Hello Sudur Media हेल्लो सुदूर मिडिया

Hello Sudur Media हेल्लो सुदूर मिडिया आफ्नै गाउँ, आफ्नै ठाउँका कुरा ! बरिष्ठदेखि भुरासम्मका कुरा !!

मोफसलमा यो यात्रालाई चलायमान गराउँनु भनेको फलामको चिउरा चपाउनु सो सरह हो । यस कुरालाई भलिभाँती बुझ्दा बुझ्दै पनि केही आसले त केही हर्षाेल्लास हौसिएका छौं इतिहासमा नाम लेखाउँनलाई । दृढ संकल्प, शुभाशय र उत्कट अभिलाषालाई पोको पारेर अर्जेका हौं हामीले यो हेल्लो पुनर्वास दैनिक । यहाँहरुबाटै पाएका स्नेह, सद्भाव र सहयोगलाई बटुलेर फेरि पनि नयाँ संस्करण र नयाँ जोश जाँगरका साथ हेल्लो पुनर्वास साप्ताहिकलाई द

ैनिकमा पदार्पण गरेर आफ्नो अदम्य साहसको परिचय दिएका छौं । यहाँहरुको सहयोग, सल्लाह, शुभाशय र स्नेह बिना यो अदम्य साहस फगत दुष्साहसमा ठहर हुने पक्का छ । त्यसैले यहाँहरुको सहयोग र सल्लाहको आकांक्षी बनी सदैब पुल्लकित रहनेछ यो ‘हेल्लो पुनर्वास’ दैनिक । प्रतिस्पर्धाको यो जमानामा एकअर्काेलाई उच्छिने मेलोमेसोसँगै जसरी बत्तीले पुतलीलाई आकृष्ट गरेझैं यो भौतिकताको दलदलले हामी सबैलाई आकृष्ट गराएकै छ । त्यसैले पत्रकारितामा पनि नैतिकता कम भौतिकता ज्यादा लेपासिएका देख्छु । पत्रकारिताको भूमीमा रचना, सृजना र विकासका सुन्दर र सुवासित फूलहरु फुल्न गाह्रो साह्रो मानिरहेकै अवस्थामा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट २०७१ फागुन ४ गते हेल्लो पुनर्वास साप्ताहिक पत्रिकाको उदय भयो । तर समयको बेगिलो हुरीले हेल्लो पुनर्वासको साम्राज्य उल्लेख्य रुपमा फैलिन नसकेको कुरालाई अस्वीकार गर्न मिल्दैन । उल्लेख्य र सन्तोषजनक बजारको अभाब र आफ्नै प्राबिधिक कमी कम्जोरीका कारण तीन ओटा बसन्तहरु पारगरिसक्दा पनि आफूलाई मनग्य आकार र किसिममा बृद्धि विकास गर्न नसकेको कुरा पनि सत्य हो, तर पनि नयाँ जोश र जाँगरका साथ २०७१ फागुन १ गते बाट हामीले साप्ताहिकलाई दैनिकमा प्रबेश गराउँदै पुनः पनि हामी हौसिएकै छौं, हजार चुनौतिहरुको बाबजुद पनि निरन्तरता दिन कम्मर कसेकै छौं, यहाँहरुलाई सूचना तथा समाचारको हकबाट सुसज्जित गराउँन खुकुरीको धारमा आफ्नो घाँटी ददारेर कर्णाली पारीकै ऐतिहासिक ट्याग बोकी यो हेल्लो पुनर्वास दैनिकले अझ सशक्त र अझ ब्यापकता बोकेर पुनः पनि जुर्मुराइरहेको छ । सुदूरपश्चिमको इतिहासमा सञ्चारको भूमिका निर्बाह गर्न हौसिएका थुप्रै मनहरुलाई एउटा पत्रिकाको रु. ३ भन्दा नाक खुम्च्याउँने पाठकहरुले कता–कता धराशयी बनाएका छन् जस्तो लाग्छ । पुनर्वासको कुनाकन्दराबाट आरम्भ गरिएको हेल्लो पुनर्वास’ साप्ताहिक अहिले प्रदेश नं. ७ को सम्भावित स्थायीय राजधानी धनगढीबाट दैनिक हुनु सगौरव खुशीको कुरा हो तर ‘हेल्लो पुनर्वास’ दैनिकलाई यहाँहरु समक्ष ल्याइ पु¥याउन अनेकन काँढेबारहरुलाई पञ्छ्याउँदै विविध समस्यासँग पैठेजोरी खेल्दै जेनतेन प्रकारेण यो पत्रिकाको पुनर्जन्म भएको पनि सत्य नै हो । रचना, सृजना भन्ने कुरा वास्तबमै सानो कुरा हैन रै’छ । बिभिन्न खोज, अनुसन्धान, जोखिमता मिसाएर पाण्डुलिपीदेखि कम्प्युरसम्म, कम्प्युटरदेखि अपसेटसम्म र अपसेटदेखि तपाईंहरुसम्म आइपुग्दा त एउटी आमाको प्रसब पीडा भन्दा कम पीडा लुकेको रहेन छ । यो पत्रपत्रिकाको भवसागरमा यो ‘हेल्लो पुनर्वास’ पत्रिका एक थोपा नै भए पनि यो अहिले तपाईंहरुकै सम्मुखमा कृपाकांक्षी भएर तपाईतिर नै उन्मुख छ । निशाको अन्धकरबीच ज्वजल्यमान भएर आफ्नो अस्तित्व रक्षाको निम्ति कम्मर कसेर निरन्तर प्रयासरत् छ । जीवनको वास्तविकताको वोध अरु पत्रिकाले जस्तै यसले पनि गरिरहेकै छ । यात्राको क्रममा गतिमा द्रुतता र सुस्ताइहरु आउँने कुरामा दुईमत छैन । तर पनि आफ्नो यात्रालाई बिना थकान उकालोमा उक्लिरहेको यात्री सरह यात्रामा तपाईंहरुकै सरसल्लाहहरुलाई समेट्दै यो पनि अगाडि बढ्ने जमर्काे गर्ने नै छ । विवशताको निहुँ पारेर कर्तव्यच्यूत हुने बानी हाम्रो राष्ट्रिय बानी भइसकेको सन्दर्भमा विवशताको काँढे तारबारलाई पञ्छाउँदै कर्तब्यपथमा निरन्तर अगाडि बढिरहने प्रतिज्ञा हामी एकमुष्ट ब्यक्त गर्दछौं ।

