Passport Renewal Team Portugal.

Passport Renewal Team Portugal. Hello there… we’re here for discuss each other regarding passport renewal.

30/05/2025

Passport renewal garnu parne samparga garnu hola .

22/05/2025

Hami tapaiko saath ma chau. Kasaiko passport renewal garnu parema Sampark garnu hola !!!

20/07/2024

Kai problem baye comment garnu hola passport ko lagi toli aaudai xa.

20/07/2024

राहदानीको फारम कसरी भर्ने सजीलो तरिका
१) नागरिकताको अगाडी पछाडीको र पुरानो पासपोर्ट को अगाडी पछाडीको फोटो तयार राख्नु मोबाइल बाट नै हुन्छ ५ मिनेटमै
२) अब गुगलमा नेपाल पासपोर्ट वा यो लिंक
https://emrtds.nepalpassport.gov.np क्लिक गर्नु
३)Apply for epassport क्लिक गर्नु
४)त्यहा हराएको, नविकरण, बिग्रेको के हो आफ्नो त्यहा क्लिक गर्नु
५) read before enrollment आउछ जानकारीका लागी सबै पढे राम्रो त्यहा तल पट्टी ordinary 34 pages मा टिक गरि Proceed लेखेको मा थिच्नु
६) अब i agree मा क्लिक गर्नु
७)अब ध्यान दिनु यहा Appointment country Other क्लिक गर्नु
८) Appointment location NE Paris गर्नु
९)तल क्यालेण्डर आउछ August मा हेर्नु २-१० सम्म कालो बोल्ड अक्षरमा डेट देखिएकोमा आफ्नो छुट्टीको पायक परि सेलेक्ट गर्नु
१०)डेट क्लिक गरि डेटमा ओरेन्ज कलर आएसी तल समय मा थिच्नु जस्तो ८, ०८-३० यस्तै
११)अब यसैको तल ठुलो बक्समा लेखिएका ५ शब्द सानो बक्समा लेखि next क्लिक गर्नु
१२)अब त आफ्नो विवरण हो last name/ surname मा थर
-First name मा अगाडिको नाम
-Gender टिक गर्ने
-जन्म मिती राख्ने AD मा
- place pf birth मा जन्म जिल्ला
-बाबाको नाम
-आमाको नाम
यसपछि नागरिकता सम्बन्धी जानकारीमा
Nin छैन भने पर्दैन
-Citizenship number मा नागरिकता न
-citizenship issue date मा नागरिकता जारी मिती यो नागरिकताको पछाडी हुन्छ
-नागरिकता जारि जिल्ला
Applicants contact details मा
-मोबाइल न
-इमेल
-गाउ टोल वार्डको नाम
-वार्ड न
-main address province मा प्रदेश कुन हो टिक गर्ने
-main address district मा जिल्ला टिक गर्ने
- main address municipality मा गाउपालीका वा नगरपालीका कुन टिक गर्ने
Contact details in case of emergency मा
परिवारका वुवा आमा पति पत्नी दाइ भाइ जसको नाम फोन इमेल राख्दा पनि हुन्छ
Last current passport information मा
पुरानो राहदानी जारी मिती
Place of issue मा जारी जिल्ला
राहदानी नम्बर
राखी next क्लिक गर्नु
अब सबै भरेको विवरण आउछ रुजु गरि next गरि क्याप्चा बक्सको शब्द लेखि सब्मिट गर्नु र यती भएपछि डाउनलोड गर्नु र त्यो कोडवाला पेपर सेभ गर्नु
नबिन तिम्सिना
Nabin Khabar
नबिन खबर पोर्चुगल
यस सम्बन्धी कुनै दुविधा भए नबिन खबर पोर्चुगल ग्रुपमा राख्नु त्यहा समाधान गरिदिनुहुन्छ साथीहरुले र राहदानी बनाउने ठाउमा आफ्नो बुक समय मा काम नहुने वा अनियमिता देखेमा जस्ताको तस्तै ग्रुपमा शेयर गरौ । भिडभाड नगरौ आफुले बुक गरेको समयमा जाऔ
-ग्रुप भएर नजाऔ
-जसको नाममा एपोइण्टमेण्ट छ सो मात्र आफ्नो कागजात लिइ जाऔ
- सभ्य बन्न सिकौ
Embassy of Nepal, Paris

Endereço

Alfama

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Passport Renewal Team Portugal. publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar