Urlabarinews.com

Urlabarinews.com बक्राह पोष्ट मिडिया एण्ड रिसर्च सेन्टर द्वारा सञ्चालित

बेलायतबाट आए लगत्तै रास्वपा कार्यलय पुगिन् समाजसेवी ईशा गुरुगं, सबैका अघि ८४ सम्झेर घण्टी हल्लाईन्श्रोत : ओएस नेपाल
07/03/2025

बेलायतबाट आए लगत्तै रास्वपा कार्यलय पुगिन् समाजसेवी ईशा गुरुगं, सबैका अघि ८४ सम्झेर घण्टी हल्लाईन्
श्रोत : ओएस नेपाल

९ वर्षका प्रताप सम्पर्कविहिन भए, परिवारले गरे खोजी गरिदिन आग्रह
07/03/2025

९ वर्षका प्रताप सम्पर्कविहिन भए, परिवारले गरे खोजी गरिदिन आग्रह

उर्लाबारीमा यस्तो बसपार्क, सम्झौता भयो , १८ महिनामा पुरा गर्ने  । उर्लाबारी /  उर्लाबारी - ६ मा आधुनिक  बसपार्कको निर्मा...
07/03/2025

उर्लाबारीमा यस्तो बसपार्क, सम्झौता भयो , १८ महिनामा पुरा गर्ने ।
उर्लाबारी / उर्लाबारी - ६ मा आधुनिक बसपार्कको निर्माण हुने भएको छ । भविष्यमा आवस्यक पर्ने यातायात पूर्वाधारलाई ध्यानमा राख्दै निर्माण हुन लागेको बसपार्क १८ महिनाभित्र पूर्णरूपमा सम्पन्न गरिने लक्ष्य लिइएको छ।
परियोजनाको निर्माण कार्यका लागि आज औपचारिक सम्झौता भएको छ । करिब ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसाको लागतमा निर्माण हुने सो बसपार्कको जिम्मा अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रा.लि., हेटौंडा लाई दिइएको हो ।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता र निर्माण व्यवसायी नविन गौतमबीच आज सम्झौतामा हस्ताक्षर भएको छ।
परियोजनाको लागत संरचनामा ३० प्रतिशत उर्लाबारी नगरपालिकाको लगानी, १० प्रतिशत नगर विकास कोषबाट अनुदान , र ६० प्रतिशत नगर विकास कोषको ऋण रहने वित्तीय संरचना तय गरिएको छ।
सम्झौता कार्यक्रममा नगर प्रमुख गंगा प्रसाद खरेल, उपप्रमुख मीना कुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, इञ्जिनियर रोशन उदास, योजना तथा अनुगमन शाखाका प्रमुख विकाश दाहाल लगायत जनप्रतिनिधिहरूको उपस्थिति थियो।
योजना शाखा प्रमुख दाहालका अनुसार “यो परियोजना सम्पन्न भएपछि उर्लाबारीको यातायात व्यवस्थापन अझ व्यवस्थित हुनेछ, साथै यसले नगरको व्यापार, पर्यटन तथा रोजगारी प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान दिनेछ।”

जहाँ दुःख छ, त्यहाँ असल मान्छे पनि भेटिन्छन्। इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्य...
07/03/2025

जहाँ दुःख छ, त्यहाँ असल मान्छे पनि भेटिन्छन्। इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उनलाई एमबीबीएस तहसम्मको पढाइ खर्च व्यहोर्ने निर्णय गरेका छन्। साथै उनलाई गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए । गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिएका छन् ।

परेको बेला थाहा हुनेरहेछ सबै कुरा ।तपाईं कुन लाईनमा हो र ..? तस्बिर :- सामाजिक सञ्जाल
07/03/2025

परेको बेला थाहा हुनेरहेछ सबै कुरा ।
तपाईं कुन लाईनमा हो र ..?

तस्बिर :- सामाजिक सञ्जाल

मोरङको रतुवामाई–१० मा स्कुल प्राङ्गणमै धरहरा!मोरङको रतुवामाई–१० मा अवस्थित राष्ट्रनिर्माण माध्यमिक विद्यालयले शैक्षिक वा...
07/03/2025

मोरङको रतुवामाई–१० मा स्कुल प्राङ्गणमै धरहरा!