वर्ष : ११, अंक : ५८२०८२ असोज २६ आईतबार (Sunday 12 Oct.  2025)
12/10/2025

वर्ष : ११, अंक : ५८
२०८२ असोज २६ आईतबार (Sunday 12 Oct. 2025)

वर्ष : ११, अंक : ५७२०८२ असोज २४ शुक्रबार  (Friday 10 Oct.  2025)
10/10/2025

वर्ष : ११, अंक : ५७
२०८२ असोज २४ शुक्रबार (Friday 10 Oct. 2025)

वर्ष : ११, अंक : ५६२०८२ असोज २३ बिहीबार (Thursday 9 Oct.  2025)
09/10/2025

वर्ष : ११, अंक : ५६
२०८२ असोज २३ बिहीबार (Thursday 9 Oct. 2025)

वर्ष : ११, अंक : ५५२०८२ असोज २२ बुधबार (Wednesday 8 Oct.  2025)
08/10/2025

वर्ष : ११, अंक : ५५
२०८२ असोज २२ बुधबार (Wednesday 8 Oct. 2025)

वर्ष : ११, अंक : ५४२०८२ असोज २१ मंगलबार (Tuesday 7 Oct.  2025)
07/10/2025

वर्ष : ११, अंक : ५४
२०८२ असोज २१ मंगलबार (Tuesday 7 Oct. 2025)

