01/09/2026
सरकार हराएको सूचना!
जनता बाढी र पहिरोको चपेटामा परेर रातभर छाप्रो र रुखमा गुहार मागिरहेका छन्, तर सरकार कता छ? फेसबुकमा २ मिटर लामो स्टाटस लेख्दैमा सरकारको दायित्व सकिन्छ?
कहाँ छ दैनिक पत्रकार सम्मेलन?
कहाँ छ जनतालाई दिइने आधिकारिक जानकारी?
सरकारको खातामा अरबौँ रुपैयाँ थुप्रिएर बसेको छ, तर टिमुरे र बेत्रावतीका पीडितहरू आज पनि भोकभोकै टोलाइरहेका छन्। उद्धारमा चरम ढिलाइ भइरहेको छ। झन् लाजमर्दो कुरा त के भने, आफ्नो ज्यान जोखिममा राखेर दिनरात उद्धारमा खटिने हाम्रा राष्ट्रसेवक सुरक्षाकर्मीहरू काँचो चाउचाउ र पानीको भरमा काम गर्न बाध्य छन्! अनि सत्ताका प्रियजनहरू २/४ पोका चाउचाउ र भुजिया हातमा लिएर फोटो सेसन गर्दै "राहत बाँडेको" नौटंकी गरिरहेका छन्। कतिपय जिम्मेवार माननीयहरू फेसबुकमा फेक र पुराना बिदेशी भिडियो शेयर गरेर जनताको आँखामा छारो हाल्दैछन्।अब किन नभन्ने के साँच्चिकै देशमा सरकार छ?
आज ६-६ दिन भइसक्यो!
६ दिनदेखि सुरुङको अँध्यारो र निसासिँदो परिस्थितिभित्र हाम्रा दाजुभाइ-दिदीबहिनी सास फेर्न सङ्घर्ष गरिरहेका छन्। बाहिर परिवारको रोदनले आकाश छाएको छ। ६ दिनसम्म त्यो अँध्यारोभित्र अड्किएका आफ्नै नागरिकको चीत्कारले राज्यको कान किन ठाडो भएन? उद्धारको गति यति ढिलो किन? के सत्ताको कुर्सी र कालो चस्माले जनताको जीवनभन्दा बढी मोल राख्छ?
मुस्ताङ सम्झौता र राजनीतिक हिसाब-किताबका कुरामा धैर्य राखौँला, देशको सार्वभौमसत्ता कसरी जोगाउनुपर्छ दुर्गा प्रसाई जिउदै छ । तर यस्तो महाविपत्तिको घडीमा मुख्य मुद्दाबाट ध्यान मोड्न बन्द गर्नुस्! पहिले सुरुङभित्र छटपटाइरहेका र बाढी-पहिरोमा परेका जनता बचाउनुस्!
कालो चस्मा फुकाल्नुस् प्रधानमन्त्री ज्यु! जनता चाउचाउ र फोटो सेसनको भरमा होइन, वास्तविक राहत र उद्धारको पर्खाइमा छन्। सुरुङभित्र अड्किएका नागरिकलाई बाहिर निकाल्न आधुनिक प्रविधि, सम्पूर्ण राज्यशक्ति स्रोतसाधन तत्काल झोक्नुस्! अनि उद्धार गरिएका नागरिकलाई खुल्ला आकाशमुनि चिसो भुइँमा छाड्ने काम बन्द गरियोस्! जनताको नाममा आएको पैसा तुरुन्त खोलेर त्रिपाल, खाद्यान्न, ओढ्ने-ओछ्याउने कपडा र औषधिसहित उनीहरूको सम्मानजनक व्यवस्थापन गरियोस्।
प्रचारप्रसारको नौटंकी बन्द गर, वास्तविक धरातलमा ओर्लेर काम गर !
Credits ✍️Source: Durga prasai official