कृषि गुरु रामेछाप अर्गानिक कृषि फर्म

  • Home
  • कृषि गुरु रामेछाप अर्गानिक कृषि फर्म

कृषि गुरु  रामेछाप अर्गानिक कृषि फर्म Nepali

माननिय तोसिमा कार्की लेख्छिन् 'दोश्रो विश्वयुद्धको सेरोफेरो जर्मनिका मार्टिन नाइमोलर द्वारा लेखिएको कविता सम्झन्छु:"पहिल...
07/12/2024

माननिय तोसिमा कार्की लेख्छिन् 'दोश्रो विश्वयुद्धको सेरोफेरो जर्मनिका मार्टिन नाइमोलर द्वारा लेखिएको कविता सम्झन्छु:

"पहिला तिनीहरूले श्रमिकहरूलाई लिन आए, म चुप रहेँ किनकि म श्रमिक थिइनँ।
त्यसपछि तिनीहरूले ट्रेड यूनियनका सदस्यहरूलाई लिन आए, म चुप बसेँ किनकि म ट्रेड यूनियनमा थिइनँ।
त्यसपछि तिनीहरूले यहूदीहरूलाई लिन आए, म केही बोलिन किनकि म यहूदी थिइनँ।
अन्तमा, तिनीहरूले मलाई लिन आए, तर त्यो बेला बोल्ने कोही बाँकी थिएन।"

राज्यको शक्ति नागरिकको संरक्षण गर्न हो, दमन गर्न होइन।

हिरासतमा रहेको व्यक्तिलाई उसको वकिललाई समेत जानकारी नदिई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा एक शहरबाट अर्को शहर पुर्याइयो। यति मात्र नभई उनको निजी डायरी हिरासतबाटै गायब गरिएको छ।
यो गैरन्यायिक, अमानवीय, र निन्दनीय कदम हो। यो केवल राज्यको अधिकारको दुरुपयोग होइन — यो राज्यद्वारा प्रायोजित राजनैतिक प्रतिसोध हो।

राज्य सञ्चालन कस्तो सोचमा अभिशप्त भएकाहरूको हातमा छ र उनीहरुले प्रतिशोध साँध्नका लागि राज्यलाई
कुन हदसम्म दुरुपयोग गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बनिरहेको छ रवि लामिछानेको मुद्दा। यस्तो शासन सञ्चालन दमन हो न्याय होइन ।‌ यसले निष्पक्षता, पारदर्शिता, र विधिको शासनलाई संरक्षण गर्दैन।

नेता रवि लामिछाने प्रती तपाईंको आक्रोश होलान्, पत्रकार रवि लामिछाने प्रती तपाईंका आफ्नै असहमती थिए होलान्, तर व्यक्ति रवि लामिछानेको मानव अधिकार आज राज्यनै लागेर हनन गर्दा तपाईंका आवाजहरु किन बन्द छन्??

हाम्रो पत्रकारीता जगत, नागरीक समाज र मानव अधिकारकर्मी समेत यो अन्याय विरुद्दमौन बस्ने हो भने नागरिकले राज्यको शोषण विरुद्द कसको साहारा लिने?

आज राज्यले रवि लामिछानेसँग प्रतिसोध लिन हिरासतको दुरुपयोग गरेको छ। भोलि त्यही शक्ति
तपाईंको विरुद्ध प्रयोग हुन सक्छ। तपाईंको मौनता भोलिको अन्यायको निम्तो बन्न सक्छ।

निलो क्रान्ति भनेको के हो भन्ने प्रश्न आउँदा दिने जवाफ यहि हुनुपर्छ कि राज्यलाई जति प्रतिशोध र कानूनको दुरूपयोगको अखडा बनाईन्छ, त्यति बेला झन् धेरै विधिको शासनको वकालत गर्नु पर्छ । त्यहि वकालत नै निलो क्रान्ति हो ।
साभार फेसबुक बाट

✅व्यवसायिक प्याज खेती प्रविधी !............................................................................................
29/11/2024

