22/01/2026
हामी धेरै वर्षदेखि भाषण सुन्दै आएका छौँ तर परिणाम देखेनौं। अब समय आएको छ नारा होइन, नतिजाको राजनीति गर्ने। देश परिवर्तन कुनै एक व्यक्तिले होइन, सचेत नागरिकको निर्णयले हुन्छ। सुशासन, पारदर्शिता र जवाफदेही प्रणाली निर्माण गर्न हामी सबैको भूमिका आवश्यक छ। भ्रष्टाचार, नातावाद र जवाफदेही नहुने संस्कारलाई अन्त्य गर्न अब नागरिकले नै नेतृत्व छान्ने समय आएको छ।
राजनीति सुविधा होइन, जिम्मेवारी हो। पद होइन, सेवा हो। जनताको कर जनताकै हितमा प्रयोग होस्, नीति जनताको जीवनमा देखियोस् र नेतृत्वले हरेक निर्णयमा जवाफ दिन सकोस् यही हाम्रो प्रतिबद्धता हो। आज सही सोच, सही विकल्प र सही दिशाको पक्षमा उभिने समय हो। परिवर्तन सम्भव छ हाम्रै पालामा ।
अब देश बदलिन्छ ।
Vote for Change।
अब बज्छ, बज्छ घण्टी, बज्छ!! 🔔🔔
🔔🔔 राष्ट्रिय स्वतन्त्र पार्टी 🔔🔔