Minded People 11

Minded People 11 घमण्ड तेति मात्र देखाउ जति तिम्रो हैसिएत छ, शिरले आकाश छोए पनि त्यो नबिर्सिनु खुट्टा जमिनमै हुन्छ। ❤️🙂

30/07/2026
09/07/2026

जय लक्ष्मी माता 🙏🙏 @

05/05/2026

एकदम राम्रो प्रधानमन्त्रीज्यू B***n 👏👏👏👏👏
सबै जनताले खोजेको त्यही हो।

विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।" ,🙏🙏

मातातीर्थ औंसी अर्थात् (आमाको मुख हेर्ने दिनको)शुभकामना  आमा ❤️🙏
17/04/2026

मातातीर्थ औंसी अर्थात् (आमाको मुख हेर्ने दिनको)शुभकामना आमा ❤️🙏

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।

माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

B***n Craze 🔥: नेपालका प्रधानमन्त्री बालेन शाह विश्वमै छाए!Time Magazine ले सार्वजनिक गरेको २०२६ का “100 Most Influentia...
15/04/2026

B***n Craze 🔥: नेपालका प्रधानमन्त्री बालेन शाह विश्वमै छाए!

Time Magazine ले सार्वजनिक गरेको २०२६ का “100 Most Influential People” सूचीमा बालेन शाह पर्न सफल 🇳🇵😮
विश्वका ठूला नेताहरू Donald Trump, Xi Jinping, Pope Leo XIV सँगै एकै लाइनमा नेपालका बालेन 🤯
👉 सानो देश, ठूलो प्रभाव!
👉 नेपालका लागि गर्वको क्षण ❤️🔥

14/04/2026

नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

३६ वर्षको एउटा युवाले विश्वसामु देशको प्रतिनिधित्व गर्नु आफैमा ठूलो सफलता हो । यसैले हुनुपर्छ आज बालेन्द्र शाहको समाचार ...
08/04/2026

३६ वर्षको एउटा युवाले विश्वसामु देशको प्रतिनिधित्व गर्नु आफैमा ठूलो सफलता हो । यसैले हुनुपर्छ आज बालेन्द्र शाहको समाचार विश्वभरका मिडियामा प्राथमिकताका साथ छापिन्छ र पढीइन्छ । यो देशको आउने दशौँ पुस्ताको लागि प्रेरणा कुरा हो ।

बंगलादेश सहित अन्य देशमा पनि जेन-जी मुभमेन्ट भए । तर ती देशमा युवा सत्तामा आउन सकेनन् । तर नेपालका नागरिक धन्य हुन्, जसले युवालाई जिम्मेवारी सुम्पन डर मानेनन्, बरू युवा मार्फत नै देश बदलिने गहिरो विश्वास राखे । यसैले त एसियाका अन्य देशहरू भन्दा हाम्रो देशको परिवर्तन धेरै सुखद् रह्यो । र, विश्वमा हामी उदाहरणीय बन्न सक्यौं ।

जनताले दिएको यो अभूतपूर्व विश्वास वर्करार रहोस् l

प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल तस्बिर । B***n
31/03/2026

प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल तस्बिर ।
B***n

Address

Al Khor
Al Khor

Website

Alerts

Be the first to know and let us send you an email when Minded People 11 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share