✅व्यवसायिक प्याज खेती प्रविधी !............................................................................................
1) हावापानी र माटो
👉️प्याज चिसो मौसममा खेती गरिने तरकारीबाली हो ।
👉️प्याजको खेती १८-२२ डि से तापक्रम उपयुक्त हुन्छ।
👉️यसको लागि प्रशस्त प्राङ्गारिक पदार्थ भएको खुकुलो माटो आवश्यक पर्दछ।
👉️माटोको अम्लियपना ५.८ देखि ६.५ सम्म हुन उचित मानिन्छ।

2) प्याजका जातहरु
👉️ रेड क्रियल
👉️नासिक -५३
👉️नुवाकोटे लोकल
👉️सुपरेक्स
👉️कास
👉️भेनस
👉️विण्टर सिल्भर आदि।

3) प्याज लगाउने समय
👉️उच्च पहाड -
बीउ रोप्ने समय (फागुन - चैत्र )
बेर्ना सार्ने समय -(चैत्र वैशाख )
गानो उत्पादन समय ( भाद्र - असोज)
👉️ मध्य पहाड
बीउ रोप्ने समय- ( भाद्र -कार्तिक )
बेर्ना सार्ने समय(कार्तिक- पुस)
गानो उत्पादन समय ( वैशाख - जेष्ठ )
👉️ तराइ
बीउ रोप्ने समय ( कार्तिक-माघ)
बेर्ना सार्ने समय(पुस- माघ )
गानो उत्पादन समय(वैशाख - जेष्ठ )

4) जग्गा तयारी तथा मलखाद
👉️जमिन छनोट गर्दा प्रशस्त प्राङगारिक पदार्थ भएको पानी सहजै लाग्न सक्ने जग्गा चाहिन्छ।
👉️यस्तो जग्गा २५-३० से मि को गहिराई सम्म राम्रो सङ खनजोत गरिनुपर्दछ।
👉️प्रती रोपनी २ देखि ३ टन कम्पोस्ट वा गोठे मल , १० के जि युरिया , ६ के जि डि.ए.पि , १० के जि म्युरेट अफ पोटास हालिन्छ।
👉️कम्पोस्ट , डि.ए.पि , म्युरेट अफ पोटास को पूरा भाग जग्गा तयारी गर्दा हालिन्छ ।
👉️युरिया बेर्ना सारेको २५-३० दिनपछि पहिलो र ४५-६० दिनपछि दोस्रो टप ड्रेसिङको रुपमा हालिन्छ।
👉️प्याजमा जिङ र बोरोन तत्वको पनि कमि हुन सक्दछ।
👉️त्यसैले यी तत्वको कमि देखिएका स्थानमा जिङ सल्फेट र बोरेक्स प्रती रोपनी एक एक किलोका दरले बेर्ना सार्ने वेलामा माटोमा मिलाउनुपर्दछ ।

5) प्याजको बेर्ना रोपण
👉️बीउ रोपेको २-२.५ महिनामा बेर्ना सार्नलायक हुन्छ।
👉️ प्याजलाई ३-४ मिटर को चौडा ड्याङ मा १५ देखि २० से मि को दुरि उपयुक्त हुन्छ।

6) गोडमेल र सिचाइ
👉️प्याजको जरा माथिल्लो सतहमा फिजिने हुदा गहिरो गोडमेल गरेमा यो जरा नष्ट भइ बालिमा असर गर्ने सम्भावना छ।
👉️त्यसकारण झारपात व्यवस्थापन गर्न झारपातनाशक विषादी प्रयोग पनि सिफारिस गरिन्छ।
👉️प्याज खेती अवधिभरी माटोको चिस्यान अवस्था हेरि ६-७ पटकसम्म सिचाइ गर्नुपर्दछ।