वर्ष : ११, अंक : ५३२०८२ असोज २० सोमबार    (Monday 6 Oct.  2025)
06/10/2025

वर्ष : ११, अंक : ५३
२०८२ असोज २० सोमबार (Monday 6 Oct. 2025)

कार्तिक ८ र ११ हुनुपर्नेमा अन्यथा भएकोले भूल सुधार गरिएको छ ।
05/10/2025

कार्तिक ८ र ११ हुनुपर्नेमा अन्यथा भएकोले भूल सुधार गरिएको छ ।

वर्ष : ११, अंक : ५२२०८२ असोज १२ आईतबार (Sunday 28 Sep.  2025)
28/09/2025

वर्ष : ११, अंक : ५२
२०८२ असोज १२ आईतबार (Sunday 28 Sep. 2025)

27/09/2025

विजयादशमीको शुभकामना !

वर्ष : ११, अंक : ५१२०८२ असोज ११ शनिबार  (Saturday 27 Sep.  2025)
27/09/2025

वर्ष : ११, अंक : ५१
२०८२ असोज ११ शनिबार (Saturday 27 Sep. 2025)

वर्ष : ११, अंक : ५०२०८२ असोज १० शुक्रबार (Friday 26 Sep.  2025)
26/09/2025

वर्ष : ११, अंक : ५०
२०८२ असोज १० शुक्रबार (Friday 26 Sep. 2025)

25/09/2025

Address

LN Ckowk, Binayak Marg
Dar Es Salaam
10900

Alerts

Be the first to know and let us send you an email when Hello Sudur Media हेल्लो सुदूर मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello Sudur Media हेल्लो सुदूर मिडिया:

Share

Our Story

कर्तब्यपथमा निरन्तर अगाडि

मोफसलमा यो यात्रालाई चलायमान गराउँनु भनेको फलामको चिउरा चपाउनु सो सरह हो । यस कुरालाई भलिभाँती बुझ्दा बुझ्दै पनि केही आसले त केही हर्षाेल्लास हौसिएका छौं इतिहासमा नाम लेखाउँनलाई । दृढ संकल्प, शुभाशय र उत्कट अभिलाषालाई पोको पारेर अर्जेका हौं हामीले यो हेल्लो पुनर्वास दैनिक । यहाँहरुबाटै पाएका स्नेह, सद्भाव र सहयोगलाई बटुलेर फेरि पनि नयाँ संस्करण र नयाँ जोश जाँगरका साथ हेल्लो पुनर्वास साप्ताहिकलाई दैनिकमा पदार्पण गरेर आफ्नो अदम्य साहसको परिचय दिएका छौं । यहाँहरुको सहयोग, सल्लाह, शुभाशय र स्नेह बिना यो अदम्य साहस फगत दुष्साहसमा ठहर हुने पक्का छ । त्यसैले यहाँहरुको सहयोग र सल्लाहको आकांक्षी बनी सदैब पुल्लकित रहनेछ यो ‘हेल्लो पुनर्वास’ दैनिक ।

प्रतिस्पर्धाको यो जमानामा एकअर्काेलाई उच्छिने मेलोमेसोसँगै जसरी बत्तीले पुतलीलाई आकृष्ट गरेझैं यो भौतिकताको दलदलले हामी सबैलाई आकृष्ट गराएकै छ । त्यसैले पत्रकारितामा पनि नैतिकता कम भौतिकता ज्यादा लेपासिएका देख्छु । पत्रकारिताको भूमीमा रचना, सृजना र विकासका सुन्दर र सुवासित फूलहरु फुल्न गाह्रो साह्रो मानिरहेकै अवस्थामा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट २०७१ फागुन ४ गते हेल्लो पुनर्वास साप्ताहिक पत्रिकाको उदय भयो । तर समयको बेगिलो हुरीले हेल्लो पुनर्वासको साम्राज्य उल्लेख्य रुपमा फैलिन नसकेको कुरालाई अस्वीकार गर्न मिल्दैन । उल्लेख्य र सन्तोषजनक बजारको अभाब र आफ्नै प्राबिधिक कमी कम्जोरीका कारण तीन ओटा बसन्तहरु पारगरिसक्दा पनि आफूलाई मनग्य आकार र किसिममा बृद्धि विकास गर्न नसकेको कुरा पनि सत्य हो, तर पनि नयाँ जोश र जाँगरका साथ यसै अङ्कबाट हामीले साप्ताहिकलाई दैनिकमा प्रबेश गराउँदै पुनः पनि हामी हौसिएकै छौं, हजार चुनौतिहरुको बाबजुद पनि निरन्तरता दिन कम्मर कसेकै छौं, यहाँहरुलाई सूचना तथा समाचारको हकबाट सुसज्जित गराउँन खुकुरीको धारमा आफ्नो घाँटी ददारेर कर्णाली पारीकै ऐतिहासिक ट्याग बोकी यो हेल्लो पुनर्वास दैनिकले अझ सशक्त र अझ ब्यापकता बोकेर पुनः पनि जुर्मुराइरहेको छ ।

सुदूरपश्चिमको इतिहासमा सञ्चारको भूमिका निर्बाह गर्न हौसिएका थुप्रै मनहरुलाई एउटा पत्रिकाको रु. ३ भन्दा नाक खुम्च्याउँने पाठकहरुले कता–कता धराशयी बनाएका छन् जस्तो लाग्छ । पुनर्वासको कुनाकन्दराबाट आरम्भ गरिएको हेल्लो पुनर्वास’ साप्ताहिक अहिले प्रदेश नं. ७ को सम्भावित स्थायीय राजधानी धनगढीबाट दैनिक हुनु सगौरव खुशीको कुरा हो तर ‘हेल्लो पुनर्वास’ दैनिकलाई यहाँहरु समक्ष ल्याइपु¥याउन अनेकन काँढेबारहरुलाई पञ्छ्याउँदै विविध समस्यासँग पैठेजोरी खेल्दै जेनतेन प्रकारेण यो पत्रिकाको पुनर्जन्म भएको पनि सत्य नै हो । रचना, सृजना भन्ने कुरा वास्तबमै सानो कुरा हैन रै’छ । बिभिन्न खोज, अनुसन्धान, जोखिमता मिसाएर पाण्डुलिपीदेखि कम्प्युरसम्म, कम्प्युटरदेखि अपसेटसम्म र अपसेटदेखि तपाईंहरुसम्म आइपुग्दा त एउटी आमाको प्रसब पीडा भन्दा कम पीडा लुकेको रहेन छ । यो पत्रपत्रिकाको भवसागरमा यो ‘हेल्लो पुनर्वास’ पत्रिका एक थोपा नै भए पनि यो अहिले तपाईंहरुकै सम्मुखमा कृपाकांक्षी भएर तपाईतिर नै उन्मुख छ । निशाको अन्धकरबीच ज्वजल्यमान भएर आफ्नो अस्तित्व रक्षाको निम्ति कम्मर कसेर निरन्तर प्रयासरत् छ । जीवनको वास्तविकताको वोध अरु पत्रिकाले जस्तै यसले पनि गरिरहेकै छ । यात्राको क्रममा गतिमा द्रुतता र सुस्ताइहरु आउँने कुरामा दुईमत छैन । तर पनि आफ्नो यात्रालाई बिना थकान उकालोमा उक्लिरहेको यात्री सरह यात्रामा तपाईंहरुकै सरसल्लाहहरुलाई समेट्दै यो पनि अगाडि बढ्ने जमर्काे गर्ने नै छ । विवशताको निहुँ पारेर कर्तव्यच्यूत हुने बानी हाम्रो राष्ट्रिय बानी भइसकेको सन्दर्भमा विवशताको काँढे तारबारलाई पञ्छाउँदै कर्तब्यपथमा निरन्तर अगाडि बढिरहने प्रतिज्ञा हामी एकमुष्ट ब्यक्त गर्दछौं ।