Lahan Today National Daily

Lahan Today National Daily सत्य तथ्य समाचारकाे लागि लहान टुडे

31/05/2026

संसदमा ल*फ'डा : भाँचियो रोस्ट्रम, सभामुखमाथी आ'क्र*मण प्रयास !

31/05/2026

प्रधानमन्त्रीको भनाइः सबैले विद्युतीय चुल्होमा पकाउने हो भने, ट्रासन्फर्मर पड्किन्छन्

31/05/2026

संसदमा बालेनको जवाफ, अब के भन्छन् प्रधानमन्त्री?
विपक्षीहरूको लगातार मागपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा उपस्थित भएर आफ्नो धारणा राख्न तयार भएका छन्। अहिले सबैको नजर रोष्ट्रमतर्फ केन्द्रित छ। संसदमा उठेका प्रश्नहरूको जवाफ कस्तो आउँछ, त्यसले राजनीतिक बहसलाई नयाँ मोड दिन सक्छ। जवाफदेहिता लोकतन्त्रको आधार हो। अब हेर्न बाँकी छ—प्रधानमन्त्रीको जवाफले विपक्षीहरूको जिज्ञासा मेटाउँछ कि नयाँ बहसको ढोका खोल्छ?

31/05/2026
30/05/2026

माननीय श्रदा कुवर बालेन सरकारको बजेट देखेर खुसी हुदै आईन्

30/05/2026

बालेनलाई Face to face प्रश्न , मानब अधिकारले डामेकालाई कैले कारबाही गर्ने ??

28/05/2026

धनगढीमाईको जिरो माइलमा चल्यो वडाध्यक्षको डोजर!
पटक–पटकको चेतावनी अटेरी गरेपछि घरटहरा माथि एक्सन, क्षणभरमै संरचना ध्वस्त ।
स्थानीयमा भागाभागको अवस्था, क्षेत्र तनावग्रस्त बने पनि नियम कार्यान्वयनमा वडा कार्यालय कडा देखियो ।
“बालेन स्टाइल” मा चलेको डोजर अभियानले अहिले जिरो माइल तातिएको छ । 🔥
#धनगढीमाई #जिरोमाइल #डोजरअभियान #बालेनस्टाइल #स्थानीयसरकार

26/05/2026

छाेटी भन्सार सिरहाकाे बरियारपट्टी खारेज भएपछि उक्त नाकाबाट दैनिक उपभोग्य खाद्यान्न सामग्री बिना भन्सार तथा बिना राजश्व कटाएर नेपाल भित्रिने क्रम बढ्दो छ। यसले एकातिर राज्यलाई राजश्व घाटा भइरहेको छ भने अर्कोतर्फ वैधानिक रूपमा व्यापार गर्ने व्यवसायीहरू मारमा परेका छन्।
सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सीमावर्ती क्षेत्रमा प्रभावकारी अनुगमन तथा व्यवस्थापन साथसाथै छाेटी भंसार कायम राख्न आवश्यक देखिन्छ। 🇳🇵
#बरियारपट्टी #भन्सार #राजश्व #सीमाना #नेपालमाबनेको

23/05/2026

नवराजपुर गाउँपालिकाकी उपाध्यक्ष पुनम यादव ले आफ्नै पालिकाभित्र रहेका विभिन्न बेथिति र अनियमितताबारे गम्भीर प्रश्न उठाएकी छन्। उहाँका अनुसार शिक्षामा पैसाको चलखेल गर्दै नियुक्ति दिने, स्वास्थ्य क्षेत्रमा बिरामीमाथि लापरबाही गर्ने स्वास्थ्यकर्मीमाथि कारबाही नगर्ने, विकासको नाममा गुणस्तरहीन काम गरी भ्रष्टाचार गर्न खोज्ने जस्ता गतिविधि भइरहेको आरोप लगाइएको छ।
उपाध्यक्ष यादवले आफू निर्वाचित जनप्रतिनिधि हुँदाहुँदै पनि आफ्नो अधिकार प्रयोग गर्न नदिइएको गुनासो गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज सिंह ले आफैं अनुगमन गरी फाइलमा हस्ताक्षर गर्ने गरेको बताउनुभएको छ।
जनताको करबाट सञ्चालन हुने स्थानीय तहमा यस्ता बेथिति, मनपरी र पारदर्शितामाथिको प्रश्न गम्भीर विषय हो। सम्बन्धित निकायले यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न आवश्यक देखिन्छ। #नवराजपुर #बेथिति #सुशासन #भ्रष्टाचार_विरुद्ध

लहान नगरपालिकाद्वारा विद्यालयमा हप्ताको एक दिन मात्र शनिवार बिदा दिने निर्णय नगर प्रमुख महेश चाैधरिकाे हस्ताक्षर सहितकाे...
22/05/2026

लहान नगरपालिकाद्वारा विद्यालयमा हप्ताको एक दिन मात्र शनिवार बिदा दिने निर्णय नगर प्रमुख महेश चाैधरिकाे हस्ताक्षर सहितकाे पत्र सार्वजनिक भएपछि शिक्षक, अभिभावक र सरोकारवालाबीच विभिन्न प्रश्न उठ्न थालेका छन्।
संघीय सरकारको निर्णय, शिक्षकको अधिकार, विद्यार्थीको सिकाइ र स्थानीय आवश्यकताबीच सन्तुलन कसरी मिलाउने भन्ने विषय अहिले बहसको केन्द्र बनेको छ। अझ चासोको विषय त के छ भने प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख हुँदाहुँदै सार्वजनिक पत्रमा स्वयं नगर प्रमुख महेश चौधरी को हस्ताक्षर देखिनु। के प्रमुख प्रशासकीय अधिकृत संघीय निर्णयविरुद्ध हस्ताक्षर गर्दा कारवाहीको डरमा थिए कि ? वा यो निर्णय निजि बिद्यालयहरुकाे विशेष दबाब वा प्रभावमा लिइएको हो ? यी प्रश्नहरूको स्पष्ट जवाफ सम्बन्धित निकायले दिन जरुरी देखिन्छ। यदि शिक्षकलाई मात्र हप्तामा एक दिन बिदा दिने हो भने, पालिकाको कार्यालय पनि त्यही नियमअनुसार सञ्चालन हुनुपर्दैन र ? शिक्षक पनि कर्मचारी नै हुन्, उनीहरूलाई पनि परिवार, स्वास्थ्य र मानसिक विश्रामको आवश्यकता हुन्छ। गुणस्तरीय शिक्षा दिन शिक्षकको मनोबल र कार्यक्षेत्र सम्मानित हुनु अत्यन्त आवश्यक छ। यस विषयमा सम्पूर्ण शिक्षकवर्ग, अभिभावक तथा सचेत नागरिकहरूको धारणा आउनु जरुरी छ।
#लहान_नगरपालिका #शिक्षक_अधिकार #शिक्षा_नीति #विद्यालय_व्यवस्थापन

ที่อยู่

Lahan/24
Lahan

เบอร์โทรศัพท์

+9779819757097

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Lahan Today National Dailyผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

ติดต่อ ธุรกิจของเรา

ส่งข้อความของคุณถึง Lahan Today National Daily:

แชร์