26/09/2024
पत्रकार दिल निशानी मगरले रबि लामिछाने लाई दिएको ३ सुझाब हरु
रबि लामिछाने लाई तीन सुझाव
१- तपाई दुई पटक सम्म देशको गृहमन्त्री भैसकेको मान्छे हुनुहुन्छ। यसकारण प्रहरी संग डराए जस्तो गरेर भिड जम्मा नगर्नुहोस्। भिडले तपाई लाई सान्तवना त दिन सक्छ तर क्लिन चिट दिन सक्दैन। यदि तपाईलाई कसैले क्लिन चिट दिन सक्छ भने त्यो सम्मानित अदालतले मात्रै दिन सक्छ। अब छिट्टै दशै-तिहारको सरकारी बिदा सुरु हुदैछ। तपाई माथीको कानुनी झमेला झन् लम्बिन सक्छ। यसकारण कृपया जति सक्दो छिटो अदालती प्रकियाको बाटो समात्नुहोस्।
२-केहीले निलो क्रान्ति भन्छन्। तर खासमा तपाईले Digital Revolution गर्नु भएको हो। तपाईले Cyber Warfare गर्न सक्नु होला। समर्थक र बिरोधीहरुको बिचमा social Polarization गराउन पनि सक्नु होला। तर यतिखेर तपाई लाई भेडाहरुको Social Media Engagement भन्दा पनि प्रभावशाली वकीलहरुको साथ चाहिएको छ। किनकी As soon as you have to get legal clearance for your future emerging political career.
३- अदालतबाट निर्दोष प्रमाणित हुन सक्नु भयो भने मात्रै तपाई प्रधानमन्त्री बन्न सक्नु हुन्छ। जिद्दीपनाको कारण अघिल्लो पटक संसद पद मात्रै गएको थियो। यसपटकको काण्ड अलि जटिल छ। तपाई लाई Exclusion from elections पनि गराउन सक्छन्। त्यसैले धनराज गुरुङलाई किन पक्राउ नगरेको भनेर आफूलाई त्यस्तो डाँका संग तुलना नगर्नुहोस्। मुद्दा एकै होला तर सपना एकै हैन। तपाई लाई त प्रधानमन्त्री बन्नु छ, धनराज लाई केही पनि बन्नु छैन।