7) बाली तयारी तथा उत्पादन
👉️प्याज दुई किसिमबाट टिप्न सकिन्छ। हरियो प्याजको लागि र गानो उत्पादनको लागि ।
👉️हरियो प्याजको लागि फसल कटानी गर्दा पात हरियो र कमलो बन्दै बाली टिप्नुपर्दछ।
👉️गानोको लागि बाली तयार गर्न गानो बनेपछी पात पहेलिनुपर्दछ। पहेलिएको प्याज हल्का ढल्दछ।
👉️गानो प्याज तयार गर्दा काठ नपसेको , डुकु नआएको हुनुपर्दछ।
👉️राम्रो प्याज उन्न्त खेती तरिकाबाट १०००-१५०० किलो प्रती रोपनी फल्दछ।
👉️साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने बासको वा अन्यको र्‍याकमा भण्डारण गरेमा सुरक्षित राख्न सकिन्छ।

29/10/2024

कुलमान घिसिङले लाईन काटेपछि
किस्तामा बक्यौता तिर्ने उद्योग:
जिबी टेक्सटाइल – ४९ लाख ४८ हजार
नारायण रबर उद्योग – १० लाख ५६ हजार
शुभश्री अग्नी सिमेन्ट – ९८ लाख ८१ हजार
विनायक स्पात प्रा.लि – ७ लाख ५२ हजार
नव नेपाल प्लास्टिक इन्डस्ट्रिज – २ लाख ५ हजार
शुभ लक्ष्मी पोलिमर्स – ३ लाख ७८ हजार
एजी हेल्थ इन्डस्ट्रिज – ७६ हजार
सर्वोत्तम सिमेन्ट – ११ करोड ९६ हजार
सम्राट सिमेन्ट – ३ करोड ७७ लाख ७३ हजार
रोल्पा सिमेन्ट – ९९ लाख १२ हजार
नेशनल रबर इन्डस्ट्रिज – ५९ हजार
जय कुलमान 🙏🙏🙏

नर्सरी मा मुन्तलको scale को व्यवस्थापनको लागि lmidacloprid 17.8%sl को प्रयोग गरियो। यसको नतिजा के आउँछ 7 दिन पछि प्रस्तु...
21/10/2024

नर्सरी मा मुन्तलको scale को व्यवस्थापनको लागि lmidacloprid 17.8%sl को प्रयोग गरियो।
यसको नतिजा के आउँछ 7 दिन पछि प्रस्तुत गर्नेछु
धन्यवाद!!!

27/09/2024

तैट दिनभरी कस्तो "पानीज" परेको भन्या, बोरिईज लाग्यो अङ्ग्रेजी त हामिपनी बोलिन्छ हल्का🤣🤣🤣🤣

24/09/2024

सम्बन्ध मनले जोड्छ, मुखको बोलीले हैन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुदैनन्, कोहि मौन रहेर पनि आफ्नो बनिदिन्छन ।
सुभ रात्री !!!

23/09/2024

नदीको छेउमा उभिएर नदि पार हुदैन, त्यसैगरी सुतेर सपना देख्दैमा सपना पुरा हुदैन, सपना पुरा गर्नु छ भने उठेर कदम चाल्ने गर ।
सुभ प्रभात!!!

लहरे/फर्सीबाली समूहमा पर्ने परवल खेती कसरी गर्ने ? (पूर्ण विधि र प्रक्रिया सहित)----------------------------------------...
22/09/2024

लहरे/फर्सीबाली समूहमा पर्ने परवल खेती कसरी गर्ने ? (पूर्ण विधि र प्रक्रिया सहित)
----------------------------------------

परवल कुन समूह अन्तर्गत पर्ने तरकारी वाली हो ?
----------------------------------------------------------_--
परवल लहरेबाली समूह वा फर्सी समूह अन्तर्गत पर्ने एक बहुवर्षिय तरकारी वालीहो।

यो वाली कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?
_----------------------------------------------------------------
यसको खेतीगर्मी तथा ओसिलो हावापानीमा फस्टाउँछ।प्रशस्त वर्षा हुने नेपालका तराई तथा भित्री मधेशमा परवलको खेती राम्रो हुन्छ। यसको वृद्धि विकासका लागि औसत तापक्रम ३० देखि ३५ डिग्री सेन्टिग्रेड, अधिकतम तापक्रम ४० डिसे र न्यूनतम तापक्रम २० देखि २५ डिसे आवश्यक हुन्छ। यसले अति सुख्खा मौसम सहन सक्तैन।

यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
-----------------------------------------------------------
यसको लागि पानी नजम्ने, फुरफुराउँदो दोमट बलौटे तर प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो राम्रो हुन्छ। चिम्ट्याइलो माटोमा यसको खेती राम्रो हुँदैन। माटोको पिएच मान ६ देखि ७ उपयुक्त हुन्छ। पानी निकासको राम्रो व्यवस्था भएको जमिन उपयुक्त हुन्छ।

परवलको विशेषताका बारेमा केही बताई दिनु हुन्थ्यो कि ?
-----------------------------------------------------------------------
परवल बहुवर्षिय लहरेतरकारी बालीभएकोले शरद ऋतुमा बोट सुशुप्तावस्थामा रहन्छ। बसन्त ऋतुमा तापक्रम बढ्न थालेपछि नयाँ लहरा पलाउन थाल्छ जसमा फल लाग्दछ। भाले र पोथी फूल अलग अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको अनुपात १०.९० हुनु पर्दछ। फूल बिहान फुल्दछ र सेचन क्रिया बिहान ६ बजेदेखि दिउँसो १२ बजेभित्र हुन्छ।

नेपालमा कस्ता प्रकारका परवल पाईन्छन् ?
----------------------------------------------------------
नेपालमा विभिन्न आकार तथा रङ्ग भएका परवल पाईन्छन् जस्तै हरियो गोलो, हरियो गोलो सेतो धर्से, सेतो धर्सा भएको लामो परवल, सेतो धर्सा नभएको हरियो लामो आदि। यि स्थानिय अथवा उन्नत जातका हुन सक्दछन्।

नेपालमा परवलका सिफारिश गरिएका जातहरु छन् कि छैनन् ?
---------------------------------------
नेपालमा खास सिफारिश गरिएका परवलका जातहरु छैनन्।भारतबाट केही उन्नत जात निकालिएका छन् जस्तै फैजाबाद परवल

(१, फैजाबाद परवल

(2, फैजाबाद परवल

(3 र फैजाबाद परवल

(4 जुन नेपालमा पनि राम्रो हुन सक्दछन्।

परवल कुन समयमा रोप्नु पर्दछ ?
--------------------------------------
परवलका लहराबाट निकालिएका आँख्ला सहितका टुक्राहरु मध्य आश्विन देखि कार्तिक सम्ममा रोप्नु पर्दछ।

परवलको प्रसारण कसरी गरिन्छ ?
----------------------_------------------
परवलको लहराबाट बिरुवा प्रसारण गरिन्छ। लहरा रोप्दा एक वर्ष पूरानो परवलको लहराको फेदतिरको भाग प्रयोग गर्नु पर्दछ। लहराको टुप्पो कलिलो हुने हुँदा टुप्पातिरको भाग प्रयोग गर्नु हुँदैन।

परवल कसरी रोप्नु पर्दछ ?
-----------------------------------
परवलको बोटको ५० सेमी लामो ४÷५ वटा आँख्ला भएको लहराका टुक्रा काटी गोलो पारेर बिंडा बटारे जस्तो गरी बटार्नु पर्दछ। गोलाई करिब ३० सेमी हुनु पर्दछ। काटेको दुबै टुप्पो माटोको १०-१५ से।मी। बाहिर पार्ने गरी १० सेमी गहिरो गरेर रोप्नु पर्दछ।

प्रति रोपनी लहराका कति टुक्राहरुको आवश्यकता पर्दछ र कति दुरीमा रोप्नु पर्दछ ?
----------------------------------------
प्रति रोपनी लहराका १५०-२०० टुक्राहरुको आवश्यकता पर्दछ। एक लाईन देखि अर्को लाईनको दुरी २ मीटरतथा बोट देखि बोटको दुरी १ मीटरकायम हुने गरी रोप्नु पर्दछ।

परवलको बिरुवा रोप्दा कुन कुरामा विशेष ध्यान पुर्यारउनु पर्दछ ?
------------------------------
परवल तरकारी बालीमा भाले फूल र पोथी फूल अलग अलग बिरुवाको लहरामा लाग्ने भएकोले भाले र पोथी बिरुवा छुट्ट्याई पोथी बिरुवाको लहरा लिनु पर्छ र १० वटा पोथी बोटको बीचमा कम्तिमा एउटा भाले बोट लगाउनै पर्छ। यसले परागसेचन राम्रो हुनुका साथै उत्पादनमा वृद्धि हुने गर्दछ।

परवल रोप्ने जमीन कसरी तयार गरिन्छ ?
-----------------_----------------------------------
जमिनलाई २–३ पटक राम्रोसँग जोतेर माटो बुर्बुराउदो बनाउनु पर्छ। ड्याङ्ग ३ मिटर चौडा र दुई डयाङ्गको बीचमा ५० सेमि फराकिलो र १५ सेमि गहिरो कुलेसो बनाउनु पर्दछ। माटो पकाउन चैत्र-बैशाख महिनामा गहिरो जोताई गर्नाले माटोमा भएको खुम्रे तथा रातो कमिला मर्नुका साथै माटो पनि पाक्ने हुन्छ।निश्चित दुरीमा ३०*३०*३० सेमी साइजको खाड्ल खनेर मल र माटोको मिश्रणले भरेर रोप्ने ठाउँको तयारी गरिन्छ।

परवल खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?
----------------------------------------------------------------------
पानी पर्न शुरु गरेपछि १मे टन पाकेको गोबरमल प्रति रोपनीका दरले हाल्नु पर्दछ। परवलको लहरा रोप्ने बेलामा ४ के।जी। नाईट्रोजन २ के।जी। फस्फोरस २ के।जी। पोटास प्रति रोपनी हाल्नु पर्छ। प्रत्येक रोप्ने खाल्डोमा उक्त मलका मात्रा हिसाब गरी राख्नु पर्दछ र माटोमा राम्रोसँग मिसाउनु पर्दछ।

साईड ड्रेसिङ्ग कसलाई भनिन्छ र परवलमा किन र कहिले गरिन्छ ?
---------------------------------------------
बिरुवा बढ्ने बेलामा बिरुवाको वरिपरि सिफारिश गरिएको मल हाल्ने प्रक्रियालाईसाईड ड्रेसिङ्ग भनिन्छ। परवल खेतीको दोश्रो वर्षमा नयाँ टुसा आउने बेलामा मलको मात्रा बढाई बोटको वरिपरि साईड ड्रेसिङ्ग गर्दा उत्पादन बढेको पाइएको छ।

परवलबालीको हेरचाह र स्याहार कसरी गरिन्छ ?
----------------------------------------------------------
लहरा रोपेपछि फल नलागेसम्म ३-४ पटक गोडमेल गर्नु पर्दछ। परवलको लहरा जमिनमा नै बढ्न दिने हो भने झारपात नियन्त्रण गर्न र फललाई कुहिनबाट जोगाउन लहरा मुनी छापो दिनुपर्दछ।लहराले जतासुकै जरा हालेर झ्याङ्गिन नपाओस् भनेर समय समयमा ओल्टाईपल्टाई गर्नु पर्दछ।छापोका लागि सुकेका झारपात, खर, पराल आदि प्रयोग गर्न सकिन्छ।

परवलबालीमा थाँक्रो वा छाप्रोको व्यवस्था गर्नु पर्छ ?
---------------------------------------------------------------
खेतबारीरअग्लो ठाउँमा गरिने परवल खेतीको लागि थाँक्रो वा छाप्रोको व्यवस्था गर्नु पर्दछ। नयाँ टुसा पलाउने बेलामा बाँस र सुतरी अथवा तारको छाप्रो बनाई सो छाप्रोमा लहरा चढाउनाले फललाई कुहिनबाट बचाउन सकिन्छ र लामो समयसम्म फल्छ र बढी फल लाग्दछ।

