
29/07/2025
मिति: २८ जुलाई २०२५
विषय: सामाजिक सञ्जालमा प्रकाशित भ्रामक पोष्ट प्रति खेद प्रकट !
केही दिन अगाडि Europe Chautari नामक फेसबुक पेज मार्फत् हाम्रो संस्था र कार्यसमितिमा रहेका साथिहरू समेतको नामलाई जोडेर प्रकाशित फेसबुक पोष्टप्रती संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । समाजको आन्तरिक ग्रुपमा व्यक्तिलाई परिचित गराउने सम्वन्धमा भएको आन्तरिक छलफलको विषयलाई जोडी संस्था र सम्वन्धित व्यक्ति समेतको प्रतिष्ठालाई ख्याल नगरी गरिएको यस्तो भ्रामक, आधारहीन र दुर्भावनापूर्ण पोष्टप्रति भ्रत्सना एवं खेद प्रकट गर्दछौ । साथै उक्त पेजलाई आफ्ना कमजोरि सच्याउन र आगामी दिनमा यस्ता व्यक्ति र यंस्थाको भावना र प्रतिष्ठा माथि असर पर्ने विषयहरुमा सचेत रहन समेत हामी आग्रह गर्दछौ ।
हाम्रो संस्था एक गैर-राजनीतिक, गैर-नाफामुलक, सेवा-आधारित संस्था हो, हामी स्थापनाकाल देखी नै सामाजिक उत्तरदायित्व र सेवाभावलाई प्राथमिकतामा राखी आफ्ना गतिविधिहरु सन्चालन गर्दै आइरहेको विषय सबैलाई जानकारी नै छ, जसप्रति हामी आजपनि उत्तिकै जिम्मेवार छौ । साथै उक्त फेसवुक पोष्ट विषय वस्तुलाई नवुझी गलत सुचनाका आधारमा गरिएकोले सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूलाई यस्ता भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौं।