Euro Sanchar

Euro Sanchar Information about Europe and Nepal

28/07/2026

🇵🇹पोर्तुगल को संसद भवन भित्र चोरी भएको छ।
कडा सुरक्षा भित्र रहेको देशको सबैभन्दा सुरक्षित ठाउँ संसद भवन भित्र को प्रमुख प्रतिपक्षी दलका नेता आन्द्रे भेन्तुराको कार्यलयमा चोरी भएको छ ।

🇮🇹 इटालीले श्रमिक अभाव पूरा गर्न नयाँ आप्रवासन योजना स्वीकृत गर्‍योइटाली सरकारले देशमा देखिएको चरम श्रमिक अभाव समाधान गर...
26/07/2026

🇮🇹 इटालीले श्रमिक अभाव पूरा गर्न नयाँ आप्रवासन योजना स्वीकृत गर्‍यो

इटाली सरकारले देशमा देखिएको चरम श्रमिक अभाव समाधान गर्न २०२६–२०२८ का लागि नयाँ Flow Decree स्वीकृत गरेको छ।

यस योजना अन्तर्गत आगामी तीन वर्षमा ४ लाख ९७ हजार ५५० गैर-युरोपेली (Non-EU) कामदारहरूलाई कानुनी रूपमा इटाली प्रवेश गरी काम गर्न अनुमति दिइनेछ। यसले विदेशी कामदारहरूका लागि नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।

स्रोत : Routine Of Europe
For more information follow us👉️ Euro Sanchar

26/07/2026
24/07/2026

🇵🇹 पोर्तुगलमा रेसिडेन्स कार्डको प्रतीक्षामा रहेका सबैका लागि महत्वपूर्ण जानकारी।

अब घर बाट नै आफ्नो कार्ड लगायत अन्य केस को अवस्था बुझ्न सकिने। आइमाले आफ्नो वेबसाइटको Contact Form अपडेट गर्दै नयाँ “प्रक्रियाको परामर्श तथा अनुगमन” सेवा थपेको छ। अब “मेरो केसको अवस्था के छ?” भन्ने विकल्प चयन गरेर अनलाइनबाटै आफ्नो आवेदनको अवस्थाबारे जानकारी माग्न सकिनेछ। यो सुविधा पहिलो रेसिडेन्स कार्ड, दोस्रो रेसिडेन्स कार्ड, लङ-टर्म रेसिडेन्स, फ्यामिली रियुनिफिकेशन, र रेसिडेन्स कार्ड रिन्यु लगायतका आवेदनहरूमा लागू हुनेछ। यस अपडेटपछि आफ्नो कार्डको अवस्था बुझ्नका लागि केवल आइमाको कार्यालयमा जानुपर्ने आवश्यकता कम हुनेछ। अब धेरैजसो अवस्थामा अनलाइनबाटै आफ्नो केसको प्रगति सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ। 🙏

युरोपेली देशहरूमा तीव्र रूपमा फैलदै डडेलो !लिस्बोन 🇵🇹 । फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको...
24/07/2026

युरोपेली देशहरूमा तीव्र रूपमा फैलदै डडेलो !

लिस्बोन 🇵🇹 । फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको सङ्ख्या १ लाख ३५ हजार पुगेको छ । फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै १ लाख १० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै, सिमाना जोडिएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डढेलोका कारण थप २५,००० मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने २०,००० भन्दा बढी मानिसहरूलाई घरभित्रै बस्न (लकडाउनमा) निर्देशन दिइएको छ । म्याड्रिड समुदायमा सरकारका प्रतिनिधि फ्रान्सिस्को मार्टिनले आफ्नो पछिल्लो प्रेस ब्रिफिङमा यो तथ्याङ्क सार्वजनिक गरेका छन् ।

पोर्तुगलमा🇵🇹 हृदयविदारक घटना: क्रेचको गाडीभित्र करिब सात घण्टा छुटेकी १८ महिनाकी बालिकाको मृत्यु, PJ ले थाल्यो अनुसन्धान...
23/07/2026

पोर्तुगलमा🇵🇹 हृदयविदारक घटना: क्रेचको गाडीभित्र करिब सात घण्टा छुटेकी १८ महिनाकी बालिकाको मृत्यु, PJ ले थाल्यो अनुसन्धान।

लिस्बन, २३ जुलाई। पोर्तुगलको राजधानी लिस्बनसँगै जोडिएको Almada सहरमा बिहीबार अत्यन्तै हृदयविदारक घटना भएको छ। क्रेच जाने क्रममा प्रयोग गरिएको सवारीसाधनभित्र छुटेकी १८ महिनाकी बालिकाको मृत्यु भएको छ।