परवलबालीमा काँटछाँट किन, कहिले र कसरी गरिन्छ ?
--------------------_-------------------------------------------
परवल बहुवर्षिय बाली भएकोले दोश्रो वर्षदेखि पाँचौ वर्षसम्म खुट्टी बाली लिने हुँदा लहरा काँटछाँट गरिन्छ। हिउँदमा बिरुवा करिब-करिब सुशुप्तावस्थामा जान्छ र वृद्धि विकास र फल्न पनि रोकिन्छ। हिउँद शुरु हुनु भन्दा अगाडी पहिलो बाली टिपेपछि मध्य आश्विन देखि मंसिर मध्यसम्ममा परवल बिरुवाको फेदबाट अर्थात् जमिनबाट १५ सेमी माथि ३०-५० से।मी। फूल लहरा छोडेर बाँकी टुप्पा तर्फको लहरा काटेर हटाईन्छ। यसरी काटिदिँदा बाँकी रहेको भागबाट हाँगाहरु धेरै आउँछन् र मध्य फाल्गुण देखि बढी फूल र फल लाग्न शुरु हुन्छ।

मौसम अनुसार सिचाई तथा निकासको व्यवस्था कस्तो हुनु जरुरी छ ?
--_-------------------------------------------
सिंचाईको व्यवस्था भएको ठाउँमा गरमी मौसममा ८-१० दिनको फरकमा पानी दिनु पर्दछ। पानी बढी भएमा निकास खोली दिनु पर्दछ। परवललाई छाप्रोमा चढ्न नदिने क्षेत्र वा ठाउँमा सिंचाई गर्दा पानी जम्न दिनु हुँदैन र जमिनमा नै फैलाइने भएकोले सिंचाईले फल बिगार्न सक्दछ।

परवलमा लाग्ने मुख्य मुख्य रोग कुन कुन हुन् ?
---------------------------------------------------------
साधारणतया परवलमा मुख्य रुपलेसेतो धुले ढुसीर फल कुहिने रोगले आक्रमण गर्दछन्।

सेतो धुलो ढुसी रोग कसरी पहिचान गर्ने र यसको रोकथाम कसरी गर्न सकिन्छ ?
-------------------------------------
पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पँहेलिन्छन् र सुक्न थाल्दछन्। आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ। यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाई भैंसीको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०।२ प्रतिशत अथवा बेभिष्टिन ०।१ प्रतिशत ७–१० दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ।

फल कुहिने रोगको व्यवस्थापन कसरी गरिन्छ ?
---------------------------------------------------------
कपर अक्सिक्लोराईड ५० ईसी ३ मिलि प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ।

फल कुहाउने औंसा कस्तो कीरा हो र यसको नियन्त्रण कसरी गरिन्छ ?
----------------------------------------_
फल कुहाउने औंसाफल भित्र पसेर फलको गुदी खान्छ र फल कुहाई दिन्छ। यसको रोकथामका लागि मालाथियन ५० ईसी को झोल बनाएर १०-१५ दिनको फरकमा २-३ पटक छर्नु पर्दछ।

रातो खपटे कीराले वालीको कुन–कुन अवस्थामा आक्रमण गर्दछ ? यसलाई व्यवस्थापन गर्ने सबैभन्दा राम्रो उपाय के हो रु?
------------------------
यस कीराले विरुवाको कलिलो अवस्थामा बढी क्षति पुर्‍याउँदछ। वयस्क खपटे चम्किलो रातो हुन्छ र लार्भा फिका पहेंलो हुन्छ। यसको ब्यवस्थापनमा रोग अवरोधक जात लगाउने, वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्ने वा एन पि भी १ मि।लि प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्नु पर्दछ।

परवल कुन कुन समयमा टिप्नु पर्दछ ?
----------------------------------------------
परवल फाल्गुण देखि जेष्ठसम्म फल्दछ। यसका नछिप्पीएका नरम फलहरु ४(५ दिनको फरकमा टिप्नु पर्दछ।

प्रति रोपनी जमीनबाट परवलको उत्पादन कतिसम्म लिन सकिएला ?
-----------------------------------------------
जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा पहिलो र दोश्रो वर्षमा प्रति रोपनी ५०० देखि १००० केजी परवल फल्दछ भने तेश्रो र चौथो वर्षमा १।५ देखि २ मे टन सम्म परवल फल्दछ। एक पटक रोपेको बोटले ४-५ वर्षसम्म उत्पादन दिन्छ ।

