04/01/2026
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज साँझ करिब ५:२० बजे काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।
सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा ६ जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
घाइते ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकहरुको वतन था भएको छैन।