Nepali News UK

Nepali News UK युकेमा रहेको नेपाली समुदायमा केन्द्रित अनलाइन पोर्टल।
www.nepalinewsuk.com युकेबाट सञ्चालित विश्वसनीय एवं खोजमुलक नेपाली अनलाइन पोर्टल ।

खुपेन सुनुवारको कवितासङ्ग्रहमाथि काठमाडौंमा विमर्श०००कवि खुपेन सुनुवारको कवितासङ्ग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' म...
30/07/2025

खुपेन सुनुवारको कवितासङ्ग्रहमाथि काठमाडौंमा विमर्श
०००

कवि खुपेन सुनुवारको कवितासङ्ग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' माथि काठमाडौँमा बहस कार्यक्रम सम्पन्न भएको छ । कवि, गीतकार श्रवण मुकारुङ, भाषाविद तथा अनुसन्धानकर्ता डा. लाल रापचा श्याँकारेलु र समालोचक तथा कवि गीता त्रिपाठी वक्ता रहेको उक्त कार्यक्रम सागर सुनुवारले सहजीकरण गरेका थिए ।

'सुनुवार विद्यार्थी समाज', केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष मनिषा सुनुवार र कार्यक्र सञ्चालन महासचिव मुस्कान सुनुवारले गरेकी थिइन्। कार्यक्रमको सुरुवातमा कवि, गीतकार तथा नेपाल सरकारको उपसचिव अमरदीप सुनुवारले कवितासङ्ग्रहको बारेमा प्रकाश पार्दै कवि खुपेन सुनुवारलाई सृजनशील जीवनको शुभकामना दिए ।

कार्यक्रमा उपस्थित वक्ता श्रवण मुकारुङले कविको कृतिमाथि विचार विमर्श गर्दै प्रवासी मूलबाट अत्यन्तै प्रभावशाली वैश्विक जीवन चेतना र बिम्ब प्रयोग भएको सशक्त कविता सङ्ग्रह प्रकाशनमा आएको बताए। साथै मानवीय संवेदनाको उपल्लो तहबाट बौद्धिक विलास गर्न रुचाउनेहरूका लागि नौलो खुराक भएको समेत जानकारी गराए । अर्का वक्ता डा. लाल रापचा श्याँकारेलुले समग्रमा कविता सङ्ग्रह राम्रो भए तापनि लेखकले नेपाली समाजको मौलिक विषयवस्तु, बिम्ब र भाषालगायतको प्रयोगमा पनि ध्यान दिनुपर्ने बारे जोड दिए ।

त्यसैगरी कार्यक्रमका अर्का वक्ता डा. गीता त्रिपाठीले प्रतिकात्मक बिम्बहरूलाई विशिष्ट तवरले प्रयोग गर्नसक्ने युवा लेखकका रूपमा चित्रण गरिन्। साथै लेखकको कृतिमार्फत उहाँको महिला दृष्टिकोण कस्तो छ भन्नेबारे स्पष्ट हुन नसकेको समेत औँल्याएकी थिइन्।

कार्यक्रममा राजनीतिक विश्लेषक शंकर तिवारीले लेखकलाई शुभकामना व्यक्त गर्दै ल्यान्डस्केपमा झुन्डिएको मौनता कविता सङ्ग्रहबाट 'एक गुमनाम प्रेमिकाको गन्तव्य' कविता वाचन गरे। त्यसैगरी कलाकार जेनी सुनुवारले पनि लेखकको कविता सङ्ग्रहबाट 'अन्तिम मृत्यु' शिर्षकको कविता वाचन गरेर सुनाएकी थिइन्।

अनामनगरस्थित यूनियन हाउसमा आयोजित उक्त कार्यक्रममा साहित्यकार राजन मुकारुङ, गायक शिव मुखिया, कलाकार इँगिहोपो कोइँच सुनुवार, कवि मिथोच, कवि चन्द्रवीर तुम्बापो, कवि सोझो गाउँले, साहित्यकार तारादेवी सुनुवार, कवि तथा पत्रकार नवीन काजी राई, विशाल नाल्बो, रंगकर्मी विष्णु मोक्तान, गायक राजु तामाङ, संगीतकार ओमोस तामाङ, गायक दशराम सुनुवार, कवि प्रतापसिंह नाछिरिङ लगायतकाको उपस्थिति रहेको थियो।

कवितासङ्ग्रह माया पब्लिकेशन काठमाडौंले प्रकाशन गरेको हो ।

‘नेपाली कलाकार प्रस्तोता समाज, बेलायत’को तेस्रो स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक दिनेश ...
22/07/2025

‘नेपाली कलाकार प्रस्तोता समाज, बेलायत’को तेस्रो स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बालाई बेलायतमा सम्मान गरिएको छ ।

संगीतकार सुब्बाले आफूलाई सम्मान गर्ने संस्था र युवा कलाकारहरूलाई धन्यवाद दिँदै आफ्ना आधा दर्जन लोकप्रिय गीत गा.....

अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले साम...
16/07/2025

अभिनेत्री मनीषा कोइरालालाई बेलायतको ब्राडफोर्ड विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । कोइरालाले सामाजिक संजालमा सम्मान ग्रहण गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै यस विषयमा जानकारी दिएकी हुन् ।

कार्यक्रममा नेपालका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पर्यटन र पूर्वाधार लगायत हिमाली राष्ट्र...
05/07/2025

कार्यक्रममा नेपालका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, पर्यटन र पूर्वाधार लगायत हिमाली राष्ट्र नेपालका प्रमुख क्षेत्रहरूमा आकर्षक लगानीका अवसरहरू प्रस्तुत गरे ।

'नेपाल सेन्टर युके'का निर्मल कुमार थापाले भने, 'आज दुई देशबीच आर्थिक संलग्नता र सहकार्यको लागि नवीन सुरुवात भएको छ ....

Organizers announced plans for a British trade delegation to visit Kathmandu later this year.
03/07/2025

Organizers announced plans for a British trade delegation to visit Kathmandu later this year.

London, July 2/ Senior government officials and business executives from the United Kingdom and Nepal convened today at the House of Lords for a premier investment event

साहित्य संगालो बेलायत र नेपाली बुक्स युकेको आयोजनामा हुन लागेको कार्यक्रममा यस वर्ष पनि आठजना कविले प्रस्तुति दिनेछन् ।
02/07/2025

साहित्य संगालो बेलायत र नेपाली बुक्स युकेको आयोजनामा हुन लागेको कार्यक्रममा यस वर्ष पनि आठजना कविले प्रस्तुति दिनेछन् ।

प्रमुख अतिथि, माला, खादा र कुनै औपचारिक उल्झनबिना विशुद्ध कवितामय साँझ बनाउने तयारी गरेका छौँ', संकेतले भने ।

Young Artist Rhoslyn Singh  Awarded at House of Lords in London---Rhoslyn Singh, a talented young artist and Biomedical ...
02/07/2025

Young Artist Rhoslyn Singh Awarded at House of Lords in London
---

Rhoslyn Singh, a talented young artist and Biomedical Engineering student, has been awarded the Youth Achievement Award by the Universal Peace Federation (UPF), recognising her outstanding youth leadership, artistic accomplishments, and dedication to community service. The award was officially presented by MP Jim Dickson at a distinguished ceremony held at the House of Lords in London.

“The Universal Peace Federation has been presenting the Youth Achievement Award for around 15 years now. Youth idealism is deeply compelling and inspiring—we aim to support it, nurture it, and help it flourish. Congratulations to all the young achievers. It’s wonderful to see them involved in so many of our initiatives and growing through their contributions,” said Robin Marsh, Secretary General of UPF UK.

“It’s a real privilege to stand before you today as a recipient of the Youth Achievement Award. I am truly honoured and sincerely grateful to the Universal Peace Federation for this recognition—and for its ongoing commitment to supporting young leaders who strive to make a positive impact,” said Rhoslyn Singh in her acceptance speech.

At university, Rhoslyn has played an active role in student life, helping to lead several societies focused on engineering and cultural engagement. Her work has consistently prioritised inclusivity and the creation of welcoming, supportive communities. She was recently appointed Vice President of the Women in STEM Society, where she champions representation and empowerment within technical disciplines.

Rhoslyn’s path is a distinctive blend of science, mathematics, and creative expression. Now pursuing a degree in Biomedical Engineering, she draws from a childhood steeped in both analytical reasoning and artistic exploration. Her work has been exhibited in a range of prominent venues, including the Taragaon Museum in Nepal, The Hawth Theatre in Crawley, the UK House of Parliament, the Universal Peace Federation, the International Art Festival in Qatar, and the Embassy of Nepal in London.

Rhoslyn’s artistic career began early, when she won the WhaleFest Art Competition during her primary school years. She later attended Worth School, a private school in West Sussex, where she studied both science and art at GCSE and A-Level, continuing to develop her distinctive voice across disciplines.

28/06/2025

अविनाश श्रेष्ठ निस्चय नै यस युगका अत्याधुनिक प्रोफेट हुन् जसको अगम्य, अभिगम्य र अधिगम्य यो बहुमूल्य र मौलिक पर्य.....

‘सारा दिन अरूलाई दिएँ’ गीतको म्युजिक भिडियो सार्वजनिक---सन्तोष श्रेष्ठको संगीत तथा भक्तराज विश्वकर्माको स्वर रहेको ‘सारा...
26/06/2025

‘सारा दिन अरूलाई दिएँ’ गीतको म्युजिक भिडियो सार्वजनिक
---

सन्तोष श्रेष्ठको संगीत तथा भक्तराज विश्वकर्माको स्वर रहेको ‘सारा दिन अरूलाई दिएँ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

निर्भीकजंग रायमाझीको शब्द–रचना रहेको गीतको लिरिकल भिडियो गत फागुनमा सार्वजनिक भएको थियो ।यूकेको पिटरबरो तथा अन्य स्थानमा खिचिएको गीतको भिडियो सुमन श्रेष्ठले निर्देशन गरेका हुन् ।

दुर्गा अधिकारी र रोशन खरेलको जोडीको मुख्य अभिनयमा रहेको गीत ‘बिआरबी संगीत’ युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको हो ।

आधुनिक मान्छेको व्यस्त जीवनशैलीले मानिसको सम्बन्ध, स्वास्थ्य र जीवनमा पारेको प्रभावलाई भिडियोको मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ, मास्टरिङ प्रकाश मिश्रको छ ।

गीत गायक भक्तराज विश्वकर्माको युट्युब च्यानल 'बिआरबि संगीत'बाट सार्वजनिक गरिएको छ ।

बेलायतमा सक्रिय नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूके (ONF UK) ले नयाँ नेतृत्व चयन गरेको छ। लेष्टरमा सम्पन्न मञ्चको न...
20/06/2025

बेलायतमा सक्रिय नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च यूके (ONF UK) ले नयाँ नेतृत्व चयन गरेको छ। लेष्टरमा सम्पन्न मञ्चको नवौं राष्ट्रिय अधिवेशनले पशुपति पोखरेललाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको हो।

पशुपति पोखरेल मञ्चमा लामो समयदेखि क्रियाशील नेता हुन्। उपाध्यक्ष हुँदै संघसंस्था समन्वय विभाग प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेल अब तीन वर्षका लागि अध्यक्ष बनेका छन्। अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको हितमा सक्रिय रूपमा काम गर्ने र संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

राजेश हमालको  बहुप्रतिक्षित जीवनी-पुस्तक भदौमा आउने----अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पु...
10/06/2025

राजेश हमालको बहुप्रतिक्षित जीवनी-पुस्तक भदौमा आउने
----
अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक युगदेखि युगसम्म आउँदो भदौमा बजारमा आउने भएको छ । पुस्तकको प्रकाशक फाइनप्रिन्टले भदौ दोस्रो सातासम्म पुस्तक सार्वजनिक भइसक्ने जनाएको छ ।

अभिनेता हमालको जन्मदिनको अवसरमा सोमबार राजधानीमा पुस्तकको आवरणसमेत अनावरण गरियो । कार्यक्रममा अभिनेता हमाल र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरे ।

‘बहुप्रतीक्षित एवम् महत्त्वाकाङ्क्षी साहित्यिक घटनामध्ये एक— हमालको पुस्तक युगदेखि युगसम्म प्रकाशनको घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई दसैंको कोसेली होस् भन्ने हाम्रो अभिप्राय छ । मलाई लाग्छ, प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।

खुपेन सुनुवारको  ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’  सार्वजनिक ०००खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको म...
10/06/2025

खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक
०००

खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । कार्यक्रमको अन्तिममा कवि सुनुवारले आधा दर्जन कविता सुनाएका थिए ।

कार्यक्रममा बोल्दै वक्ता गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए । अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । यस्तै सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।

‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित छ ।

‘नेपाली बुक्स युके’ तथा ‘साहित्य–संगालो युके’को संयुक्त आयोजनामा भएको कार्यक्रममा युकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा कवि जीवन तिवारी र प्रयास दुमी राईले कवि खुपेनको एक-एक थान कविता वाचन गरेका थिए ।
***

Address

London

Alerts

Be the first to know and let us send you an email when Nepali News UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali News UK:

Share