21/09/2024

`घाउ´ लुकाउनु पनि एउटा कला हो साथी नत्र यहाँ हरेकको मुठ्ठिमा `नुन´ हुन्छ ।

अनुहारमा निर्बाध खुसी लिएर अध्ययन गर्दै छन्, सामुदायिक विद्यालयका विद्यार्थीहरू : 'पुस्तक रहित शुक्रवार'ले विद्यार्थीमा ...
21/09/2024

अनुहारमा निर्बाध खुसी लिएर अध्ययन गर्दै छन्, सामुदायिक विद्यालयका विद्यार्थीहरू : 'पुस्तक रहित शुक्रवार'ले विद्यार्थीमा आत्मविश्वास बढायो

शैक्षिक सत्र सुरु भएपछि 'पुस्तक रहित शुक्रवार'का कार्यक्रम निरीक्षणका क्रममा हिजो जनप्रभात माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, कुलेश्वर माध्यमिक विद्यालय, वाल व्यवसायी केन्द्र माध्यमिक विद्यालय, नवजागृति माध्यमिक विद्यालयमा, जनकल्याण माध्यमिक विद्यालय, गुहेशवरी माध्यमिक विद्यालय, धुम बराह माध्यमिक विद्यालय, तरुण माध्यमिक विद्यालय पुग्दा विद्यार्थीहरू स्केचिङ र स्कल्पचरमा सिप निखारिरहेका थिए । बाबा समूहको नेतृत्वमा सरसफाइका लागि श्रमदान भइरहेको थियो । यस्तै कंकेश्वरी आधारभूत विद्यालयमा १ देखि ३ सम्म विद्यार्थीहरू चित्रमा रङ्ग भर्ने र कागज काटेर कलात्मक बस्तु तयार गरिरहेका थिए । उनीहरू फलफूलका आकारलाई कसरी वास्तविक देखाउन सकिन्छ । आफैँ उपाय निकालिरहेका थिए ।

नव जागरण सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा नेतृत्व तथा व्यक्तित्व विकासको अभ्यास भइरहेको थियो । गीतामाता माध्यमिक विद्यालयमा इसिडीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई आफूलाई मन पर्ने चित्र कोर्न प्रोत्साहन गरिँदै थियो । कक्षा ४ देखि ८ सम्मका बालबालिकालाई सिर्जनात्मक सिकाइअन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउटलगायतका क्रियाकलाप चलिरहेका थिए ।

शिवपुरी माध्यमिक विद्यालयमा भने चलचित्र सिर्जना सम्बन्धी छलफल चलिरहेको थियो । यसबाहेक विद्यार्थीहरू नृत्य, स्काउटिङ, संस्कृति र सम्पदा कक्षमा व्यस्त थिए । एकीकृत पाठ्यक्रम अन्तर्गत कक्षा १ देखि ३ का विद्यार्थीहरू खेल, रचना वाचन, चित्रकलामा मग्न थिए । गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा स्टिम, बाबा, स्काउटिङ जस्ता रचनात्मक सिकाइमा विद्यार्थीहरू रमाइरहेका थिए । यस विद्यालयमा हिजैदेखि शिक्षामा सिप अन्तर्गत स्केचिङ कला सुरु भएको छ । पाककलाको कार्यक्रम समापनको चरणमा छ । विद्यार्थीहरू परिपक्व र आत्मविश्वासका साथ आफूले सिकेको सिपमा छलफल गरिरहेका थिए । कक्षा ४ देखि ८ सम्मका सिर्जनात्मक कक्षाहरू १० वटा समूहमा चलिरहेको थियो ।

