Kamal Rana

Kamal Rana म त आफै मनमगन !!! Being a highly diverse country, Nepal is rich in natural beaut

इलामको पर्यटकीय स्थल कन्याम चिया बगानका साथै इलाम बजारको दृष्यलाई समेट्दै इलामेली कलाकारहरुले तयार पारेको ‘आउ कान्छी घुम...
23/03/2025

इलामको पर्यटकीय स्थल कन्याम चिया बगानका साथै इलाम बजारको दृष्यलाई समेट्दै इलामेली कलाकारहरुले तयार पारेको ‘आउ कान्छी घुम्नलाई इलाम बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इलाम बरबोटे निवासी काजी रानाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा गायक ताराप्रकाश लिम्बु र गायिका सुनिता थेगिमले स्वर भरेका छन् । भिडियोमा अधिकांश स्थानीय इलामेली युवा कलाकारको अभिनय रहेको छ । जसमा इलामको युनिभर्सल डान्स सेन्टर, युनिक डान्स सेन्टर, भिभा डान्स सेन्टर तथा गाउँलेको पनि सहकार्य रहेको छ । म्युजिक भिडियोमा उर्मिला श्रेष्ठले कोरियोग्राफी गरेकी छन् । साविकको बरबोटे गाविस, तोरीबारी, माल्बासे निवासी हाल युकेमा बसोबास गर्दै आएका खड्ग लुङ्गेलीको शब्द रचनामा ताराप्रकाश लिम्बुले संगीत भरेका हुन् । लुङ्गेली ब्रिटिस गोर्खा सैनिक हुन् । यसअघि लुङ्गेलीकै शब्द रचना रहेको ‘नबिर्सनु है’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतमा पनि ताराप्रकाश लिम्बुकै संगीत संयोजन थियो भने मेलिना राईले स्वर दिएकी थिइन् ।

Aau Kanchhi Ghumnalai Ilam Bazaar || Tara Prakash Limbu, Sunita Thegim Ft. Bhawana Khapangi Mag...

Address


Alerts

Be the first to know and let us send you an email when Kamal Rana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Rana:

  • Want your business to be the top-listed Media Company?

Share