Pariwortan Tv Network

Pariwortan Tv Network youtube.com/c/PariwortanMedia
Pariwortan Tv Network Its A official News Based Video Broadcasting media House.Please Like,share and Follow our official Page.
(2)

10/09/2026

गृहमन्त्रीलाई राईको जवाफ : हामी राजनीति सिक्न तयार, विवादित धर्म गुरुको संगत होइन : कांग्रेस सचेतक निश्कल राई

पार्टी एकताका लागि जुनसुकै हदसम्म लचक बन्न तयार : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा
10/09/2026

पार्टी एकताका लागि जुनसुकै हदसम्म लचक बन्न तयार : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

10/09/2026

जनताले ग्याँस नपाएपछि : श्रम संस्कृति पार्टीका सांसद

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामाउद्योगी व्यवसायी र कर्मचारीलाई पाता फर्काउनु पर्ने अभ...
10/09/2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा

उद्योगी व्यवसायी र कर्मचारीलाई पाता फर्काउनु पर्ने अभिव्यक्ति दिएकी उद्योगमन्त्री गौरीकुमारी यादव आज आफैं घर फर्केकी छिन् । उनले मन्त्री पदबाट भर्खरै राजीनामा गरेकी छिन् । खाना पकाउने ग्यास आपुर्ति र वितरणमा असफलतासंगै विवादित अभिव्यक्ति दिएपछि मन्त्री यादवमाथि प्रश्न उठेको थियो ।

10/09/2026

सरकारसँग जेनजी र जेनजी शहीद परिवार कोही पनि खुसी छैन : खुस्बु ओली

10/09/2026

ग्यास पाउनलाई जनताले के खानुपर्ने होः संसद

10/09/2026

२५०० पैसा नहुँदा सरकारी अस्पतालको ढोकाबाटै लखेटियो गर्भवती आमा, मध्यरातको चिसो सडकमै जन्माइन् बच्चा

10/09/2026

सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ। गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना?

सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्रनारायण सिंह सरकारी अस्पताल :- जहाँ गरिब र निमुखा नागरिकहरू बाँच्ने अन्तिम आशा बोकेर पुग्छन्। तर, बुधबार राति त्यही ‘आशाको मन्दिर’ पैसाको अभावमा एउटी आमाका लागि क्रुर र निष्ठुरी बनिदियाे।
सुत्केरी व्यथाले थलिएर अस्पताल पुगेकी ती विपन्न महिलासँग जब अस्पताल प्रशासनले पैसा माग्यो, तब गरिबीको पीडा प्रसव वेदना भन्दा पनि भारी भइदियो। रित्तो हात र आँसु मात्र साथमा भएकी ती गर्भवतीले दयाको याचना गरिन्, तर पैसा तिर्न नसकेकै कारण उनलाई उपचार गर्नुको सट्टा अस्पतालबाट निर्दयीपूर्वक बाहिर निकालियो।
प्रसव पीडाले शरीर गलिसकेको थियो, पाइला सार्ने शक्ति थिएन। अन्ततः ती बेसहारा महिला अस्पतालको मूल गेटबाहिर, चिसो र धुलाम्य सडकमै लडिन् र त्यही कालो पिचमा छटपटिँदै बच्चा जन्माउन बाध्य भइन्। न त्यहाँ कुनै डाक्टर थिए, न नर्स, न त कुनै सहारा। त्यो रात सडकमा जन्मिएको नवजात शिशुको पहिलो रुवाइले अस्पतालको पर्खाललाई त केही फरक पारेन, तर समग्र मानवता र राज्यको लाचार स्वास्थ्य प्रणालीलाई भने नराम्ररी लज्जित बनाइदिएकाे छ। अनि अस्पताल प्रशासनकाे लागि कालाे धब्बा !
गरिबीकै कारण सडकमा जीवनको भिख माग्नुपर्ने यो कस्तो विडम्बना? सरकारी अस्पतालकै आँगनमा पैसा नभएकै भरमा एउटी आमाले सडकमै सन्तान जन्माउनुपर्ने यो दृश्यले जो-कसैको पनि मुटु चसक्क हुन्छ।
यो एउटा लापरबाही मात्र होइन, गरिब माथिको चरम अमानवीय अपराध हो। यस हृदयविदारक घटनाको तत्काल निष्पक्ष र सत्यतथ्य छानबिन हुनैपर्छ। जीवन दिने अस्पतालको दैलोबाट पैसाकै कारण कसैले यसरी लखेटिनु नपरोस्, र कुनै पनि आमाले आफ्नो कोख सडकमा रित्त्याउनु नपरोस्। मानवतालाई नै कलंकित पार्ने यस्तो अमानवीय व्यवहार अब कसैमाथि कहिल्यै दोहोरिनु हुँदैन!
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले घटनाबारे छानबिन गर्न अस्पतालका मेसुलाई निर्देशन दिएको बताए । ‘यस विषयमा मैले मेसुलाई छानबिन गर्न निर्देशन दिइसकेको छु,’ सीडीओ थापाले जागरणभने, ‘उहाँले छानबिन गर्छु र दोषी पाइएका कर्मचारीलाई कारबाही गर्छु भन्नुभएको छ ।’
गजेन्द्र नारायण सिंह अस्पताल संघ सरकार मातहतको सरकारी अस्पताल हो । पटकपटक विवादमा आइरहने याे अस्पताल केही चिकित्सक र कर्मचारीहरूकाे लागि भ्रष्टाचार गर्ने थलाे बन्न पुगेका छन् । अस्पताल भित्र आ. ब. ०८२/०८३ मा व्यापक अनियमितता भएको सम्बन्धमा अख्तियारमा उजुरी समेत परेका छन् ।

