Alverca nepali samaj Portugal

Alverca nepali samaj Portugal अल्भेर्का नेपाली समाज पोर्चुगल

24/10/2025

राहदानीको अनलाइन आवेदन खुला गर्ने सम्बन्धी सूचना ।

आगामी नोभेम्बर, २०२५ दोस्रो सप्ताहका लागि विद्युतीय राहदानीको आवेदन आज ५ वजे खुला गर्न लागिएको हुँदा राहदानीको म्याद सकिन ६ महिना बाँकी रहेका आवेदकहरुलाई देहायबमोजिमको लिंकबाट अनलाइन फाराम भरी अनिवार्य रुपमा राहदानी फारामको प्रिन्ट आउट, सक्कल राहदानी तथा नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपिहरु लिएर आफुलाई उपलव्ध समय तथा मितिमा वायोमेट्रिक्सका लागि यस राजदूतावासको कार्यालय Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा आउन सूचित गरिन्छ ।
नावालकहरुका हकमा नावालक परिचय पत्र, जन्मदर्ता प्रमाणपत्र, बुबा तथा आमाको नागरिकता प्रमाणपत्र तथा राहदानी र विवाह दर्ता प्रमाणपत्र समेत लिएर आउनुपर्ने छ ।
https://emrtds.nepalpassport.gov.np/
राहदानी आवेदन सम्बन्धी थप जानकारीका लागि यस राजदूतावासको पेज हेर्न सकिनेछ । https://pt.nepalembassy.gov.np/pages/passport-service-4/
राहदानी आवेदन सम्बन्धी Online Appointment हरु निश्चित समयमा खुला गरिने भएको हुँदा तत्काल आवेदन बुक गर्न नसक्ने आवदेकहरु धैर्यताका साथ प्रतिक्षा गरिदिनु हुन समेत अनुरोध गरिन्छ ।

राजदूतावासको सेवा सम्बन्धी अन्य जानकारी:
यस राजदूतावासमा देहायबमोजिम सम्पर्क गर्न सकिनेछ:
ईमेल: [email protected]
टेलिफोन: 213011308
राजदूतावासको ठेगाना: Rua Pero de Alenquer 29, 1400-293, Lisboa

कन्सुलर सेवा उपलव्ध हुने समय: कार्यालय खुलेको दिन ९:१५ देखि १:१५ सम्म
राहदानी वितरण एवं राहदानी सम्बन्धी जानकारी लिने समय: २ वजे पछि।

नेपाली राजदूतावास
लिस्बन ।
२४ अक्टोबर २०२५
For more details Alverca nepali samaj Portugal

22/10/2025

पोर्चुगलको कमन फ्रन्ट युनियनले सरकारी नीतिको विरोध गर्दै यो शुक्रबार ठूलो सार्वजनिक क्षेत्र हडताल आह्वान गरेको छ । संघका अनुसार २०२६ को बजेटले श्रमिक र सार्वजनिक सेवामाथि नकारात्मक असर पारेको छ भने रक्षा र निजी क्षेत्रमा बढी खर्च गरिएको छ । हडतालका कारण विद्यालय, अस्पताल र सरकारी कार्यालयहरू बन्द हुन सक्ने छन् । श्रमिकहरूले १५ प्रतिशत तलब वृद्धि र राम्रो कार्य–सर्तको माग गरेका छन् ।

अल्भेर्का नेपाली समाज, पोर्चुगलबाट,🇳🇵🇵🇹तिहारको शुभकामना सन्देश ल्याइरहेछौं यहाँ।दियोको उज्यालो र रङ्गीन रात्रिका साथ,आशा...
20/10/2025

अल्भेर्का नेपाली समाज, पोर्चुगलबाट,🇳🇵🇵🇹
तिहारको शुभकामना सन्देश ल्याइरहेछौं यहाँ।
दियोको उज्यालो र रङ्गीन रात्रिका साथ,
आशा र समृद्धिको शुभकामना पस्किन्छौं हामी सँगै।

प्रेम र हर्षले भरिपूर्ण होस् तपाईंहरूको जीवन,
तिहारको यो पर्व ल्याओस् खुशी र शान्तिको आशीर्वाद।
सबैमा एकता र सद्भावको सन्देश फैलियोस्,
अल्भेर्का नेपाली समाजबाट,
तिहारको हार्दिक शुभकामना सँगै!

आप्रवासन, एकीकरण र शरण एजेन्सी (एआईएमए) र नोभा विश्वविद्यालयको अध्ययनले देखायो १५ लाख ४३ हजार विदेशी, ५८ हजार ५ सय नेपाल...
20/10/2025

आप्रवासन, एकीकरण र शरण एजेन्सी (एआईएमए) र नोभा विश्वविद्यालयको अध्ययनले देखायो १५ लाख ४३ हजार विदेशी, ५८ हजार ५ सय नेपाली आधिकारिक रूपमा बसोबास गर्छन् युरोपको पोर्चुगलमा ।
For more details: Alverca nepali samaj Portugal

युरोपेली मुलुक पोर्चुगल, माल्टा, स्पेन, नर्वे र डेनमार्क लगायत विभिन्न देशहरुमा यस वर्षको भाइटिकाको उत्तम सहित । (हेर्नु...
20/10/2025

