Shyam Baniya

बीमा बोर्डले करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकै कारण स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको छ!टिचिङ अस्पतालले १ मा...
24/01/2026

बीमा बोर्डले करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकै कारण स्वास्थ्य बीमा सेवा अवरुद्ध भएको छ!

टिचिङ अस्पतालले १ माघदेखि स्वास्थ्य बीमा सेवा बन्द गरेपछि आर्थिक रूपमा कमजोर तथा गरिब बिरामीहरू आवश्यक उपचारबाट वञ्चित हुनुपरेको छ!

अदम्य साहसका धनी अनुपम युवानेता हेमराजा थापा घंटीबाट आफ्नो जन्म  जिल्ला बाजुरामा चुनाव लड्दैछन्। देशमा चल्ने  आन्दोलनहरू...
24/01/2026

अदम्य साहसका धनी अनुपम युवानेता हेमराजा थापा घंटीबाट आफ्नो जन्म जिल्ला बाजुरामा चुनाव लड्दैछन्। देशमा चल्ने आन्दोलनहरूमा हेमराज भाइको उपस्थिति नभएको कुनै घटना सायदै थिएन। अहिले लोकतन्त्र भएको भनिने देशमा जनताको आवाज उठाउदा पनि संभवतः यिनले जति धेरै प्रहरीबाट चुटाई चोट खान परेको वा थुनिनु परेको अर्को कोही युवा छैनन् होला। अग्रिम शुभकामना भाइ, तपाईँ संसदमा हुनैपर्छ। सबैभन्दा पिछडिएको जिल्ला बाजुराका जनताले यस्ता जुझारू नेतालाई आफ्नो प्रतिनिधि बनाउनुपर्छ।

22/01/2026

निर्वाचन क्षेत्रमा विभिन्न तरिकाले भोट माग्दै ऋषि धमला: उनी खेतमा पुगेर, साइकल चलाउदै, मिठाई बनाउदै, काठ चि'र्दै र अरु थुप्रै तरिकाले मतदातालाई रिझाउदै गरेको भिडियो भाइरल बनिरहेको छ । 😮

22/01/2026

अचम्म: हिजो एमाले पार्टी छोडेको घोषणा गरेका युवा संघ दमकका सचिब कमल गैरे आज फेरि एमालेमै फर्किएको घोषणा गरेका छन्। 🫣😁😂😂

21/01/2026

ओलीले तामाङलाई देख्नेबित्तिकै सोधे, ‘ए बाबु पनि उम्मेदवार हो ?’ तामाङले शालीनतापूर्वक जवाफ दिए, ‘हो, २०७४ मा तपाईंलाई चुनाव जिताउन भोट मागेको थिएँ, अहिले मैदानमा आफैं आएँ ।’

त्यसपछि ओलीले उम्मेदवारी फिर्ता लिन सुझाव दिँदै भने, ‘अझै पनि उम्मेदवारी फिर्ताको समय छ, विचार गर्दा हुन्छ ।’

त्यसपछि तामाङले कडा जवाफ फर्काए, ‘तपाईंले २०७४ को जनमतको सम्मान गर्न सक्नुभएन, त्यसैले युवा आवाजको सम्बोधन गर्न म मैदानमा आएको हुँ । तपाईंको उमेर पनि अब भत्ता खाएर आराम गर्ने भइसक्यो ।’

आफ्नो उमेरको कुरा आएपछि ओली तामाङसँग रिसाए । उनले चुनौती दिँदै भने,‘पञ्जा लडाइ खेल्ने हो ?’

तामाङले भने व्यङ्ग्यात्मक जवाफ दिए, ‘नमस्कार ! जेष्ठ नागरिकसँग कुस्ती खेल्ने मेरो संस्कार छैन ।’

त्यसपछि दुवै नेता आ-आफ्नो बाटो लागे ।

21/01/2026

नेपालको सार्वजनिक ऋण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको कुल सार्वजनिक ऋण पुस मसान्तसम्म १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत पुगेको छ। ऋणको यो बढ्दो आकारले आगामी दिनमा राजकोषीय दबाब, ब्याज भुक्तानीको बोझ र आर्थिक व्यवस्थापनमा चुनौती थपिन सक्ने संकेत गरेको छ।

20/01/2026

भक्तपुर २ बाट मनोनयन दर्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री

आज झापा ५ मा बालेन शाह र केपी ओलि उम्मेदवारी दर्ता गरेका छन् ।
20/01/2026

आज झापा ५ मा बालेन शाह र केपी ओलि उम्मेदवारी दर्ता गरेका छन् ।

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्दै, मनोनय दर्ताको प्रक्रियामा
20/01/2026

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्दै, मनोनय दर्ताको प्रक्रियामा

19/01/2026

दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

Address

Khobar

Telephone

+966581936745

Website

Alerts

Be the first to know and let us send you an email when Shyam Baniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shyam Baniya:

Share