RB sports Nepal

RB sports Nepal welcome to the movies world

17/05/2021

लामो समयको अन्तराल पछि छिटै नयाँ नयाँ खबर लियर आउदै छु ।।

श्री कृष्णजन्मअस्टमीको शुभकामना ❤️❤️There is no higher religion than human service. To work for the common good is the g...
23/08/2019

श्री कृष्णजन्मअस्टमीको शुभकामना ❤️❤️
There is no higher religion than human service. To work for the common good is the greatest creed.The world respects us not just for our arsenal; it respects us for our diversity and our openness and the way we respect every faith.You must not lose faith in humanity. Humanity is an ocean; if a few drops of the ocean are dirty, the ocean does not become dirty. #

बुजेर नबुजीने के के हो के के शान्ति भुमीमा😢सुन कान्डको  कोल्टे सत्य हेरु , कतै दोशी हेरु उम्किदैनन् ! यदी उम्के भने फेरी...
26/05/2018

बुजेर नबुजीने के के हो के के शान्ति भुमीमा😢
सुन कान्डको कोल्टे सत्य हेरु , कतै दोशी हेरु उम्किदैनन् ! यदी उम्के भने फेरी देश लुटेर सक्छन् । सावधान गोरे मारिएलान 🤔🤔🤔हाम्रो देशमा ठुला बडा हरु फस्ने अवस्था सृजना हुँदा प्रमाण नष्ट गर्न अनेकौ घटनाहरु हुदै आएका छन् । मदन भण्डारीको जिपलाई त्रिशुलीमा खसालेका अमर लामाको जेलबाट छुट्न पाउँदा नपाउँदै हत्या भयो । राज दरवार हत्या काण्डमा बचेकाहरुलाई पनि हेलिकप्टर दुर्घटनाको बहानामा ज्यान लिने लगायतका प्रशस्त घटनाको उदाहरण हामी नेपालीले भोग्दै आएका छौ । यो पल्ट समेत गोरेलाई रहेको खतरा बास्तविकतामा हुन सक्छ ।

12/05/2018

तपाईं जस्तै देश लाई मायां गर्ने ब्याक्ती २-४ जना ६०१ को हुल मा भै दिएको भए आज हाम्रो नेपाल दुनियाँ कै सर्बोच्च स्थान मा कहलिन्थे! Legend !

20/05/2016

ढाँटन पनि कति सकेको होला ... हाहाहाहा :D :D

20/05/2016

rekha helping dhurmus suntali

20/05/2016

तपाईको आजको राशिफल - २०७३ साल जेष्ठ ७ गते शुक्रबार l

18/05/2016

आमा लाई............Mum
भन्ने हरु ले
सानीआमा लाई......Minimum
ठुलीआमा लाई.......Maximum
भन्छन् होला है? हाहाहाहा

16/05/2016

के म तिम्रो होईन र ?

धरहराबाट खसेको जोडी धरहराकै ठुटोमुनिपोहोरको भूइँंचालोमा धरहराबाट खसेका एक जोडी एक वर्षपछि त्यही धरहराको ठूटोनेरि भेटिए ।...
22/04/2016

धरहराबाट खसेको जोडी धरहराकै ठुटोमुनि

पोहोरको भूइँंचालोमा धरहराबाट खसेका एक जोडी एक वर्षपछि त्यही धरहराको ठूटोनेरि भेटिए । उनीहरु दुवै थकित देखिन्थे ।

वैशाख १२ नजिकिँदै गर्दा सञ्जीव श्रेष्ठ र रमिला श्रेष्ठ सोह्रश्राद्धको पुरेतजस्ता भएका छन् । हामीभन्दा अगाडि दुई समुहले अन्तर्वार्ता लिइसकेका थिए । हामीपछि एउटा समूह पर्खाइमा थियो । सञ्जीवले हामीलाई २० मिनेट दिए ।