हिजो निरीक्षण गरिएका,शान्ति विद्या गृह र जुद्धोदय माध्यमिक विद्यालयमा लुडो खेल खेली विद्यार्थीले वातावरण संरक्षणका बहु आयामिक आयाम बुझिरहेका थिए । पुस्तक रहित शुक्रवार अन्तर्गत : चरित्र र नेतृत्व विकास, डान्स, सङ्गीत, उद्यमशील, विपद् व्यवस्थापन समूहका कार्यक्रम फोकल शिक्षक र सेवा प्रदायकबाट सञ्चालन भएको थियो ।

पशुपति मित्र मा बि मा विद्यालय परिसर बाहिर सेवा प्रदायककै प्रयोगशाला मा “मोबाइल एन्ड इलेकट्रोनिक्स” कक्षा ९ को लागि सञ्चालन गरिएको हो l बाँसबारी मा बि मा कोडिङ कक्षा सञ्चालन भएको पाइयो l पचाकन्य आधारभूत विद्यालयमा योग अभ्यासमा विद्यार्थीहरू थिए l

चारित्रिक, सामाजिक र नेतृत्व विकास, नृत्य, सङ्गीत, उद्यमशील, विपद् व्यवस्थापन समूहमा बाँडिएर समूहगत सिकाइ भइरहेको थियो ।

शिक्षकहरू पनि संयुक्त अध्यापन अभ्यासमा देखिनुहुन्थ्यो । अन्य दिनमा घण्टी लाग्नासाथ कक्षाबाट बाहिर निस्कन हतार मान्ने विद्यार्थीहरू आज भने घण्टीको परवाह नगरी सिकाइमा मग्न थिए । लाग्छ, उनीहरूको लागि यो सबैभन्दा रोचक काम हो । यो नसकी अन्यत्र कहीँ कतै, केही गर्नुहुन्न ।

उनीहरू जीवन जिउनका लागि चाहिने सिप सिकिरहेका थिए । आफूसँग सम्बन्धित समस्या आफैँ एक्ले कसरी समाधान गर्न सकिन्छ, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनु पर्छ भन्ने ज्ञान हासिल गरिरहेका थिए ।

यसरी पुस्तकरहित शुक्रबारका क्रियाकलाप हेर्दा बालमैत्री सिकाइका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजानु पर्छ । ज्ञान, सिप र सकारात्मक सोच विकासको नतिजा किताबका पानामा होइन, सिकारुको रुचिमा निर्भर हुन्छ ।

यसका लागि महानगरपालिकाले सामुदायिक विद्यालयमा पुस्तकरहित शुक्रबारका कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यालयको पूर्वाधार, वातावरणीय तथा अन्य सामुदायिक पक्षसँगै शिक्षकको क्षमता विकासका लागि लगानी बढाएको छ ।

हिजो विद्यालयमा देखिन थालेको यो नतिजा क्रमशः परिवार हुँदै समुदायमा विस्तार हुनेछ, भन्ने हामीले अपेक्षा राखेका छौँ ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राले आफ्नो हिँड्ने बाटो, परिवार र समाजप्रतिको दायित्व, स्वावलम्बनका कुरा निर्धक्क बोल्न सक्छन् । यो ठुलो उपलब्धि हो । प्राप्त गर्नु पर्ने चिज धेरै छन् । यसको शुरुवात् राम्रो छ । यो 'पुस्तक रहित शुक्रवार'अन्तर्गत ‘एकीकृत सिकाई’, ‘सिर्जनात्मक सिकाइ’ , ‘शिक्षामा सिप’ ‘सिकाई उपलब्धिको लागि प्रविधि’ कार्यक्रमको नतिजा हो ।
साभार : बलेन ktm म. न. पा मेहेर बलेन शाह को fb पोस्ट बाट

21/09/2024

छाेराकाे जुनि र ताेरीकाे पिना एउटै रैछ । तोरीले मिलकाे चापले तेल दिनु पर्ने । छोरा मान्छेले आफ्नाे खुशि के हाे थाहा नपाई अरुलाई खुशि दिनु पर्ने ।

18/09/2024

Address


Telephone

+9779844518404

Website

Alerts

Be the first to know and let us send you an email when कृषि गुरु रामेछाप अर्गानिक कृषि फर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि गुरु रामेछाप अर्गानिक कृषि फर्म:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share