युरोपेली मुलुक पोर्चुगल, माल्टा, स्पेन, नर्वे र डेनमार्क लगायत विभिन्न देशहरुमा यस वर्षको भाइटिकाको उत्तम सहित । (हेर्नुहोला)
For more details: Alverca nepali samaj Portugal

पोर्चुगलको संसदले महिलाको अधिकार र सुरक्षाको कारण जनाउँदै सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव पारित...
18/10/2025

पोर्चुगलको संसदले महिलाको अधिकार र सुरक्षाको कारण जनाउँदै सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । सेगा दलको प्रस्तावलाई PSD, IL र CDS-PP का मतले समर्थन गरे भने PS, Livre, P*P र BE ले विरोध गरे। JPP र PAN ले मतदानबाट टाढा रहे । यो प्रतिबन्ध उल्लंघन गर्नेलाई २ सय युरो देखि ४ हजार युरो सम्म जरिवाना हुनेछ । अब यो विधेयक संसदीय समिति (संविधान, अधिकार र स्वतन्त्रता) मा थप छलफलका लागि पठाइएको छ ।
More details : Alverca nepali samaj Portugal

SHAREit said : We support both platforms 😂
17/10/2025

SHAREit said : We support both platforms 😂

Reality💔
17/10/2025

Reality💔

यसरी विश्वकप छनोटमा नेपालले जित्यो ६ वटै म्याच 🇳🇵🔥🇳🇵✅ Beat Kuwait by 58 runs✅ Beat Japan by 5 wkts✅ Beat UAE in thrillin...
17/10/2025

यसरी विश्वकप छनोटमा नेपालले जित्यो ६ वटै म्याच 🇳🇵🔥🇳🇵

✅ Beat Kuwait by 58 runs
✅ Beat Japan by 5 wkts
✅ Beat UAE in thrilling 1-run win
✅ Beat Qatar by 5 runs
✅ Beat Oman by 38 runs
✅ Beat Samoa by 124 runs
Cricket Association of Nepal-CAN


For more details : Alverca nepali samaj Portugal

युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थाम...
16/10/2025

युरोपेली संघको नयाँ प्रवेश/निकास प्रणाली (EES) लागू भएसँगै लिस्बन विमानस्थलको सीमा नियन्त्रणमा देखिएको तनावपूर्ण अवस्थामा सुधार आएको छ । आइतबारदेखि सञ्चालनमा आएको नयाँ प्रणालीको सुरुवाती दिनहरूमा शेन्जेन क्षेत्र बाहिरबाट आउने यात्रुहरूले ९० मिनेटभन्दा बढी समयसम्म लामो लाइनमा पर्खनुपरेको थियो, तर बुधबार (१५ अक्टोबर) सम्ममा स्थिति धेरै हदसम्म शान्त बनेको विमानस्थल सञ्चालकले जनाएको छ ।

MORE NEWS : alverca nepali samaj Portugal 🇵🇹

THE EMBASSY OF NEPAL WOULD LIKE TO REQUEST ALL THE CONCERNED TO INFORM THIS EMBASSY OR NEAREST POLICE STATION IF ANY INF...
16/10/2025

THE EMBASSY OF NEPAL WOULD LIKE TO REQUEST ALL THE CONCERNED TO INFORM THIS EMBASSY OR NEAREST POLICE STATION IF ANY INFORMATION OF THE FOLLOWING MISSING PERSON IS NOTICED ANYWHERE IN PORTUGAL OR OUTSIDE. HE HAS BEEN REPORTED LOST FROM SINTRA, LISBON FROM 06 OCTOBER 2025.

नेपालको तनहुँ जिल्ला स्थायी घर भई पोर्चुगल बसोबास गर्दै आउनुभएका श्री जितेद्र पाण्डे यही ०६ अक्टोबर २०२५ का दिन देखि सिन्त्रा, पोर्चुगलबाट हराइरहेको भन्ने परिवारिक स्रोतबाट जानकारी प्राप्त भएको हुँदा वहाँको बारेमा कुनै जानकारी पाउँनु हुने महानुभावहरुले यस राजदूतावासलाई देहायबमोजिमको माध्यामबाट जानकारी गराइदिनु हुन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु हुन अनुरोध गरिन्छ ।

EMBASSY OF NEPAL, LISBON
CONTACT: +351-213011308
EMAIL: [email protected]

🇳🇵 धेरै–धेरै बधाई नेपाल क्रिकेट टिमलाई!आजको शानदार जितले सम्पूर्ण नेपालीको गर्व बढाएको छ।जय नेपाल! 🏏🔥❤️
15/10/2025

🇳🇵 धेरै–धेरै बधाई नेपाल क्रिकेट टिमलाई!
आजको शानदार जितले सम्पूर्ण नेपालीको गर्व बढाएको छ।
जय नेपाल! 🏏🔥❤️

Endereço

Lisbon
Vila Franca De Xira

Website

Notificações

Seja o primeiro a receber as novidades e deixe-nos enviar-lhe um email quando Alverca nepali samaj Portugal publica notícias e promoções. O seu endereço de email não será utilizado para qualquer outro propósito, e pode cancelar a subscrição a qualquer momento.

Compartilhar