एउटै प्रश्नको जवाफ दिँदा-दिँदा हत्तु भएर हो कि, स्वभावै त्यस्तो हो, सञ्जीव प्रायः सीधा प्रश्नको सीधा जवाफ दिँदैनरहेछन् । उनीबाट कुरा निकाल्नु, थारो भैंसी दुहुनुजस्तै भयो । रमिलाले भने झर्को मानिनन् ।

‘अचेल धरहरा भएको छेउमा आउँदा कस्तो लाग्छ ?’ मैले सञ्जीवतिर फर्किएर पहिलो प्रश्न गरेँ ।

‘मलाई त कस्तो पनि लाग्दैन । अरुलाई जस्तो लाग्छ, त्यस्तै हो ।’ उनले अन्तै फर्केर जवाफ दिए ।

यही प्रश्नमा रमिलाले जवाफ दिइन्, ‘एकदम नरमाइलो लाग्छ । पहिलाको सुन्दर दृश्य दिमागमा आउँछ । भूकम्पको क्षण पनि सम्झिन्छु र झसंग हुन्छु ।’

वैशाख ११ यता सञ्जीव पटक-पटक धरहरा आइसकेका रहेछन् । रमिलाको भने यो दोस्रोपटक हो ।

रामेछापदेखि काठमाडौंसम्म

सञ्जीव र रमिलाको सम्वन्ध धेरै लामो होइन । दुई वर्ष अगाडि मात्र हो, उनीहरुको चिनजान भएको । तर, धरहरा काण्डले गर्दा दुवैलाई यस्तो लाग्न थालेको छ, मानौं दुई सय वर्षदेखिका साथी हुन् उनीहरु ।

दुबैको घर रामेछाप । २१ वर्षीय सञ्जीवको भिरपाने र १८ वर्षीया रमिलाको सालु । रमिलाका अनुसार उनीहरुको घर ६-७ कोस टाढा छ ।

‘तपाईंहरु साथी कसरी बन्नुभयो ?’ मैले फेरि सञ्जीवतर्फ रेकर्डर तेस्र्याएँ ।

‘एउटै जिल्लाको भएपछि साथी भइहालिन्छ नि । कौन सा ठूलो कुरा भयो र ?’ उनले आफ्नै शैलीमा जवाफ दिए ।

‘पहिलो भेट कहाँ भएको थियो ?’

‘म गाउँको दाइको बिहेमा जन्ती गएको थिएँ । बेहुली उनकी दिदी पर्ने रहिछन् । त्यहीँ भेट भयो ।’

‘एकपटकको भेटमै साथी कसरी बन्नुभयो त ?’

भेट भएपछि त साथी भइहालिन्छ नि । मोबाइलको जमानामा छ । मैले उनको मोबाइल नम्बर मागेँ । त्यसपछि फोनमा कुरा हुन थाल्यो ।’

‘पहिलो भेटमै मोबाइल नम्बर दिएको त ?’ मैले रमिलातर्फ फर्केर सोधेँ ।

लजाएर घोसेमुन्टो लगाउँदै उनले जवाफ दिइन्, ‘अँ ।’

जन्तबाट फर्केपछि उनीहरुबीच मोबाइलमा नियमित गफ हुन थाल्यो । उनीहरु बढ्दोरुपमा एक अर्काप्रति आकषिर्त भए । कक्षा ९ को परीक्षा सकेर रमिला काठमार्डाैं घुम्न आइन् । सञ्जीव ३ वर्षदेखि काठमाडौंमै थिए । एसएलसी फेल भएपछि काठमाडौं आएका उनी पुल्चोकमा एउटा रेस्टुरेन्टमा काम गर्थे । दाइ-भाउजूसँग बस्थे । रमिला आफ्ना बुवा र दिदीसँग बल्खुमा बस्थिन् ।

दुवैजना काठमाडौंमा भइसकेपछि बाक्लो भेटघाट हुन थाल्यो । मित्रता फक्रिइरहेको थियो । त्यो मित्रताको उचाइ नाप्न उनीहरु १२ वैशाखमा धरहराको टुप्पोमा पुगे ।

जन्तबाट फर्केपछि उनीहरुबीच मोबाइलमा नियमित गफ हुन थाल्यो । उनीहरु बढ्दोरुपमा एक अर्काप्रति आकषिर्त भए । कक्षा ९ को परीक्षा सकेर रमिला काठमार्डाैं घुम्न आइन् । सञ्जीव ३ वर्षदेखि काठमाडौंमै थिए । एसएलसी फेल भएपछि काठमाडौं आएका उनी पुल्चोकमा एउटा रेस्टुरेन्टमा काम गर्थे । दाइ-भाउजूसँग बस्थे । रमिला आफ्ना बुवा र दिदीसँग बल्खुमा बस्थिन् ।
दुवैजना काठमाडौंमा भइसकेपछि बाक्लो भेटघाट हुन थाल्यो । मित्रता फक्रिइरहेको थियो । त्यो मित्रताको उचाइ नाप्न उनीहरु १२ वैशाखमा धरहराको टुप्पोमा पुगे ।

dharahara couple (8)वैशाख १२

‘त्यसदिन धरहरा घुम्ने प्रस्ताव कस्को थियो ?’ मैले सञ्जीवलाई सोधेँ ।

‘हाम्रै थियो । कोही थर्ड पर्सन आएर प्रस्ताव गर्ने होइन क्यारे ।’

‘घरमा धरहरा चढ्न जान्छु भन्नुभएको थियो ?’

‘कसलाई के भन्नु ? आफू घुम्न जाने हो । सबैलाई फुकेर हिँड्ने कुरा भएन । कहाँ गइन्छ भनेर हिँड्यो, कहाँ पुगिन्छ । जिन्दगीको के ठेगान छ र । मन लागेपछि हिँड्ने हो । बालै भएन नि ।’ सञ्जीवले एकैसाथ धेरै जवाफ दिए ।

रमिलाचाहिँ साथीहरुसँग घुम्न जान्छु भनेर निस्केकी रहिछन् । उनीहरु बसन्तपुरमा भेट भएछन् । बसन्तपुरबाट हल्लिँदै सुन्धारातिर आएपछि रमिलाले भनेकी रहिछन्, ‘आहा, धरहरा चढौं न ।’

सञ्जीवले कसरी अस्वीकार गर्न सक्थे । उनले टिकट काटे । शनिबार भएकाले धरहरामा राम्रै भिडभाड थियो । उनीहरु भर्‍याङमा छिरे । रमिला अघिअघि र सञ्जीव पछिपछि । भर्‍याङमा उक्लने र ओर्लनेहरुको ताँती नै थियो । त्यसमाथि रमिलालाई प्रत्येक भर्‍याङ उक्लिएपिच्छे झ्यालबाट बाहिर नचिहाई नहुने । माथिसम्म पुग्न उनीहरुलाई निकैबेर लागेछ ।

जब धरती हल्लियो

dharahara couple (12)

‘धरहरा उक्लिसकेपछि के-के भयो ?’ मैले सञ्जीवलाई सोधेँ ।

‘के हुनु र ? तल खसियो । कौन सा ठूलो कुरा हो र ?’ यस्तो जवाफ देलान् कि भन्ने आशंका थियो । तर, उनले गम्भीर वर्णन गरे । यस्तो छ उनको वर्णनः

माथि रेलिङमा पुगेर हामी चारैतिर नियाल्न थाल्यौं । रेलिङमा पनि मान्छे प्याक थिए । करिब ४०-५० जना हुँदा हुन् । उक्लेको दुई-तीन मिनेट मात्र भएको थियो । एकाएक सननन आवाज आयो । त्यसपछि हावाले बाँस हल्लाएझैं धराहरा लर्‍याङ लर्‍याङ गर्दै यता र उता लर्किएको महसुस भयो । उडाउँछ कि जस्तो भयो । भुईंचालोको त अनुमानै भएन ।

हामी दुवैले जोडसँग रेलिङमा समातेका थियौं । उनले अत्तालिएको भावमा मलाई हेरिन् । मैले रेलिङ नछाड्न भनेँ ।

केहीबेर हल्लाएपछि पटटट आवाज आयो । अनि हामी एकाएक तल खस्न थाल्यौं । त्यसपछि त मलाई सपना हो कि विपना हो जस्तो भयो । चारैतिर कोलाहल र चिच्याहट थियो । म नराम्ररी कहालिएँ । एकैछिनमा तल पछारिएँ ।

त्यतिबेलासम्म अर्द्धबेहोसीको अवस्थामा थिएँ । आँखाभरि धुलो थियो । शरीरभरि चोटैचोट थियो । आँखा यताउति डुलाउँदा मानिसहरु दौडादौड गरेको देखेँ । रमिलालाई पनि देखेँ । उनी, ईंटा र माटोको थुप्रोमाथि बेसहारा भएर लडिरहेकी थिइन् । उनको निधारबाट रगत बगेको थियो । हामीले एक-अर्कालाई देख्यौं, तर बोल्न सकेनौं ।

एकछिनपछि उद्धारकर्मीहरु आउनुभो । म अलिअलि होसमै थिएँ । तर, के भएको हो भन्ने कुनै मेसो पाउन सकेको थिइनँ । एकजनाले मलाई निकाल्न लाग्नुभयो । मैले उहाँलाई सोधेँ, ‘दाइ के भएको हो ?’

उहाँले जवाफ दिनुभयो, ‘ठूलो भूइँचालो आयो, धरहरा खस्यो ।’ त्यसपछि त म पूरै बेहोश भएँ ।

होसमा आउँदा मैले आफूलाई कतै सडकमा लगिरहेको पाएँ । वीर हस्पिटल अगाडिको सडक रहेछ । साँझ परिसकेको थियो । मजस्ता थुप्रै घाइतेहरु यत्रतत्र पसारिएका थिए । मेरा हातगोडा राम्रोसँग चलिरहेका थिएनन् । बायाँ हात त माथि उठाउनै सकिनँ ।

होसमा आउँदा मैले आफूलाई कतै सडकमा लगिरहेको पाएँ । वीर हस्पिटल अगाडिको सडक रहेछ । साँझ परिसकेको थियो । मजस्ता थुप्रै घाइतेहरु यत्रतत्र पसारिएका थिए । मेरा हातगोडा राम्रोसँग चलिरहेका थिएनन् । बायाँ हात त माथि उठाउनै सकिनँ ।

रमिलासँग धरहरा चढेको घोइरो-घोइरो याद आयो । आँखा राम्ररी खुलिरहेको थिएन । चिम्रा आँखा यताउता डुलाएर उनलाई खोज्ने प्रयास गरेँ । तर भेटिनँ । मोबाइल छ कि भनेर छामछुम पारेँ । त्यो पनि भेटिनँ । बेस्सरी जाडो लागिरहेको थियो । म आतेशले कराउन, चिच्याउन थालेँ । निकैवेर कराएपछि मलाई हस्पिटलभित्र लगे । त्यहाँ मैले रमिलालाई देखेँ । उनको हालत देख्दा झन् भाउन्न भयो । टाउकोमा ठूलो पट्टी बाँधेको थियो । उनले पनि मलाई देखिन् । त्यहाँ पनि बोल्न सक्ने अवस्था थिएन ।

सँगैको बेडमा एउटा कुरुवा दाइ थिए । उनले सोधे, ‘भाइ, काठमाडौंमा तिम्रो मान्छे कोही छैन ?’ मैले दाइ हुनुहुन्छ भनेँ । त्यसपछि उनले फोन नम्बर मागे र मैले दिएँ । उनले फोन डायल गरे, तर लाग्दै लागेन । राति नौ बजेतिर बल्ल फोन लाग्यो । उनले मलाई कुरा गर्न दिए ।

‘के भो तँलाई ? कहाँ छस ?’ दाइले सोध्नुभयो ।

‘ट्रमा सेन्टरमा छु । हल्का चोट लागेको छ ।’ मैले जवाफ दिएँ ।

‘म आउनुपर्छ ?’ दाइले ठूलोरुपमा नलिइकन सोध्नुभयो । मैले पनि भनिदिएँ, ‘पर्दैन । खासै केही भएको छैन ।

‘आउनुपर्छ भने भन् है’ दाइले फेरि भन्नुभयो । मैले ‘पर्दैन पर्दैन’ भनेर फोन राखेँ ।

तर, दाइको चित्त बुझेनछ, राति हस्पिटलमा आउनुभयो । उहाँ इमर्जेन्सीभित्र पसेर मलाई खोज्न थाल्नुभयो । मैले मधुरो दृष्टिले उहाँलाई देखेँ । दाइ मेरै छेउबाट तीन-चार पटक ओहोर-दोहोर गर्नुभयो, तर मलाई चिन्नुभएन । मेरो अनुहार चिनिने अवस्थामै थिएन । मैले उहाँलाई बोलाउन खोजेँ, तर बोली नै निस्केन । एकछिनपछि उहाँले अनुमान गर्नुभएछ, अनि नजिकै आएर मलाई नियाल्नुभयो ।

‘तँ सञ्जीव हो ?’ उहाँले सोध्नुभयो । मैले चुपचाप मुन्टो हल्लाएँ । उहाँ भावुक बन्नुभयो ।

dharahara couple (6)रमिलाको वर्णन यस्तो छः

माथि उक्लँदा म निकै रमाइरहेकी थिएँ । तर, एक्कासी हावाले उडाएजस्तो भयो । त्यसपछि आकाशबाट तल पातालमा खसेजस्तो भयो । बीचैमा मेरो होश हरायो ।

तल जमीनमा थचारिएपछि एकपटक अलिकति होस आयो । अघि धरहरा चढेको झझल्को आयो । यताउता हेरेँ । थुप्रै मानिसहरु ईंटाभित्र पुरिएका थिए । कतिका हात र कतिका खुट्टा मात्रै देखेँ । सञ्जिबलाई पनि देखेँ । उ मजस्तै ईंटाको थुप्रोमाथि थियो । उसले पुलिसलाई के भएको हो भनेर सोध्दै थियो ।

मैले आफ्नो अनुहार छामेँ । हातभरि रगत लाग्यो । आँखा पनि राम्ररी खुलेका थिएनन् । आत्तिएर क्वाँक्वाँ रुन थालेँ । एक जना पुलिस मछेउ आए । मलाई बोकेर गाडीमा हालेको थाहा छ । त्यसपछि के भयो केही याद छैन ।’

‘होस खुल्दा हस्पिटलमा थिएँ । त्यतिबेला मानिसहरुले कुरा गरेको सुन्दा बल्ल थाहा पाएँ, भूकम्प आएको रहेछ । अनि म धरहराबाट खसेको याद आयो । त्यसपछि मैले मोबाइल खोजेँ, तर भेटिनँ । एकजना प्रहरीसँग मोबाइल मागेर भिनाजुलाई एसएमएस पठाएँ । ‘भिनाजु, म वीर हस्पिटलमा छु, छिट्टै आउनू ।’ यति मात्र लेखेँ । एक घन्टापछि दिदी भिनाजु आउनुभयो ।

भिनाजु भन्छन्ः

हामी कोटेश्वरमा थियौं । भूइँचालो आएपछि सबै जना घरबाहिर निस्केर खुल्ला ठाउँमा बस्यौं । रमाइलै भएको थियो । दिउँसो तीन बजेतिर सालीको एसएमएस आयो, तर अपरिचित नम्बरबाट । म र मेरी श्रीमती दौडेर हस्पिटल आयौं ।

हस्पिटल आएर अघिको नम्बरमा फोन गर्‍यौं । ती भाइ गेटमै लिन आए र रमिला भएको ठाउँमा पुर्‍याए ।

उनको ठाउकोमा पट्टी बाँधिएको थियो । हामीलाई देखेपछि उनी भक्कानिएर रुन थालिन् । जतिपटक सोध्दा पनि भन्दिनन् के भएको हो । दिदीले गाली गरेपछि बल्ल भनिन् ।

तर, उनको कुरा मैले पत्याइँन । धरहराको टुप्पोबाट खसेको मान्छे कसरी जीवित हुन सक्छ भन्ने लाग्यो । त्यसपछि हामीले सञ्जीवलाई भेट्यौं । उनले पनि त्यही कुरा दोहोर्‍याए । पछि समाचारहरुमा पनि धराहराबाट खसेको जोडी भनेर आएपछि मात्र हामीले पूर्ण विश्वास गरेका हौं ।

धरहराबाटै खसेको भन्ने भएपछि हामी अत्तालियौं । उनको टाउकोभित्र गहिरो घाउ छ भन्ने अनुमान भयो र बाँच्छिन् होला भन्ने नै लागेन । तर, घाउ धेरै ठूलो रहेनछ । १५ वटा टाँका लगाइएको छ ।

dharahara couple (3) दुबैको दुईपटक अपरेसन

रमिला अस्पतालमा अठार दिन बसिन् । उनको खुट्टाको अपरेसन गरेर स्टिलको रड राखियो । सञ्जीवको पनि हातको अपरेसन भयो । उनी रमिलाभन्दा अगाडि हस्पिटलबाट डिस्चार्ज भए । तर, दुवै जनाको पहिलो अपरेसन बिग्रियो ।

दुई महिनाअघि सञ्जीवले दोस्रोपटक हातको अपरेसन गरे भने रश्मिलाले केही दिनअघि खुट्टाको दोस्रोपटक अपरेसन गरिन् । उनी अहिले पनि खोच्याएर हिँड्छिन् ।

भूकम्पपछि सञ्जीवले आफ्नो नोकरीबाट हात धुनुपरेको छ । उनी अहिले खाली छन् । कहिले रामेछाप गएर बस्छन् त कहिले काठमाडौंमा । काम केही नहुँदा छट्पटी हुने गरेको बताउँछन् । हात राम्रोसँग बिषेक भएपछि फेरि काम गर्ने उनको योजना छ ।

‘हामी साथी मात्रै’

आजकाल सानोतिनो भूइँचालो जाँदा कत्तिको डर लाग्छ ?

सञ्जीवः मलाई त केही पनि लाग्दैन । के चैं हुने हो र । बढी से बढी पुरिएला, मरिएला । मरिन्छ भने मरियोस् । मर्नै लेखेको छ भने कसैले टारेर टर्ने होइन क्यारे ।

रमिलाः म त एकदम नर्भस हुन्छु । धेरै बेरसम्म मुटु ढुकढुक भइरहन्छ ।

अबको योजना के छ ?

सञ्जीवः पढाइ छोडिहालियो । अब हात ठीक भएपछि कसैले काम दिए गर्ने हो । नत्र आराम गर्ने, बस्ने ।

रमिलाः यो वर्ष एसएलसी दिनुपर्ने थियो, तर एक वर्ष पढाइ छुट्यो । अब फेरि स्कुल ज्वाइन गर्छु र अर्को वर्ष एसएलसी दिन्छु ।

तपाईंहरु साथी मात्रै हो कि प्रेमी-प्रेमिका हो ?

सञ्जीवः (रमिलालाई औंल्याउँदै) उनलाई सोध्नुस् ।
रमिलाः (लाजले भुतुक्क हुँदै) साथी मात्रै हो ।

12/04/2016

नव बर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना !!!

19/12/2015

Address

Doha

Website

Alerts

Be the first to know and let us send you an email when RB sports Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category