ग्यासको समस्या भएको महिनौँ भइसक्दा पनि समाधान भएको छैन।"उल्टै अहिले त प्राकृतिक विपद् बहाना जस्तो भएको छ।"ग्यासको 'कृत्र...
07/09/2026

ग्यासको समस्या भएको महिनौँ भइसक्दा पनि समाधान भएको छैन।"उल्टै अहिले त प्राकृतिक विपद् बहाना जस्तो भएको छ।"

ग्यासको 'कृत्रिम अभाव' र 'मनपरी मूल्य बढ्दा' पनि केही नगरेको भन्दै कतिपय उपभोक्ता अधिकारवादी सङ्घसंस्थाले सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै व्यवसायीहरूले काठमाण्डूमा खाना पकाउने ग्यासको मूल्य बढाएका छन्।

"सरकारले तोक्नुपर्ने मूल्य व्यवसायीले तोक्छन् भने त्यो जत्तिको बिडम्बना के हुन्छ," उपभोक्ता मञ्च नेपालका महासचिव विश्व तिमिल्सेनाले भने, "ग्यास पाउने तर एकदमै कठिन तरिकाले र धेरै मूल्य तिरेर मात्रै पाइने अवस्था सिर्जना भइराखेको छ।"

त्यस्तै, 'कन्ज्यूमर आई नेपाल'की अध्यक्ष विमला खनालले पनि सरकारले नै "कालोबजारीलाई प्रोत्साहन गरिरहेको" टिप्पणी गरिन्।
"ग्यासको समस्या भएको महिनौँ भइसक्दा पनि समाधान भएको छैन। उल्टै अहिले त प्राकृतिक विपद् बहाना जस्तो भएको छ।"
एलपी ग्यास उद्योग सङ्घले हालै उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्रीवितरण गर्न भनेको थियो।

बिहीवार, शुक्रवार र शनिवार गरेर विभिन्न १६ उद्योगले ८७,८७७ हजार थान सिलिन्डर काठमाण्डू भित्र्याएका आयल निगमले आइतवार जारी गरेको सूचनामा उल्लेख छ।

उपभोक्ता मञ्चका तिमिल्सिना अहिले बजारमा ग्यास उपलब्ध भए पनि कालोबजारीमार्फत् मात्रै पाइएको दाबी गर्छन्।
"दुई हजार साठी रुपैयाँमा पाउनुपर्ने ग्यास उपभोक्ताले सत्ताइस सय अठ्ठाइस सय रुपैयाँमा मात्र पाउँछन्।"

यस्तो अवस्थालाई सरकारले अविलम्ब नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ। "नत्र त व्यापारीहरूले अझै निकै समयसम्म यही स्थिति राखिराख्छन्।"
ग्यास विक्रेता महासङ्घका अर्याल पनि कतै बदमासी भएको पाइए सरकारले कारबाही गर्नुपर्ने आफूहरूले पनि भन्दै आएको बताउँछन्। "बदमासी नै भएको छैन भनेर म भन्दिनँ। एकाध ठाउँमा भएका हुन सक्छन्।"

नेपालमा सामान्यत: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्छ।
उक्त विभागका निर्देशक अनिल किराती आफूहरूले अनुगमनलाई तीव्रता दिए पनि कालोबजारीका घटना भने धेरै नपाइएको बताउँछन्।

"सामान्यत: तीनवटा टोली खटिनेमा अहिले दश वटा अनुगमन टोली खटाएका छौँ। अस्ति भर्खरै भक्तपुरमा ग्याससम्बन्धी विषयमा एक व्यवसायीलाई तीन लाख रुपैयाँ जरिवाना पनि गरायौँ। त्यसबाहेक छिटपुट मसिना कारबाहीहरू भई नै रहेका छन्।"

ग्यासको मूल्य तोकिएभन्दा बढी लिइएको भन्ने विषयमा प्रमाणको अभावमा कारबाही गर्न नसकिएको उनले बताए।
"तर त्यस्तो गुनासो आउने क्रम जारी रहेकाले [त्यसो गर्नेलाई] के कसरी कारबाहीको दायरामा ल्याउन सकिन्छ भन्ने छलफलमा छौँ," किरातीले भने।

अमेरिका देखि नेपालमा गएको बाढि प्रभावित क्षेत्रलाई सहयोग गर्न आइपुगे अमेरिकन नागरिक जेन उनले बाढि प्रभावित क्षेत्रमा ग्य...
06/09/2026

अमेरिका देखि नेपालमा गएको बाढि प्रभावित क्षेत्रलाई सहयोग गर्न आइपुगे अमेरिकन नागरिक जेन उनले बाढि प्रभावित क्षेत्रमा ग्यास चुलो सोलार गरेर लाखौको सहयोग लिएर जाने तयारिमा आगामी बाढि प्रभावित क्षेत्रमा सकेको केही पीडितलाई घर बनाइदिने योजना समेत बनाएका छन।परिवर्तन मिडिया मार्फत उनी बाढि प्रभावित क्षेत्रमा पुग्दैछन।।

Address

Philipin
Olongapo
38065

Website

Alerts

Be the first to know and let us send you an email when Pariwortan Tv Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category