मोरङको रतुवामाई–१० मा अवस्थित राष्ट्रनिर्माण माध्यमिक विद्यालयले शैक्षिक वातावरणलाई सिर्जनात्मक र प्रेरणादायी बनाउन अनौठो पहल गरेको छ। विद्यालय परिसरभित्रै एक आकर्षक र प्रतीकात्मक धरहरा (टावर) निर्माण गरी अब यो स्कुल केवल पढाइको केन्द्र मात्र नभई सौन्दर्य र प्रेरणाको प्रतीक पनि बनेको छ।

श्वेत रंगको यो धरहरा विद्यालयको प्राङ्गणको बीच भागमा सुशोभित छ, जसले विद्यार्थीहरूमा राष्ट्रिय गौरव र ऐतिहासिक चेतना जागृत गराउने उद्देश्य राखेको देखिन्छ। धरहराको डिजाइन काठमाडौंस्थित ऐतिहासिक धरहरासँग मेल खाने ढंगले बनाइएको छ, तर यसलाई स्थानीय स्तरमा छुट्टै पहिचानका रूपमा प्रस्तुत गरिएको छ।

धरहरा वरिपरि रंगीचंगी पर्खाल, हरियाली र आकर्षक बगैचा समेत सजाइएको छ, जसले विद्यालय परिसरलाई अझ रमणीय बनाएको छ। विद्यार्थीकै सिर्जनात्मकता र नेतृत्व क्षमतालाई सम्मान गर्दै निर्माण गरिएको यो संरचना विद्यालय व्यवस्थापनको दूरदृष्टिको उदाहरण हो।

विद्यालय प्रधानाध्यापक बिश्वास ढकालका अनुसार, धरहरा निर्माणले विद्यार्थीमा राष्ट्रियता, पहिचान र आत्मगौरवको भावना बढाउने अपेक्षा गरिएको छ।

शिक्षा मात्र होइन, संस्कार र सोच निर्माणमा समेत अग्रणी बनेको राष्ट्रनिर्माण स्कुलले यस्तो भव्य संरचना निर्माण गरेर सम्पूर्ण रतुवामाईलाई एउटा नयाँ सन्देश दिएको छ—शिक्षा भनेको सिर्जनात्मकता र प्रेरणाको संगम हो ।
तस्बिर: तेजन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशाला...
07/03/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लव रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन ।

उर्लाबारी–नलबारी–आम्बारी सडक खण्डको दयनीय अवस्था : दुर्घटनाको जोखिम बढ्दोउर्लाबारी, मोरङ —उर्लाबारी–नलबारी–आम्बारी सडक ख...
07/03/2025

उर्लाबारी–नलबारी–आम्बारी सडक खण्डको दयनीय अवस्था : दुर्घटनाको जोखिम बढ्दो

उर्लाबारी, मोरङ —
उर्लाबारी–नलबारी–आम्बारी सडक खण्डको अवस्था अत्यन्तै जर्जर बन्दै गएको छ। सडकभरि खाल्डा–खुल्डीले भरिएकोले सर्वसाधारण, यात्री तथा सवारी चालकहरू दिनप्रतिदिन सास्ती खेप्न बाध्य छन्। सडकको यस्तो दयनीय अवस्थामा दैनिकजसो साना–ठूला दुर्घटना हुने जोखिम समेत बढिरहेको छ।

स्थानीय बासिन्दा र चालकहरूले सम्बन्धित निकायहरूलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म ठोस पहल नभएको गुनासो छ। बालबालिका, वृद्धवृद्धा, बिरामी बोकेका एम्बुलेन्ससहित सार्वजनिक सवारीहरूका लागि यो सडक अहिले 'दुर्घटना निम्त्याउने मार्ग'मा परिणत भएको छ।

समयमै मर्मत र पुनःनिर्माण नगर्ने हो भने यसले जनताको ज्यान र सम्पत्तिमा गम्भीर क्षति पुर्याउन सक्छ। त्यसैले सरकार, स्थानीय तह र भौतिक पूर्वाधार कार्यालयको ध्यान यसतर्फ जाओस् भन्ने हाम्रो आग्रह छ।
📷️तेजन

एलिना चौहानप्रति आपत्तिजनक  टिप्पणी: एक युवक साइबर प्रहरीको फन्दामाकाठमाडौँ —लोकप्रिय गायिका एलिना चौहानविरुद्ध सामाजिक ...
07/03/2025

एलिना चौहानप्रति आपत्तिजनक
टिप्पणी: एक युवक साइबर प्रहरीको फन्दामा

काठमाडौँ —
लोकप्रिय गायिका एलिना चौहानविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने एक युवक पक्राउ परेका छन्। साइबर अपराध अनुसन्धानमा खटिएको नेपाल प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध उजुरीपछि कारबाही अगाडि बढाएको हो।

ब्युरोका अनुसार गुञ्जन राई नाम गरेका युवकलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको हो। एलिनाले साइबर ब्युरोमा चारजनाविरुद्ध उजुरी दिएकी थिइन्, जसमध्ये अन्य तीन जना विदेशमा रहेका खुल्न आएको ब्युरोले जनाएको छ।

गायिका एलिना चौहान र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा हुने अनावश्यक गालीगलौज, चरित्रहत्या र अभद्र व्यवहारविरुद्ध सामूहिक अभियान थालेका छन्। ‘प्रोफाइल एक्सपोज’ नाम दिइएको यस अभियानअन्तर्गत ती दुर्व्यवहार गर्ने व्यक्तिहरूको पहिचान सार्वजनिक गर्दै आवश्यक परे कानुनी प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ।

दुःखद खबर 😢:पोर्चुगलका चर्चित फुटबल खेलाडी डियोगो जोटा (२८) र उनका भाइ आन्द्रे जोटा (२६) एक भयानक सवारी दुर्घटनामा परेर ...
07/03/2025

दुःखद खबर 😢:
पोर्चुगलका चर्चित फुटबल खेलाडी डियोगो जोटा (२८) र उनका भाइ आन्द्रे जोटा (२६) एक भयानक सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्। दुवै जना सवार गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि आगो लागेको थियो, जसले गर्दा उनीहरूको घटनास्थलमै दुखद निधन भएको हो।
डियोगो जोटा इंग्लिस प्रिमियर लिगको लिभरपुल एफसीबाट खेल्दै आएका थिए र पोर्चुगल राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी समेत थिए। फुटबल जगतले एक होनहार खेलाडी र एक उज्यालो भविष्य गुमाएको छ। 🕊️
शोकमा डुबेको फुटबल समुदायले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरिरहेको छ। 😢

उर्लाबारी १ चिसापानी टोलकी समीक्षा जोगी सुत्केरी अवस्थामा छिन् । उनले बच्चा जन्माएपनि बच्चाको बाबुको पहिचान खुल्न सकेको ...
07/03/2025

उर्लाबारी १ चिसापानी टोलकी समीक्षा जोगी सुत्केरी अवस्थामा छिन् । उनले बच्चा जन्माएपनि बच्चाको बाबुको पहिचान खुल्न सकेको छैन ।
उनलाई न्यायका साथै संरक्षण गर्नुपर्ने भएपछि नगर उपप्रमुखले पहलकदमी लिनुभएको छ ।
विपन्न अवस्थाकी उनी कष्टप्रद दिनचर्या बिताउँदै आएकी छन् । सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै आवश्यक सामग्री लिएर उर्लाबारी नगरपालिका उपप्रमुख मीना खतिवडा पौडेल घरमै पुग्नुभएको छ ।
पौष्टिक आहार र लत्ताकपडा लिएर उपमेयर पौडेल, वडा सदस्य टीका भुजेल तथा नगरपालिकाकी सामाजिक विकास अधिकृत चन्द्रकला सुब्बा समस्यामा रहेकी सुत्केरीलाई भेट्न पुग्नुभएको हो । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार व्यवहारको सुनिश्चितता गर्ने सोच अनुसार उनको अवस्थाबारे जानकारी लिइएको उपप्रमुख पौडेलको भनाई छ ।

Wow: नेपालमा पहिलो पटक हेलिकोप्टर सडक बाट आयत ।सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ हेलिकोप्टर आया...
07/03/2025

Wow: नेपालमा पहिलो पटक हेलिकोप्टर सडक बाट आयत ।
सिन्धुपाल्चोकको तातोपानी नाका भएर पहिलोपटक नेपालमा चिनियाँ हेलिकोप्टर आयात भएको छ ।
चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको छ ।
सो हेलिकोप्टर नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले ल्याएको हो ।

Address

Urlabari Morang
Appleton, ME
00977

Telephone

9800912546

Website

Alerts

Be the first to know and let us send you an email when Urlabarinews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share