12/12/2025
जेनजी आन्दोलनका कारण कुल २ हजार ३ सय ५३ जनाले रोजगारी गुमाएका छन् भने १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँको उत्पादन क्षति भएको समितिले जनाएको छ।
अन्दाज गरिएअनुसार ७७ जनाको ज्या’न गएको र २ हजार ४ सय २९ जना घाइते भएका छन्। घाइतेमध्ये १७ जना १३ वर्षमुनिका बालबालिका रहेका छन्।
समितिले समग्र क्षतिको मूल्य ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ हुने निष्कर्ष निकाल्दै पुनर्निर्माणका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ।
पुनर्निर्माण खर्चमध्ये भवन पुनःनिर्माणमा १९ अर्ब ९८ करोड ९८ लाख, सवारीसाधनमा ६ अर्ब १६ करोड ८० लाख, र अन्य भौतिक संरचनामा १० अर्ब १४ करोड ४२ लाख लागत लाग्ने अनुमान गरिएको छ।
जेनजी आन्दोलनका कारण भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न बनेको समितिले आफ्नो विस्तृत प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।