पोर्तुगिज सञ्चारमाध्यममा सार्वजनिक भएका पछिल्ला विवरणअनुसार बालिकालाई बिहान सवारीसाधनमार्फत क्रेच लगिएको थियो। उनी बिहान करिब ८ बजे क्रेचभित्र पुगिसक्नुपर्ने र दिउँसो करिब ३ बजे घर फर्किनुपर्ने थियो। तर बालिका क्रेचभित्र पुगेकै थिइनन् र लामो समयसम्म सवारीसाधनमै छुटेको बताइएको छ।

घटनाबारे सबैभन्दा गम्भीर पक्ष के देखिएको छ भने दिउँसो आमा आफ्नी छोरी लिन पुगेपछि मात्र बालिका क्रेचमा नभएको थाहा भएको विवरण सार्वजनिक भएको छ। आमाले छोरी कहाँ छिन् भनेर सोधेपछि खोजी सुरु हुँदा बालिका सवारीसाधनभित्र रहेको पत्ता लागेको बताइएको छ।

आपतकालीन सेवाले बालिका गम्भीर अवस्थामा रहेको सूचना पाएपछि उद्धार टोली परिचालन गरेको थियो। घटनास्थलमा Bombeiros Voluntários de Cacilhas, PSP, INEM तथा Hospital Garcia de Orta को VMER लगायतका आपतकालीन टोली पुगेका थिए। बालिकालाई बचाउन पुनर्जीवनका प्रयास गरिए पनि उनको ज्यान बचाउन सकिएन।

सार्वजनिक विवरणअनुसार बालिका रहेको सवारीसाधनको सिसा फुटाएर भित्र प्रवेश गरिएको थियो।

कसरी सात घण्टासम्म कसैले थाहा पाएन?

घटनाले बालबालिकाको सुरक्षा व्यवस्थामाथि अत्यन्त गम्भीर प्रश्न खडा गरेको छ।

१८ महिनाकी बालिका आफैं सुरक्षित रूपमा गाडीबाट ओर्लेर क्रेचभित्र जान सक्ने उमेरकी होइनन्। यस्तो अवस्थामा उनलाई जिम्मेवार वयस्कले गाडीबाट ओरालेर सुरक्षित रूपमा क्रेचभित्र पुर्‍याइएको सुनिश्चित गर्नुपर्ने हुन्छ।

त्यसैले अनुसन्धानबाट अब मुख्य रूपमा स्पष्ट हुनुपर्ने प्रश्नहरू छन्—गाडीबाट अन्य बालबालिका ओराल्दा ती बालिका किन छुटिन्? सबै बच्चा ओर्लिए वा ओर्लिएनन् भनेर सवारीसाधन किन वा कसरी जाँच गरियो? गाडीमा चढेका बालबालिकाको सूची र क्रेचमा उपस्थित बालबालिकाको हाजिरी किन समयमै रुजु हुन सकेन? बिहान आउनुपर्ने १८ महिनाकी बालिका नआउँदा दिउँसोसम्म उनको खोजी किन भएन?

यी प्रश्नको उत्तर भने अनुसन्धान पूरा नभएसम्म निश्चित रूपमा भन्न सकिने अवस्था छैन।

एउटा १८ महिनाको अबोध बच्चा बिहान क्रेच जान घरबाट निस्किन्छिन्, तर क्रेचको कक्षासम्म पुग्दिनन् र आमाले दिउँसो लिन आउँदासम्म उनको अनुपस्थिति पत्ता नलाग्नुले बालबालिका ओसारपसार तथा हाजिरीसम्बन्धी सुरक्षा प्रणालीमा कहाँ चुक भयो भन्ने गम्भीर प्रश्न उठाएको छ।

यो दुःखद घटनाले पोर्तुगलका क्रेच तथा विद्यालयमा बालबालिका बोक्ने सवारीमा प्रत्येक यात्रा समाप्त भएपछि सिट–सिट जाँच गर्ने, गाडीमा चढेका र ओर्लिएका बालबालिकाको संख्या रुजु गर्ने तथा अनुपस्थित बच्चाबारे तत्काल अभिभावकसँग सम्पर्क गर्ने सुरक्षा प्रक्रियाको महत्व फेरि उजागर गरेको छ।

युरोप सञ्चार परिवार मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ।

साभार : Europe Chautari

सामाजिक सञ्जालमार्फत व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाउनुको साथै आधारहीन आरोप लगाएर चरित्रहत्या गरेको आर...
23/07/2026

सामाजिक सञ्जालमार्फत व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाउनुको साथै आधारहीन आरोप लगाएर चरित्रहत्या गरेको आरोपमा अभियन्ता वेदिका केसी पक्राउ परेकी छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले केसीलाई पक्राउ गरी विद्युतीय अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ। ब्युरोका अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थपिएको छ।

पछिल्ला केही दिनयता केसीले सामाजिक सञ्जालमार्फत कथा वाचिका राधिका दासीलाई विभिन्न आरोपहरू लगाउँदै आएकी थिइन्। उक्त आरोपहरू प्रमाणविहीन रहेको र आफ्नो चरित्रहत्या गरेको भन्दै राधिका दासीले साइबर ब्युरोमा उजुरी दिएपछि उनी पक्राउमा परेकी हुन्।
स्रोत : नागरिक न्युज

पोर्तुगलमा Family Reunification (Reagrupamento Familiar) का लागि AIMA को फाराम कसरी भर्ने? — सरल जानकारीमूलक गाइडAIMA मा...
22/07/2026

पोर्तुगलमा Family Reunification (Reagrupamento Familiar) का लागि AIMA को फाराम कसरी भर्ने? — सरल जानकारीमूलक गाइड

AIMA मा श्रीमान्/श्रीमती वा बच्चाको Family Reunification का लागि जाँदा Mod. 1 र Declaração de Alojamento जस्ता फाराम भर्नुपर्ने हुन सक्छ। धेरैलाई पोर्तुगीज भाषाका कारण कुन ठाउँमा के लेख्ने भन्ने अन्योल हुने भएकाले सजिलोका लागि यो सामान्य गाइड प्रस्तुत गरेका छौँ।

📄 १. AIMA – MOD. 1

सबैभन्दा माथि “A PREENCHER PELOS SERVIÇOS” लेखिएको भाग नभर्नुहोस्। यो AIMA कर्मचारीले भर्ने हो।

त्यसपछि क्रमशः:

1. Nome — पूरा नाम, पासपोर्टअनुसार
2. Filiação — बुबा र आमाको पूरा नाम
3. Nacionalidade — राष्ट्रियता, नेपाली भए Nepalesa
4. Data de Nascimento — जन्ममिति
5. S**o — पुरुष M, महिला F
6. Estado Civil — विवाहित भए Casado/Casada, अविवाहित भए Solteiro/Solteira
7. Endereço Permanente — पोर्तुगलमा बस्ने पूरा ठेगाना, Localidade र Código Postal
8. Telefone — फोन नम्बर
9. E-mail — इमेल
10. Passaporte N.º — पासपोर्ट नम्बर, जारी भएको स्थान/देश, जारी मिति र म्याद सकिने मिति।

👨‍👩‍👧 Family Reunification का लागि

तलको ☑ “Reagrupamento Familiar” मा टिक लगाउनुहोस्।

“a favor de” मा Family Reunification गर्न लागेको परिवार सदस्यको पूरा नाम लेख्नुहोस्।

“Vínculo Familiar” मा सम्बन्ध:

* श्रीमान्/श्रीमती — Cônjuge
* छोरा — Filho
* छोरी — Filha

श्रीमान् र बच्चा दुवैको प्रक्रिया भएमा AIMA ले छुट्टाछुट्टै आवेदन मागेको अवस्थामा प्रत्येक व्यक्तिका लागि अलग Mod.1 भर्नु उपयुक्त हुन्छ।

n.º ___ do art.º ___ जस्ता कानुनी धारा लेख्ने ठाउँ निश्चित जानकारी नभए आफैं अनुमान गरेर नभर्नुहोस्; AIMA कर्मचारीसँग सोधेर भर्नुहोस्।

🏠 २. DECLARAÇÃO DE ALOJAMENTO

यो परिवार बस्ने आवाससम्बन्धी घोषणा हो।

यसमा क्रमशः:

Eu — घोषणा गर्ने व्यक्तिको पूरा नाम
Nascido a — जन्ममिति
Nacional de — राष्ट्रियता
Passaporte nº — पासपोर्ट नम्बर
Válido até — पासपोर्टको म्याद सकिने मिति

त्यसपछि आफू घरमा कुन हैसियतले बसिरहेको हो उल्लेख गर्नुहोस्:

* आफ्नै घर — Proprietário
* भाडाको घर/आफ्नो नाममा सम्झौता — Arrendatário
* निःशुल्क बस्न दिएको घर — Comodatário
* Usufruct अधिकार — Usufrutuário

त्यसपछि पूरा घरको ठेगाना, Código Postal र कहिलेदेखि उक्त ठेगानामा बसिरहेको हो लेख्नुहोस्।

“O referido imóvel é propriedade de…” मा घरको वास्तविक मालिक/घरधनीको नाम र “NIF” मा सम्बन्धित NIF नम्बर लेख्नुहोस्।

