21/09/2025
गणेशमानले सोध्लान नि खै प्रजातन्त्र भन्लान्
शेर बहादुर प्रचण्ड वलिले खाइदिए भन्दिए
मदन भन्डारीले सोध्लान नि खै बहुदलीय जनवाद भन्लान् भेन्टिलेटरमा छ भन्दिए
चन्द्रसमसेरले सोध्लान नि खै सिंहदरबार
भन्लान् आगो लाग्यो भन्दिए
गिरिजाले सोध्लान नि खै अदालत भन्लान्
खरानी भो भन्दिए
आमाले सोध्लिन नि खै छोरा भन्लिन
आन्दोलनमा मर्यो भन्दिए
प्रचन्डले सोध्लान नि खै कुर्सी भन्लान्
आशै नगर भन्दिए
वलिले सोध्लान नि खै मेरो घर भन्लान्
काशी जाउ भन्दिए
गिरिजाले सोध्लान नि खै आर्जु देउवा भन्लान्
पिटाइ खाए भन्दिए
बालेनले सोध्लान नि खै दरबार भन्लान्
सिंहदरबार खरानी भैसक्यो भन्दिए
हर्कले सोध्लान नि खै पानी भन्लान्
शुशिलाले पिइन् भन्दिए
हे बरै
रबिले सोध्लान नि खै जेल भन्लान्
रा स्वपाको क्रेज घट्यो भन्दिए
युवाले सोध्लान नि खै रोजगार भन्लान्
देशै जल्यो भन्दिए
शहिदले सोध्लान नि खै हाम्रा सपना भन्लान्
हाइज्याक भो भन्दिए
जेन्जिले सोध्लान नि खै बालेन भन्लान्
कोठामा एक्लै भुल्यो भन्दिए
एन आर एनले सोध्लान नि खै घर भन्लान
हल्ला नगर भन्दिए
हे बरै
कर्मचारीले सोध्लान नि खै फाइल भन्लान्
खरानीमा बस भन्दिए
नागरिकले सोध्लान नि खै देश भन्लान्
जलेर रोएकी छिन् भन्दिए
हे बरै
बिदेशीले सोध्लान नि खै देशको सिस्टम भन्लान्
केहि दिन आराम गरेको छ भन्दिए ।
सबैको #जयहोस
- Mitra lal Parday