

Jiri, Dolakha. ❤️

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ ।ती नेपाली बोकेको चार्टर विमा...
05/03/2025

आधिकारिक कागजातविनै अमेरिकामा बसेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ ।

ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको हो ।

अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ ।

अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको कीर्तिपुर अस्पतालमा निधन भएको हो। लामो समयदेखि ...
22/02/2025

अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ। उनका बुबा आनन्दकुमार रायमाझीको कीर्तिपुर अस्पतालमा निधन भएको हो। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुझिरहेका उनि, बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि 'मेरो डान्स युनिभर्स' को अडिसनको सिलसिलामा अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौं फर्किएका थिए, तर दुर्भाग्यवश उनले बुबासँग अन्तिम भेट नगरी उनलाई बिदा दिनुपर्ने भएको छ।☹️😢

#हार्दिक श्रध्दाञ्जलि 🙏

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी ...
21/02/2025

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश फर्किएका छन् ।

केआइआइटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहीबार बेलुका एक सय ५९ जना विद्यार्थी रक्सौल हुँदै स्वदेश आएका हुन् ।

हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ।बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसर...
20/02/2025

हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ।

बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गजा पुर्‍याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।

‘नो केबलकार’ समूहबाट आइतबार वार्ता गर्नेहरुमा आयोजना स्थलबाट एक जना पनि थिएनन् । को–को थिए त वार्ता टोलीमा र उनीहरु को ह...
10/02/2025

‘नो केबलकार’ समूहबाट आइतबार वार्ता गर्नेहरुमा आयोजना स्थलबाट एक जना पनि थिएनन् । को–को थिए त वार्ता टोलीमा र उनीहरु को हुन् ?

सरस्वती सिंघक (सरु) : माइती ताप्लेजुङ भएकी सरु लामो समय विदेश बसेर फर्किएकी हुन् । हाल उनी झापा बस्छिन् ।

यासेली योङहाङ : योङहाङ कलाकार हुन् । उनी मुन्धुमका जानकार मानिन्छन् । उनको घर पाँचथर हो ।

सूर्यविक्रम चेम्जोङ : चेम्जोङको घर धनकुटा हो । उनी जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् ।

खगेन्द्र माखिम : माखिम संघीय लिम्बुवान पार्टीमा सक्रिय छन् । तेह्रथुम घर भएका उनी पहिचानवादी नेताका रुपमा चिनिन्छन् ।

सन्तोष मेहता : सुनसरी घर भएका मेहता राजेन्द्र महतोको पार्टी राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध छन् ।

दिलकुमार लावती : लावतीको घर पाँचथर हो । उनी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सहसचिव हुन् ।

आङकाजी शेर्पा : जसपा नेता शेर्पाको घर सोलुखुम्बु हो ।

राजकुमार नाल्बो : नेपाल जनमुक्ति पार्टी (नेजपा)का नेता नाल्बोको घर ताप्लेजुङ हो । तर, उनी लामो समयदेखि काठमाडौंका बासिन्दा हुन् ।

रन्धोज तम्लिङ : तम्लिङ पाँचथरका बासिन्दा हुन् ।

हेर्ने कथाबाट चर्चामा आएका प्रकाश तामाङको घर बनेर तयार भएको छ भने आज पूर्वमन्त्री सुदन किराँती लगायतको टिमले हस्तान्तरण ...
20/01/2025

हेर्ने कथाबाट चर्चामा आएका प्रकाश तामाङको घर बनेर तयार भएको छ भने आज पूर्वमन्त्री सुदन किराँती लगायतको टिमले हस्तान्तरण गर्नेछ । ❤️

अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुन्द्री सतहबाट तीन हजार दुई स...
16/11/2024

अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुन्द्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान...
08/11/2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । यो जहाजले १२० जना यात्रु बोकेर आएको हो । सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका...
21/10/2024

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् ।

आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं १ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ ।
20/10/2024

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं १ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ ।

नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।दशैंमा सार्वजनिक यातायातका...
10/10/2024

नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर निःशुल्क बस चलाउन लागिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नावय महानिरीक्षक दानबहादुर कार्कीले बताए ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when K Chha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share