
14/03/2024
सुनपकुवा माविले ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने
१ चैत/ उर्लाबारी
उर्लाबारी-२ स्थित सुनपकुवा माध्यमिक विद्यालयले आफ्नशध ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । शुक्रबार मोरङ् क्षेत्र नम्बर १ मा संघीय संसद तथा निवर्तमान युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक भुमीराज प्याकुरेलले बताए ।
यस्तै सो अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मानीत गरिने प्रअ प्याकुरेलले बताए । यसका साथै उनले विद्यालयमा नवनिर्मित सरस्वती मन्दिर र स्वर्ण स्मारक निर्माणमा सहयोगी दातालगायत विद्यालयका अक्षयकोषदातालाई समेत सम्मान गरिने जानकारी दिए ।
विहान १० बजेदेखी विद्यालयको प्राङ्गणमा एक भव्य समारोहबीच आयोजना गरिने सो कार्यक्रममा पुर्व मन्त्री लिम्बुद्वारा नवनिर्मित ६६ औँ स्वर्ण स्मारिका स्तम्भ अनावरण समेत गरिने विद्यालय व्यवस्थापन समिती सदस्य चेतन कोईरालाले जानकारी दिए ।
वि.सं. २०१३ सालमा स्थापित सो विद्यालयमा हाल १ हजार ३ सय २९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।