अन्त्यमा स्थान, मिति र हस्ताक्षर (Assinatura) गर्नुहोस्।

⚠️ विशेष ध्यान दिनुहोस्: फाराममा वास्तविक र कागजातसँग मिल्ने विवरण मात्र लेख्नुहोस्। विशेषगरी Declaração de Alojamento मा गलत विवरण दिनु हुँदैन, किनकि यो जिम्मेवारीसहित गरिएको औपचारिक घोषणा हो।

यो सामान्य जानकारीका लागि तयार गरिएको सरल गाइड हो। व्यक्तिको अवस्था—परिवार पोर्तुगलभित्र वा बाहिर रहेको, Residence Permit को प्रकार, नाता र कानुनी आधार—अनुसार आवश्यक कागजात तथा प्रक्रिया फरक हुन सक्छ। निश्चित नभएको कानुनी धारा वा विवरण AIMA कर्मचारीसँग पुष्टि गरेर मात्र भर्नुहोस्।

स्रोत : युरोप चौतारी

18/07/2026

पोर्तुगलमा TVDE सम्बन्धी नयाँ कानुन संसदबाट पारित, ट्याक्सीले पनि Uber र Bolt मार्फत सेवा दिन पाउने

लिस्बन, १७ जुलाई। पोर्तुगलको संसदले TVDE (Transporte Individual e Remunerado de Passageiros em Veículos Descaracterizados), अर्थात् Uber, Bolt जस्ता डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने यात्रुवाहक सेवासम्बन्धी कानुन संशोधन गर्ने विधेयक पारित गरेको छ।

नयाँ कानुनअनुसार अब आवश्यक कानुनी मापदण्ड पूरा गरेका ट्याक्सी चालक तथा कम्पनीहरूले पनि Uber, Bolt लगायतका TVDE प्लेटफर्म प्रयोग गरेर यात्रु सेवा प्रदान गर्न सक्नेछन्। यसलाई पोर्तुगलको यात्रुवाहक सेवा क्षेत्रमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

यसका साथै, TVDE चालकले पोर्तुगाली भाषा बोल्न र बुझ्न सक्नुपर्ने व्यवस्था पनि नयाँ कानुनमा समावेश गरिएको छ। सरकारका अनुसार यसले यात्रुसँगको सञ्चार सहज बनाउने, सेवा गुणस्तर सुधार गर्ने तथा सुरक्षालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

संशोधित कानुनले चालक, सवारीसाधन र डिजिटल प्लेटफर्ममाथिको नियमन तथा सरकारी अनुगमन (Fiscalização) लाई पनि थप कडा बनाएको छ। यात्रुको सुरक्षा, सेवाको पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने उद्देश्यले यी प्रावधानहरू थप गरिएको बताइएको छ।

संसदमा भएको मतदानमा PSD, Chega, CDS-PP र JPP ले विधेयकको समर्थन गरेका थिए। PS, Iniciativa Liberal (IL), Livre, P*P र Bloco de Esquerda (BE) ले भने विरोध गरेका थिए भने PAN तटस्थ बसेको थियो।

यो विधेयक संसदबाट पारित भए पनि राष्ट्रपतिको प्रमाणीकरण र Diário da República (सरकारी राजपत्र) मा प्रकाशन भएपछि मात्र कानुनी रूपमा लागू हुनेछ। त्यसपछि यसको कार्यान्वयन मिति सरकारले तोक्नेछ।

नयाँ कानुन लागू भएपछि पोर्तुगलको TVDE क्षेत्रमा प्रतिस्पर्धा बढ्ने, यात्रुका लागि सेवा विकल्प विस्तार हुने तथा चालक र प्लेटफर्महरूको जिम्मेवारी थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
स्रोत :Euro chautari

📚 लिस्बनमा शिक्षा प्रणालीको विरोध प्रदर्शन 🇵🇹Lisbon मा शिक्षक, विद्यार्थी र अभिभावकहरूले पोर्तुगलको राष्ट्रिय परीक्षा प्...
17/07/2026

📚 लिस्बनमा शिक्षा प्रणालीको विरोध प्रदर्शन 🇵🇹

Lisbon मा शिक्षक, विद्यार्थी र अभिभावकहरूले पोर्तुगलको राष्ट्रिय परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरेका छन्।

उनीहरूले प्रशासनिक समस्याले विद्यार्थीमाथि अनावश्यक दबाब सिर्जना गरेको र विद्यालयहरूमा अन्योल बढाएको बताएका छन्। साथै, शिक्षक अभाव, नयाँ शिक्षक भर्ना र शिक्षा क्षेत्रमा थप लगानीको माग पनि गरेका छन्।

📚🇵🇹
For more information follow 👉️ Euro Sanchar

Endereço

Rua De Manhica
Lisbon
1800-245

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Euro Sanchar publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar