Kamal Dahal Kushal

Kamal Dahal Kushal reality news,reality information

21/07/2025

आश्चर्य लाग्छ! यति धेरै प्रेम गर्नेलाई पाउनेले अपनाउदैन !अपनाउनेले पाउदैन!
को के देखि भाग्न खोजेको?
को के को लागि पाउन खोजेको?
जसको लागि तपाईं रुनु भो तपाइको लागि कोहि अरु रुदै होला! यो क्रम,व्यथा,पिडा,तडप,बेदना,बज्रपात आखिर सबैको एउटै!
आखिर सबैले आफ्नो मन न हेर्ने रैछ!
अरु रोएको कसले बुझ्छ यहा
यसलाई स्वार्थ भन्नू कि प्रेम!!
बिडम्बनामा रुमलिएको कथा अनि व्यथा!!
कसैको व्यथा कथा बन्यो,
कसैको कथा व्यथा बन्यो

©kora_kagaz

21/07/2025

पाउँमा शिर राख्ने मान्छे गुमाईसक्यौ,
अब पैसा र ओठ चुम्ने तिम्रो भागमा
परोस ।❤️‍ तिमी परिवर्तन हुनुमा मलाई कुनै गुनासो छैन मलाई त मेरो विश्वासमा लाज लागेको छ।❤️❤️म भित्र को `म ´लाई मौनता को चिहान मा अग्नि दह गरिसके !
पहिले जस्तो थियो, त्यस्तो पक्कै पनि रहने छैन !खोतल्नु सुन्यता को पाना हरु ,
भुतपुर्व `म´ भेटाउन

©saroj khanal

26/06/2025

बिरामीको चप्पल हेरेर उपचार गर्ने डाक्टर - एक अन्तर्विरोध
"मैले दिनमा सालाखाला ३०-४० जना बिरामी हेर्ने गर्छु। जेनेरल ओपीडी र एमेरजेंसी गरेर फरक फरक प्रकृतिका रोग र विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेशका बिरामी हेर्ने अवसर मलाइ प्राप्त हुन्छ। । नेपालजस्तो देशमा बसेर दिनमा ३०-४० जना बिरामी हेर्नु भनेको सामान्य कुरा नै हो ! तर मेरो काम भन्दा मेरो कामले जन्माएको अन्तरविरोधले म ज्यादा थकित हुन्छु !
उपचार गर्दा मैले बिरामी को चप्पल हेर्नु पर्ने अवस्था छ / म कहाँ आएको बिरामीले कुन जाचहरु गर्न सक्छ, उसले कुन औसधि उपचार किन्न सक्छ भनेर म एकछिन आफै रुमल्लिन्छु र बिरामी संग केहि बेर गफ्फेर उसका दुख सुखहरु एकैछिन साटेर म औसधि उपचार र टेस्टहरु लेख्ने गर्छु/ यो मेरो बाध्यता हो/ म चाहन्छु कि सबैजनाले एकै किसिमको उपचार पाउन तर पोल्टोमा वृद्धा भत्ता जम्मा गरि उपचार खोज्न आएकी हजुरआमालाई उनको रोग अनुसारका सबै जाँचहरु गराउने हिम्मत पनि आउदैन /
"यो जाँचहरु पछि गरौला डाक्टर साब, अहिलेलाइ औसधि मात्र लेखिदिनुस" - मैले दिनभरिमा यही वाक्य सबैभन्दा बढी सुन्छु ! बिना जाँच, बिरामीको History र मेरो क्लिनिकल चस्माले देखेसम्मको रोगको प्रकृतिलाइ केलाएर उपचार गर्न बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसलाई के जाँच गराउने के नगराउने भनेर कल्पिन बाध्य म एक डाक्टर ! बिरामीको चप्पल हेरेर उसको खल्तीको गहिराईको आंकलन गर्न बाध्य म एक डाक्टर ! "
- Dr. Pawan Raj Pathak

26/06/2025

यस्तै छ: नेटवर्क टिपाएर फोन गर्नको लागि लौरोको अग्लो भागमा बाधिएको मोबाइल । #डोल्पा

20/06/2025

ग्वार्को ओभरपासमा अब गाडी गुड्ने: PM KP Sharma Oli officially inaugurates Gwarko overpass.

20/06/2025

Beautiful Shrinagar Bazar of Salyan District. को- को हुनुहुन्छ सल्यान बाट!

Pic. Suresh Acharya

20/06/2025

असार 1 गते राती 11 बजे तिर करिब 15 बर्षिय बालक कक्षा 10 मा अध्यनरत छात्र नाम सौरब बहादुर सिंह ललितपुर च्यासलबाट एक्कासि हराएको हुँदा , खोजीमा सहयोग गरिदिनका लागि तपाईंको पेज मार्फत पोस्ट शेयर गरि सहयोग गरिदिनहुन अनुरोध गर्द्छु।🙏🙏
-----------------------------------------
हराएका बालकको थप विवरण :
नाम = सौरब बहादुर सिंह
स्थायी ठेगान = जयपृथिबी नगरपालिका वडा न 1 बझाङ
अस्थायी ठेगाना = ललितपुर महानगरपालिका च्यासल वडा 9
बुबाको नाम= मानबहादुर सिंह
आमाको नाम= दन्तकला देभी सिंह
अध्यनरत विद्यालय = श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासल ललितपुर 9

फोन नम्बर = 9767940447

12/06/2025

हार्दै जानु भएन हराउँदै गएर कसैलाई फरक पर्दैन।😌❤️

08/06/2025

Good News : नानु भेटिएको खबर आएको छ , सबैमा धन्यवाद 🙏❤️

07/06/2025

ख्याति श्रेष्ठ ह'त्याकाण्ड भएको १६ बर्ष पुग्यो, नेपाललाई झक्झकाएको क्रूर अप'राध सारा नेपाली रोएको दिन …😢

अनामनगर, काठमाडौंकी १९ वर्षीया ख्याति श्रेष्ठको ह'त्या २०६६ जेठ २२ मा भएको थियो, जुन नेपालको अपराध इतिहासमा एक क्रूर र हृदयविदारक घ'टनाको रूपमा चिनिन्छ। ख्यातिको अप'हरण गरी १० लाख फिरौती मागिएको थियो। तर, फिरौती मागे पनि उनको बी'भत्स ह'त्या गरियो। उनको शवको अङ्गहरू ललितपुर, काठमाडौं र चितवनमा टुक्राटुक्रा अवस्थामा फेला परे।

- अपहरण र ह'त्या:
ख्यातिको अपहरणको मुख्य योजनाकार वीरेन श्रेष्ठ थिए, जो परिवारका परिचित व्यक्ति थिए। उनले क्यासिनोको ऋण तिर्न पैसा जुटाउन यो योजनामा मेरिना शाक्यलाई सहयोगी बनाए। ख्यातिलाई अपहरण गरी ललितपुरको एक घरमा बन्धक बनाइयो। तर, योजनाअनुसार फिरौती नपाएपछि वीरेनले ख्यातिको ह'त्या गरे। उनको शवलाई टुक्रा-टुक्रा गरी काठमाडौं, ललितपुर र चितवनका विभिन्न स्थानमा फालिएको थियो। शवका टुक्राहरू प्लास्टिकको झोलामा फेला परे, जसले घटनाको क्रूरता झनै उजागर गर्‍यो।

- प्रहरी अनुसन्धान:
प्रहरीले तीव्र अनुसन्धान गरेर वीरेन र मेरिनालाई पक्राउ गर्‍यो। मेरिनाले प्रहरीसँगको बयानमा अपहरणमा आफ्नो संलग्नता स्वीकारिन्, तर ह'त्यामा प्रत्यक्ष भूमिका नभएको दाबी गरिन्। वीरेनले भने ह'त्याको जिम्मेवारी लिए।
- कानुनी कारबाही: २०६७ मङ्सिर ३ मा जिल्ला अदालत काठमाडौंले मेरिना शाक्यलाई ह'त्याको मतियार ठहर गर्दै १३ वर्ष ४ महिना कैद सजाय सुनायो। वीरेनलाई भने जन्मकैदको सजाय तोकियो। मेरिनाले कारागारमा शिक्षिका बनेर काम गरेको र राम्रो आचरण देखाएको आधारमा १२ वर्षमा रिहा भइन्।

सामाजिक प्रभाव:
यो हत्याकाण्डले नेपाली समाजमा ठूलो तरंग ल्यायो। ख्यातिको निर्दोषता, उनको परिवारको पीडा र ह'त्याको क्रूरताले आम नागरिकमा असुरक्षा र डर पैदा गर्‍यो। यो घटनाले काठमाडौं जस्तो सहरमा पनि अ'पराधको जोखिम कति उच्च छ भन्ने कुरालाई उजागर गर्‍यो। मिडियामा व्यापक कभरेज र जनताको आक्रोशले यो घटनालाई लामो समयसम्म चर्चामा राख्यो।

थप रोचक तथ्यहरू:
- यो घटनाले नेपालमा अपहरण र फिरौतीसम्बन्धी अपराधको नयाँ आयाम खोल्यो, जसले प्रहरीलाई यस्ता घटनाहरू रोक्न विशेष अनुसन्धान र रणनीति बनाउन बाध्य बनायो।
- ख्यातिको परिवारले यो घटनापछि न्यायको लडाइँ लड्दै धेरै कष्ट भोगे। उनीहरूको कथा मिडियामा बारम्बार चर्चा भयो।
- मेरिनाको रिहाइले पनि समाजमा मिश्रित प्रतिक्रिया ल्यायो, कतिपयले उनको सुधारको प्रशंसा गरे भने कतिपयले सजाय कम भएको भन्दै आलोचना गरे।

किन रुवायो यो घटनाले ?
ख्यातिको उज्ज्वल भविष्य, उनको परिवारसँगको निकटता र ह'त्याको अमानवीय तरिकाले हरेक नेपालीको मन छोयो। यो घटनाले सामाजिक विश्वासमा ठूलो धक्का लाग्यो, विशेषगरी परिचित व्यक्तिहरूबाटै यस्तो विश्वासघात हुन सक्छ भन्ने कुराले।

- यो घटनाले सारा नेपालीलाई स्तब्ध बनायो, किनभने ख्यातिको निर्दोषता र ह'त्याको क्रूरताले सामाजिक असुरक्षा र अपराधको डरलाई उजागर गर्‍यो।

Address

Bucharesti
Bucharest

Alerts

Be the first to know and let us send you an email when Kamal Dahal Kushal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share